"शिव to Mr. Sam" - Sajha Mobile
SAJHA MOBILE
"शिव to Mr. Sam"
Posts 51 · Viewed 32930 · Go to Last Post
amitraja
· Snapshot
Like · Likedby · 0

"शिव to Mr. Sam"


जन्म स्थान हेटौंडा नेपाल। हाल Lower Manhattan, New York. पेशा Taxi चालक। नाम शिव स्वामी अच्चम त अबस्य लाग्यो होला स्वामी के थर हो भनेर। वास्तबमा मेरो बुवा हेटौंडा को स्थानिय साहित्यकार हुन र अध्यापक पनि हुन। सबै ले स्वामी सरको  छोरा भन्दा भन्दै मेरो नाम शिव स्वामी रहन गयो। स्कूल कलेज पढ्दा मेरो नाम चर्चित हिन्दी फिल्मी उपनाम स्वामी दादा थियो नहोश पनि किन एक क्लास देखी कलेज पढ्दा सम्म कि आफ्नो कि अरुको टाउको नफुटेको दिन नै हुन्थेन। केलाएरै हेर्ने हो भने मेरो टाउको मा विश्व मानचित्र नै भेटिन्छ। नाम कै कुरा गर्ने हो भनेत मान्छे को जीवन मा धेरै नामहरु हुन्छन; न्वारन को नाम, घरमा बोलाउने नाम, साथी हरुले रखेका नाम। स्कुल र कलेज का नाम, प्रियतमाले बोलाउने नाम। ति धेरै नामहरु मध्य एउटै नाम मेरो जीवन को तितो मिठो सत्य बनेर रहेको छ त्यो नाम हो "SAM"। 


मेरो कथाको पहिलो अध्याय सुरु हुन्छ हेटौंडा नेपाल बाट अनी मेरो शिव देखी "SAM" को यात्रा पनि।


 २०५७ साल तिर को कुराहो। म कलेज सकेर कामको खोजिमा थिए। बुवा आमा ले Computer सिक्न जा जा भनेर धेरैनै जोड गरे। बुवाको एकजना विद्यार्थी ले चोकमा computer institute खोलेको रहेछ। आफु पनि काम पाइएलाकी भनेर computer सिक्न गईयो। त्यही साथीहरु को लहै लहै मा लागेर अमेरिका जाने DV चिठ्ठा पनि भरे, तर पाउने आशा त एक रत्ती पनि थिएन। मन मनै रु ५० को चुना लाग्यो भन्ठाने जिन्दगी मा आज सम्म कुनै चिठ्ठा नपरेको यो पापी खप्पर मा के खाएर चिठ्ठा पर्थ्यो र त्यो पनि चानचुन होर अमेरिका जाने। अरु केटाहरु ले त चिठ्ठा परोस भनेर भुटनदेवी गै धुप्बत्ती धरी बाले। आफु लाई त रु १ को पनि चिठ्ठा कहिले परेको थिएन। चाउ चाउ मा धरी "मा" र "यो" पर्ने "ज" कहिले नपर्ने, "हामी" "सबैको" पर्ने "वाइ वाइ" कहिले नपर्ने, बल्ल बल्ल कोका कोला मा रु १० पारीको थियो त्यो पनि भकुन्डे साहुले भाई scheme त हिजै सक्यो भनेर दिदै दिएनन। हुनत भकुन्डे को छोरी च्वाँक नभएको भए त लिन मैले नि जान्या थिए तर छोरी को कारण केही गरिएन।


दुई तीन महिना पछि computer क्लास पनि सकियो, कृष्ण दाई को किच किच पनि, अनि खोला पारी को मैया सँग को भेटघाट पनि सकियो। जिन्दगी मा बल्ल बल्ल एक जना मैया सँग माया प्रिती को कुरोकनी चल्याथियो त्यो पनि छुट्यो। खोला पारी जाउ भने मैयाका दाइहरु खुकुरी मा धार लाउदै बस्याथे होलन। ज्ञाने को हाथ भाच्या देखी हामीलाई पारी जान प्रबेश निशेध थियो।


