!! तिमीविना !!
नसोध तिमीविना कसरी कटे यी रातहरु
नसोध तिमीविना किन अधुरा रहे बातहरु !
ख़ुशीमा पियें दु:खमा पियें, पिउँदा पिउँदै त्येही ढलेछु
नसोध तिमीविना किन उर्लिये मातहरू !
नसोध तिमीविना किन अधुरा रहे बातहरु !
जिन्दगीको गोरेटोमा दुस्मन साथी भए, साथीहरु दुस्मन
नसोध तिमीविना किन अपराधी भए हातहरु !
नसोध तिमीविना किन अधुरा रहे बातहरु !
तिमी थियौ बहार आयो, छैनौ मेरो संसार उजाड
नसोध तिमीविना किन सुके त्यी पातहरु !
नसोध तिमीविना किन अधुरा रहे बातहरु !
नसोध तिमीविना कसरी कटे यी रातहरु
नसोध तिमीविना किन अधुरा रहे बातहरु !
Please log in to reply to this post
You can also log in using your Facebook
What people are reading
You might like these other discussions...
· Posts 19
· Viewed 6910
· Likes 2