प्रश्नमा मरेको जबाफ - Sajha Mobile
SAJHA MOBILE
प्रश्नमा मरेको जबाफ
Posts 50 · Viewed 23262 · Likes 1 · Go to Last Post
Deep
· Snapshot
Like · Likedby · 0

प्रश्नमा मरेको जबाफ

 

एकादेशमा बाङ्गे भन्ने थ्यो अनि दीप भन्ने पनि। त्यो दीप भन्ने चैं मै हो। बाङ्गे चैं मेरो साथी।

 

कुरा जमानाको हो। बेला चङ्गा उडाउनेको थ्यो। समय अपरान्हको जति बजेको हुँदो हो। हावा खास चलेको थिएन। हावा नचले पनि हाम्लाई चङ्गा उडाउने धुन चैं राम्रै चल्या थ्यो। हुन त्यतिबेला चङ्गा उडाउने धुन सधै जस्तो चढ्थ्यो, त्यो दिन बिशेष चै लट्टाई धागोले भएको थ्यो। गोल्टिनमा नरकट घुसारेर नी फेटन फेटेकै हो तर मजा त्यति नआउने लट्टाईको तुलनामा।

 

आमाले सियो धागोको बट्टामा राख्या ठुस ठुसे धागोले पनि कैले कैले रहर पुर्याउन खोजिन्थ्यो तर चङ्गाको काल हुन्थे ती ठुस्सीने धागोहरु। धागो सागो ठुस्सेर गै सके पछि नरकटमा छेडीएको ट्वाक मात्रै बोकेर के घुमाई भो ?

 

एक दिन अत्ति भो। धागो त्यस्तो ठुस ठुसे थिएन, तर एउटाले छुना साथ चेट भयो बल्ल बल्ल किन्या आफ्नो पानबुट्टे चङ्गा। बाङ्गे पनि संगै थ्यो। हाम्रो चङ्गा चेट भाको त्यो धोबीखोलामा आफ्ना खुट्टा पानीमा डुबाउदै बगेको पानी तिर हेरेर आफु हुरुरु उल्टो दिशा तिर कुदेको देख्दा पुलकित हुने एउटाले देखेछ। प्वाक भनी हाल्यो " ह्या --त्यस्तो कुईया धागो लिएर नी चङ्गा  उडाउने हो? केई नभए बरु ईँजारले उडा भे हुन्थ्यो नी --"

 

कति जनाको सुरुवाल पेटीकोट बेरोजगार हुन्थे कुन्नी  त्यस्को चिन्ता उस्लाई भए जस्तो बुझिएन। फेरी चङ्गा पनि नाँग्लो भन्दा ठुलो चाहिन्थ्यो होला त्यो इँजार तान्न। अनि लट्टाईँ चै ट्वाकको सट्टा डरमको बनाउनु पर्ने थ्यो होला। अनि त्यो चङ्गा कहिले आक्कासिन्थ्यो कुन्नी? हुण्डरी नै आउनु पर्थ्यो होला। त्यो सबैको बारेमा त्यो ईँजारको डाईलक दिने लाई बाल मतलब थिएन। फेरी, उस्को पाईताला मुनीबाट खुस्किदैं गएका बालुबा अनुभव गरेर होला दङ्ग पर्दै थ्यो।

 

त्यो ईँजारेले जे भने पनि कुरा चै ठेगान कै गर्या हो। किन भने त्यो ईजार डाईलक सुने पछि बाङ्गे सन्क्या थ्यो। "बाउलाई भनेर दिल्लीबाट रिलका रिल खतरा धागो नमगाई भएन।" उस्ले भन्यो। "अनि तेस्तो धागो फेरि गोल्टिनमा फेट्नी?" मैले पनि पाको बेलाँ ठोकें घन। "के को ट्वाक्? दाईले हेर्न कस्तो घच्चीको लट्टाईँ किन्छ।" बाङ्गे डुक्रियो। ठाउँमै लागेछ।

 

आज त्यही दिन थ्यो। बाङ्गेले मगाएको दिल्लीको धागो आईपुगेछ। उस्को लट्टाईँ पनि नभन्दै घच्चिको थ्यो। चङ्गा किन्ने बेलामा किच किच पर्यो। पानबुट्टे त्यो पनि शङ्ख घोट्या किन्ने भन्ने चै बाबाचे। बल्ल बल्ल शङ्ख घोट्या पानबुट्टे नै किनियो। "केटीहरुलाई पानबुट्टे मन पर्छ रे क्या" भने पछि मान्या हो बाङ्गे।

