जसले भएभरको श्रीसम्पत्ति ...... - Sajha Mobile
SAJHA MOBILE
जसले भएभरको श्रीसम्पत्ति ......
Posts 2 · Viewed 5798 · Go to Last Post
bhijilante
· Snapshot 0
Like · Likedby · 0

जसले भएभरको श्रीसम्पत्ति बाटोमा खन्याए




image





नवलपरासीको
अरुणखोलाबाट पाल्पाको रामपुर जोड्ने अत्यन्तै कठिन मानिएको बाटो व्यक्तिगत
प्रयासमा बनाए, लक्ष्मीप्रसाद ज्ञवालीले । ४६ किमि लामो यो बाटो बनाउन
उनले आफ्नो जग्गा-जमिन बेचेर एक करोड २६ लाख खर्च गरे ।




गरिब
परिवारमा जन्मिएका लक्ष्मीप्रसाद ज्ञवालीले जीवनमा आफ्ना लागि मात्र
कहिल्यै सोचेनन् । आफू जति नै गरिब र दुःखी भए पनि आफ्नो सीप, मिहिनेत र
तागतले भ्याएसम्म अरूका लागि केही गर्नुपर्छ भन्ने भावना लिएर बाँचे ।


नवलपरासीको
अरुणखोलाबाट पाल्पाको रामपुर जोड्ने अत्यन्तै कठिन मानिएको बाटो बनाएर
त्यस क्षेत्रका बासिन्दाका लागि उनी अत्यन्त आदरणीय भएका छन् । राज्यको
पहलबाट समेत यति लामो समयसम्म बनाउन नसकिएको रामपुरको पहाड-मधेस जोड्ने
बाटोलाई व्यक्तिगत लगानीमा सम्पन्न गरेर त्यस क्षेत्रका बासिन्दालाई चकित
तुल्याएका छन्, उनले । त्यस बाटोको लम्बाइ ४६ किमि छ । तनहु, स्याङ्जा र
पाल्पाको संगमस्थल मानिने सुन्दर नगरी रामपुर पर्यटकीय दृष्टिले पनि निकै
राम्रो छ । तर, त्यहाँ पुग्न सीधा बाटो नभएकाले त्यस क्षेत्रका बासिन्दा
धेरै कुरामा पछि परेको बताउँछन्, समाजसेवी लक्ष्मीप्रसाद ज्ञवाली ।


रामपुरबाट
मधेस-पहाड गर्ने सबभन्दा छोटो र अप्ठ्यारो मानिएको यो बाटो पूरा गर्न उनले
एक करोड २६ लाख रुपैयाँ खर्चिए ।


सुरुमा
त्यो कठिन मानिएको बाटो बनाउने सपना त बुने, तर त्यसलाई विपनामा बदल्न निकै
कठिन थियो । सुरुमै बाटो बनाउनकै लागि भनेर महोत्सव गरेर त्यस क्षेत्रका
बासिन्दाबाट केही रकम उठाउने योजना बनाए । महोत्सव आयोजना गरेर आफूले पाँच
लाख ५५ हजार पाँच सय २५ बाटोका लागि दिने घोषणा गरे । 'आफूजस्तै कोही
दानवीर निस्केलान् भनेको त केको निस्किनु' लक्ष्मी सम्झन्छन्, 'उही महोत्सव
खर्चचाहिँ उठ्यो अरू जिरो ।' उनले बाटो बनाउने भनेर आयोजना गरिएको
महोत्सवमा घोषणा गरेका थिए, 'कसैले सहयोग गरेनन् भने म आफैँ मेरो भएको
जग्गा बेचेर पनि यो बाटो पूरा गर्छु ।' हुन पनि बाटो बनाउने क्रममा ४/५ वटा
महोत्सव आयोजना गरियो । राजधानीबाट चल्तीका हास्य कलाकारदेखि
गायक/गायिकासम्म
लगे । तर, त्यसबाट
महोत्सवको खर्च कटाएर जम्माजम्मी तीन लाख ३५ हजार उठ्यो ।


पाल्पाकै
गल्छा गाविसको ढुगानाबेसीमा १२ जनाको संयुक्त परिवारमा जन्मिएका उनले
बाल्यकालमा राम्रोसँग खान-लाउनसमेत पाएनन् । 'घरको आर्थिक अवस्था नै
त्यस्तै थियो,' उनले बाल्यकाल सम्झे, 'खान-लाउन पुग्दैनथ्यो, घरको आर्थिक
अवस्थाले पढाइ छाड्दै अरूकोमा काम गर्दै पढ्दै पनि गरेँ ।' कक्षा ६ मा
पढ्दा पढ्दै काम गरेर पैसा कमाउन एउटा ट्रकको पछि बसेर ल्हासा गए, उनी ।
त्यहाँ एकजना साहुको घरमा भाँडा माझ्नेदेखि कपडा धुनेजस्ता घरायसी काम गरे,
कमलले । एक वर्षजति काम गरेपछि केही पैसासहित परिवार आफन्तलाई कोसेली भनेर
साहुले कपडा पठाए, उनलाई । त्यही कपडा राजधानीमा ल्याएर अरू थपथाप गरेर
केही समय व्यापार गरेछन्, उनले । पछि त्यो व्यापारको पैसाले गाउँमा केही
जग्गा किने । गाउँमा दाइले उनलाई पढाइदिने भनेपछि नवलपरासीको अरुणखोलामा ७ र
८ कक्षा सम्मको अध्ययन गरे । त्यहाँ पढाइ उनलाई मन परेन । उनीसँग ३५०
पर्ने एउटा क्यामेरा थियो, त्यसैले फोटो खिच्दै आएको पैसाले पढ्छु भनेर
त्यसवेला पढाइमा राम्रो मानिएको तानसेनको जनता माविमा पढ्न सुरु गरे ।
छुट्टीको समयमा फोटो खिच्दै पैसा पनि कमाउँदै एसएएलसी सिध्याए ।
एसएलसीलगत्तै बिहे पनि गरे, लक्ष्मी प्रसादले रामपुरकै लक्ष्मीसँग ।
त्यसपछि काठमाडांैमा व्यापार गरेर कमाएको पैसाले जग्गा किनेको ठाउँमा अरूले
पक्की घर बनाएको देखेर उनलाई पनि त्यस्तै घरको नशा चढ्यो । तर, त्यस्तो घर
बनाउँदा त उनको जहाजै डुब्यो । ६ लाख ४५ हजार खर्च लागेपछि ऋणमा पनि परे ।
'त्यसपछि त छोराछोरीलाई बिहान-बेलुका के खुवाउने भन्ने चिन्ताले
निद्रासमेत लागेन,' उनी सम्झन्छन् । त्यसपछि लामो समयपछि विकल्प निस्क्यो,
माछा मारेर जीविका चलाउने । त्यसपछि त्यहीँको निस्डी खोलामा करेन्ट लगाएर
माछा मार्ने काम गर्न थाले उनी भने श्रीमती बेच्ने । सोलारबाट ब्याट्री
चार्ज गरेर माछा मारेको थाहा पाएपछि गाविसले नै उनको त्यो काममाथि
प्रतिबन्ध लगाइदियो । ०४७ मा अमेरिका गएको एकजना साथीले उनलाई गाउँ आउँदा
ल्याइदिएको सोलारबारे अनविज्ञ गाउँलेले उनलाई सोध्दा घामको प्रकाश तानेर
बिजुली उत्पादन गर्छ भनेका थिए । त्यसको केही समयपछि त गाउँका बूढापाका त ए
हाम्रो गाउँको घामको प्रकाश यसले तानेर हाम्रा बाली नै पो पहेँलिएको रै'छ
भन्दै चौकीसम्म पुर्‍याए, उनलाई । त्यसपछि उनले गोर्खाबाट चोयाको टोपी
ल्याएर स्याङ्जा र पाल्पामा बेच्नेदेखि प्युठानबाट घ्यू ल्याएर नवलपरासीमा
बेच्नेसम्मको काम गरे । उनका जीवनमा धेरै उकाली-ओराली आए । कहिले खान पनि
नपाउने स्थिति आएपछि रामपुरमा आएर ज्यालामा काम गरेर जीवन गुजारा गरे ।
भन्छन्, 'म र मेरी श्रीमतीले ३५ रुपैयाँका दरले गहुँसम्म काटेर लामो समय
गुजारा गर्‍यौँ ।'


