चौतारी-१७२ - Sajha Mobile
SAJHA MOBILE
चौतारी-१७२
Posts 346 · Viewed 194526 · Likes 1 · Go to Last Post
Madness
· Snapshot
Like · Likedby · 0
 चौतारी १७२ ~
 




हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १७१औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। "जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"






कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन |
मा कर्मफलहेतुर्भिः मा ते सङ्गोस्त्व कर्मणि ||


चोतारीके सब गावँले लोगनको जे राम जि कि। त शब लोगन बइठके बतियावने ठावँ हमरो चौतारीपे सबको बराबरिके चानस मिलनेको छ।



यो चौतारीको डिलबाट बिहान सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!! त्यो सुनौलो धौलागिरी! त्यो पाखा, त्यो बारी,
त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!







हिमाल माथि घामले सिन्दूर हालेको कहाँ छ ?


सुन हे यात्री यो देश मेरो नेपाल जहाँ छ!



हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई nepalean - नमे, Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा,जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte –पून्टे दाई, पून्टेदा, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Chipledhunga – चिप्ले, Deep- दीप ज्यो, rahulvai - ठुल्दाई, Nepalki_chori - नेप्ची भाउजु , Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के, Cheli - चेली Norton - नेत्रे, deepika02-दीपीका, Spring-बसन्ती, keli - केली, Surje - सुर्जे, बैरे, खुशी, perfectionist-पुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।



Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens


,wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics, workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,laa- hoo-rays, all on the stage of Chautari of Sajhaland (World's first and finest internet  IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 172 editions.



 
Load Previous
Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम गाम्लेहरु!
मंगलबारे मंगलमय जदौ ।


पुरे, लहरे तारेमाम
एका ब्यानै फाइट, इट इज नट राइट ।


लौ लहरे शुभयात्रा, बाटोमा कसैले देको खाना नखानु, बीचबाटोमा न ओर्लनु। आराम सँग गएस ।


 

perfectionist
· Snapshot
Like · Liked by · 0
के भा ठुल्दाइ पनि, लहरे काँ जान ला हो र? हस्पताल मै त हो, खुट्टो भाँच्देकोले आइया आइया गर्दै थ्यो, ब्यानै उठेर आइसकेछ मुर्दार। हस्पतालाँ खाने कुरो को पीरै गर्न पर्दैन नि, पीर त मलाई त्याँ भाका डाग्दर र नर्सहरुको पो छ त।

लु प्रणाम टक्राँये
Rahuldai
· Snapshot
Like · Liked by · 0
तरुनी नर्सहरु भैदिए त जिन्दगी भर हस्पताल् मै बस्थ्यो लहरे त , जुङ्गे नर्स पर्‍यो होला, भागयो। मखुला ??
perfectionist
· Snapshot
Like · Liked by · 0


तर साची आइ पि एल मा पाकिस्तानी प्लेयर्सलाई गर्नु गर्या रेछ है।
Last edited: 19-Jan-10 08:32 AM
ritthe
· Snapshot
Like · Liked by · 0

अरु कालो रेलको धुवाले


म त कालो छातालाई ओढ्दै नओढ्नाले


 


>>>तरुनी नर्सहरु भैदिए त जिन्दगी भर हस्पताल् मै बस्थ्यो लहरे त<<<


जिना यहाँ मरना यहाँ इसके सिवा जाना कहाँ ..........भन्दै हो ठुल्दाइ?


मंगलवार भएर नि सोम सोम बार जस्तो लाग्ने मंगले जदौ ठुल्दाइ लहरे र पुरे लाई !


लौ लहरे त आज नेपाल जाने हैन? लौ शुभ यात्रा ! ठुल्दाइ ले भन्या जस्तै मुम्फली खान बाटो मा नओर्लिनु

Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

मंगलबारे बिहान ८:५५ को जदौ! यो बिर्खे माईलाको!!

Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

लहरे नेपाल जान लाग्या रे?


ल लहरे मजाले जानु, पिलेनमा सामान मज्जाले लुकाउनु नत्र चोरेर लैजाला। कसैले केहि खानेकुरा दियो भने नखानु, बिख हालेर सामान र पैसा चोर्देलान्। झ्यालबाट धेरै टाउको ननिकाल्नु नत्र अर्को पिलेनले ठोक्देला। बाटोमा रोक्न लगाएर पिसाब सिसाब फेर्नु, च्या स्या खानु। खलाँसि सित दोस्ति गरे घ्यू भात खान पाइन्छ। छाद आउन लाग्यो भने झ्यालबाट टाउको ननिकाल्नु नि बरु पलास्टिको थैलोमा छाद्नु। एभोमिन खाएर गए हुन्छ। बाटोमा काँक्रो सुन्तला दालमोठ किनेर खानु। अनि फर्कँदाखेरि चिटिख्ख परेकी एउटि लहरी सित फर्कनु!

Last edited: 19-Jan-10 09:01 AM
Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम रिट्ठे, बिर्खेबा ।



लहरे त हिंडे, भर्खर फोन गरेको, प्लेन पार्कमा पुग्नै लाग्या रहेछ । पार्कको गल्लिमा एक पिलेट म: म: खाएर जान्छु भन्दै थियो । 
 

Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

लोल!


