अब मान्छे पनि ब्याउने कि - Sajha Mobile
SAJHA MOBILE
अब मान्छे पनि ब्याउने कि
Posts 6 · Viewed 6747 · Likes 2 · Go to Last Post
Poudel Anil
· Snapshot 0
Like · Likedby · 2

गाउ भित्रका शहरहरुमा
खडेरिले पोसिने नहरहरुमा
फेरी एक बाढी आएछ
माढीमा बाढी आएछ


किसान,गरिब
सिता -सिता भातको गन्दै छन
एक ज्यान एक करोड
झुत्रे नेपालीको मुल्य "दिन दुईगुना रात चौगुना'
ठुला ठुला अक्षरमा समाचार बन्दै छन


सर्बहाराहरुको भुँडीले आकाश छेकिन थालेछ
बिटुलो कोही रहेन
लुकेर नङ्नता बेच्ने हरु
दिन-दहाडै
पसल थाप्न थालेछन


नाटकै नाटक को थुप्रोमा
प्रधानमन्त्रिको चुनाव
हाडिगाउ र राडी गाउ
फरक कहिले छुट्टीने ?
भुसिया कुकुर हरुको समाजमा
अब मान्छे पनि ब्याउने कि?

Bhojpure01
· Snapshot 113
Like · Liked by · 0
सर्बहाराहरुको भुँडीले  जनेन्द्रिय  छेकिन थालेछ


पहिरिएछन राष्ट्रिय पोसाक झल्काउन राष्ट्रियता
तानिएछ गलत इजार लघुसन्का गर्न जादा
दिनु सम्म दु:ख दियो  सम्पन्नताको पहिचानले
यद्यपी प्रयास ठुलै थियो भिजेको सुरुवाल छोपने


Last edited: 09-Sep-10 10:49 PM
Geology Tiger
· Snapshot 177
Like · Liked by · 0

 


राम्रो प्रस्तुती अनिलजी, तर मैले त नेपालमा लोग्नेमान्छे ब्याएको खबर धेरै अगाडिनै सुनेको थिए। के भन्छन् त्यो बिरोध खतिवडा र अर्को एक जना पूर्व सासंद (लोग्नेमान्छेहरु)ले सुतकेरी खर्च लिएको समाचार सुनेको कान त मेरै हुन्। यस्तै हो... नत्र त कसरी नयाँ नेपाल हुनु? 


 

Bhojpure01
· Snapshot 226
Like · Liked by · 0
सुत्खेरो चाँही होला ?  
 
नियम मिलाउन सके सम्म
नमिले घुमाएर, त्यो न मिले
थर्काएर वा घुर्काएर
सुत्केरी त भएकै होनी
फरक एती मात्रै हो
परिस्रम वहाँले गर्नु भएकै हो
सुत्केरी नभएर सुत्केरो
भएको चै अबस्यनै हो

दिनेले दीई हाले लेने ले लिये
हात मल्ने मल्दै गर्छन्
बक्यौदा अरुको पनि छ
के भो र करोडौ बाट अरबमा
धकेल्ने नयाँ   आयाम हो 






Last edited: 09-Sep-10 08:58 AM
Rahuldai
· Snapshot 243
Like · Liked by · 0
सटिक प्रहार अनिल जी।
Poudel Anil
· Snapshot 503
Like · Liked by · 0
Thanaks GT, Thuldai and Bhojpure..Jai bhudi :)
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 230
· Posts 3 · Viewed 431
· Posts 5 · Viewed 608
· Posts 55 · Viewed 2101
· Posts 4 · Viewed 667
· Posts 6 · Viewed 507
· Posts 1 · Viewed 128
· Posts 1 · Viewed 127
· Posts 16 · Viewed 2928 · Likes 5
· Posts 3 · Viewed 425



Travel Partners
Travel House Nepal