०००


केही
सीमित प्राकृतिक कुवाबाहेक पानीको स्रोत नभएको रामपुरमा उनले भैरहवा गएर
चापाकोल -ह्यान्डपम्प) ल्याएर गाड्ने कामको सुरुवात गरे । हालसम्म सवा सयको
हाराहारीमा त्यस्ता पानी तान्ने कल गाडिसकेका उनको जीवनस्तर त्यसले निकै
उक्सियो । 'म पानीको कामबाट उक्सिएको मान्छे हुँ' हालैको भेटमा उनले सुनाए,
'रामपुरमा यस्तो कल गाड्न मैले सुरुवात गरेँ, अहिले पनि यो कामका लागि
मलाई नै गुहारिन्छ ।' त्यसपछि गि्रल उद्योग सञ्चालनमा ल्याए, जो अहिले पनि
निरन्नतर छ । त्यस्तै, माछा मार्ने मेसिन बनाउन सुरु गरे जुन १२ देखि १५
हजारमा बिक्री गर्छन् । अहिले पनि यो काम निरन्तरता नै पाइरहेको छ ।
त्यसपछि घर बनाउने ठेक्का लिनेदेखि घर-जग्गाको कारोबार गर्ने हैसियतसम्म
बनाए, ज्ञवालीले । 'मैले छोराछोरीको हातमुख जोर्न ३५ रुपैयाँमा ज्यालामा
गहँु काट्नेदेखि रामपुरमा नयाँ-नयाँ काम गर्दै मेरो जीवनस्तर उक्स्यो,'
भन्छन्, 'तर म आफू मात्र बन्नेभन्दा पनि सबैको हितका लागि मैले केही
गर्नुपर्छ भनेर समाजसेवामा लहसिएँ ।' हुन पनि अरूको हितको नाममा आफ्नो
घर-जग्गा भनेनन्, उनले । बाटो बनाउँदै जाँदा पैसाको अपुग भएपछि दुःख गरेर
कमाएको पैसाले जोडेको नपलपरासी अरुणखोलाको एक बिघा खेत २६ लाखमा, रामपुरको
१२ रोपनी जग्गा ५२ लाखमा नवलपरासीको कावासोतीको एक कठ्ठा घडेरी साढे १८
लाखमा बेचेर बाटोमै खन्याए, उनले । त्यसले पनि नपुगेपछि आफूसँग भएको केही
सुन र श्रीमतीका गरगहना तीन लाखमा बेचेर बाटोमै लगाए । कतिपयले त उनलाई
बौलायोसम्म भने रे ! बाटोका लागि भकाभक जग्गा बेच्दा । 'तर यो देशको नागरिक
भएर जन्मेपछि देश र जनताका लागि पनि केही दिनुपर्छ भनेर मैले त्यसो गरेँ,'
लक्ष्मीप्रसादले भने । त्यसले पनि नपुगेपछि साढे सात लाख ऋण लिएर बाटो
पूरा गरे, उनले । 'मेरा आफन्तहरू भएको जग्गा सिध्यायो भनेर गाली गर्थे, तर
मलाई जग्गा बेच्नुपरेकोमा पीडा थिएन,' लक्ष्मीले निकै गर्वका साथ भने,
'मेरो बाउको सम्पत्ति होइन, मैले कमाएको सम्पत्ति हो, फेरि कमाउन सक्छु
भन्ने थियो तर जग्गा बेचेर भए पनि मजस्तो सामान्य मान्छेले त्यत्रो बाटो
पूरा गरेँ, त्यो दिनजति खुसी जीवनमा कहिल्यै भइनँ म ।' आफूले कुनै समय नुन र
अदुवाको भारी बोकेर हिँडेको बाटोमा आज आफँैले बाटो खनेर गाडी गुड्न सम्भव
बनाएकोमा कम्ती खुसी छैनन्, लक्ष्मी । भन्छन्, 'मैले जीवनमा किन गर्व नगरूँ
? यो बाटोको प्रसंग आउनेबित्तकै मेरो छाती फुलेर आउँछ,' उनले बाटो खन्न
सुरु गरेको ७४ दिनमा बाटो पूरा गरेका थिए ।


