बाज्या को बज्र ! - Sajha Mobile
SAJHA MOBILE
बाज्या को बज्र !
Posts 9 · Viewed 7735 · Go to Last Post
BudoBaaje
· Snapshot
Like · Likedby · 0

असाराँ माइत मुन्टेकी तीमेर्की बुढीबजै अहिले सम्म अन्मरिएकी हैन ज्यान एक्लो भए पछी निदरी ले पनि छुन्न भन्या क्यार्ने हो ? अब सधैं जस्तो त्यही सिलेमा मा निलो कालो रङ मिसाएर हेरी बस्ने कार्जेकरम् बनाए


" बिदेशी प्रभु को जय "


" बिदेशी प्रभु को जय "


उफ ! पुल्टिसे पदम आइपुग्यो बाहिर बाटा मा सधैं जस्तो


" तेस्को बाउ को ज्वानो को झोल पनि कत्ती धोक्न सक्या हो भन्या?" कन्पारो तात्यो मेरो नतातोस पनि कसरी ? दस दुनियाँ कत्ता कत्ता के के जाती धोकेर हल्ला गर्ने बेला मा चै मेरै घर अगाडि आँखादा बनाउछ


यस्सो झ्याल बाट हेर्या मोरो बर्बराउदै ढल्मलिदै त्यही पो बजारीयो कत्ती बेर हेरे उठ्दैन ! जानु पर्‍यो हेर्नु पर्‍यो


" घिच्नु नि त्यस्को बाउ को झोल पच्ने गरेर ! मर्न लाई चै मेरै घर देखे मोरो ले " कराउदै निक्ले


यता चलाए उत्ता चलाए बोलाए सुन्दैन बोल्दाइन केही बेर सोचे


मोरो लाई घिसर्दै घर पछाडि को गाई को गोठ् मा लगेर सुताइ दिए गोठाँ यस्सो अलिबेर अल्मलिएर बहिर निस्कदा मोरो को माया लागेर आयो अनी फेरी आफु ठुलो मन भाको मान्छे है माया लागेर त्यस्को पकेटाँ ५० रुप्पे दाम राखेर आए सुते


भोली पल्ट पनि त्यही भयो। आयो मोरो , लड्यो त्यही ,फेरी माया लाग्यो गोथाँ लगेर सुताइदिये अनी फेरी ५० रुप्पे दाम छोडिदिये त्यो लठ्ठक् को पकेटाँ अर्को दिन पनि आयो , करायो , त्यही अगाडि लड्यो , फेरी उठाए , लगेर सुताइदिये अनी ५० रुप्पे दाम रखिदिये माया लाग्छ क्यार्ने हो ? यसरी नै धेरै रात हरु बिते


अनी त्यस्पछी अर्को राती फेरी आयो ,तर अचम्म बाए ! कराएन , लडेन , सरासरि आफ्नो घर तिर गयो


भोलि पल्ट आर्को दिन पनि त्यही भो के रे मोरो ढुल्मुल नगरि सरासरि हिड्छ कराउन्न पनि अनी लड्ने पनि कुरै भएन क्यारे


मलाई साह्रै खुल्दुली भयो गाठ्ठे लौ भएन नसोधी भएन किन आज्काल त्यस्तो भाको ? बोलाएरै सोधे


"होइन ओइ पुल्टिसे पदम ! किन हो आज्काल , कराउछस लड्छस , भलाद्मी पो भैचस् बाए !"


"हो बाज्या त्यसइ भान्नु पारो ! मु आज्काल भालाद्मी पो भाको छ् "


फेरी भन्यो


" बाज्या मुइले सप्पुइ जार राक्सी छोर्यो नि केही पोनी खाने नाइ आबु ! "


अचम्मै मा परे नि भन्या यस्तो अंमली ले त्यसरी एक्कै बाजी मा कसरी छोड्न सकेछ गाठ्थे


अनी सोधे " किन छोड्या त्यस्तो जाड रक्सी नभै नहुने मान्छे ले "


" आबु मु के भानु बाज्या ! रात भरी जार खायो है ! तर बिहान बिहान चै यो कन्नो असाध्यै दुखने भन्या ! "


पुल्टिसे पदम चाक मुसार्दै थियो

harikancha
· Snapshot
Like · Liked by · 0
बाजे तिमी त खराब मान्छे पो रहेछौ!!!
BudoBaaje
· Snapshot
Like · Liked by · 0
बज्या भुरो ले बुझ्यो कि के हो ? तुर्किस्तानाँ मा झिङटा नभका   भुरा हरु ले चै बुझे पनि न बुझे जस्तो गर्द्याओ  न हो । ब्यान्ड गर्छन् के मलाई फेरी ब्यान्ड । सप्पुइ तिर ब्यान्ड हुँदै हुँदै यता तिर आको हो । फेरी कतै जाने ठाउँ नि बाँकी छैन हो ।
perfectionist
· Snapshot
Like · Liked by · 0
raju161
· Snapshot
Like · Liked by · 0
मलाई पनि कौतुहुल लाग्यो है बाजे। कतै त्यो गोठा गोरुले त बिताएन।
serial
· Snapshot
Like · Liked by · 0

>>गोठाँ यस्सो अलिबेर अल्मलिएर बहिर निस्कदा <<


किन अलिबेर अल्मलिया हो बाजे कुरा प्रष्ट पार्नु परो


कतै गोठा गा बेला भनेर गोठ सफा गरेर त बसेनौ बाजे तिमी

BudoBaaje
· Snapshot
Like · Liked by · 0
कुरो चै बुझेन छन राम्रै भो । गाई गोरु भैंसी त सप्पुइ मुखिया बा कै घरां छन नि ।  अम्रिका आउने बेलाँ बेचिहालियो नि कहाँ बाट के खाएर हुन्थे  गोठाँ?
raju161
· Snapshot
Like · Liked by · 0
हा हा हा बाजे हरेक पटक पचास् रुपैआ दाम खोल्ती मा हाल्ने चै हजुर अनी गाईबस्तु चै अंरिक आउन साहु कहाँ। यो कुरा चै हजम भएन। ल खोल्ती को हज्मोला दिनु त मलाई।
Last edited: 19-Aug-09 10:59 AM
बैरागिकाइलो
· Snapshot
Like · Liked by · 0
कुरो को चुरो चाँही के हो भने एउटा खल्तिमा पचास राख्ने अर्को खल्ती बाट viagra लिने ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 18 · Viewed 2907 · Likes 1
· Posts 1 · Viewed 67
· Posts 1 · Viewed 64
· Posts 1 · Viewed 110
· Posts 1 · Viewed 119
· Posts 4 · Viewed 1094
· Posts 1 · Viewed 231
· Posts 1 · Viewed 148
· Posts 1 · Viewed 137
· Posts 4 · Viewed 735



Your Banner Here
Travel Partners
Travel House Nepal