बधाई छ प्रचन्ड - Sajha Mobile
SAJHA MOBILE
बधाई छ प्रचन्ड
Posts 4 · Viewed 8070 · Likes 1 · Go to Last Post
lopchanlama
· Snapshot
Like · Likedby · 1

बधाई छ प्रचन्ड
बधाई छ माकुने
सारा नेपालीको आशुँको
दोसल्ला तिमीहरुलाई



बधाई छ प्रचन्ड
जंगल पस्दा तिमी
१२ हजार नेपालीलाई
सहिद बनायौ
उडाउनु - उडायौ बिकासका संरक्षणहरु
गाउ - गाउबाट युवा शक्ती
कतार्,दुबई ,मलेसिया भगायौ
बधाई छ प्रचन्ड
१२ हजार नेपाली रगतको
दोसल्ला तिमीलाई



संबिधान बनाउन बनी
शहर पस्यौ
कुर्शीको आडमा
परिवारलाई विश्व-भ्रमन गरायौ
दश-लाख भत्ताले
जनताको डाड सेकायौ
बधाई छ प्रचन्ड
१२हजार जनताको रगतको
दोसल्ला तिमीलाई



बधाई छ माकुने तिमीलाई पनि
बखान त तिम्रो के गरु र खै?
चाप्लुसी , चाकरी अनी दलालिको
हे! पर्मेस्वर
टिका लाएर पाएको
कुर्शिको आडमा
मदारिले चटक देखाए झै
सारा नेपालीलाई रमितो मात्र गरायौ
तै पनि बधाई छ तिमीलाई



चर्तिकलाहरु अब धेरै भो
जनता अब उठे हुन्छ
यो माकुने र प्रचन्डहरुलाई
नांगेझार बनाई
सिस्नु-पानिले चुटे हुन्छ
हाँडिमा राखेर दुबैलाई
मजाले अब भुटे हुन्छ

Bedrock
· Snapshot
Like · Liked by · 0
good one!
PeaceSoul
· Snapshot
Like · Liked by · 0
पढ्दा पनि कति आनन्द आएको हो भन्या सोल्टी !!!!

prabhat41
· Snapshot 455
Like · Liked by · 0
म् लाई चढेको  , लामा !!,भो न् जिस्काउ |
मैले फेरी हारे नेपाल आमा !!,म लाई पि यम बनाउ|

हार्ने हरु ले केही पाउछ्न यहाँ ,म पनि अब लाइन मा आए |
स्तालिन को भुत ले सताएको छ् मलाई ,मैले के बिराये ??

कबाब को सोख राख्छौ , भने आसु मुल्य के लामा ?
लोकतन्त्र बारीको काउली हैन ,मिल्दैन होल सेलमा |

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 398
· Posts 7 · Viewed 1311 · Likes 1
· Posts 5 · Viewed 656
· Posts 79 · Viewed 19338 · Likes 19
· Posts 1 · Viewed 147
· Posts 2 · Viewed 346
· Posts 1 · Viewed 123
· Posts 1 · Viewed 135
· Posts 1 · Viewed 210
· Posts 1 · Viewed 197



Your Banner Here
Travel Partners
Travel House Nepal