६ सयको फलफूल बाँड्न १२ लाख खर्च - Sajha Mobile
SAJHA MOBILE
६ सयको फलफूल बाँड्न १२ लाख खर्च
Posts 3 · Viewed 7661 · Go to Last Post
MujiKanchha
· Snapshot
Like · Likedby · 0
न कुनै उत्सव न कुनै दिवस न त कुनै पूर्वजानकारी नै। एक्कासि बेडमा आएर उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले फलफूल दिँदा बिरामीहरूले मुखामुख गरे।
दुईवटा केरा, एउटा स्याउ र एउटा सुन्तला एक जना बिरामीको भागमा थियो। तर उपप्रम कोइरालाबाट वितरण गरिएको त्यो केरा, स्याउ र सुन्तला खाने ‘सौभाग्य’ भने अस्पतालका सबै बिरामीले पाएनन्।
बीस रुपियाँबराबरको फलफूल कोइरालाले अस्पतालका बढीमा ३० जना बिरामीलाई वितरण गरिन्। तर त्यो ६ सयबराबरको फलफूल वितरण गर्न उनले राज्यको लाखौं रुपियाँको दुरुपयोग गरेकी छन्।

बाजुराबाट सीधै राजधानी फर्किने निर्धारित कार्यक्रमलाई सनकका भरमा परिवर्तन गर्दै कोइराला सेनाको एनए डी ३८ हेलिकोप्टरबाट सीधै कोहलपुर आएकी हुन्। पूर्वनिर्धारित कार्यक्रमभन्दा करिब ६ घण्टा बढी हेलिकोप्टर उडाएर उपप्रम कोइरालाले झन्डै १२ लाख रुपियाँ दुरुपयोग गरेको स्रोतले बतायो।

‘उपप्रधानमन्त्री कोइरालाबाट कोहलपुर मेडिकल कलेज हेर्ने इच्छा रहेको प्रस्ताव आएकाले बिरामीलाई फलफूल वितरण कार्यक्रम गर्ने निर्णयगर्दै हामीले शनिबार बिहान नै कार्यक्रम तय गरेका हौं,’ आयोजक नेपाल स्वास्थ्यकर्मी संघ लर्ड बुद्ध एजुकेसन एकेडेमी लि. कोहलपुरका अध्यक्ष यमबहादुर खड्काले भने।

कार्यक्रमका बारेमा अस्पतालका निर्देशक डा. सुरेशकुमार कनोडियाले शनिबार बिहान मात्रै थाहा पाएको बताए। ‘उनकै इच्छा’ मा अस्पताल आएकी सुजातासमक्ष निर्देशक कनोडियाले पनि अस्पतालको बेलिबिस्तार लगाइदिए।

कोइरालालाई अस्पतालवरिपरि जम्मा भएका माओवादी कार्यकर्ताहरूले कालो झन्डा देखाउँदै नाराबाजी गरेका थिए। उनको सुरक्षाका लागि ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी तैनाथ गरिएको थियो। कोइराला रहँदासम्म प्रहरीले बिरामीलाई समेत अस्पतालभित्र पस्न दिएको थिएन।
pintu
· Snapshot
Like · Liked by · 0
Khayo khayo Nepal Khayo, yo koirala pariwar ley.
Himalaya178
· Snapshot
Like · Liked by · 0
खायो भन्ने कि Her days are numbered भन्ने खोइ :)
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 216
· Posts 3 · Viewed 423
· Posts 5 · Viewed 593
· Posts 55 · Viewed 2083
· Posts 4 · Viewed 654
· Posts 6 · Viewed 502
· Posts 1 · Viewed 127
· Posts 1 · Viewed 124
· Posts 16 · Viewed 2927 · Likes 5
· Posts 3 · Viewed 421



Travel Partners
Travel House Nepal