 

धोबीखोला फाँटाँ पुग्दा पुग्दै बाङ्गेले भन्यो "म चै चङ्गा आक्कासिए पछि मात्रै उडाउँछु --सुरुमा उडाउन मलाई झर्को लाग्छ"। हुन त उस्लाई सुरुमै उडाउन दिए चङ्गा आक्कासिनु अघि नै च्याति सक्थ्यो तै पनि उडिसक्या चङ्गा उडाउँछु भन्ने डाँका बाठै हो।

 

त्याँ फाँटा पुगेर कक्का हालियो। धागो त हाम्ले पैला पैला साबुदाना मा सिसि फुटालेर घोल्या लेप दलेर नी उडाकै हो तर एकदम झन्झटको काम त्यो। यो धागो त त्यो भन्दा खतरा रे भन्थ्यो बाङ्गे। हुन त उस्लाई पनि के थाह?

 

चङ्गा उडाउन खोज्या खाली लावा खान्छ बा! बाङ्गेले जोस्सिएर झन्नै लावा देको। उस्ले देको भए त चङ्गाको ढाड भाँचिहाल्थ्यो नी। मैले लावा दिएर उडाको खाली एकातिर मात्रै घुम्न थाल्यो चङ्गा। अनि ग्वाँख दिए पछि ठिक भो। हल्का हावा चलेको थ्यो। अलि अलि चङ्गाहरु उडेका थिए। आक्कासिन त आक्कासियो हाम्रो चङ्गा तर टिक टिके भो। त्यस्तो टिक टिके ले अरु चङ्गा काटन गार्हो हुने। फेरी चङ्गा फिर्ता बोलाएर कक्कामा तिन पेच जति दिए पछि निक्कै बाठो भो चङ्गा।

 

धागोको ताकत जाँच्नु थ्यो। चङ्गा लडाउन तिर लागियो। पहिलो चङ्गालाई माथि बाट सुईईईईँ कम्ति हानेर माथ्लो पेच दिएसी घुम ख्वाउन थालियो। छिनमै त्यो चङ्गा चेट भो। बाङ्गे र मेरो अनुहारमा खुसी ब्याप्त। धागो पास भो।

 

अनि त भकाभक चङ्गा काटन थालियो। त्याँ फाँट तिर दुई तिन वटा नयाँ घरहरु बन्दै थिए। दुईटा केटीहरु हाम्ले चङ्गा उडाको हेरीरा थिए। उनीहरुले हाम्रो चङ्गा पछ्याको प्रस्टै थ्यो। बाङ्गे र मेरो जोस झन बढ्या थ्यो त्यै भएर। उनीहरुले सुन्ने गरी बाङ्गेले हरेक चोटी चङ्गा काटे पछि म तिर हेरेर कराउँथ्यो "मैले दिल्लीबाट मगाको धागो र लट्टाईं कस्तो लाग्यो त बाउ?" त्यो धागो, लट्टाई, चङ्गा सबै उस्कै हो --उ मालिक म चै मजदुर सम्म हो भनेर बाङ्गेले ति केटीहरुलाई सुनाको मैले बुझेको थिएँ। बाङ्गेलाई चिनेको मैले ऐले हो र? मलाई त्यस्ता कुराको मतलब थिएन। पातकीले नक्सालमा किन्या लट्टाईंलाई पनि दिल्लीकै बनाईदेको थ्यो।

 

एक छिन पछि एउटा नौलो केटो आयो हामीले चङ्गा उडाईरा ठाममा। ति नयाँ बनाईरा मध्येको एउटा घर त्यस्को थ्यो क्यारे। पैला पैला त्यस्लाई देख्या थिएन। अचेल त्यतै हुँदी हुन्थ्यो त्यो।

बाँकि भा चङ्गा चै हामीबाट तर्किदै थिए। हामी लखेटदै थिम। अनि एउटा धर्के चङ्गा चै नजिक नजिक आउन थाल्यो।

 

त्यो केटो आएर भन्यो "त्यो धर्केले त सबैलाई चेट पार्छ"।

 

बाङ्गेले त्यो केटो तिर हेरेर पिच्च भुईँमा थुक्यो। बाङ्गेलाई त्यो केटाले धर्केको गुनगान गा मन परेन भन्ने मैले बुझें। बाङ्गेले तर केही भनेन।

 

त्यो केटोले फेरी भन्यो "धर्केले काटछ है तिमेरको पानबुट्टे अब"। बाङ्गेले उडाउँदै थ्यो चङ्गा। म तिर लट्टाईं दिदै बाङ्गेले भन्यो "ला त एक छिन लि"। म त्यै धर्के तिर हेर्दै थिएँ। माथ्लो पेच हान्ला भनेर तर्किदै थिएँ। धागो अझै निक्कै थ्यो हामी सँग। धागो छोडदै घुम ख्वाउन कुनै समस्या थिएन। त्यो धर्के पनि हाम्रो माथ्ली पेच पर्ला भनेर तर्किदै थ्यो। तर जुध्न हामी दुईटै तयार।

 

केटीहरु हाम्रो र धर्के हेर्दै थिए।

त्यो केटोले सोध्यो "दिल्लीबाट ल्याको धागो हो?"

"हैन सिङ्गापुरबाट" बाङ्गेले भन्यो।

"ल्या लेई भो सिङ्गापुर बाट त" त्यो केटोले भन्यो।

"बाङ्गेले फेरी भै मा थुकेर सोध्यो "किन?"

"सिङ्गापुराँ चङ्गा त उडाउँदैनन अब--" केटोले फुर्ती सँग सुनायो।

 

"तँ पैला सिङ्गापुराँ बस्थिस? तेरो घर कि मामाघर सिंगापुर?" बाङ्गेले सोध्यो।

उस्को आबाजबाट प्रस्ट थ्यो बाङ्गे तात्दै गाको। त्यो केटो बाङ्गे भन्दा अलि अग्लो थ्यो अनि मोटो पनि। एक्कासी बाङ्गेले उस्लाई तँ भनेर त्यसरी कुरा गर्या त्यो केटालाई मन परेन नै। त्यसमाथि नजिकै केटीहरु पनि थिए। त्यो उस्ले पनि देखेकै हुनु पर्छ।

 

"तँ बस्थिस त सिंगापुराँ? तेरो बाउको जागिर थ्यो त्याँ?" त्यो केटोले सोध्यो।

म चै उता धर्के तिर पनि हेर्दै थिएँ यता बाङ्गे र त्यो केटा तिर पनि। स्थिती तनावपूर्ण थ्यो।

"ए बाङ्गे यता आइज त" मैले स्थिती सुधार्न बाङ्गेलाई बोलाएँ, उस्ले टेरेन। केटीहरुले हेरीरहेका भएर पनि होला बाङ्गे तातेको धेरै।

"तेरो बाउको थ्यो त सिंगापुराँ जागिर?" बाङ्गेले त्यो केटाको अरु नजिक गएर सोध्यो।

"थियो, के गर्छस? मेरो बाउको घरै छ सिगापुराँ, तेरो छ?" केटो नी जोस्सियो।

 

"मेरो घर छैन ससुराली छ सिंगापुराँ, त्यै तेरो घर हो मेरो ससुराली, अब बुझिस?" बाङ्गेले अलि कुर्लीएरै भन्यो।

 

त्यै बेलाँ यता धर्केले कम्ती हान्यो। म उता चङ्गा तिर हेर्दै थिएँ यता के लड्या जस्तो भो। हेर्या त बाङ्गेले त्यो केटोलाई लडाई सकेछ। केटो त बाङ्गे भन्दा बलियो जस्तो देखिन्थ्यो। उता चङ्गा परी सक्या थ्यो, धागो छोडदै थिएँ। केटीहरु चङ्गा छोडेर फाइट तिर लाग्या रे छ्न। हेर्दा हेर्दा धर्के चेट भो।

बाङ्गेले पनि देख्यो। अनि फेरी गर्जियो "देखिस तेरो बाउको धर्के चेट भो"। त्यो केटो र बाङ्गे फेरी जुधे। म चै चङ्गा फेटन थाले फिर्ता ल्याउन। बाङ्गे र त्यो केटाको हिसाब मिलाउनु पर्यो नी।

 

धमाधम धागो फिटदै थिएँ केटीहरु चिच्याए। केटीहरु तिर हेरेको, उनीहरु त फाईट भए तिर हेर्दै थिए। बाङ्गेले लगेर त्यो केटालाई के मा पछारेछ फेरी केटाको त मुख बाट रगत आईरा। अब भो कि?

 

हावाले गरेर चङ्गा तान्न पनि छिटो भै रा थिएन। चङ्गा त्यतिकै छोडेर झगडा छुट्ट्याउन पुगें। बल्ल बल्ल तानें बाङ्गेलाई। त्यो केटो आफु भन्दा सानो बाङ्गेले त्यसरी पछारेको देखेर तर्सेको जस्तो देखिन्थ्यो। त्यसमाथि रगत आईरा। बाङ्गेको भने हौसला चम्केको थ्यो। खाली त्यो केटाको रगत आ देखेर अलि सतर्क पनि थ्यो। मैले बाङ्गेलाई समातेर त्यो केटालाई घर जान भनें। एक छिन त्यही उभीएर फुर्ती गर्यो। बाङ्गे फुस्किन बल गर्या देखेर हिन्यो अनि "गाडदिन्छु एक दिन यही खोलामा" भन्दै थ्यो जाँदा जाँदै। केटीहरु अब थिएनन। चङ्गा निकै तल आईसकेछ। मैले हतार हतार फेटें।

 

चङ्गा फिर्ता ल्याउँदा त हातै दुख्यो पनि अनि थाक्यो पनि। थुचुक्क बसें म, बाङ्गे पनि बस्यो। "किन बेक्कारमा झगडा गर्या?" भन्या बाङ्गेले केही भनेन। "के मा पछारिस हँ तैले तेस्लाई पुरा रगत आईराथ्यो?" भन्दै त्यो पछारिएको ठाउँ तिर लागें म, बाङ्गे पछि लाग्यो।  हेर्दै थिम त्यो केटा र अरु एक दुई जना अलि परतिर बाट आ जस्तो लाग्यो।

 

"आयो तेरो बाजे" मैले भनें बाङ्गेलाई। बाङ्गे र मैले ति मान्छे तिर हेरीम -- अनि एक अर्कालाई-- त्यस पछि हामी उता सत्तेनारन थान तिर बत्तियौं।  निक्कै पर गएर हेर्या ति मान्छेहरुलाई देखिएनन। सास आए जस्तो मात्रै के भा थ्यो बाङ्गेले म तिर हेरेर सोध्यो "ए मारोगी, खै चङ्गा र लट्टाईँ?"

********

Load Previous
ek@l
· Snapshot
Like · Liked by · 0

those days....................

deep bro,  A+ yar. kee it up.

nepwanted
· Snapshot
Like · Liked by · 0

हैन दीप त साझा छोडेर गा भन्या हैन
कुरो बल्ल भुझियो खासमा चै साझाबाट ब्रेक लिएर एकैचोटएे धरै कथा लेख्न बस्या राइछ
लौ अब धरै कथा पढ्न पैने भयो बरु त्यो क्रमस चै देख्न नपरे हुन्थ्यो

Poonte
· Snapshot
Like · Liked by · 0

Ho ta ni...changaa bhandaa ta baru utaa ko chukkul chet bhaidiye santok le marna paaine thiyo, pravuuuuu!
do_not_remember_me
· Snapshot
Like · Liked by · 0
Deep jiyu,

i m writing this reply before reading your story. I am really really happy to see you again in Sajha..Welcome welcome and welcome. Thank you very much for coming back...i m going to party tonight.......yeaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaa
uptowngal
· Snapshot
Like · Liked by · 0
yahooooooo mero bange feri dekhaa paryo khit khit khit. asti haamro deep jyu risaaera sajha na-aaune kasam kaadaa ta bange timro ra mero bheta aba dekhi hudaina bhanera kyaa dukkha lageko thiyo. Thanks deep jyu. ho yasarinai mero bangelai liera hajur sajhamaa aaunus hai deep jyu.btw kathaako ta kurai nagarum as usual daamiiiiiiiii ni.
Last edited: 19-Jul-08 10:11 AM
techGuy
· Snapshot
Like · Liked by · 0

hehehe...goltin ko twak ma narkat ..dhago fitda kahile kahi narkat ma beriyera kiya tension hune..sabai dhago gaatho parera hairan...ani....first first tyam ta ..haata (budhi aula ra chor aula ko bicha) ghau bhayera fitda kheri..ahile samma khat nai cha changa udako ghau ko 

Sachhi...tyo goltin ko twak ma raatoo, settoo, hariyoo sabai color ko dhago haru

deepdai ...welcome biyak

Last edited: 19-Jul-08 02:24 PM
Maalpaani
· Snapshot
Like · Liked by · 0

Dear Deep,

You are really a talented writer.हामी बिदेशिएका नेपाली हरुको नेपालको सम्झना हरु ताजा  गरिदिनु भएको मा धेरै धन्यवाद !!

