Computer टिका - Sajha Mobile
SAJHA MOBILE
Computer टिका
Posts 1 · Viewed 7377 · Go to Last Post
nakkali108
· Snapshot
Like · Likedby · 0

Computer टिका

 

 

जिवनमा सवै जानाको अस्तित्व हुन्छ, हुंदो रहेछ।  साथि, दिदी वहिनी, दाजुभाई, नातापाता सबै, तर मुमा बाबाको अस्तित्व सवै भन्दा भिन्दै- अलौकिक Light/ Rays of Light, जिवनको ज्योति, अदृश्य शक्ति जसले हामीमा  life को अनुभूति गराउँछन् ।

कोठामा वसिरहेकी थिएँ mood off भएर, झ्याप्प बत्ति गयो काठमाण्डुको load shedding वार्है महिना चौबिसै घण्टा जस्तो । बत्ति गएको करिब ५-७ मिनेट जति भएको थियो बाबा बत्ति बोकेर आउनु भयो। आफैलाई धिक्कारें हरे तँ छोरी भैखाकी बिचरा बाबालाई सास्ति २-२ तला माथि देखि तल सम्म आएर बत्ति बालिदिनु पर्ने, त्यहि माथि तिहारमा घर भरि दियो बाल्नु पर्ने त छदैं छ। फेरि मन बुझाएँ, के त नि लछ्मि पूजाको दिन दियो बाल्ने, रङगोली (रङगोली बनाउने चाहिँ केहि वर्षमात्र भयो), पाईला बनाउने काम मेरो, गोवर्धन पूजाको दिन दियो बाल्ने काम मुमाको, अनि भाई टिकाको दिनको पालो बाबाको, ठिकै भयो....। भाईटिकाको लागि मुमा मामाघर, बाबा भर्खर फिर्ति सवारी भएको फुफुकाँ बाट; अनि म चाँहि घर कुरुवा.................हाम्रो घरको सधैंको भाईटिकाको Routine अनि मेरो मुड अफ हुने प्रमुख कारण पनि।

तिहार आउने बेलामा एक किसिमको तनावनै उत्पन्न हुन्छ घरमा । छोरी एक्लै हुन्छे घरमा, नरमाईलो मान्छे यतै घरमा टिका लगाउने व्यवस्था मिलाउँ भन्ने मुमा , मुमाले भने जस्तै फेरि कहिल्यै नमिल्ने अनि अन्त्यमा सधैं झैं सम्झौता गर्ने मै हुन्थें – के भो त जानु न म घर कुर्छु नि भन्दै। मुमाका दिदीवहिनिहरु सवैजाना सधैं माईतै जानु पर्ने भाईटिकामा- म जन्मिनु भन्दा कति अगाडि देखिको चलन के छोड्थे र ! त्यहि माथि बाबा बहिनिकैमा जानु पर्ने (दशैं देखि नै प्रत्येक हप्ता निम्तो सुरु हुन्छ फुपुको भाईटिकाको लागि, यसपालि त झन Dec. मा Canada बसाँई सराइ गर्ने रे के छोद्थिन् र अन्तिम भाईटिकामा दाईलाई घरैमा बोलाउन)। आफू परियो एक्लै भाई न दाई। थाह पाउने भएदेखिनै सानो बाबाको छोरा (दाई) लाई टिका लगाईन् मैले ।  सार्है घमण्डि थिएं रे दाईलाई टिका लगाईदेउ भन्दा मेरो दाई हो र, नुनु दिज्यु (सानो बाबाको छोरी, नुनु दिज्यु फेरी के भन्ने भेटे जतिका नातापाताका छोराछोरीलाई दादा दिज्यु भनेर नाता लगाई हाल्ने) को पो दादा हो त, म त लगाउँदिन भन्थें रे । म भने न मामाघर न फुपुकाँ जान मान्ने भाई टिकाको बेलामा, अरु बेलामा त फेरी बासै कि मामाकाँ कि फुपुकाँ हुने नि। तर खै तिहारमा भने अनौठो रिक्तताले बास गर्छ म मा अनि एक्लिनै मन पराउँछु घर कुर्ने बाहानामा ।

यता मुन्टि छिटो तेरो घर कसैले वोकेर लाँदैन् –  दिउसो तिर नुनु दिज्यु कराईथिन फोनमा ।

घर बोकेर लगे त आनन्दै हुन्थ्यो नि, घरको सामान लगिदियो भने अनि मार्छिन तिम्रि नानीले (मेरो मुमालाई नानी भन्छिन नुनु दुज्यु)- मैले पनि ठट्टा गरें।

अरु दिन त घरमा कोहि छैन जान हिड दिदीवहिनी बसम्ला भन्दा पनि जान्न मेरो घर हो र ईट्टा वालुवाको पो घर हो त भन्थिस त, नानी बाबा घर आउनु भन्दा अगाडी पु-याई दिन्छु म तँलाई घर आ छिटो भाईटिका हेर्न नगरे पनि फेरी फकाईन नुनु दिज्युले ।

भो भो फूर्ति नलगाउ, के के न भाईटिका गर्ने जस्तो – मैलें थपें ।

किन के भन्छे यो? – नुनु अचम्म मानिन् ।

हेरन, त्यस्तो नक्कलि भाईटिका, Computer  मा भाईटिका गरेको पनि भाईटिका हुन्छ कतै? अनि तिमी Computer लाई घे-र्छ्यौ तेलले? Monitor मा सप्त रंग्ङी टिका लगाईदिएर दादाको निधारमा लाग्छ टिका? अनि Mouse  ले  ओखर फो-र्छ्यौ? – प्रश्न को झटारो हानें मैले । भो म त हेर्दिन त्यसतो नक्कलि भाईटिका । तिमी Computer टिकागर म फोटो हेरम्ला नि त्यहि भाईटिका गरेको Computer  मा , बरु टन्न खिच है फोटो । जिस्काएं उनलाई (मैले त्यसो भन्दा कम रिस उठ्या हुदो होला र ! तर के नि आफैंलाई दिक्क भा बेलामा...........)

नुनु दिज्युको दादा (हुन त मेरो पनि हो) अम्रिका गएको ३ बर्ष भयो, तिनै बर्ष दिज्युले दादालाई Online बोलाऊछिन अनि Cam on गरेर टिका लगाउँछिन । भाईटिका गर्नु भन्दा अगाडि नै दादाको ”Surprise Gift” (के Surprise Gift हुनु नि, पाउना साथै खोल्छिन नुनुले तर दादालाई दङग पार्न हेरेको छैन, अब हेर्छु भन्छिन् र टिका लगाईदिए पछि खोलेर हेर्छिन – हेरजस्तो गर्छिन ) Munchi (Muncha House) ले ल्याईदिन्छ ।

प्रभू ! धन्न हाम्रो Techno World”

 

 

 

 

 

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 19 · Viewed 6910 · Likes 2
· Posts 1 · Viewed 178
· Posts 1 · Viewed 190
· Posts 1 · Viewed 262
· Posts 1 · Viewed 261
· Posts 1 · Viewed 332
· Posts 2 · Viewed 505
· Posts 1 · Viewed 347
· Posts 2 · Viewed 712
· Posts 1 · Viewed 341



Travel Partners
Travel House Nepal