Thanksgiving Special ~ * चौतारी-१३५ * ~ - Sajha Mobile
SAJHA MOBILE
Thanksgiving Special ~ * चौतारी-१३५ * ~
Posts 606 · Viewed 268447 · Go to Last Post
cheli
· Snapshot
Like · Likedby · 7
~ * चौतारी-१३५ *~
Thanks Giving Special चौतारी

 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको१३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.
Load Previous
Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम गाम्लेहरु!
बुधबारे झरीमय जदौ !!!!!!!

छुपेरुस्तम भउते गुरु लाई बधाई। ( लोड शेडिङ भा देशमा बिहे को लोड लिएको मान्छे ले के साझा पढ्थ्यो हो ला र ?) ईमेल मा फिमेल सहित् लाई बधाई फर्काइ दिएं। 

ritthe
· Snapshot
Like · Liked by · 0

बुधबारे हम्पिङ नमस्ते, जदौ, तारेमाम सबैलाई !

भउतेलाई धेरै धेरै बधाई तथा सुखमय बैबाहिक जीवनको शुभकामना !

जुरेली लाई कठै बरा !

Last edited: 10-Dec-08 08:46 AM
बिस्टे
· Snapshot
Like · Liked by · 0
गूड् मर्निङ चौतारी
ठुलदाइ लाई तारेमाम,ठुली र मिस नानी लाई जदौ,ठुली को भुइ मा खुट्टा छैन लौ बिहा मा जन्ती जान लाई छानी लुगा।
लौ भौते गुरु लाई धेरै धेरै शुभकामना डाउडर्नी बे गर्न लाईछौ। पर्सी जन्ती जान आईपुगम्ला।
लौ म चिया लिन गये है त ठुल्दाइ,मकलमा आगो बाल्दै गर्नु।
cheli
· Snapshot
Like · Liked by · 0
Namaskar hai sabai lai!!
mero ni BADHAI bhaute dai lai!!

Ritthe bro ko nepali ni saaf bigreccha, Amerika basera! Sandesh lai badhai ki badhai ko Sandesh?
Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम, ठुली नाकै मा फुली
तारेमाम, पट्ठो रिट्ठे,
तारेमाम, फिस्टे बिस्टे
तारेमाम, चेली खै कोशेली ?
तारेमाम, मिस।

हैन सब जना जन्ती जान लाग्या ? म त जान्न, टिकेस नै पठाइ दिएन, कन्जुस भउते ले। यत्रो बिहे गर्न सक्ने, दुर्लभ दुलही डाक्टर्नी साहेब खोज्न सक्ने। पञ्चइ बाजा घन्काउने सक्नेले जाबो २ गोटा टिकेस पठाउन नसक्ने ?

serial
· Snapshot
Like · Liked by · 0

तारेमाम् गाम्लेहो

वोहो भौते को बिहा

भउत भाई भण्डारी लाई विवाह को हार्दिक मंगलमय शुभकामना

एसै खुशीयालिमा चिया खाउँ न ल - कोही छ चिया ल्याउने

बिस्टे
· Snapshot
Like · Liked by · 0
लौ आयो चिया।
cheli
· Snapshot
Like · Liked by · 0
तारेमाम, चेली खै कोशेली ?

k ko upalakshya ma kosheli dai?
cheli
· Snapshot
Like · Liked by · 0
CUP ta khali chha ta?
Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम लहरे।


पालो अब लहरे कै हो। मच्चिएको हेर न बौचा।

बिस्टे गुरु, यो फुच्छे बिस्टे को खेलौना जस्तो पो छ बाइ।

चेली, दाई लाई कोशेली दिन पनि साइत चाहिन्छ र भन्या। आज पानी परेको उपलक्षमा।
 

serial
· Snapshot
Like · Liked by · 0

तारेमाम् ठुल्दाइ, ठुलि, पुन्टे, बिस्टे, चेली, मिस दिदी, रिट्ठे

मचिनु पर्या छैन ठुल्दाइ - किन मचिनु पर्‍यो र

अनी के छ त - सबैको हालखबर

आज त सप्रसँग व्याख्या गर्ने दिन होइन त भन्या

गर्ने नै हो त

शुरु गर्ने नै हो त

गरौ त गन्नु को नाम लिएर

श्री गणेशाय: नम:

बिस्टे
· Snapshot
Like · Liked by · 0
खाली छैन चेली कप,आधा कप छ् अली माथि बाट हेर त।
हैन ठुल्दाइ फुच्छे बिस्टे ले चिया खाने बेला अली भा छैन,चिया खाने बेला भएसी उस्लाई दिउला।
यो पेनगुइन कप म उम्लिरहेको एक कप तातो पानी हाल्नुस् र चिया को रङ को लागि पेनगुइन ले चिया को प्याकेट चोपाल्छ र चिया को
रङ आए पछी आँफै निकाल्च। लौ आउनुस् खानुस् पेङुइन ले बनाको स्वादिस्ट चिया।
cheli
· Snapshot
Like · Liked by · 0
लु पहिला लहरेकै व्याख्या गरम न त स-प्रसँग
( म स्कुल मा हुँदा सप्र- सँग व्याख्या गर भनिन्थ्यो, म चै यो सप्र भन्या के रछ भन्ने सोच्थे )  
chipledhunga
· Snapshot
Like · Liked by · 0

बुधबारे जदौ सबै गाम्लेहरुलाई।

भौतेलाई धेरै धेरै बधाई छ।
बधु पनि चिप्लेढुङ्गाकै परिछन्। कुन चाँही छिमेकी परीन् त्यो त प्रष्ट भएन।

यही उपलक्ष्यमा यसो तीन पानेसँग मासु दार्ने हो कि?       
serial
· Snapshot
Like · Liked by · 0
सप्रसँग भनेको चेली सर्प सँग बसेर ब्याख्या गर भनेको हो
सर्प सँग सर्प स्नग हुँदै सप्रसँग भएको हो
                                                                      -लहरे बचन
cheli
· Snapshot
Like · Liked by · 0
हो हो लहरे मलाई थाहा छ। त्यसैले म नेपाली को जाच म सप्रसँग व्याख्या गर्द पहिले सर्पको चित्र बएर सुरु गर्थे ......
serial
· Snapshot
Like · Liked by · 0
सर्प को चित्र देखेछी मिस तर्सिन्थ्यो अनी जहिले नि फुल मार्क्स 
Harka_Bahadur
· Snapshot
Like · Liked by · 0

हैन यती बिहानै बिहानै यती भिड भयी सकेछ यहाँ आज त ।
भौतेलाई बधाई, गयो तिम्रो दिन अब , शहिद भएउ तिमीनी ल बधाई छ ।

जम्मै गाम्ले लाई नमस्कार ।

Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम हर्के। क्या अर्दै हो?

हैन यो धन्यवाद ज्ञापन दिवस मार्का चौतारी फेर्ने बेला भएन र भन्या ? लहरे, चेली, बिस्टे, रिट्ठे  - तम्सिनु पर्‍यो।

Harka_Bahadur
· Snapshot
Like · Liked by · 0
तारेमाम ठुल्दाइ , खासै केही गर्दै हैन , अफुनी हिन्न लागियाछ नेपाल तिर अर्को हप्ता , तेही सम्झ्यो बस्यो तेही हो।
अनी कतिको जाडो बड्यो त्यता तिर। यहाँ त स्वात्तै बड्यो जाडो गान्ठे ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 54
· Posts 4 · Viewed 293
· Posts 2 · Viewed 293
· Posts 1 · Viewed 67
· Posts 1 · Viewed 98
· Posts 1 · Viewed 68
· Posts 1 · Viewed 115
· Posts 2 · Viewed 318
· Posts 12 · Viewed 1811
· Posts 1 · Viewed 123



Your Banner Here
Travel Partners
Travel House Nepal