SurNaTal
· Snapshot
Like · Liked by · 0

कुनै दिनहरु थिए, ति गोल्टिनहरु हामिले पनि घुमाएथ्यौ, ति टोटाका धागोमा माडहरु हामीले पनि लगाएथ्यौ, ति नेपाली कागजमा ठाडो र तेर्सो सिन्का जोडेर पान बुट्टे चंगा हरु हामीले पनि उडाएथ्यौ र सबै भन्दा माथि पुर्यायर कम्ती हान्दै दसौँ प्रतिद्वन्दिहरुलाई एकै फेरा चेट पनि गराएथ्यौ। हाम्रो बातावरण फरक थियो, पहाराको माथि बाट उडाउथ्यौ र तल फाटमा लुट्ने हरुको भिड हुन्थ्यो। कती रमाइलो थियो त्यो बातावरण। यि सबै सम्झनाका तलाउहरुमा तरंगहरु छरिदिनु भएकोमा दिप ज्यु लाई धेरै धेरै धन्यवाद।

अब कथाको त कुरै नगरुम, प्रभो को कलममा जादु छ।

fucheketo
· Snapshot
Like · Liked by · 0
"बांगे पुराण " सुनेर नतमस्तक भए प्रभु ,अर्को अध्याय को प्रतिक्षामा ! 
swopnilcheeta
· Snapshot
Like · Liked by · 0
deepjyu.... waiting for the next part.....
dipika02
· Snapshot
Like · Liked by · 0

त्यो केटोले सोध्यो "दिल्लीबाट ल्याको धागो हो?"

"हैन सिङ्गापुरबाट" बाङ्गेले भन्यो।----- गफाडी बाङ्गे।

 

miss_ me
· Snapshot
Like · Liked by · 0

'हो नी -- मिस पनि त्यति बेला त तरुनी हुनुहुन्थ्यो --अझै सम्झिन्छु।'

आम्मै!   मन्कै कुरो बोल्नु भओ भन्चु।त्यति बेला घरको छताँ बसेर मेरो चंगा सब भन्दा माथि आकाशमा  पुगो भन्दै  तल चउराँ  बसेर चंगा उडाउने  साथि सअ फुर्ति गर्ने हउर नै हो त उसो भा। गफ मार्ने बानि अझै उस्तै रे'छ मैले नि संझे अइले --गफाडी!  

 

Deep
· Snapshot
Like · Liked by · 0

Bhakte ,

"ए दीप प्रभु, चुकुल खोल्दिम न यार, चुमुक चुमुक भैइसक्यो ।  "

मैले कथाको चुकुल खोल्देर मात्रै त त्यो चुमुक चुमुकले के मान्थ्यो होला र? प्रभोको चुमुक चुमुक अलि बदमास छ जस्तो छ, आउट अफ कन्टोल होला है ---

ek@l ,

" A+ yar."

प्रभो जस्तो मास्टर भेट्टाउन पाए त म नी फोर प्वाईन्ट ओ जि पी ए हान्दो हुँ।

nepwanted ,

"बरु त्यो क्रमस चै देख्न नपरे हुन्थ्यो.."

हो प्रभो, कुरो मुनासिब हो -- तर जहाँ क्रमस: नहुनु पर्ने जिन्दगीले त्यहीँ धेरै क्रमस: लेख्दियो भन्या आफ्नो चैं। लभको कुरा गर्या के प्रभो मैले -- क्रमस:लोजीमा ब्यापक ब्याक लाग्यो नी नारन ---

Poonte,

"Ho ta ni...changaa bhandaa ta baru utaa ko chukkul chet bhaidiye santok le marna paaine thiyo, pravuuuuu!"

