सपना कि बिपना ?? - Sajha Mobile
SAJHA MOBILE
सपना कि बिपना ??
Posts 6 · Viewed 7145 · Likes 1 · Go to Last Post
pashupatidev
· Snapshot
Like · Likedby · 1

मेरी बिपनाले  एकदिन सोधी


मलाई प्यारी कि सपना ?


 


कस्तो अजीब प्रश्न यो खोचमा परे


साच्चै मलाई को चै प्यारी सोचमा परे


बिपना,


तिमी सँग वाक्क भएर जब


सपनाको शरणमा जानुपर्दा


तिम्रो तिक्तताबाट कतै टाढा


सपनाको सागरमा डुबुल्की लगाउदा


मैले धेरै पटक सोचे


तिमी सँग भेट नभएकै जाती हुन्थ्यो होला


तथापी


तिमी मेरो सत्य हौ


सपना मात्र कल्पना


तिमी मेरो यथार्थ  हौ 


सपना मात्र चाहना


 


सपना,


तिम्रो उचाइबाट अचानक


बिपानको धरातलमा उत्रिनुपर्दा


तिम्रो मिठो अनुभुतिबाट अलग्गिएर


बिपानको तितो यथार्थ सहनुपर्दा


मैले धेरै पटक सोचे


तिमी सँग भेट नभएकै बेश हुन्थ्यो होला


 


तथापि


तिम्रो एकपल को अनुभुतिले


कायाकल्प गरिदिन्छ


थकित गलित मेरो शरिरमा


जोश जगार भरी दिन्छ


 


बिपना, तिमीसँग रमेर


मिठो सपना देख्न चाहन्छु


सपना, तिमीलाई पच्छाएर


मेरो बिपना सिँगार्न चाहन्छु


 


मेरो लागि तिमी दुई


एक अर्काको परिपुरक हौ ।।

ritthe
· Snapshot
Like · Liked by · 0
राम्रो छ !
subrath
· Snapshot
Like · Liked by · 0
Good one
PeaceSoul
· Snapshot
Like · Liked by · 0
Padhda sahrai ramro lagyo.

धेरै राम्रो छ !!!!

pashupatidev
· Snapshot
Like · Liked by · 0
धन्यवाद है  मित्र हरु कबिता पदिदिनु भएको मा
म त सिक्दै पो हो त , सल्लाह र सुझाब को अपेछ्या छ है ।
फेरी पनि मुरी मुरी धन्यवाद । ।
lopchanlama
· Snapshot
Like · Liked by · 0


पशुपतिजी कबिता राम्रो छ।तपाईंको कबिता पढेर मलाई पनि केही कोर्न मन लाग्यो। केही बेस्ताताले गर्दा लामो  समय सम्म कोर्न पाएको थिएन। 

बर्तली मा बसेर
धुवाँ उडाउदै थिए
भर गिलास सोमरस लिएर
मनै सितल भयो
बिपनाको धरातलमा बसेर बुनेका मेरा
सुन्दर सपनाहरु


छटपटी भयो
दुई घुट्को लाएँ
लामो सर्को ताने

आमा म संसार जितेर फर्कने छु
एक दिन अवस्य फर्केने छु
यि भ्रस्ट नेताहरुलाई
कुल्चिएर बिकासको मुल फुटाउन
अबस्य फर्कने छु
परदेश भुमिलाई चटक्क भुलेर
म फर्कने छु आमा
तेतिन्जेल धर्य गर्नुस्

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12703 · Likes 1
· Posts 7 · Viewed 4150 · Likes 1
· Posts 1 · Viewed 1142
· Posts 1 · Viewed 1169
· Posts 1 · Viewed 1055
· Posts 1 · Viewed 1140
· Posts 1 · Viewed 1105
· Posts 21 · Viewed 10344 · Likes 1
· Posts 3 · Viewed 2712
· Posts 5 · Viewed 7910 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal