~ * चौतारी १३५ *~ - Sajha Mobile
SAJHA MOBILE
~ * चौतारी १३५ *~
Posts 606 · Viewed 131675 · Go to Last Post
serial
· Snapshot
Like · Likedby · 2
~ * चौतारी १३५  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १३५ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
Running since 7 Sept 2005 in a total of 135 editions.




Last edited: 16-Nov-08 04:39 PM
Load Previous
Rahuldai
· Snapshot
Like · Liked by · 0
पढ्दै होला, लुकी लुकी ।
के अर्नु बेल्ना को पेल्नामा परे सि।
हेर्न लाई त न छेकिङ नि। मुर्मुरिदै होला। केटाकेटिहरुले काट्नु कुरा काट्यो भनेर।
सरापे पनि लाग्ने होइन क्या रे। सराप्न लाई नि साक्षी राखी सराप्नु पर्छ रे।
नत्र लाग्दैन रे ।
serial
· Snapshot
Like · Liked by · 0
अहिले भर्खरै प्राप्त जानकारी अनुसार जिम्बाल भनिने बिर्खे बहादुर बोगटी चिन्ता ग्रस्त नभएको र चिन्ता गर्न लाएक को पनि नभएको बताइन्छ। किन त भन्ने सन्दर्भमा हिजो राती जिम्बाल को खाने पकाउने पाली थियो रे, अल्छि बुढो ले खान पकाउन नाइ नास्ती गर्दै थिए, यो क्रम ३ घण्टा सम्म चलेको जानकारी पनि गोप्य सुत्र बाट प्राप्त भएको छ। जती गर्दा पनि आफ्नो केही नलागी  भात पकाए तर दाल मा चिनी हाले, तरकारी मा चिया पत्ती अनी अचार मा गोलभेडा फुटाउन पुगेको थियो। एस्कै कारण ले माइली बुढी को रगत प्रेसर अचानक नभै - एकैचोटि बढ्न पुगेको र एसबाट उनैको कोमल हात बाट जिम्बाल को टाउको फुटेको कुरा थाहा भएको छ। टाउको तीन किसिमले फुटेको छ, पहिले हान्ने बित्तिकै, दोश्रो दुई चोटि लगातार त्यही ठाउँ मा लाग्न पुगेर अनी तेस्रो हानेको तोरले रन्ठनिएर ढोका मा टाउको बज्रिन पुगेर। सोही दिन अस्पातल ल्याइपुराएर उनको उपचार भएको र हाल श्वासथ मा क्रमिक सुधार आएता पनि - बेला बेला मा तर्सिने, अनी खान नरुच्ने अहिले पनि छ। श्री पशुपती नाथ ले जिम्वाल को रक्षा गरुन।।।।।   
chipledhunga
· Snapshot
Like · Liked by · 0

बिर्खेले अलि अचम्मै गर्‍यो भने लहरे।  आइतबार राति बुढा बुढी ११:०० बजेतिर फर्केका थिए रमाइलो भेटघाट पश्चात। भोलिपल्ट अड्डामा ढिलो होलान् कि भनेको साबिक भन्दा चाँडो अर्थात् बिहान ७:४५ बजेतिरै चौतारीमा हाजिर ठोकेको देखियो। तत्पश्चात फेरि बेपत्ता। यसो बिचार गर्दा सूर्यको सबैभन्दा कडा राप उनैलाई परे जस्तो लाग्यो है।     
chipledhunga
· Snapshot
Like · Liked by · 0

rahulvai [Subscribe]
Posted on 09-21-07 1:27 PM     Reply | Notify Admin
Rate this Post: If 20 or more members rate this post with 1 star which is (Flag as Inappropriate), this posting will be inactivated
 
तारेमाम्, जिम्माल बा।
यहाँ निर् मैले न बुझेको कुर के भने, जति अर्थबिचार गरे पनि दिमागमा न फुरेको कुरा के भने,
1- बिर्खे र चौतारीको सम्बन्धको मेसोहरु के के हुन्। बिर्खे हराउनु र चौतारी सुस्ताउनु संयोग मात्र माने कि न मान्ने?

2-बिर्खे सुस्ताउनु र भौते हराउनुको बियोग मान्ने कि न मान्ने?

3-ठुली, चित्रे, कुम्ले सब का सब बिर्खे सङ सङै हराउनुको रहस्य के हो?