चुकुल चेट भयो भने त फेरी प्रभो सन्तोकले मरीन्थ्यो कि सन्तापले बिचार पुर्याम है ---

अनि नी मुनाँ लागेओ कुरो नी एउडा -- हेरी चुउल खुलै राख्न हुन्न -- लगाम्नुपर्च है भन्नु पर्ने बेलाँ झन चुउल चेट पार्ने क्यार्न हौसिया होतनी?

do_not_remember_me ,

"Welcome welcome and welcome."

आँच! क्या दामी स्वागत् हो। अन्त भयंकर रमाईलो पो लागो त।

uptowngal,

"Thanks deep jyu. ho yasarinai mero bangelai liera hajur sajhamaa aaunus hai deep jyu.."

हुन्छ म लिएर आउँला बाङ्गेलाई, तर उस्लाई ल्याउनु अघि काँ ल्याउने हो कस्लाई भेटाउने हो त्यो थाह पाउनु पर्यो त मलाईँ -- पैला हामी भेटम न -- के थाह् न तेसपछि बाङ्गे साङ्गे भेटने मनै हुन्न कि?

techGuy,

"hehehe...goltin ko twak ma narkat ..dhago fitda kahile kahi narkat ma beriyera kiya tension hune.."

हो प्रभो -- तनाबग्रस्त भईन्थ्यो नी -- उता चङ्गा झ्याङ्ग तिर जाक्किन आँटि सक्यो यता धागो लट्टाईँ भनाउदोलाई छोडेर लट्ठीमा बेरीन पुग्या हुने ---

Maalpaani,

प्रोत्साहनको लागि हार्दिक आभार। जय होस। मनोकान्छे पुरा हुन। मालपानीको बन्दोबस्त घच्चीको होस।

SurNaTal ,

प्रभो, गोगनेका कुराहरु सुनाम्, ओख्रे तिरका पनि। यसो टाँकिका बोट छेउ आँखा जुध्दाका बेला चम्केका बिजुलीहरु, अनि पछि मनमा बादलहरु मडारिएका बेला-- अरुण तिर हेर्दै कैलेई ति बादलहरु संगै झरीमा रुझेका पलहरु पनि  छन भने बाँडम न। मुन हलम हुन्छ के।

fucheketo,

हैन अस्ति प्रभोलाई तल गोकुण्डेस्वर बाट कोप्चे तिर उकालो लाग्दै गर्या देख्या थें। बिहीबारे हाटाँ चुरा किन्दिदै गर्या चै कस्लाई हो नी?

swopnilcheeta ,

".... waiting for the next part....."

म नी त्यै गर्दै हो। एउटा पार्ट आयो फापेन। अर्को पार्ट कुरें। त्यो नी त्यस्तै। एउटा मा अलि अलि पोसाउँदै थ्यो उस्को बा ले सेन्टे गर्दे----- यो अर्को पार्टलाई कुरान दिंदा जिन्दगीले दिने घुरानको फेरी पेसर बेग्लै क्या है प्रभो?

Dipika02 ,

"गफाडी बाङ्गे। "

गफाडी बाङ्गे भन्या रे छ म त गँजडी बाङ्गे देखेर ल हेर हल्ला त ब्यापक भै सकेछ भन्ठानी रा -- धन्न ---

miss_ me ,

"त्यति बेला घरको छताँ बसेर मेरो चंगा सब भन्दा माथि आकाशमा  पुगो भन्दै  तल चउराँ  बसेर चंगा उडाउने  साथि सअ फुर्ति गर्ने हउर नै हो त उसो भा।"

हो नी -- अब तल साथिलाई मलाई हउरले जे भन भन्या हो त्यै भन्देको त हो नी -- त्यो कौसीमा हामीले साँचि कत्ति रमाईलो गर्या छम् नी? सबै याद छ हैन?

 

somewhereondearth
· Snapshot
Like · Liked by · 0
great SIR!!!
great..

