Your TU certificate is about to expire - Sajha Mobile
SAJHA MOBILE
Your TU certificate is about to expire
Posts 10 · Viewed 6315 · Go to Last Post
no_quiero
· Snapshot
Like · Likedby · 0
त्रिभुवन विश्विद्यालय, महेन्द्र राजमार्ग, त्रिभुवन राजपथ अनि वीरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र अब यस्ता राजाका नाउँहरु मेटिने भएका छन्। माओवादी निकटक विद्यार्थी संगठन अखिल क्रान्तिकारीले उठाएका मागलाई प्रधानमन्त्री पुष्पकमल दाहालले तत्काल सम्बोधन गर्दै महाराजहरुका नाममा रहेका शिक्षण संस्था एवं राजमार्गहरुको नाम परिवर्तन गर्ने प्रतिबद्धता जनाए। क्रान्तिकारीका अध्यक्ष लेखनाथ न्यौपानेले गणतन्त्र स्थापनाको लामो समयसम्म पनि पूर्वराजा महाराजा र नातेदारको नाममा राखिएका शिक्षण संस्थाको नाम परिवर्तन नहुनु विडम्बनापूर्ण भएकाले नाम परिवर्तनको माग सरकारसँग राखेको जानाएका छन्। प्रधानमन्त्री प्रचण्डले छिटै यो कार्यान्वयन गरेमा त्रिभुवन विश्वविद्यालयमा भर्ना भएका विद्यार्थीले नेपाल विश्वविद्यालयबाट सर्टिफिकेट लिनेछन्।



 ५ हजारभन्दा बढी विद्यार्थी राजा त्रिभुवनको नाउँ जोडिएको विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययनरत छन्। विश्वविद्यालयको स्थिति यति अस्तव्यस्त छ कि टियुले दीक्षान्त समारोह समेत गर्न सकेको छैन। अझ एमए प्रथम वर्षमा दुई ब्याच सँगै हुने स्थिति आइसकेको छ। गत साल पनि दुई ब्याच सँगै प्रथम वर्षमा थिए अनि दोस्रो वर्षकाहरु छुट्टै। यो दुई वर्षे कोर्शमा तीन ब्याच थाम्ने त्रिभुवन विश्वविद्यालयको नाम फेरेर मात्र के होला र ? कार्यशैली नै फेरो पो राम्रो। महेन्द्र संस्कृतबाट यसअघि नै नाम फेरिएको अर्को शिक्षण संस्थाको हालत टियुको भन्दा अस्तव्यस्त छ। हो सयौं वर्षदेखि महाराजाहरुले स्थापना गरेका मानकहरु फेर्नुको राजनीतिक अर्थ छ। तर त्यस्ता राजनीतिक अर्थहरुलाई व्यवहारिक रुपमा परिवर्तन भएको महसुस गर्ने दिन कहिले आउला ?

source...mysansar
राछस
· Snapshot
Like · Liked by · 0

yo maach***kne maobadi ran*i ko ba*n haru ko kaam saam chaina....ye mach*ikne haru ho,,naam matra change gare k garchas ho muj*iiiiharu....Kaam pani garnu paryo ni......K kaam garya chas timi haru le aahile samma ramro.....cha euta pani....Satta ma aaye pachi pheri wohi chala suru bhai halyo ni timi haru ko pani.......

 

you fu***king morons...

Rahuldai
· Snapshot
Like · Liked by · 0

 अंगुलिमारको  नाम गौतम बुद्ध , हिट्लरको  नाम महात्मा गन्धी राख्दैमा तिनको सोच र कुकर्मले अग्रगामी छ्लाङ्ग लगाउदैन क्या रे।

 कामरेड डेढ लाखे पलङ्गले क्रमभङ्ग गर्न खोज्या हो, खोइ  कुरा बुझ्या?

no_quiero
· Snapshot
Like · Liked by · 0
माओवादी ले १० बर्ष म नेपाल लाई Switzerland बनाउछु भन्थियो । मलाई त यिनी हरु ले नेपाल को नाम नै चेन्ज गरेर Switzerland रख्छन कि जस्तो लाग्न थालयो ।

सक्छौ भने नयाँ चिज को निर्माण गरे र तेस्को नाम अफुले सोचे जस्तो रखे भो नि विश्व बिधालय बनाएर राजा हरु ले के नराम्रा्ओ काम गरे । राजा ले महेन्द्र राज मार्ग् आफ्नो पैसा ले बनाएको हैन.त्रिभुवन युनिभर्सिटी आफ्नो पैसा ले बनाएको हैन । राणा हरु ले वीर होस्पितल, त्रिचान्द्र कलेज आफ्नो पैसा ले बनाएको हैन राज्य को पैसा लगाएर बनाएको हो.अहिले राज्य तिमी हरु ले चलाई रा chau राज्य को पैसा सादुप्योग गरेर नयाँ बिकास को काम को निर्माण गरेर अफुले सोचेको जस्तो नाम राखे कसैले तिमी हरु को बिरोध गर्दैन।

newlynew
· Snapshot
Like · Liked by · 0
What they really need is a time machine so that they can - not only change the names but the facts of the history too...
lonelyguy
· Snapshot
Like · Liked by · 0
what's happen to these political parties. These Maoist have good talented people in the post and in there party and they don't know, these are all the sh..its they are doing. They should think of development of the country, not focusing on small issue which doesn't bother for us... Changing the name of University, Changing the name of Place. Why they are wasting time on all these shits... Need some good politicians.... It Sucks.....
liveyourlife
· Snapshot
Like · Liked by · 0
what the heck...give priority to poverty, education, health...why this PM is wasting his time by doing this cocky job.
mamfuli
· Snapshot
Like · Liked by · 0

१० बर्षामा १०,००० मेघावाट कसरी निकाल्लान भनेर सोचथे म। तर आएर यिनिहरु ले सही नै भने का रहेछँन भन्ने लाग्यो। १ किलोवाट लाई अैन्द देखी १ मेघवात भनिनेछ भनेर सन्सदबाट पास गर्दे भने १० बर्षा हैन भोली नै पनि १०,००० मेघावाट बिजुली निस्कन्छ।

somewhereondearth
· Snapshot
Like · Liked by · 0
विश्वविद्यालय को  नाम परिवर्तन गर्नुमा मेरो घोर आपत्ति छ ।

 मलाई मेरो विश्वविद्यालयको माया लाग्छ । मलाई राजा त्रिभुवनले त्यहां कुनै तानाशाहबाद सिकाएका होईनन्, मेरा आदरणीय गुरुहरुले पाठहरु पढाउनु भएको हो जसको धरातलमा म उभिएको छु । मेरा प्रमाण-पत्र म बेला बेला पढ्छु । म पढेको विश्वविद्यालय भनेर म शानका साथ भन्छु । मलाई गर्ब लाग्छ । के मलाई मेरा यि कमाई च्यातेर नयाँ बनाउँदा उस्तै आनन्द आउला । १-२ विद्यार्थि संगठनले विश्वविद्यालयका सबै जेनेरेशन का लाखौ ग्राडुएट्सको भावना बोकेका होलान?

महेन्द्र राजमार्ग भन्नाले म राजा महेन्द्र राजा को  बिम्ब सम्झंन्न, यो त पुर्वलाई पश्चिम जोड्ने हाम्रो बाटो सम्झंछु जहां हजारौ जिवन छन्, सम्झंना छन्, भावना छन्   । एउटा जीवन शैलि को नाम पनि हो । म त्यो बाटो मा हुर्केको छु  । धुलो मा लडिबुडि गरेको छु । राजा महेन्द्र होईन, त्यो त  मेरो महेन्द्रराजमार्ग हो  ।

विरेन्द्र अन्तराष्ट्रिय सम्ममेलन केन्द्रमा राजा विरेन्द्र  वसेका छैनन्, उनको आचरण त्यहा छैन । विरेन्द्र अन्तराष्ट्रिय सम्ममेलन केन्द्र  भनेको मेरो लागि, मेरो समाजको लागि त्यो बानेश्वरको भिडभाड मा पनि फराकिलो उभिएको एउटा विशिष्ट सम्मेलन केन्द्र हो, जसका सम्झंना शायद मेरा डायरीमा मात्र होईन उच्च वैचारिक, कुटनैतिक कदका व्यक्तित्व मा पनि होला । के अब म राजा विरेन्द्र र महेन्द्रको विरोधमा मेरा डायरि का पाना मा नाम परिवर्तन गर्दै हिड्नु!!

कुरो नाम को होईन सम्बन्धको हो । म निराशावादि मान्छे होईन, तर मलाई  भर रात मा न विश्वविद्यालय परिवर्तन हुन्छ जस्तो लाग्छ, राजमार्ग ६ लेन को हुने बिश्वास छ । तर जे छ जस्तो छ, मेरा जीवन यिनै मा गुज्रेको छ । मेरा  भावना हरु गासिएका छन, यिनै महेन्द्र राजमार्गमा, त्रिभुवन विश्वविद्यालयमा, विरेन्द्र अन्तराष्ट्रिय सम्ममेलन केन्द्रमा । मैले मेरा सर्टिफिकेटहरुमा, पाहुनाहरु को मानसपटलमा, भावना हरुमा नाम परिवर्तन गर्दै हिड्नु पर्यो भने  मेरा लागि ठूलो बिडम्बना हुने छ ।

राजा त्रिभुवन, महेन्द्र, विरेन्द्र ले जे गरे सकियो  । सिकियोस र छोडियोस, बाँदको घाउ जस्तो घरि घरि कोट्टयाउने काम छैन । हुति छ भने नयाँ विश्वविद्यालय खोल्नुहोस,  नयाँ राज मार्ग बनाउनुहोस, नयाँ सम्मलेन केन्द्र बनाउनुहोस, जहां हाम्रा (अ?)आदरणिय ज्युहरु, अर्काले होईन आफ्नै पौरखले बनाएको केन्द्र मा अदबका साथ संसद  भेला गर्न सक्नुहोस ।

नाम परिवर्तन गर्नुमा मेरो घोर आपत्ति छ ।
desperate soul
· Snapshot
Like · Liked by · 0

Dear friends,

Aba kasaiko afno NAAM pani Raja n Rani haru ko chha bhane,sabaile naam change garera arko NAGARIKTA ra Passporst linu parne Naya Niyam auune bhayo.

Just a thought.You never know about things which could come in New Nepal.So sad.

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 21 · Viewed 5495 · Likes 3
· Posts 4 · Viewed 292
· Posts 1 · Viewed 118
· Posts 21 · Viewed 3325 · Likes 1
· Posts 17 · Viewed 2684
· Posts 1 · Viewed 92
· Posts 1 · Viewed 90
· Posts 4 · Viewed 964
· Posts 3 · Viewed 334
· Posts 36 · Viewed 4370 · Likes 11



Travel Partners
Travel House Nepal