~ चौतारी १८१ ~ - Sajha Mobile
SAJHA MOBILE
~ चौतारी १८१ ~
Posts 338 · Viewed 142569 · Likes 12 · Go to Last Post
दौतरी
· Snapshot
Like · Likedby · 0
 

~ चौतारी १८१ ~







हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १८१ औं
संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर
जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिका सम्म, दख्खिन
तराईबाट बढेर अष्ट्रेलिया-साउथ अमेरिका सम्म र उत्तर हिमालबाट बढेर
रुस-नर्वेसम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता
हो। कतै जाडो कतै गर्मि, यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
मात्र हैन अशर्फी घोटि घोटि स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||







भन्छन
कसैको आँखा लाग्यो भने राम्रो हुँदैन रे, हाम्रो यति राम्रो चौतारीमा पनि
कसैको आँखा लागेको हो त? लागेकै भए हे परमेश्वरी यो कागती र खुर्सानीले
सबै दोहो गरोस्! नारायण! हरी हरी!







आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो
ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 



sssssचौतारी रिमि्स-पूरानो मान्छे नया स्टाइलsssss




यो
चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै
आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी र हामी सबै सुस्ताउने चौतारी.... कठै त्यो मेरो गाउँ!! मेरो प्यारो चौतारी!!!








लेक, मधेस, गाउं, शहर, मुगलान काहां काहां पूगें 
आफ्नै गाउं,आफ्नै ठाउं,आफ्नै चौतारी सम्झी आएं




सधैंका
झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे
दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे
माइल्दाइ,Poonte–पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal –
ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai -
ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness - मदनवा, Ritthe -
रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal -
सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे,
Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका,
Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी,
perfectionist-पुरे, ramronepal- रामे, रामेचा, timi_mero_sathi - टि एम
एस आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा  न्यानो अभिवादन टक्र्याउँछौं।








Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens, wildest, vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers , alxoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on
the stage of Chautari of Sajhaland (World's first and finest internet


  IMPROV in Nepali language)





Running since 7 Sept 2005 in a total of 181 edition




Load Previous
khushii
· Snapshot
Like · Liked by · 0
लहरेलाई जन्म दिनको शुभकामना तथा बधाइ । यस्पाली चाइ पक्कै होस् झ्याइ ।
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

हार्दीक शुभकामना वा हार्दीक सहानुभूती:


(दुई मध्ये एक छानेर लिनुहोला)


 


१) जन्मदिनको सुखद् अवसरमा श्री लहरेकान्त लाकौललाई जन्मदिनको हार्दीक शुभकामना!


२) जिन्दगीको अर्को एक वर्ष सकिएको दुखद् अवसरमा श्री लहरेकान्त लाकौललाई वर्षभोग समाप्तीदिनको हार्दीक सहानुभूती!


बाँकि सबैलाई जदौ!


 


 

ramronepal
· Snapshot
Like · Liked by · 0
Hi खुशी ।
के हो जिम्माल, फोन शोन उठाउनु छैन ........ क्या गोप्य कुरा गर्नु थियो .......
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

ठुल्दाई, खुसी नानी, रामे, लहरे, दौँतरी, पुरे, बैरे लगायत सबैलाई जदौ!


खुसी नानी!


बिस्टे
· Snapshot
Like · Liked by · 0
लहरेलाई जन्म दिनको शुभकामना
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

ओहो! सम्धीज्यू! जदौ!


गाथमा आरामै? खै हजूरको र मेरो त लुकामारी खेल्या जस्तो हुने रेछ चौतारीयाँ पनि!


जदौ रामे! हुन्छ बेलुका फोन गरम्ला!

ramronepal
· Snapshot
Like · Liked by · 0
प्रणाम बिस्टे ।

हुन्छ जिम्माल ...... फुन उठाउन्छु मात्र भनुम न ........ म गरिहाल्छु नि ....

हैन अरु औतारी हरु कता गएछन .....

खोइ रिठ्ठेले नेपाल पुगेर हाजिर नि जनाएन .....
ल ठुल्दाइ, ३५ दिने सुचना निकाल्न पर्‍यो .....
 
Rahuldai
· Snapshot
Like · Liked by · 0

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
तारेमाम बिर्खे बा, बिस्टे काजी ।


भात्किन लागिसक्यो, नयाँ चौतारी बनाउने सूर छैन कसैको ? क्या झूर भने ।



रिट्ठे ले नेपाल जाने बेला कार्यभार मलाई दिएर गएको छ । कावा रिट्ठेको पनि तारेमाम।


बिराट नगर मा होला रिट्ठे, शोक मग्न छ पुरै शहर। इन्टर्नेट मा सामेत् शोक धुन मात्रा बज्ने होला रिट्ठेको गाममा। कु०टाइम गए छ बज्जे ।

ramronepal
· Snapshot
Like · Liked by · 0
ठुल्दाइ, फोन उठेन नि .........
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

यस्तो रेछ र पो चौतारीमा भिड पातलो भा रेछ


 


Rahuldai
· Snapshot
Like · Liked by · 0

टिरेन को आवाजले फुनको घन्टी सुनिएन रामे। एक छिन मा घन्टी बज्छ है ।


हो बिर्खे बा, सब जना उतै छन, बल्छी हालेर बसेका छन ।

ramronepal
· Snapshot
Like · Liked by · 0
लोल जिम्माल लोल

त्यही त सबै उतै बल्छी हाल्दै बसेका छन ...........

ठुल्दाइ समेत त्येतै हो क्यारे ......
timi_mero_sathi
· Snapshot
Like · Liked by · 0
चौतारी को चौकिदार आज duty बजाउन ढिल अको  मा माफि चह्न्छु, लौ सबै ज्ञात अग्यत औतारी हरु लाई एस चौकिदर को नम्स्कार

timi_mero_sathi
· Snapshot
Like · Liked by · 0

timi_mero_sathi
· Snapshot
Like · Liked by · 0

timi_mero_sathi
· Snapshot
Like · Liked by · 0

timi_mero_sathi
· Snapshot
Like · Liked by · 0

PallaGhareAntare
· Snapshot
Like · Liked by · 0
लहरेलाई जन्म दिनको शुभकामना
timi_mero_sathi
· Snapshot
Like · Liked by · 0

timi_mero_sathi
· Snapshot
Like · Liked by · 0

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 24
· Posts 1 · Viewed 47
· Posts 6 · Viewed 648 · Likes 1
· Posts 1 · Viewed 75
· Posts 1 · Viewed 75
· Posts 15 · Viewed 3254 · Likes 3
· Posts 4 · Viewed 403
· Posts 1 · Viewed 322
· Posts 7 · Viewed 1777
· Posts 1 · Viewed 163



Your Banner Here
Travel Partners
Travel House Nepal