computer सकिए पछी सारा नेपाली युव झै आफुले पनि एउटा काम पाइयो जागिर खोजने। जागिर खाज्ने क्रम्मा कान्तिपुर र गोरख पत्र को सबै रोज्गारी को कुनै अबसर छोडिएन। दुई तीन महिनमा भित्र मकवानपुर हुलाक र दुर संचार ले सबै भन्दा बडी शुल्क तिर्नेमा नाम दार्त भयो झन्डै तक्मा मात्र पाउन बाँकी थियो।  जेजती गरे पनि जागिर पाऊने कुनै छट्काट देख परेन। बुवा काठमाडौं जा जा भन्थे आमा नजाऊ भन्नु हुन्थियो। यस्तै यता ऊता चल्दै थियो।


एक दिन घरमा बसेर Set Max बाट हिन्दी फिल्म हेर्दाइ थिए। computer institute बाट फोन आयो, पक्का नि किष्णे ले पैसा माग्न फोन गरेछ भन्ठाने। फोन उठाउन साथ "भाइ बियर खाने हैन" भन्छ त। मन मनै किष्णे बहुलायो कि जस्तो लाग्यो।


"किन र दाई" मैले अली गम्भिर भएर जवाफ दिए।


"तिमी लाई डि.भि चिठ्ठा परेको छ।"


"जोक न गरौ न दाई" उत्तर नै नसुनी प्यच्च बोली हाले।
अली अली संका अली अली बिस्वास् लाग्यो, तैनी के हो के
"साच्चै हो institute आउन बसेर कुरो गरौ, हाम्रो थोरै हिसाब पनि बाँकी छ क्यार ।"
हिसाब सुन्ना साथ भैहाल्छ नि भनेर हत्तपत्त फोन रखी हाले।


अब त दोस्रो lot को आशा पनि जग्यो। मान्छे जात स्वार्थी नै त हो नि तेसै ले त दोस्रो  lot को लागि मा पनि दैनिक जस्तो भुटनदेवी जान थाले।  माता को आसिर्बाद ले हो या नियती को लेख हो दोस्रो चिठ्ठा पनि आयो। अब जने पनि पक्का पक्की भयो। भिशा पनि हाथ पर्‍यो।


America जाने भईयो, मुख्य समस्या थियो पैसा को। एउटा शिक्षक को छोरा सँग तेत्रो पैसा कसरी आउछ। आफुले चिने जाने को सबै सँग पैसा मगियो। जीवन को मोड मा एस्तो छणहरु आउछन जस्ले मान्छे लाई आफन्त र पराइ को भेद गर्ने मौका दिन्छ, त्यो दिन मेरो जीवनमा पनि आयो। ज्यान नै दिन्छु भन्ने मित्र ले रु १ नदिएको पनि देख्नु पर्‍यो। अमेरिका को विसा लाग्ना साथ पैसा माग्ला भनेर उल्टो पैसा माग्ने आफन्त पनि चिनियो। आफ्नो जमिन गर गहना बेची पैसा दिने पराइ पनि भेटे। जाने बेला दुई दिन मात्र बाँकी थियो। घरमा सबै खुशी थिए बुवा भाई बहिनी आमा। आमा खुशी अबस्य हुनुहुन्थियो तर मन भित्र पिडा लुकाइ, आँखाका परेली भिजाइ मुस्कुराउन खुज्नु हुँदै थियो। त्यो दिन भन्दा अघी शायद मैले मेरी आमा लाई नजिक बाट चिनेको थीइन, उन्को माया लाई म बन्धन ठान्द थिए। आमा को बिशाल हृदय को कुनै कदर नै थिएन। त्यही कुराले मेरो मन पिरोली रहेको थियो , म आफ्नै सोचाइ प्रती घ्रिणा गर्ने थाले, बिछोड का ति पलहरुमा आँफै पनि आमासँग आँखा जुधाउन सकेकै थीइन।  आमा को हरेक हेराइमा मलाई रोकने कोशीश थियो, निशब्ध वाक्यंश हरुमा पनि मेरै नाम थिए अनी मलाई रोक्ने अथक प्रयासहरु थियो। अमेरिका तिर जानु एक दिन अघी म भुवनेशोर महादेवथान गए, जस्लाई स्थनिय ब्यक्तिहरु सानो पशुपती भन्नेगर्थे। मन्दिर को एक कुना मा गएर चुरोठ सल्काये। चुरोठ को धुँवा हावाको बेघसङै उडिरहेक थिए, अनी मेरो आँखा बाट अबिरल आसुँ खसी रहे। हावा को निएती नै उड्नु हो र पनि को नियती नै खस्नु हो, त्यो छण मेरो भावना मेरो हृदय पनि झै खसी रहेको थियो र मेरो आशा उमङ हावा झै उडी रहेक थिए। बडो अजिब छ यो हावा र पनि को सँगम, आसुँ र हासो को मिलन। मेरो मन दोवान मा ठिङ उभिएको चट्टान भएको थियो,जस्लाई दुई नदी को सँगम ले निरन्तर छिया छिया पारीरहेको हुन्छ, मेरो मुटु लाई पनि आसुँ र हासो को सँगम ले छिया छिया परेको थियो।


