एस्तो मा माओवादी को आँखा किन जादैन - Sajha Mobile
SAJHA MOBILE
एस्तो मा माओवादी को आँखा किन जादैन
Posts 9 · Viewed 11198 · Likes 4 · Go to Last Post
_____
· Snapshot 0
Like · Likedby · 0
कि दलित हरुले चन्दा दिन सक्दैनन भनेर वास्ता नगरेको?

लहान, श्रावण २० -
सिरहाको लहान नगरपालिका-१ स्थित मटिअर्वामा तीन पुस्तादेखि बस्दै आएको घर
कथित उपल्लो जातिकाले भत्काईदिएपछि ६ घर दलित डोम समुदाय बिचल्लीमा परेका
छन् ।


प्रहरी संरक्षणमा घरभित्र छिर्न नदिई बाहिरै छेक्दै घर तोडफोड गरी कुटपीट
गर्दै सरसामान, लत्ता कपडा, नगद, गरगहनाहरु समेत लगेपछि दलित डोम परिवार
बिचल्लीमा परेका हुन् । भवानीपुरका सागरलाल चौधरीको नेतृत्वमा आएको समुहले
कुटपीट गरी घर भत्कादिएको पीडितले बताए ।


पीडितका अनुसार यसअघि वर्षौंदेखि बस्दै आएको थातवास हटाउन चौधरी परिवारले पटक पटक धम्की दिदै आएको थियो ।


'दुइ भाइ छोराहरुलाई पनि कालले लग्यो, पति पनि  छैनन्, यी लालाबालालाई
कहाँ लगेर राख्नु' घर भत्काईदिएपछि विचल्लीमा परेकी डोम वस्तीकी ६० वर्षीया
विधवा किसनी मरिक डोमले दुखेसो गरिन 'प्रहरी समेत आएर घर भत्काएपछि
न्यायका लागि कहा जाने ?'


विपतमा परेपछि वस्तीमा पुग्ने जो कोहीलाई पनि उनी आफ्ना नाति नातिनीहरुलाई
राखेर खुला आकाशमुनि किसनी 'त्यत्रो वर्ष बित्दासम्म कसैले केही भनेन,
अहिले जग्गाको मूल्य अकासिएपछि हामी निमुखामाथि घर भत्काएर अन्याय गर्‍यो
भनिरहेकी थिईन ।


लहानलाई दक्षिणका करिब आधा दर्जन गा.वि.स.हरुसँग जोड्ने सडकसँगै रहेको
साढे चार कठ्ठा ऐलानी जग्गामा बस्दै आएका ७ घर मध्ये एक घर परिवारलाई पहिला
नै घर भत्काएर यसरी नै विस्थापित गराइएको किसनीले बताइन् । बाँकी रहेका ६
घरकालाई पनि 'यो जग्गा नम्बरी हो, अर्के ठाउँमा जाओ' भन्ने गरेको उनको
दुःखेसो छ । उनका अनुसार राणाकालिन समयमै आफ्नो जिजु ससुराको पालामा लहानको
चन्द्रनारायण चौधरीका पुर्खाले त्यो जग्गा किसनीकी जिजु ससुरालाई दानबकस
दिएका थिए ।


किसनीका अनुसार अहिले उनलाई त्यो जग्गा चौधरी खलकका भान्जा भनिने
भवानीपुरका सागर चौधरीले आफूले पाएको भन्दै घर हटाउन पहिला देखिनै दवाव
दिइरहेको थियो ।   


वस्तीमा अहिले किसनीका नातीहरु संजय मरिक, शत्रुधन मरिक, अजय मरिक, विजय मरिक, नातिनी मिना मरिकसहित २० जनाको संख्या रहेको छ ।


कुटपिटबाट वस्तीका खटर मरिक, भुटन मरिक, संजय मरिक, मिना मरिक घाइते भएका
छन् । सयौं स्थानीय दलितहरुले घर भत्काइएकाहरुलाई पुनर्स्थापनाको विकल्प
नदिएसम्म सडकमै बास बस्ने भन्दै नाराबाजी गरेका थिए । यता वडा प्रहरी
कार्यालय लहानले घटनास्थलमा खटिएका प्रहरीहरुले कुनै लुटपाट र दुर्व्यवहार
नगरेको बरु अदालतको आदेश अनुसार जग्गा धनीको जग्गाबाट बस्ती खाली गराउन
सहयोग गरेको जनायो । दूवै पक्षलाई बोलाएर छलफल भइरहेको प्रहरीले जनाएको छ ।


लहान नगरलाई दक्षिणवर्ती करिब आधा दर्जनभन्दा बढी गा.वि.स.लाई जोड्ने
उत्तर दक्षिण सडकसँगै जोडिएको उक्त जग्गा अहिले लाखौं रुपैयाँ कट्ठाको दरले
बिक्री हुने भएपछि स्थानीय प्रहरी प्रशासनले भू-माफियाहरुको प्रभावमा परेर
सुकुम्वासीहरुको विचल्ली बनाएको आरोप पीडितको छ । यसैबिच सिरहास्थित एक
दर्जन अधिकारवादी संघ संस्थाहरुले बिहीबार विज्ञप्ती जारी गरि
सुकुम्वासीलाई बेघर बनाउन सघाउने स्थानीय प्रहरीको भूमिकाप्रति खेद व्यक्त
गर्दै पीडितहरुलाई क्षतिपूर्तिको माग गरेका छन् । 
source:http://www.ekantipur.com/np/2067/4/20/full-news/315754/
mampakha
· Snapshot 38
Like · Liked by · 0

Just one question? are they human still?.

syanjali
· Snapshot 79
Like · Liked by · 0
May be the Maoists themselves  are involved, why they care it. They have a gang to find out loop holes and make the government officer corrupt and make money. My family has been victimized by Maoist.  The are not working for human services but for money and the power. 
rationale
· Snapshot 149
Like · Liked by · 2
माओबादी भन्या आफैं समस्या हो साथि , समस्याको समाधान होइन ।
u_day
· Snapshot 213
Like · Liked by · 0

Yesto kura ma maobadi ko Aakha janthiyo, jaba samma timiharu POWER ma aayeko thiyenan.


Aba ta Maobadi haruko Aakha tyesto kura ma jadaina.

syanjali
· Snapshot 261
Like · Liked by · 1
Rational: That was the sweet and solid answer. 
_____
· Snapshot 496
Like · Liked by · 0
Thanks to all for comments. Main reason of this thread was to point out weakness of our system and weakness within us.Political parties are there not to rule us but to uplift the life of millions of Nepalese and guarantee the rule of law.We need to push them
newlynew
· Snapshot 567
Like · Liked by · 0
कहाँ मित्र पनि!!! माओवादीको आँखा यस्तोमा जान छोडेर कहाँ नचाहिने कुरो मा जान्छ हो???

Nepal Premi
· Snapshot 574
Like · Liked by · 0
maoist r non human.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 115
· Posts 1 · Viewed 109
· Posts 4 · Viewed 329
· Posts 2 · Viewed 316
· Posts 1 · Viewed 76
· Posts 1 · Viewed 108
· Posts 1 · Viewed 75
· Posts 1 · Viewed 133
· Posts 2 · Viewed 335
· Posts 12 · Viewed 1857



Your Banner Here
Travel Partners
Travel House Nepal