बुढा भए पछि दिमागमा अनेक कुरा आउछ भन्थ्यो तर यस्तो खाटी कुरा नि आएन।

 


urfrenrites [Subscribe]
Posted on 09-21-07 1:34 PM     Reply | Notify Admin
Rate this Post: If 20 or more members rate this post with 1 star which is (Flag as Inappropriate), this posting will be inactivated
 
चोरको खुट्टा काट् भन्नु भन्दा पहिले नै खुट्टा तेर्स्यौने हाम्रो जिम्माल बाको को अभिब्येक्तिले सम्पुर्न चौतारिबासिहरु छ चोटि छक्क पर्दै दश चोटि दङ्ग परेका छन्।

जनै कानमाथि भिर्या जस्तै कुरोलाइ बङ्याएर भ्रामक समाचार फैलाउने जिमाल बालाइ तुरुन्त चौतारिमा हजिर भै कुरा खुलस्त दशि प्रमण सहित पेश गर्न सुचित गरिन्छ।

कान्लामुनि मल राख्दै जाने जिम्माल बा ले झारपात हरु मौलाउदै गयेको फोटो पनि खिचेको कुरा जानिफकारहरु बताउछन्।

 


urfrenrites [Subscribe]
Posted on 09-21-07 1:40 PM     Reply | Notify Admin
Rate this Post: If 20 or more members rate this post with 1 star which is (Flag as Inappropriate), this posting will be inactivated
 
खालि राम्रि केटिहरु आयेपछि मात्र चौतारिमा अौने निशे बजियाको नियत पनि ठिक नभएको र उस्को कपालमा लाउने तेलको पनि क्रितिम् अभाव भएको ले आजभोलि निशे कपाललाइ जगल्टा पारि जोगि जस्तै भोगि हुन खोजेको कुरा पनि राससले जनाएको छ।

निजको डिङो पनि खिएर झिङो जस्तेइ देखिएको कुरा सबैलाइ अबगत गराउछु।

 


urfrenrites [Subscribe]
Posted on 09-21-07 1:44 PM     Reply | Notify Admin
Rate this Post: If 20 or more members rate this post with 1 star which is (Flag as Inappropriate), this posting will be inactivated
 
चौतारि सुस्तायो भन्दै चौतारीको रेखदेखको लागि २४-७ रिट्ठे भन्ने भलाद्मिले आफ्नो जिवन समर्पण गरेको र दिक्क भयेर मिस दिदिलाइ " कथा सुनाउस न " भन्दै रोएको कुरा पनि गाउँमा गाइगुइ भएको बुझिएको छ।
 

Rahuldai
· Snapshot
Like · Liked by · 1

यती भनिसक्दा त बुढा आउनु पर्ने हो। बुढाको रक्षार्थ माइली बजै भए नि कुचोसुचो लिएर आउनु पर्ने हो। बौचा को ढाड पनि आज सेकिने भयो। बुलेट प्रूफ ज्याकेट छ बौचा?

 

serial
· Snapshot
Like · Liked by · 1

:-)

Last edited: 25-Nov-08 03:11 PM
serial
· Snapshot
Like · Liked by · 1
चौतारी कवच लाएको छु ठुल्दाइ
केही पनि हुँदैन -
Rahuldai
· Snapshot
Like · Liked by · 1
आज महिला संघ को न्यून सहभागिता को रहस्य के हो लहरे?
serial
· Snapshot
Like · Liked by · 0

रह्स्य एस प्रकार छ -
चेली - दुई चोटि आएकी छ - ४ दिन छुट्टी मा के गरेर बस्ने भन्ने पिरले - अर्को हप्ता एक्जाम छ रे - खुरुक्क पढ्न नबसेर हाम्रो जवाफ
मिस दिदी - एक चोटि हाजिर जनाएर ताप - धेरै बुढी भएको ले होश ठेगान नभएको - चौतारी मा जान भनेर घर बाट निस्केको, बाटो बिर्सेंर कता हो कता -

माइली बुढी - जिम्बाल को त्यो गती बनाएपछी - पुलिस द्वार सोध्पुछ लाई बोलाकोले आउने नसकेको
सान्नानी - एक चोटि टुपुल्किएको - टुपुल्किको रोग सरेर - ऊ जस्तै टुपुल्कने बानी परेको ले
दिपिका - ठुस्केर बसेकोले - धेरै ठुस्किने बानी छ - सुझाव - धेरै ठुस्कियो भन्ने मुख को इमेज बिग्रिन्छ - बेलै मा होश गर।
केली - पाटन को हाकु छोएला टन्न खाएको र अर्को दिन झाडापखालाले ग्रसित भएर।
गेली - धेरै सोचेर दिमाग ले काम नगरे र केही भेउ मेउ पाउन नसकेर।

अरु कोही बाँकी छ

Rahuldai
· Snapshot
Like · Liked by · 0
रिट्ठे कता गयो? महिला संघ को संगत ज्यादा , रिट्ठे नि हरायो। एउटिलाई टेरनिङ दिनु छ भन्दैथ्यो नेपाल जानु अघी, अझै सकेको छैन?
serial
· Snapshot
Like · Liked by · 0

एउटी लाई ट्रेनिङ दिएको धेरै चित्त बुझेर - अर्को ३ जना सम्म लाई ट्रेनिङ दिएको सुइको हामीले पाएका छौ।

 

chipledhunga
· Snapshot
Like · Liked by · 0

त्यही बेलाका अरु पनि टाँसिदिएँ है अरु कोही नबोलेको बेलामा।



ritthe [Subscribe]
Posted on 09-21-07 1:57 PM     Reply | Notify Admin
Rate this Post: If 20 or more members rate this post with 1 star which is (Flag as Inappropriate), this posting will be inactivated
 
"२४-७ रिट्ठे "

बल्ल हाम्री उफ्रीले चाँही पारा ल्याइछिन हौ ।
चौतारीको एकमात्र राखवाला भन्ने कि चौकिदार भन्ने "म" (यहाँ 'म' भन्ने शब्दलाई 'रिट्ठे' भनी पारीभसित गरिएको छ । ) चौतारीमा आफ्नो दैनिक कार्यबाट भ्याइ नभ्याइ भये पनि चौतारीको अस्तित्व बचाउन २४-७ चौतारी नअiएको भये आज चौतारी झनै ओझेल मi परिसक्थ्यो !
सत्य तथ्य कुरा जनता सामु प्रस्तुत गरी अन्यौलको स्थितीबाट चौतारीकi सम्पूर्ण गाउलेहरू लाई मुक्त गर्दिनु भएको मा श्री श्री श्री ३ उफ्री ज्यु लाई हार्दिक धन्यवाद दिदै आजको हाम्रो ३ शब्द यही टुङाउछौ
जय चौतारी !

 


Birkhe_Maila [Subscribe]
Posted on 09-21-07 2:16 PM     Reply | Notify Admin
Rate this Post: If 20 or more members rate this post with 1 star which is (Flag as Inappropriate), this posting will be inactivated
 
बिभिन्न चौतारीबासीहरुको टिप्पणीमा पुन: बिर्खे माइलाको ध्यानाकर्षण:

बिभिन्न चौतारिबासीहरु द्वारा आज चौतारीमा गरिएका टिप्पहरुमाथि हामिले चर्चा परिचर्चा गरेका छौ! प्रस्तुत छ उक्त चर्चाहरुको उल्लेख-

श्री राहुलभाई ठुल्दाईले बिभिन्न संयोगहरुको सम्भावनाहरुमा प्रश्न उठाउनु भएको रहेछ!

१) बिर्खे र चौतारीको सम्बन्धको मेसोहरु के के हुन्। बिर्खे हराउनु र चौतारी सुस्ताउनु संयोग मात्र माने कि न मान्ने?

संयोग या कारक जे भएता पनि, बिर्खे र चौतारीको सम्बन्ध आज चर्चा भएको प्रमूख बिषय-"नित्य कर्म" बाहेक अरु सम्पुर्ण कर्महरु संग छ। हामि चौतारीमा नित्य कर्म बाहेक अरु सबै काम गर्न रुचाउँछौँ र हामि हराएका छैनौँ किनभने जोइला जाने हाम्रो उमेर रहेन र पोइला हामिलाई कसैले लाँदैन!

२)बिर्खे सुस्ताउनु र भौते हराउनुको बियोग मान्ने कि न मान्ने?

बियोग मानेर प्रयोग गरिहेरे हुन्छ। तर बिर्खै सुस्ताउनु र भउते हराउनुक पछाडि रहेका कारणहरु भने नितान्त फरक छन्। बिर्खे सुस्ताउनुमा बिर्खेको ढल्कँदो उमेर, गुम्दो नेत्र ज्योती, खस्कँदो कर्ण तागत तथा ओइलाउँदो घ्राँण शक्ती मुख्य कारक तत्छ छन भने भउते हराउनुमा भउतेको उम्लिँदो जवानि र उरन्ठेउलो आनिबानि कारक तत्वहरु हुन्!

३)ठुली, चित्रे, कुम्ले सब का सब बिर्खे सङ सङै हराउनुको रहस्य के हो?

ठुलि, छित्रे तथा कुम्ले यि तिनजना गाउँले हामि संग हराएका हैनन्। हामि एक्लै धुम्धुम्ति बस्दा समेत कुनै गाउँलेले हेर्न समेत नआएको तर सबैको अत्यन्त व्यक्तिगत हुने कुरा मलमुत्र त्यागको अवश्थामा भने हामिलाई सबैले घुरि घुरि हेरेको अवस्थामा हामि संग कोहि हरायो भन्नु अत्यन्त पुर्वाग्रहि कुरा हो।


सुश्री/श्रिमती(आशा गर्छु प्रथम सम्बोधन उपयुक्त होला) उफ्रि द्वारा कान्ला मुनि मौलाएको रायोको सागलाई बिर्खे ले खाएको ढिँडोको परिणाम देख्नु कदापि उचित नरहेको व्यहोरा हामि उल्लेख गर्न चाहन्छौँ!हामिले फैलाएको समाचार अत्यन्तै तथ्ययुक्त, दोषमुक्त तथा उन्मुक्त भएको कुरा जानकारी गराउँदै हामि यो पनि भन्न चाहन्छौँ कि,हाम्रो बैँश जाँदैमा सुन्दरीहरुले अनेकन आरोप लगाउनु व्यर्थ छ।हामि अझै पनि आजकलका उरन्ठेउला ठिटाहरुको भन्दा कयौँ गुणा बढि, बल, जोश, महत्वाकांक्षा, रोमांस र रसरंगि भावनाले ओत प्रोत भएका छौँ!

धन्यवाद्!

 


cheli
· Snapshot
Like · Liked by · 0
Aaja ta bujhinasaknu bhayechha chautari
nepalean
· Snapshot
Like · Liked by · 0

सधै टुप्पा हुने चौतारी आज त जरामुनी पुगेछ। जरा उखेलेर भए पनि मज्जाले पढियो। हुन त पुराना बुढा खाडा लाइ जाडो लागेको हो कि के हो तरुनाको मात्रै जगजगी देख्छु। तरुना संग डराएर हो कि के हो लापत्ता छन। त्यो बिर्खे बुढा मात्रै बुढीको पाखि ओडेर चौतारी रुगीरहेका छन। भौते को त के कुरा, बोलाउदा नि नसुने जस्तो गर्छ, जोगी बन्ने रे अब भौते। दादा,दिप,स्रि ५,इश्वर ,गोतामे,कुम्ले,चित्रे,चिप्ले,गाले आदी हराएका मान्छेको याद आयो यि हरफ लेख्दा।

नलेखे पनि पढ्दै त होलान, यसो वाक्य पनि फुटालम।

जदौ

Rahuldai
· Snapshot
Like · Liked by · 0

तारेमाम गाम्लेहरु!

धन्यवाद ज्ञापनदिवस्य पूर्वप्रभातकालिन जदौ।


क्या हो भोली देखी लामो छुट्टी भन्दै मा ढिलो आइदिने ? ढोका खोल्न नि नआउने। ढोका खोलिदिएं अब चिया खुवाउ है गाम्लेहरु। एक्स्ट्रा धन्यवाद दिउला।

gal1
· Snapshot
Like · Liked by · 0

sabai gaule lai namaskar..

kasto sunya ho chautari.. turkey khojna hide jasto cha sabjana..

Happy thx giving to all!!!

gal1
· Snapshot
Like · Liked by · 0
serial
· Snapshot
Like · Liked by · 0

puraano chautari maa ke gariraa geli - nyaa chautari maa aau - Thanks giving special -

uptowngal
· Snapshot
Like · Liked by · 0
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 50
· Posts 1 · Viewed 82
· Posts 4 · Viewed 307
· Posts 2 · Viewed 301
· Posts 1 · Viewed 69
· Posts 1 · Viewed 100
· Posts 1 · Viewed 70
· Posts 1 · Viewed 120
· Posts 2 · Viewed 325
· Posts 12 · Viewed 1829



Your Banner Here
Travel Partners
Travel House Nepal