परिवर्तन संसार को नियम हो। परिवर्तन आँफै बाहेक यो संसार मा सबै कुरा परिवर्तनशिल हुन्छ। मेरो जीवनमा आउन लगेको परिवर्तन ले मलाई कहाँ कहाँ डोरयाऊनेछ छ, मा आँफै लाई नि थाहा थिएन। बिदेशिनु साचैनै एउटा अध्यत्मिक, भौतिक र मान्सिक परिवर्तन हो। यो मेरो जीवनमा परिवर्तन को पहिलो खुँडकिलो थियो।  एउटा अल्लारे केटा, टोले दादा, असमजदार छोरा, उग्र ब्यक्ति बाट एक समाजदर र सम्बेदनशील ब्यक्ति मा परिवर्तन हुने क्रम को सुरुवत थियो।  यसरीनै बुवा आमा को सपना बोकी साथी भाई को माया सँगालेर, देश गाउ छोड्ने पिडालाई अत्मसाथ गर्दै बिदेशिने भए। अमेरिका आउनु अघी खोला पारी को मैया पनि भेट्न आएको थीइन। अमेरिका गएर मलाई नबिर्स्नु है भन्दै थिए। मुटु चुडियो तर यो मुटुत येसै गरी चुडिनु रहेछ धेरै धेरै पटक।


क्रमश:            


    
     
       
   
   

Load Previous
Hada
· Snapshot
Like · Liked by · 0
Ajkal Sajha ma kehi heridaina... Khali From Shiva to Sam ko status herincha... Keep gong dai..
amitraja
· Snapshot
Like · Liked by · 0
Perfectionist; कोशिस जारी नै छ। मेरो सादा प्रयासमा प्रोत्साहन को रङ भर्नुभएको ले म हृदय देखिनै धन्यवाद दिन चाहन्छु।

Hada; तिम्रो comments हरुले मलाई अझै लेख्ने motivation गर्छ। तर म भोली न्यू योर्क जादै छु, २-४ दिन परिवार सँग घुम्ने बिचार छ। अर्को हप्ता अली धेरै लेख्ने प्रयास गर्ने छु। यो साता यतिनै।

भाग "५" राती अबेर हतार हतार post गरेकोले धेरै गल्ती भएकोमा छमा गर्नु होला।
Hada
· Snapshot
Like · Liked by · 0

Baki Arko Haptaa Matra Re...... Teso bhayo arko hapta samma sajha kholdai nakhole bhayo haina ta... tara kehi chaina... We all know you will come with some more interesting stuffs....


Ani dai enjoy your newyork visit, have fun with your families ani yehi comment/ compliment bata didi lai pani namaste... Tara tyo chwaak keti ko naam ajhai khuleko chaina hai....


Will be waiting till then...


Have fun once again... 

dhoti_prasad
· Snapshot
Like · Liked by · 0

काहानी निकै रमाइलो लाग्यो !


