साझाको मित्र मृत्‍यु शैय्यामा - Sajha Mobile
SAJHA MOBILE
साझाको मित्र मृत्‍यु शैय्यामा
Posts 9 · Viewed 9934 · Go to Last Post
Rahuldai
· Snapshot
Like · Likedby · 0

पवनेश्वर श्रेष्ठ (Pawan cha) कुनै बखत साझाका सकृय मित्र थिए। पढाई र स्वास्थको कारण ले होला, साझाबाट टाढा हुनु भएको । ४-५ पटक भेटेको छु । वाशिङ्टन डिसी मा सेमिनार मा गाको बखत, ठुलदाइ को सम्मान मा टोल भरिका नेपालीको जमघट गराउनु भएको सम्झना झलझली आइरहेको छ। गीत, संगित र न्रित्य मा पोख्त श्रेष्ठ जी ले रात बिरात हड्डी घोटेर पढाई पुरा गर्नु भै सम्मानजनक जागिर खानु भएको पनि धेरै भएको छैन ।



निष्ठुरी काल श्रेष्ठ जस्ता असल मान्छे कै पछी किन पर्छन ? नरपिशाच हरु आलो रगत पिउदै छन, जल्लाद हरु अट्टाहास जिउदै छन। कहिलेइ चुरोट न पिउने, खैनी न खाने , जांड रक्सी पनि जात्रा मा मात्रा मिलाएर मात्र पिउने जिन्दगीलाई फोक्सो मा क्यान्सर हुनु काल को बेतालपन बाहेक केही होइन ।


घर परिवार सँग टाढा बसेर सुखद जिन्दगीको आसामा पसिना बहाउनु भयो , सफल पनि हुनु भयो । छोरी र श्रीमती सँग मिलन भएको बर्ष दिन पनि भएको छैन, हामी सबैलाई छोडि टाढा धेरै टाढा जान लाग्नु भएको छ । रोक्न सक्ने सामर्थ्य भगवान सँग पनि छैन अहिले। काल देखी महाँकाल डराएको छ ।



लाइफ सपोर्ट मेशिनमा ढुकढुकी बांचेको छ अहिले ।


सहयोग को लागि यो ठुल्दाइ दुई हात जोड्दछ ।

Last edited: 02-Sep-09 11:34 AM
newlynew
· Snapshot
Like · Liked by · 0
RahulVai: Ke aba sab upachar ko bato haru banda bhaisake ta? Can you please give us an update regarding the way forward?
ritthe
· Snapshot
Like · Liked by · 0

अत्ती नै हृदय बिदारक समाचार ठुल्दाइ !


मैले भर्खरै सक्दो सहयोग पठाये !

uncle tom
· Snapshot
Like · Liked by · 0
So sad !
chanchali
· Snapshot
Like · Liked by · 0
Thanks friends for update news. I was really shocked.  God bless him and his family.
nayaa9
· Snapshot
Like · Liked by · 0
सहयोग को हात कसरी बढाउन सकिन्छ होला जो टाढा बस्छौ ?
good to hear he is getting better 
Miss Tequila
· Snapshot
Like · Liked by · 0

Sad News. Just donated.

Rahuldai
· Snapshot
Like · Liked by · 0

साझाका मित्रहरुको सदभाव र कामना लिएर हिजो साँझ डिसी पुगें । Fairfax Novia अस्पातल को सघन उपचार् कक्षमा श्रेष्ठ जी लम्पसार भेटें । पूर्णरुपमा बेहोस् पवनजी मेशिनको साहयतामा सास फेर्दै गरेको एकै छिन नियालेर हेरें ।


हे भगवान, भगवान सँग साँच्चै नै शक्ती भएको भए यही बेला हो चमत्कार देखाउने भन्दै पुकारें ।


मेशिन को सास मा कती आश गर्ने ?


 


फोक्सो को एउटा पातो काम नलाग्ने र अर्को ले पनि क्षमताको थोरै अंशमात्र काम गरेको छ रे । त्यस माथि स्वाइन फ्लु को संक्रमणले ऊपचार् मा जटिलता थपियो रे । 




 

सघन ऊपचार् कक्षको आगुन्तुक कक्षमा श्रीमती श्रेष्ठ कींकर्तब्यबीमूढ निराश निराश, हतास देखें र भेटें । यस दु:खद र पीडादायक क्षणमा सान्त्वना र धैर्यशिल रहन बिन्ती गरें । साझाका मित्रहरुलाई धन्यवाद भन्नु भएको छ ।



सानी नानी र श्रीमती श्रेष्ठका आउने कठिन दिनहरुको लागि सक्दो सहयोग गर्न हुन पुन: हार्दिक अपिल गर्दछु ।


सहयोग को लागि निम्न लिन्क को पे-पाल एकाउण्टमा दान सहयोग गर्नु हुन अनुरोध छ ।



 http://newah.org/index.php?option=com_content&task=view&id=80&Itemid=1

Last edited: 04-Sep-09 09:55 PM
nepalean
· Snapshot
Like · Liked by · 0
साझामा कता कता पवन चा लाइ देखे जस्तो लाग्यो। ठ्याक्कै यकिन भने भएन ।
अहिले स्वास्थसंग पौठेजोरी खेलीरहनु भएको पवन जीलाइ स्वास्थ लाभको कामना गर्दछू।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 5 · Viewed 565
· Posts 2 · Viewed 332
· Posts 2 · Viewed 418
· Posts 21 · Viewed 3477 · Likes 2
· Posts 1 · Viewed 103
· Posts 1 · Viewed 79
· Posts 1 · Viewed 125
· Posts 1 · Viewed 121
· Posts 1 · Viewed 111
· Posts 1 · Viewed 167



Your Banner Here
Travel Partners
Travel House Nepal