निक्कै पर गएर हेर्या ति मान्छेहरुलाई देखिएनन। सास आए जस्तो मात्रै के भा थ्यो बाङ्गेले म तिर हेरेर सोध्यो "ए मारोगी, खै चङ्गा र लट्टाईँ?".

ha ha ha
*~Spring~*
· Snapshot
Like · Liked by · 0

"मेरो घर छैन ससुराली छ सिंगापुराँ, त्यै तेरो घर हो मेरो ससुराली, अब बुझिस?" बाङ्गेले अलि कुर्लीएरै भन्यो।

दीप ज्यु, बाङ्गे पुराण पढेर दिल खुस भयो.

swopnilcheeta
· Snapshot
Like · Liked by · 0
dhukaan deko dei haami chai... bange lai lera kataa lukya ho deep ji?
Deep
· Snapshot
Like · Liked by · 0

somewhereondearth,

धन्यबाद।  प्रभो पनि बाचन गरम न गोडा दुएक जति कथा लौ त--- सुनम् सुनम् लागो क्या--
कि यसो गरम -- सरर भटभटेमा जाम दमक, रतुवाको पुलाँ बसेर सुनम कथा अनि छडके लागेर -- हँ? कसो?

*~Spring~* ,

दीप ज्यु, बाङ्गे पुराण पढेर दिल खुस भयो.
अध्याय अरु पनि छन त्यस्ता। मैले गरेर बाँगे सित्तैमा फेमस भो। गुन देख्दैन र पो त ---

swopnilcheeta,

ढुकान देको बांगेलाई हुक दिनलाई हो, प्रभो?

सप्पैलाई फेरी धन्यबाद।

nails
· Snapshot
Like · Liked by · 0
खै दीप मैले कथा अली बुझिन। अनी "प्रश्नमा मरेको जबाफ ", र कथा कसरी मिल्छ र ?  कथा को सिर्सक हेर्दा त कथा गम्भीर होला जस्तो लागेको थ्यो, तर चङ्गा हराको बारेमा पो रैछ।
pjna007
· Snapshot
Like · Liked by · 0
nails le bhanejastai maile pani tyo title bujhna lai katha dohorai teharai padhe tara ke ke, sahitya bujhnai garho - - katha bhane ramailo chha hai huna ta  bange hiro bha katha tesai ramro huncha ni 
Deep
· Snapshot
Like · Liked by · 0

nails,

"खै दीप मैले कथा अली बुझिन। अनी "प्रश्नमा मरेको जबाफ ", र कथा कसरी मिल्छ र ?  कथा को सिर्सक हेर्दा त कथा गम्भीर होला जस्तो लागेको थ्यो, तर चङ्गा हराको बारेमा पो रैछ। "
भनेसी किल्यर नभा शिर्षक रे छ कथा हैन। कथा नबुझेर शिर्षक माईँ किल्यर भा भे झन गोलमाल हुन्थ्यो होला।
 
शिर्षक चै प्रस्तुतीको अन्तिम पंक्ति जुन प्रस्नको रुपमा उभिएको छ, त्यसमा आधारीत  छ। अन्तिम पंक्ति मा भएको प्रस्न "ए मारोगी, खै चङ्गा र लट्टाईँ?" ले जुन जबाफ मागेको थ्यो त्यो प्रस्ट थ्यो। त्यत्रो फुर्ती गर्या लट्टाईँ र चङ्गा उतै खेतमा थिए जुन त्यतिबेला सम्म बाङ्गेका सिंगापुरे ससुरालीले हडपिसकेको हुनु पर्छ।
 
प्रस्नले नै जबाफ मारीसकेको थ्यो। मैले केही जबाफ दिईरहन आबस्यक थिएन। त्यो बाङ्गेलाई पनि थाह थ्यो अनि मलाई पनि। कुनै प्रश्नले जबाफ ब्युँझाउँछन कुनैले मार्छन। प्रस्तुतीको अन्तिम प्रश्नले पछिल्लो चै गर्यो भन्ने मेरो ठहर हो।
 
pjna007,
 
 
हेरी अब शिर्षकको बारेमा त भनी हालेँ -- बाङ्गेको बारेमा त के भन्नु पर्ला र? जगजाहेर छ।
 
 
टिप्पणीको लागि सबै प्रति मेरो हार्दिक आभार।
 
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 258
· Posts 12 · Viewed 1741
· Posts 1 · Viewed 99
· Posts 1 · Viewed 84
· Posts 1 · Viewed 251
· Posts 2 · Viewed 427
· Posts 5 · Viewed 1366
· Posts 1 · Viewed 471
· Posts 1 · Viewed 146
· Posts 1 · Viewed 121



Your Banner Here
Travel Partners
Travel House Nepal