Chautaari - Sajha Mobile
SAJHA MOBILE
Chautaari
Posts 38 · Viewed 14828 · Go to Last Post
Rahuldai
· Snapshot
Like · Likedby · 0

Taaremaam,


puraano chautaari chalena. Nepali font ni aaudaina. Samkraman kaal maa yasai laai chautaari banaaune ki ??

Load Previous
serial
· Snapshot
Like · Liked by · 0

लोल ठुल्दाइ लोल


 


के हो चौतारी आउनै बिर्सें छन् कि के हो सबै


एसो चेक त गर्नु पर्छ नि बिहान बिहानै - साझा बन्यो कि बनेन भनेर

ritthe
· Snapshot
Like · Liked by · 0

हा हा ठुल्दाइ भनेपछी बिवी लाई समझदार र आज्ञाकारी बनाउने काम भन्दा घर बाट दुबइ सम्म सडक बनाउन सजिलो रैछ ! लोल !


अर्काले काट्या खसी को मासु राम्रो पाइदैन नि त ठुल्दाइ ! बरु हर्के लाई काट्न लाउनु पर्छ के त ! हाम्लाई पाप लाग्दैन नि अन्त !


लहरे हो भन्या, साझा छिर्न बिर्सें जस्तो छ जनता लोगहरुले !


बिस्टे, पुरे, चिप्ले, केली, साइली, खुशी, दिपिका, सान्नानी सबैलाई आवा पठाउनु पर्‍यो के त ! 

khushii
· Snapshot
Like · Liked by · 0

Hi all,

Got this in my email.

हजुरको घरमा धमिरा परोस्,
प्रेममा बिछोड होस्,
ज्यान सुकेर मुरली होस्,
ब्यागमा एक सुक्का नहोस्,
मनमा अशान्ती छाओस्,
निन्द्रा नलागोस्,
ग्रलफेन्ड/श्रीमती पोइला जाओस्,
ब्याइफ्रेन्ड/श्रीमानले सौता ल्याओस्,
सधै कलह छाओस्,
भनेर भन्ने हजुरको शत्रुको सत्यनाश होस् !!
यहि नै मेरो बिजया दशमी 2066 को मंगलमय शुभ कामना

ritthe
· Snapshot
Like · Liked by · 0

लोल खुशी !


म त खुशी लाई आज को सँग रिस उठेर सराप्न थालेछ भन्ठान्या !

Rahuldai
· Snapshot
Like · Liked by · 0

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


तारेमाम खुशी,


मलाई नि यस्तै मेल ( अझ फिमेल ) आए खुशी नै हुन्थें। जिन्दगीमा सबैले  राम्रो होस् भनी शुभकामना दिएको दियै छ, तर न शुभ भो न कामना नै । अब उल्टो दिंदा सुल्टो हुन्छ कि। ट्राइ गर्दा के बिग्रिन्छ कसो? मखुला ??

ritthe
· Snapshot
Like · Liked by · 0

दोश्रो राउन्डको जदौ तथा तारेमाम !


तेइ त ठुल्दाइ खै प्रत्येक् दशै र नयाँ बर्षमा शुभकामना को ताँती लाग्छ तर खै न कैले शुभ आउछिन न कामना नै !


crazy_love
· Snapshot
Like · Liked by · 0

testing testing.. namaste testing.


म का त कामना अस्तिन आएकी थी, चिया खाएर गइ। शुभ चाहि आउछु रे अर्को दशैमा, टिका लाउनलाइ।

Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम क्रेजी परमात्मा।


कस्ती झेल्ली त कामना बाइ।


म कहाँ आउँछु भन्दै थिइ , क्रेजिको मा गैछ ।


शुभ को त झन के कुरा भो, रिट्ठे लाई कुराएको पनि बर्ष दिन भै सक्यो।

ritthe
· Snapshot
Like · Liked by · 0

म का त परार नै आउछु भनेकी थिई अझै आकी छैन निस्ठुरी !


नमस्ते क्रेजी परमात्मा !


तारेमाम ठुल्दाइ असल आत्मा !

chipledhunga
· Snapshot
Like · Liked by · 0

यता हेर सानीनानी केही भन्छु सुन
भर परौली सानी नानी केही भन्छु सुन
तिम्रो पोइलाई स्यालले लाग्यो स्यालको पुच्छर तान
म त भागें खोला पारी डाँडा चौतारी


शुक्रबारे जदौ सबै कामचोरहरुलाई। कति दिन पछि बल्ल साझा खोल्न सकियो। सबैलाई दसैंको शुभकामना छ। दुर्गे भवानीले वाइस्याल, दुष्ट राष्ट्र भारत तथा सुङुरे भाईरसबाट सबैलाई बचाउन्।


खुशी, कबिता गजब गयो।
ठुल्दाइ, बाउचाको र रामचाको पसल अनि तपाईंको जग्गा भएको ठाउँ अनि टोलको ठेगानाहरु थुतुने किताब मार्फत पठाइदिनु होला।
भ्याए देखि आजै नभए नेपालबाट बेला बेलामा चिहाउने नै छु।       

ritthe
· Snapshot
Like · Liked by · 0

ओहो चिप्ले सर ! हाम्रो नि सुउकामना छ है !


कैले हो नेपाल हुइकिने? आजै भोली हो क्यारे !


हर्के सँग बाटो मा जम्का भेट होला नि !


लौ शुभ यात्रा !

serial
· Snapshot
Like · Liked by · 0

ओहो चिप्ले मार्ट्साब तारेमाम्


नेपाल जान ला रहेछ


शुभ यात्रा अनी शुभ कामना दसैं र तिहार को 


टन्न घिच्नु मोटाएर आउनु


अरु त त्यही हो - -

perfectionist
· Snapshot
Like · Liked by · 0
chalyooooooooooooooooooooooooooo chalyoooooooooooooooooooooooooooooooooooooo yahooooooooooooooooooooooooo

प्रणाम, सबैलाइ!

केलीको केइ खबर? कसैलाइ केइ थाहा छ कि नाइ???


uptowngal
· Snapshot
Like · Liked by · 0
sabai chautariko sathiharulai dashainko subha kamana
Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम गाम्लेहरु !


मालश्रीमय जदौ ।


दसैं लाग्यो भन्दै मा चौतारी मा ढिला आउनु को रहस्य ??



लौ केटाकेटिहरु हो , पिङ हाल्नु पर्‍यो।



चौतारी पनि दसैंमय होस् नि । मखुला ??

ritthe
· Snapshot
Like · Liked by · 0

गूड् मर्निङ चौतारी !


गूड् मर्निङ ठुलि तिमीलाई पनि दशैको शुभकामना !


तारेमाम ठुल्दाइ,


पिंग त जसरी भये नि हाल्नु पर्छ ठुल्दाइ !


जलपान भयो ठुल्दाइको?


ल म मिटिङ सक्काएर आए एक्छिन मा ! 

serial
· Snapshot
Like · Liked by · 0

तारेमाम् ठुल्दाइ रिट्ठे


दसैं आयो
खाउला पिउला


के हुँदैछ त - सञ्चै होला केरे


नयाँ चौतारी बनाउनु पर्‍यो दसैं स्पेसल्


बरु पुरानो चौतारीमा टाँसेको कपेर पेस्ट गर्न मिल्दैन होला


खै के को के हो

perfectionist
· Snapshot
Like · Liked by · 0
प्रणाम, खै के के भो, दसैं नि आएछ केरे।

लु सब्बै बस्दै गरम, अलिकती काम सकाएर आउँछु।

प्रणाम, ह्यापी दशै
Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम रिट्ठे, पुरे, लहरे ।


दसैं चौतारी बनाउनु पर्‍यो नि लहरे । पुरानो कपेर पेस्ट कति गर्ने ? यसपाली ब्राण्ड न्यू चौतारी खोपेर बेस्ट गर्ने ।



दसैं भत्ता भनी डबल तलब लिएको के मतलब त ? मखुला ??

Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

शुक्रबार नै साझा बनिसकेर ठूल्दाईले संक्रमणकालीन चौतारी बनाऊनुभएको रहेछ थाहा भएन। ढिलै भए पनि ठुल्दाईले बनाएको चौतारीमा अनुपस्थित् हुन त कसरि होला र? भन्दै यहाँ पनि आफ्नो उपस्थिती जनाउँदछु।


श्रीमान जो आदेश,


बिर्खे_माईला

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 65
· Posts 3 · Viewed 748 · Likes 1
· Posts 6 · Viewed 703
· Posts 1 · Viewed 196
· Posts 1 · Viewed 99
· Posts 5 · Viewed 2494
· Posts 72 · Viewed 16197 · Likes 15
· Posts 1 · Viewed 186
· Posts 1 · Viewed 152
· Posts 16 · Viewed 2545 · Likes 3



Your Banner Here
Travel Partners
Travel House Nepal