०००


राजनीतिक
कारणले सरकारी तहबाट सर्भेसमेत पूरा हुन नसकेको यो बाटो स्थानीयवासीको
सहमति लिई उनले पूरा गरे । मिल्याल गाविसको लामेदमार र मुढावास भन्ने दुई
गाउँबीच एउटा गाउँबाट बाटो लैजाँदा अर्कोतिर अर्के पार्टीकाको बाहुल्य
रहेकाले ४, ५ किमि सर्भे भएको बाटो पनि त्यत्तिकै रोकिएको थियो । जहाँ
विवाद भएको थियो, त्यहाँबाट एउटा गाउँकाले आफ्नो गाउँबाट बाटो लैजानुपर्ने,
अर्को गाउँकाले पनि त्यस्तै अड्डी कसेपछि सर्भे नै त्यहीँ रोकियो त्यही
कारण त्यो ठाउँको नाम 'विवाद चोक' रहन पुग्ोको थियो । तर, उनले रिङरोडजसरी
दुवै गाउँ घुमाएर बाटो बनाएपछि त्यो विवाद चोकको नाम फेरिएको छ, मिलनचोक
भनेर ।


०००


अध्ययनका
हिसाबमा इन्जिनियर नभए पनि इन्जिनियर, ओभरसिअरले गर्ने काम सबै उनैले गरे ।
बाटोको सर्भे सबै उनी आफँैले गरे । पछि बाटो सम्पन्न भएपछि जिल्लाका
इन्जिनियर उनको काम देखर आश्चर्यचकित भएको बताउँछन्, कमल । उनकै डिजाइनमा
रामपुरको उनकै घर कालीगण्डकी भ्यु टावर बन्दै छ । अहिले ६ तला पूरा भएर सात
तला बनिरहेको छ । नेपालको दोस्रो धरहराको उपनाम पाएको यो टावर ११ तला
बनाउने तयारीका साथ लागेका उनी भन्छन्, 'यसले यो क्षेत्रमा पर्यटक
भित्र्याउन निकै ठूलो भूमिका खेलिरहेको छ । यसबाहेक चार वर्षदेखि वनमाराको
झारबाट ग्यास निकालेर भात पकाइरहेको बताउँछन्, उनी । भन्छन, 'सानोमा
वैज्ञानिक बन्ने लक्ष्य थियो, धेरै पढेर ठूलो वैज्ञानिक बन्न नसके पनि
समाजका लागि केही नयाँ काम गरिरहेको छु भन्ने लाग्छ ।'


Nayapatrika

Maalpaani
· Snapshot 117
Like · Liked by · 0
Inspiring ! Keep up Laxmi Prasad !!
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 21 · Viewed 5593 · Likes 3
· Posts 4 · Viewed 303
· Posts 1 · Viewed 134
· Posts 21 · Viewed 3348 · Likes 1
· Posts 17 · Viewed 2710
· Posts 1 · Viewed 98
· Posts 1 · Viewed 95
· Posts 4 · Viewed 977
· Posts 3 · Viewed 341
· Posts 36 · Viewed 4408 · Likes 11



Travel Partners
Travel House Nepal