 ""पार्कको गल्लिमा एक पिलेट म: म: खाएर जान्छु भन्दै थियो ""


हैन तेल्ले लहरी ल्याऊन जान लाग्या कि बाटो खोल्न मात्रै जान लाग्या हँ ठूल्दाई? अब लहरी ल्यान जान लाग्या हो भन्देखुन, फर्केसि लहरे चौतारीमा छिर्या छिरेई हो धेरैजना देखियो त्यस्ता!

ritthe
· Snapshot
Like · Liked by · 0

>>>झ्यालबाट धेरै टाउको ननिकाल्नु नत्र अर्को पिलेनले ठोक्देला। <<<


हाहाहा हाहाहा हाहाहा हाहाहा


जदौ मैला दाई ! आरामै हो गाथमा?


ठुल्दाइ, बाटोमा एक पिलेट मम खाएर अनी पिलेन चढ्नी रे लहरे? त्योसो भये त ठीक छ ! मलाई त क्याबिन क्रु सँग " व्हाट डु यू वान्ट सर" भनेर सोध्दा "एक पिलेट जुन भये नि म:म पाम न" भन्ला भन्ने पिर थ्यो मोराले !

Rahuldai
· Snapshot
Like · Liked by · 0

लोल रिट्ठे लोल ।
त्यो अम्रिकन जहाज मा परिचालिका हजुर आमा हरु मात्र हुने भएकोले लहरेको मन खिन्न होला भन्थान्छु क्या र ।


लहरी ल्याउने बाटोको रुकी गर्न गाको जस्तो लाग्यो मलाई नि ।


भाई को बिहे रे, भाईले बिहे गरेको हेरेर के बस्थ्यो लहरे, एउटै जग्गेमा स्वाहा गर्न बेर छैन।

perfectionist
· Snapshot
Like · Liked by · 0
लोल प्रणाम गरेँ है बुढा-पाकाहरुलाई। भनेछी लहरे हात्-खुट्टो बनाउन नेपाल नै जानी भो हैन त? ल ठिकै छ, त्याँ पुगेर मती र गती सुधारएर आउला कि भन्ने मान्या छु।
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

जदौ! ठुल्दाई, रिट्ठे र पुरे केटो!


दाई मैला भए नि मन मैला छैन ए रिट्ठे! हन आज त गन्नुदीवस हैन र भन्या?

Madness
· Snapshot
Like · Liked by · 0

जे राम जि कि।


सैरियल दाजु को शुभ् यात्राके काम्ना।

khushii
· Snapshot
Like · Liked by · 0
जडौ बिर्खे बा, ठुल्दाई, रिट्ठे र पुरे केटो
localboy
· Snapshot
Like · Liked by · 0

 

Last edited: 19-Jan-10 10:05 AM
perfectionist
· Snapshot
Like · Liked by · 0


Last edited: 19-Jan-10 10:12 AM
ramronepal
· Snapshot
Like · Liked by · 0
ठ्याकै दुई घण्टा भयो । रिफ्रेश गर्दा गर्दा F5 कि बिग्रिन लागिसक्यो ..... कसैले पनि पोस्ट गर्दैन त बाइ ।

माथि पुरे देखी तल मदनवा सम्म सबैलाई जधौ ।

खुशी लाई HI

हैन लहरे साँच्चीकै गएको हो भन्या ... ल एस्तो जाडोमा सिरक डस्ना सबै लेराउने भयो । जिन्दगीमा दु:ख सुख आयिरहन्छ भन्थे ..... बिचरी को पर्ने हो? दु:ख को दिन चान्डै आएछ ....... मोरो लहरे जस्तो सँग पर्ने भयी ....... जे भये पनि मेरो चाँही शुभकामना छ है लहरे ।
Geology Tiger
· Snapshot
Like · Liked by · 0
हुन त यो चौतारी म सधैं हिंड्ने बाटोमा पर्दैन, तर अली परबाट हेरेको त रामे चौतारीमा बसेर एउटा कम्प्युटर भन्ने भाडोँलाई ठोकेको ठोक्यै गर्दो रहेछ। बिचरा माया लागेर आयो, त्यो हातले भोली पर्सी के के समात्नु छ के के, कस्ता कस्ता नरम कुराहरु.... अहिले नै कम्प्युटर ठोकेको ठोक्यै गरेर औंलाहरु फलाम जस्ता साह्रा भए भने त पछी बित्यास परिहाल्छ नि। ल है रामे भन्द्याछौ हामीले त..
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

हाहाहा त्यहि त यो रामेको चालामाला निको छैन!


अनि जिटि भाई के छ खबर? अस्तिन एक दिन फोन गर्या थेँ बेलुकिखेर उठेन त?

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 100
· Posts 7 · Viewed 826
· Posts 1 · Viewed 128
· Posts 1 · Viewed 145
· Posts 1 · Viewed 94
· Posts 3 · Viewed 758
· Posts 2 · Viewed 201
· Posts 1 · Viewed 69
· Posts 4 · Viewed 879 · Likes 3
· Posts 1 · Viewed 75



Your Banner Here
Travel Partners
Travel House Nepal