के महारोग लाग्यो नेपाल लाई जहिले पनि हुन्छ बन्द - Sajha Mobile
SAJHA MOBILE
के महारोग लाग्यो नेपाल लाई जहिले पनि हुन्छ बन्द
Posts 2 · Viewed 4939 · Go to Last Post
parikalpana
· Snapshot
Like · Likedby · 0

यता पनि बन्द,उता पनि बन्द जताततै बन्द
यस्ले पनि बन्द, उस्ले पनि बन्द जस्ले पनि गर्ने चै त्यही बन्द
के महारोग लाग्यो नेपाल लाई जहीले पनि हुन्छ बन्द

आफु ले गर्दा ठीक हुने बन्द, अरु ले गर्दा बेठिक हुने बन्द
सत्ता म पुग्न लाई बन्द, पुग्ने ले पनि गरेकै हुन बन्द
के महारोग लाग्यो नेपाल लाई जहीले पनि हुन्छ बन्द

स्वायत्त राज्य का लागी बन्द, माग पुरा गराउन बन्द
बन्द खुलाउन बन्द, लोडसेडिङ को बिरोधमा बन्द
के महारोग लाग्यो नेपाल लाई जहिले पनि हुन्छ बन्द

यता पनि बन्द, उता पनि बन्द
नेपाली ले गर्ने बन्द, नेपाली लाई अती दु:ख दिने पनि यै बन्द
के महारोग लाग्यो नेपाल लाई जहिले पनि हुन्छ बन्द


Last edited: 10-Mar-09 09:35 PM
sajhabusaima
· Snapshot
Like · Liked by · 0

सल्किदै गरेको
डडेलो वा जलिरहेको घर



निभाउन आतुर दमकलहरु।



अनि अन्गिन्ति
निर्दोष लासहरु



आसाको रस्सिमा
झुण्डिएर आत्मदाह दिइरहदा ,



देश एउटा नेशनल मण्डेलाको
को रेखाचित्र खोज्दैछ ।



 



इतिहास को पाना
पल्टिदै गर्दा



दाहासंस्कारको
बिगुलहरु बजिरेहेछन



सामन्ति र मिर्गत्रिस्ना
वाँच्ने ब्याँसाहरुका खातिर



आमा लिलाममा जाँदैछिन



हुन पनि उल्लुहरु
को जमातले दिउसो आकासमा के ठमाउथे



भिख माग्छन शिकार
खेल्न पोख्त राक्षस सँग ।



 



हावा को झोक मा
बगेका असंख्य आगोका मुस्लोहरु



अनि कछुवा को गति
मा चल्ने ति दमकलहरु



सुक्दै छन मिलन
गराउन निक्लेका नदिहरु।



बालुवा का महल बनाउदै
गरेका श्यालहरु



सिन्दुर पुस्न आतुर
छन आमाहरुको ।





 



घरको दुध पचेन, बिरालो
लाइ



तल्लो घरको ढिडो मा
खुसि।



अनि कुकुर त झन
माथ्ला घरको नै रखवाला



के थाहा घरमा डढेलो
को कथा ।



I am too late i will add on this one tomorrow.

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 17
· Posts 12 · Viewed 1834
· Posts 4 · Viewed 803
· Posts 1 · Viewed 97
· Posts 1 · Viewed 106
· Posts 1 · Viewed 327
· Posts 3 · Viewed 4609
· Posts 1 · Viewed 184
· Posts 1 · Viewed 181
· Posts 6 · Viewed 2944



Your Banner Here
Travel Partners
Travel House Nepal