यस्तो रहेछ समाज - भाग २
“आयो भने आयो भन है” भन्दै दाइ पांच तल्ले घरको जस्ताको
छानामाथि चढेछ टीभीको भर्यांग जस्तो ठुलो आंटेना घुमाउन, म ची दोस्रो तलामा बसेर टीभीमा झ्यार्र्र आयो भने “आएन” भनेर घाँटीको नसा थर्किने गरि कराउँथे अनि अलिकति आको जस्तो भयो भने “भयो” भनेर चिच्याउथे | तेस्तै परिस्थितिमा पनि स्वाद लीई लीई टिवी हेर्ने गरेकोत
तपाइहरु सबैलाई यादै होला अझ तेस्माथि घर चि आकाश छुने तर एक तल्लामा एउटा कोठा
पनि मुस्किलले हुन्थ्यो र राम्ररी हात खुट्टा तन्काउने
ठाउपनि हुँदैन थियो, अनि छुट्टै बैठक कोठात कहाँ हुन्थ्यो र | सबै भन्दा राम्ररी सजिएको सोफासेट सहितको कोठो दाइ-भाउजुको सुत्ने
कोठानै थियो.अनि टिभी पनि तेही ल्याएर ठडाइदियो |
अरुबेला भाउजुले निन्द्रा लागे जस्तो गरी ”हाई हाई" नगरेसम्म टिभी हेरीन्थियो
तर “वोर्ल्ड कप फूटबल” राति हुने हुँदा बर्बाद | वोर्ल्ड कप त दाइलेनी
हेर्थ्यो अनि बोलाए पछि आँखा मीची मीची गएर हेर्न बसिन्थ्यो तर खेलको
भावनात्मक स्वोफुरत प्रतिक्रिया र बिश्लेशनहरु चाही आफु भित्रै राख्नु बाहेक दाइ संग
आदान प्रदान गर्ने बातावरण थिएन| आफुले देखेको अनि हुर्केको समाज तेही थियो
अनि समयको सापेक्छेतामा तेस्मा कुनै परिवर्तन भएको महसुस भएन |
दाइ छैनकी भनेर एक दिन टिभी हेरम भनेर फुत्त दाइको कोठामा
छिरेको थिएँ दाइ चि अरु काका दाइहरुसंग कुरामा बेस्त |
“तिमि त यसपाली एसएलसी दिने होइन” एउटा काका दाइले सोधी हाल्यो म कोठामा छिरेको
देखेर |
“हो" भनेर म अलि पर एउटा कुनामा लम्केर थचक्क बस्न गएँ |
बस्न पाछैन दाइले बोलिहाल्यो ”अब बोर्डिंगमा पढे पछि बोर्डमा त ल्यौन्नै
पर्यो नि | पास मात्रत जुन स्कुलमा पधेनी हुन्छ, किन पढनु पर्यो बोर्डिंगमा”
बोर्डको परिभासा बुझेर होकि नबुझेर हो कसैले केहि नभनि हाँस्य जस्तो
गरी अरुनै कुराहरु तिर लागे| म चि त्यो गुम्सिएको कोठाबाट बिस्तारै अन्कनाउन्दै निस्केर बाहिर चोकतिर
बस्न गएँ| चिसो हावाले अलिकति दिमाग हल्का भाजस्तो भयो | एकै छिन एता उता टाउको
घुमाई हेरें चोकमा कोहि थिएन | आँखा घुम्दै दाइको कोठा भएको झ्यालतिर पुग्यो अनि
एक्कैचोटी फेरी त्यो बोर्डमा ल्याउनुपर्ने सुक्छ्म समाजिक दबाबलाई सम्झेर जिउ
सिरिङ्ग भयो | बिस्तारै घिस्रंदै तेही चोकमै बस्ने साथि झ्याब्लेको धोका धक धक
गर्न पुगें |
क्रमश:
( कमेन्ट गरिदिनु भाको सबै
साथीहरुलाई धेरै धेरै धन्यबाद |
अझै लेखने हौंसला जाग्यो | )