यो amitraja नाम कहाँ बाट आयो त्यो पनि थाहा पाम न हजुर !!

serial
· Snapshot
Like · Liked by · 0

सबै भाग एकै चोटि पढि भ्याएँ


कथा रमाइलो छ - लेख्दै जाम हामी पढ्दै गर्छु

Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
लौन अनि त्यसपछि के भयो?? छिटो लेखम न प्रभो!

घच्चिको जाँदै छ!
Hada
· Snapshot
Like · Liked by · 0

Amit dai k gareko yo... kina lekhna chodeko...


Keep on writing dai.. jindagi ma j jasto bhayepani... lekhak le kalam kahile roknu hudaina .... lekhak ko parichaye nai usko kalam ho dai...


 


So keep going...

samaeBajii
· Snapshot
Like · Liked by · 0
very nice turns!
amitraja
· Snapshot
Like · Liked by · 0
"६"

केही बेर सोचेर ऊ बोलि

"I don't wanna give you trouble"

"No trouble for me"

अली अली अनकन गरे झै गरी मधुर स्वर मा "OK" भनी।

म खुशी ले गद गद भए, मेरो Apartment को ढोकमा पुगेर साँचो घुमाउन थाले। जाडो ले हाथ थर् थर् कमेको थियो ढोका खोल्न निकै बेर लाग्यो। मैले उस्को मुहार हेरे मन्द मुस्कान भएपनी ऊ कता कता हराइरहेकी थीइ। म भित्र छिरे ऊ पनि मेरो पछी पछी लागि। कोठा भित्र पसेपछी ऊस्ले आफ्नो ब्याग तल राखी र हाथ बढाएर आफ्नो परिचय दीइ।

"I am Anna" हाथ मिलाउदै मैले पनि "शिव" भने, तर उस्ले "SAM" भनी शायद सुनिन वा सुनेर पनी बुझिन, मैले सच्यौन पनि खोजिन, एक मन ले अच्चम् परे "शिव" र "SAM" को कुनै ताल मेल नै मिल्दैन किन "SAM" भनेकी हो कुरै बुझिन। तैपनी मलाई उस्ले दिएको नयाँ नाम मन्पर्यो "SAM"

यसरी मेरो कथाको तेस्रो अध्याय र "शिव" देखी "SAM" को यात्रा पनि अघि बढ्दै गयो।

हामी दुबै लिभिङ रूम मा बस्यौ। म किचन तिर लागे। ऊ कोठा तिर नियालेर हेर्न थालि। राजु भाईले हिजो मात्र सफा गरेको थियो चिटिक्क पारेर। म कफी मेसिन मा कफिको दाना हाल्दै थिए। एक छिन्मै कफि तयार भयो, म कफिको बाफ हेर्दाइ थिए, ति थरी थरी का आक्रीति बनाउदै यता उता उड्दै बिलाउदै थिए। कफी को बाफ संगै अनेकौ कुरा मन्मा खेल्दै हराउदै गर्नथाले।

मेरो प्रस्ताब् मानेर उनी मेरो घर मा आएको मा म धेरैनै खुशी थिए। तर यो पापी मन संका गर्दैथियो। एउटा केटी मान्छे एसरी एक अपरिचित मान्छे को घरमा आउनु के ठीक हो? म उस्को चरित्र प्रति नै प्रश्न चिन्ह खडा गर्न थाले। कस्तो निडर कस्तो निर्लज। अघी सम्म खुशी भएको मेरो मन एक्कासी निरस भयो। फेरी आँफै मन लाई सम्झाउन थाले। एक त खैरी ते माथि राती को बेला ऊ सँग कुनै बिकल्प पनि त थिएन। उस्ले साथी लाई फोन गरेकी पनि त हो नि यो राती मा कसैले पनि जवाफ दिएन बिचरीलाई, के गरोश् त। उस्को पिडा को करण मलाई थाहा छैन, उस्को आँसुको अर्थ थाहा छैन। मलाई यती मात्रा थाहा छ कि, म जति उस्को बारेमा सोच्दै छु त्येति नै उस्लाई मन्पराउदै छु, त्येतिनै उसँग नजिकिन्दै छु, उस्लाई चिन्ने प्रयास गर्दै छु।

हामी दुबैले कफि साथै पियौ तर एक शब्द पनि कुरा भएन, मन्मा प्रश्न हजार थिए, सोध्ने आट भने एक रत्ती पनि थिएन। Closet बाट पुरानो तर सफा स्लीपिङ ब्याग निकालेर दिए। ऊ अच्चम्म परेर मलाई हेरिरही, म पनि नहेरेझै एता उती हेर्न थाले।

सोफा तिर औंला तेर्साउदै "Feel Comfortable" भन्दै म आफ्नो कोठा तिर लागे।

त्यो दिन किन किन सुत्नै सकिन। म उस्कै सोचाइमा डुबेको थिए। को केटा थियो त्यो, के सम्बन्ध होला "Anna" को त्यो केटा सँग? के भन्न खोजेको थियो होला तेस्ले? मैले त्यसरी ट्याक्सी कुदाएर के ठीक गरे वा बेठिक? अनगिन्ती प्रश्न थिए तर जवाफ एउटा पनि थिएन। सडकमा लडिबुडी गरेका कुकुर झै मिनेट मिनेट मा कोल्टो फेर्न थाले। जति गरे पनि प्रश्न माथि प्रश्न थुप्रिदै थिए अनी म प्रश्नहरु कै जन्जालो मा अल्झिदै गए।

भोली बिहानि राजु भाई मेरो कोठामा आएर मलाई जिस्काउन थल्यो। मैले सुस्तरी उस्लाई सबै कुरा सुनाए।



राजु मलाई खिस्सी गर्न थालयो। "दाइ तपाईं नि एक्लै केटी भा बेला गाडि बिगार्ने हो त, एसो दुई जाना केटी भा बेला पो गाडि बिगार्नु पर्छ त" अझै थप्दै थियो "म पनि पढ्न छोडेर taxi चलाऊनु पर्‍यो जस्तो छ, राम्रा राम्रा ग्रहाक घर मै आउँदा रैछन।" यती भन्दै राजु कोठा तिर लाग्यो।

म उठेर kitchen तिर लागे। Anna लिभिङ रूम को couch मा सुतेकी थी। बिहानी को घाम ले उस्को मुहार ढाकेको थियो। घाम्को किरण मा उस्को सुनौला केश अझै सुनौलो देखिन्थियो। गोरो अनुहार झनै प्रज्वल्लित भएको थियो। मानौ कुनै नाटक को मुख्य पात्र लाई Spotlight ले केन्द्रित गरेको होश। म उस्लाई देखेर हाँसे उ पनि मुस्काइ। उस्को मुस्कान, उस्को बोली, उस्को हेराइ र उ भित्र लुकेको रहस्य ले पनि मलाई रोमन्चिर्त गर्दै थियो।

"Thank you" भनि

मैले प्रतिउत्त्तर गरे "For What"

"You saved me Yesterday"

म अच्चम्म परे, एक ट्क ले उस्लाई हेरिरहे।

"If you don't mind can I ask you why?"

मेरो प्रश्न सुन्ना साथ ऊ गम्भिर भै, उस्को मुहर मा उदासी छायो। एकै छण पछि ऊ आँफै सहज् भै। ऊ बोल्न थालि म सुन्न थाले। शायद उस्ले मलाई विश्वाश गरि वा उस्ले मनको बह रोक्न सकिन। उस्ले मलाई विश्वाश गर्नु को करण पनि त छ, एक अन्जान केटी लाई तेती राती शरण दिये र तेस माथि उस्को बिवस्ता को कुनै फाईदा पनि लिन चाहिन मैले। ऊ मलाई कुनै चलचित्र को कथा झै बास्तविक् जीवन कथा सुनाउन थालि। म सुनी रहे ऊ भन्दै गै। ऊ भन्दै थीइ आँसु झर्दै थीइ। बल्ल मैले उस्को आँसु को रहस्य बुझे, उस्का हरेक आँसुका दाना मा लुकेका पिडा देखे। धन्न छे ऊ तेतिका पिडा को बोझ बोक्दा पनि कती सहज्, सुसिल र शान्त छे। "Anna" को दु:खदाइ जीवन कथा सुने पछी म अझ धेरै माया गर्न थाले । म उस्को पिडा लाई आफ्नो बनाउन चाहन्थे, म उस्लाई अंगाल्नचाहन्थे तर बिडम्बना म असमर्थ थिए। सुन्द सुन्दै मुटु भारी भयो, मेरा आँखा पनि रसाए। बर्षे बाँध फुटेर नदी को बेग बगेझै मेर आसुँ बग्न थाले। मैले उस्को हाथ समाते ऊ म तिर हेरी मैले पनि उस्लाई हेरे। उस्ले मेरो निसब्द आँखा को बोली बुझे जही गरि, र केही बेर चुप लागि। उस्को कथा त रोकियो तर उस्को आसुँ रोकिएन।

क्रमस:
teamlogo
· Snapshot
Like · Liked by · 0
hetauda bhanera mero pani dhyaan ekakrit bhayeko cha yes thread ma.... mero mamaghar hetauda ho, ra ma barsa ma 2-3 choti gairaheko huncha, i like this place, its like my hometown,.......starting padhen raamro lagyo, samay milayera ma padhnechu, summer class ko halka pressure pani cha.

Jadau.
amitraja
· Snapshot
Like · Liked by · 0
sorry for posting this one so late. i was busy in my own stuff and personal problem..... 
Thanks all for reading

धोती प्रसाद जि,
कुन Mood मा राखेको थिए किन रखे याद भएन 

Serial
Its good when you read all at once.

birkhe mailaa
here goes another one

Samea baji,
life is always twisting and turning.


perfectionist
· Snapshot
Like · Liked by · 0
लेह! खै त गुरु?
<<< "If you don't mind can I ask you why?" >>>

यो खै त हाम्ले सुनेनम नि त, हाम्ले नि सुन्न पर्थ्यो नि हैन र? के भा रइछ भन्ने? भाको चाँही के हो? हामी नि जान्न उत्सुक छौं! यो भाग जतो ढिलो नगरनु होला। धन्यबाद
amitraja
· Snapshot
Like · Liked by · 0
"७" 

मैले उस्लाई tissue दिये। मन त उस्को आँसु आफ्नै हाथले पूछ्ने थियो, तर कुन नाता ले, कुन आधार ले, म बिबश थिय। ऊ बथ्रूम तिर लागि। राजु भाई आफ्नो कोठा बाट निस्कियो। राजु ले सबै कुरा सुनेछ ऊ पनि आना लाई २-४ दिन राख्न तयार भयो। आना बथ्रूम बाट निस्की र आफ्नो सामान मिलाउन थालि। मैले आना लाई अर्को ब्यबस्था नहुन्जेल हामी सँगै बस्न आग्रह गरे। पहिले त मानिन्, घर भाडा दिने सर्त मा बल्ल बल्ल मेरो पस्ताब स्वीकार गरी। म उस्लाई २-४ दिन मात्र होइन जीवन भर सँसँगैगइ राख्न चाहन्थे सधैं सधैं लाई।      

म घर बाट हर्षित भएर निस्के तर कता कता आना को जीवन कथा सुनेर मन भित्र खल्लो पन को अनुभब भाईरहे को थियो। गाडी workshop मा लिएर गए। गाडी बन्न ३ घण्टा लग्ने भयो, नजिकै को कफि सप बाट कफि लिएर चुरोट सल्काउदै, आना ले भनेको कुरा सम्झिने थाले। हिजो राती परेको हिँऊ ले बाटो हिलाम्ये थियो, तर पत्झड को सुख्खा हांगालाई नयाँ रुप दिएको थियो। म जीवन र हिँऊ को प्रकृति तुलना गर्ने थाले। दुबइ को प्रकृति एक्कै किसिम को हुन्छ, Dual Personality. बहिर बाट हेर्दा सुन्दर भित्र बाट कुरुप। हिँऊ आकाश बाट झर्दा मन्नै रोमान्चित पार्छ, तर कठोर् मुटु कमाउने जाडो मा मात्र पर्छ, बेइमान। देख्दा कति सुन्दर हुन्छ, स्पर्श गर्दा आत्याधिक चिसो हुन्छ। मानब जीवन पनि यस्तैनै हुन्छ। जीवन पनि बहिर बाट हेर्दा कति राम्रो, सुखी देखिन्छ तर केलाउदै जाने हो भने अत्यन्त दुख्दाइ हुन्छ। यो संसार मा को नै दु:ख रहित छन। आना को जीवन पनि कुनै फरक रहेन छ, ऊ जस्ति सुन्दर र सरल केटीको जीवनमा कल्पना नै गर्न न सकिने कति धेरै दु:ख कती धेरै असरलता।  

फेरी अक्रो चुरोट सल्काए। आना को जीवन अबलोकन गर्न थाले। आना सानै हुँदा आफ्नो बुवा को माया बाट बन्चित भैइ। उस्को बुवा ले ऊ सानै छदा अर्की केटी सँग दोस्रो बिहे गरेर आना र आना को आमा लाई गरिबि को हालत मा छाडी गएको रहेछ। सानै देखी चित्रकला को सोखिन भएको ले आना को आमा ले ऊस्लाई चित्रकला सिकाउन स्कुल मा भर्ना गर्दिन। त्यहा आना को भेट एउटा प्रशिक्षक सँग भयो। बिस्तारै गुरु चेला को सम्बन्ध प्रेम्मा परिनत् भएछ। बिस्तारै भावनात्मक सम्बन्ध सारिरिक् सम्बन्ध मा बद्लदै गएछ र १५ बर्षाको कलिलो उमेर् मा नै आना गर्वबती भैइछ। आना कि आमा ले वाध्य भएर ति दुई को बिहे गरिदीइन। काँचो उमेर मा विवाह र बच्चा को जिम्मेवारि ले पढाई छोड्न बाधय भैइन्। समय बित्दै गएपछी त्यो केटा मा परिवर्तन आउन थालयो, तेस्को माया आना प्रति कम हुँदै गयो। सानो तिनो झगडा ले पनि बिशाल रुप लिने थालयो र एक दिन उस्ले आना लाई चटकै छोडेर हिंडेछ। आनाको छोरी अली ठुलो भये पछी राम्रो पैसा र शान्त जीवन को खोजी मा ऊ अमेरिका प्रस्थान गरिछ। सोच्दा सोच्दै च्वास्स चुरोट ले पोल्यो, हतपत आउँला मुख भित्र हाले। 

गाडि बनाएर म कर्मछ्त्र तिर लागे। काम गर्न फिटिकै मन थिएन तर काम नगरि माम् पाईन्न, के गर्नु। मलाई आना सँग मात्र बस्न मन थियो।  ऊन्को कथा सुने पछी मलाई आना झनै मन पर्न थाल्यो, अझै बढि माया जागेर आयो। उन्को सबै कुरा मन पर्न थाल्यो, स्वरुप, स्वभाब, बोली, अनी उन्ले दिएको नयाँ नाम पनि। "Mr.Sam"     

