भक्ते लाई खुत्रुक्क पार्यो बाबै हरियो घाडो ले - Sajha Mobile
SAJHA MOBILE
भक्ते लाई खुत्रुक्क पार्यो बाबै हरियो घाडो ले
Posts 2 · Viewed 5544 · Go to Last Post
BudoBaaje
· Snapshot
Like · Likedby · 0

हन हो  मेरा प्यारा छोर्छोरी जस्ता नानी हो ।
अब समस्से पर्दा ओर्दा यसो समस्से को चैने जो समाधान खोज्न यही आउने हो । तिमेर्कै कन्नो कन्यौनी हो ।
अब समस्से भन्ने कुरो पनि आइरन्छ। आउनु त  थियो आइगो फेरी आर्को । फेरी आफुलाई मुख्य कुरो गर्न छाडेर फाल्तु कुरो कन्थो  गरेर समये फाल्नु चै मन पर्दैन के । त्यही भएर म सिधै समस्से  मा जान्छु है त ।


कुरो चै के पर्‍यो भने भक्ते भान्दाइ ले त्यो के जाती गिरिन काड को हरियो  अम्रिकाने घाडो भर्खरै  भिरेछन । अब उता गाम मा  सब्बै काम  लठिपद्र  छ रे। मकै का  घोगा भाँच्न पर्ने । सुठो सुकौन नपाएर बिग्रेला भन्ने आर्को पिर । बले दमै को अम्रिका आउँदा सिलाको अस्टकोट को पोइसो पनि द्या छैन । मोरो ले कत्ती सराप्दै होला । उनिलाई  नदेखेर गाई बाख्रा कती कराये होलन ? बिचरा निमुखा हरु कत्ती डुक्रिदा हुन ।  गा बि स को लन्ठो पनि निखन्न पएकै थिएन । सप्पै भगवान भरोसे मै छ । घर त नगै भाछैन रे ।घर जाउ ओबामा को   हरियो घाडो घाटिमा छ।


अब प्रश्न भनेको के भन्दाखेरी त्यो घाडो भएको मान्छे पैलो पल्ट नेपाल गये पछी कत्ती समए पछी फिर्नु पर्ला ?  छ मैना ? एक बर्ख ?  अब  जाउ न त हो बुडा USCIS  को वेब साईटा  भनेर प्याच्च चै कसैले नभन है । त्यती को जान्ने गाई खाने भाषा निखन्न सक्ने भये यहाँ आएर हार गुहार चै गरिन्न थियो के  । आफ्नै गाम का मान्छे हुन एस्सो मिलाएर सल्लो देउन है । भक्ते को असिस  लाग्छ बै ।          

syanjali
· Snapshot
Like · Liked by · 0
अम्रिका जाने त्यो पनि हरियो पत्ता लिएर जाने भए पछी काम लठिभद्र छ भन्न पाईयो र के यो ससुराली गए जस्तो हो र काम धाम मिलएर जानु पर्छनी। माने क्यारे बसाइनै सारीसके पछी , चाइने क्यारे त्यो माली गाई ब्यायो कि ब्याएन , मकै घोगा कत्रा लागे , कतिमुरी फल्ने होला भनेर बस्ने हो कि हरिया नोठ ख्यान्ख्यान्ती गर्नेर बस्न्या हुन । बुढो बाज्या तिम्रा मतिमा पनि कुकुरले तुर्क्यायो जस्तो छनी।

जानै पर्ने हो भने , जानु अघी त्यो अम्रिकाने को आवत जावत गर्न पाउने इजाजत पत्र लिनालाई फेरी पन्जा छाप लगाउनु पर्छ त्यो आए पछी मात्रै बले दमै को दर्शन गर्न जानु अनी ठ्याङै २ बर्ष भित्र आउन पाउने कगजात दिन्छ,हरिया नोत टिप्न छोदेर किन नेपाल बसाइ हो ?

बुढो बाजे ले तरुनी खोज्दै थिए है न र , कि तेल फेर्न जान लाग्या हो , बिहे को रहर मात्रै भयो यहाँ, उता भने केराको झ्याङ्मा स्वहाँ हो कि क्याहो ?

जानुस् बज्या जानुस् , पन्जा छाप आए पछी ढुक्कै ७२८ दिन्को बसाइ गरे हुन्छ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12049 · Likes 1
· Posts 7 · Viewed 3514 · Likes 1
· Posts 1 · Viewed 958
· Posts 1 · Viewed 919
· Posts 1 · Viewed 830
· Posts 1 · Viewed 910
· Posts 1 · Viewed 901
· Posts 21 · Viewed 9084 · Likes 1
· Posts 3 · Viewed 2283
· Posts 5 · Viewed 7377 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal