देब देबी अनि मन्दिरहरु !! - Sajha Mobile
SAJHA MOBILE
देब देबी अनि मन्दिरहरु !!
Posts 16 · Viewed 13643 · Go to Last Post
Rahuldai
· Snapshot
Like · Likedby · 0

देब देबी अनि मन्दिरहरु

 बिष पिलाएर,भट्टी चलाएर पनि
गुहेश्वरिमा लाखबत्ती बालेकै छन्
कुरान छोएर कसम खाएर पनि,
 आँगनमा पुराण हालेकै छन् 

मलद्वारमा  लुकाइ ल्याएको सुनले पनि
मठ मन्दिरको  द्वार सजाएकै छन्
कमिशन को केही कमिशन दिने मिशनमा
 एका बिहानै  बंगलामुखि धाएकै छन।

तै पनि महांकाल जागेन,
मात्र जता ततै काल जाग्यो।
तैपनी शंकटामाइ जागिनन
मात्र जता ततै शंकट आइ लाग्यो।


मनकामनाले मन को कामना पुरा गरी दिन्छन रे
माग्नेले शान्ती मागेनन
माटो र बाटो मागेनन
भचा खुशीमा  भगवतिलाई साक्षी राखेर
अझै निर्दोषहरु काटिदै छन,
पापी भाकलहरु साटिदैछन।

चुपचाप् छन नर देबी,
हजारौं नेपाली नर नारी हरु
बली चढाइ सके
भयो पुग्यो भनेकी छैनन,
अझै देशको गती
जनताको दुर्गती
उस्ता उस्तै छ।
तेत्तिस कोटी देब देबी को देश
अहिले सैतानहरुको देश भएको छ,
आफ्नै देश पनि परदेश भएको छ।


 

 


atomic
· Snapshot
Like · Liked by · 0
ek dum raamro!!!
atomic
· Snapshot
Like · Liked by · 0
nikai raamro!!!
sayami
· Snapshot
Like · Liked by · 0

राहुलभाइ एकदम सही......

चस्मा झिक्दा देखिने चित्र
नेपालीको प्रष्ट चरित्र

serial
· Snapshot
Like · Liked by · 0
वाह ठुल्दाइ वाह
तितो सत्य भनु न एस्लाई
गज्जब छ ल
Rahuldai
· Snapshot
Like · Liked by · 0

atomic जी ,
धन्यवाद।

सायमीजी
हो सत्य यही हो। शंकटा माइ, बगलामुखीमाइ , महाँकाल जता ततै तस्कर र घुस्याह हरु को नाम सजिएको हुन्छ, सून चाँदिको तोरण, द्वार र तुँडाल हरुमा। पापी अपराधीहरुको धूप नैबैद्य मा देब देबी खुशी भएका छन भने देश को यो हाल हुँदैन र ?

 

सेरिल जी।
तितो सत्य यही हो। चोरफटाह हरु को राज मा यिनिहरुको पनि मिलेमतो छ कि शंका लाग्न थालएे सक्यो।

ritthe
· Snapshot
Like · Liked by · 0
लौ मैले त देख्दै न देखि'रा ठुल्दाइको नयाँ मुक्तक !
समय सापेक्षिक छ ! गूड् जब
dipika02
· Snapshot
Like · Liked by · 0

"भचा खुशीमा  भगवतिलाई साक्षी राखेर
अझै निर्दोषहरु काटिदै छन,
पापी भाकलहरु साटिदैछन।"

वाह! ठुल्दाइ वाह! बेजोड सँग प्रस्तुत गर्नु भयो  तितो सत्य

Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

गजब गयो ठूल्दाई!

 

swopnilcheeta
· Snapshot
Like · Liked by · 0
good one .. keep posting
Rahuldai
· Snapshot
Like · Liked by · 0

रिट्ठे जी ,
देख्नु भयो, लेख्नु भयो, त्यती नै मेरो लागि काफी छ। ग्लासभरी फिका कफी छ। तारेमाम।

दीपिका जी,
तीतो सत्य हो, वाह! भए नि छ्या ~! भए नि सत्य नै हो, धन्यवाद।

बिर्खे जी,
अजब गयो गजब गयो, बिर्खेको लाजवाब लवज गयो।

स्वप्निल चिता जी,

शिकारु हुं, सिक्दै छु। सेक्दै छु।

yacc
· Snapshot
Like · Liked by · 0
ekdam daami rahul dai..


बिस्टे
· Snapshot
Like · Liked by · 0

वाह वाह ठुल्दाइ बेजोड को गयो।
सायमी ले भने झै छ।
"चस्मा झिक्दा देखिने चित्र
नेपालीको प्रष्ट चरित्र "

 

Rahuldai
· Snapshot
Like · Liked by · 0

yacc जी
ढिलाई भए नि धन्यवाद है।

बिस्टे जी,
हो नेपाली चित्र अझ सचित्र कोर्न खोजेको हुं। घुस्याह बाउ को पैसा मा मोज गरेर इमान्दारिता को पाठ सिकाउनेहरु को बोलवाला छन यहाँ ।

patalbasi
· Snapshot
Like · Liked by · 0
excellent work.
ThahaChaena
· Snapshot 3516
Like · Liked by · 0
मैले यो पढ्न छुटाएको रहेछु ठुल्दाई.. पुरानो रक्सि जस्तो मिठो लाग्यो
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 6
· Posts 2 · Viewed 201
· Posts 21 · Viewed 5602 · Likes 3
· Posts 4 · Viewed 316
· Posts 21 · Viewed 3361 · Likes 1
· Posts 17 · Viewed 2717
· Posts 1 · Viewed 101
· Posts 1 · Viewed 99
· Posts 4 · Viewed 983
· Posts 3 · Viewed 347



Travel Partners
Travel House Nepal