दुई चार दिन हुँदा हुँदै, आना हामी सँगै बसेको पनि धेरै भयो। दुई चार दिन बाट दुई चार हफ्ता, दुई चार हफ्ता बाट दुई चार महिना बितिसके को थियो। जाडो याम सकिएर बसन्त आयो, बसन्त सँगै मेरो जीवन मा पनि हरियाली छाएको थियो। दुई चार महिना मा म र आना बिच निकै नै घणिस्ठता बढेको थियो। जति समय बित्दै गयो हामी त्यती नै नजिकिदै गयौ। हाम्रो मित्रता बिस्तारै प्रेम मा पारीनात हुँदै थियो। प्रेम को आभास दुबइ ले पाएका थियौ, तर ब्यक्त गर्ने साहाश हामी दुबै मा भएन। म यो कुरा मा जोड गर्न पनि चाहनथिन, किनकि दुई चोटि टुटेको आना को हृदय का घाऊ अझै भरिन बाकिन नै थिए, म त्यो घाऊ मा आफ्नो प्रेम को भार थपी अरु चोट पुर्यौन चाहन्थिन। यो संसार मा सबै दु:ख पिडा समय ले निको हुन्छ, आना को दु:ख पनि समय ले अबस्य बिराम हुने छ भन्ने मलाई पूर्ण विश्वाश थियो। आना Hunter  कलेज मा पढद थीइ, बाँकी समय मा Manhattan को एक धनाड्य ब्यक्ति को घरमा baby-sitting गर्द थीइ। म पनि राती को काम छोडि day shift गर्न थाले। मेरो एक्लो जीवन मा परिवर्तन आएको थियो। म आफ्नो परिचय "SAM" को नाम ले गर्न थाले। आना का साथीहरु पनि मलाई "SAM" नै भनेर बोलाउथिए। म भित्र आमुल परिवर्तन आएको थियो, एक निरश, कठोर्, उदास "शिव" बाट रसिक, दयालु, खुशी "SAM" हुँदै गएको थिए। आमा सँग पनि हफ्तै पिछे कुरा गर्न थाले, आना को बारे मा सबै कुरा भनेको थिए। पहिले त त्यति खुशी हुनु भयेन तर मेरो खुशी को लागि केही बिरोध पनि गर्नु भएन। आउदो दसैं मा आना लाई लिएर नेपाल जाने सुर कसेको पनि थिए, तर यो भाग्यमा आरु नै केही लेखेको रहे छ के थाहा थियोर। समय यसनी नै बित्दै गयो।   

मध्य जुन तिर Summer को छुट्टी भएको ले राजु आफ्नो दाई लाई भेट्न Ohio गएको थियो। शुक्रबार को राती काम बेसी हुने भये को ले, म घर अली ढिलो आएको थिए। आना अझै जागै रहिछ। ऊ लिविङ रूम मा बसी T.V हेर्दाइ थीइ। मलाई देखेर खुशी हुँदै भनि। 

"I have made special dinner for you" 

मैले पनि मौका छोपी जवाफ दिई हाले "My lucky day" 

हामी दुबै एक अर्का लाई हेरेर हास्यौ। म बथ्रूम बाट निस्किन्दा ऊस्ले Candle बालेर Dinning table सजाएकी थीइ। म औधी खुशी भए, भगवान ले मेरो प्रथाना सुनेछन क्यार। सुन्दर केटी, मिठो खाना, खाली घर, अनी wine. यो भन्दा बढी के नै चाहिन्छ र। 

क्रमस:   
madhesi
· Snapshot
Like · Liked by · 0
Sounds ominous!  I smell sad ending!  I will be keep on reading!  Now her boy friend shows up?  He husband from Russia shows up?  Or is it her daughter comes looking for her mom?  Sorry for jumping to conclusion!
Hada
· Snapshot
Like · Liked by · 0

Story is getting more and more interesting.. But I smell a very sad ending too.. I believe there is a biggest twist ever in this dining hall..


Don't stop dai..

RUSTIC
· Snapshot
Like · Liked by · 0
kata gayeb shiva ji!
ANS
· Snapshot
Like · Liked by · 0
Hello Siva ji (oops Mr. Sam), please keep write regularly. We have to wait tooooooooooooo long for this episode. I used to visit sajha to see if you have added something.. and each time i was disappointed.

Excellent writing, and plot. Keep going.  But a bit frequent please.
thasikhelchok
· Snapshot
Like · Liked by · 0
dherai nai kuri sakiyo  launa chito lekhna paryo
babu24
· Snapshot
Like · Liked by · 0
nice story bro,good to know u r hetaude.
kanchikancha
· Snapshot
Like · Liked by · 0
लौ न नी, बर्बादी काम चाहीं नगर्नु होला है कृपया, अमित दाई।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 5 · Viewed 2290
· Posts 72 · Viewed 15887 · Likes 15
· Posts 1 · Viewed 107
· Posts 3 · Viewed 391
· Posts 1 · Viewed 105
· Posts 16 · Viewed 2438 · Likes 3
· Posts 1 · Viewed 136
· Posts 1 · Viewed 120
· Posts 4 · Viewed 570
· Posts 1 · Viewed 161



Your Banner Here
Travel Partners
Travel House Nepal