Killer to marry woman 44 years younger - Sajha Mobile
SAJHA MOBILE
Killer to marry woman 44 years younger
Posts 14 · Viewed 9023 · Go to Last Post
lamtange
· Snapshot
Like · Likedby · 0

you have to read this, click the link.

http://www.msnbc.msn.com/id/25543279

deshbhaktanepali
· Snapshot
Like · Liked by · 0

If you have ever fallen in love you would not care about this news article.

lamtange
· Snapshot
Like · Liked by · 0

you are deshbhaktanepali, do you think this is just about love?

( * )( * )
· Snapshot
Like · Liked by · 0
face is like ghiu roti
anway , aama Bhalu chhori Bhalu bau Bhalubutte

http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=61549
Riten
· Snapshot
Like · Liked by · 0

Is Biswas not a Bengali name?  Not that anybody of Bengali decent cannot be Nepali.  Maybe I am still disillusioned that Nepali girls are still too innocent to dare marrying someone who is 44 years older, that too a convicted serial killer in jail.

I wonder if there is another story behind this story.

Maybe Shobraj has lots of money/property that will be legally hers once she is married to him.  Plus, she will be French Citizen after getting hitched with the French, I guess it does not matter if he is a convicted serial killer.

If Shobraj gets acquitted by Supreme Court, he will have a trophy wife.  If he does not, he will have to live rest of his life in prison.  But he will be her ticket out of Kathmandu.

- just my 2 cynical cents.

 


Mr. Hyde
· Snapshot
Like · Liked by · 0

Either marry for pleasure or for convenience.

-Rhett Butler

OR

Do wealthy individuals find real "true love". It is definitely questionable in this material world.

 

 

 

 

gahugoro
· Snapshot
Like · Liked by · 0
जेलभित्रै शोभराजको प्रेमलीला

केपी ढुंगाना/नयाँ पत्रिका
काठमाडौं, १९ असार

2008-07-04,Friday,


३२ वर्षअघि नेपालमा पर्यटक युवतीको हत्या गरेको अभियोगमा केन्द्रीय कारागारमा रहेका अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराज २० वर्षे ठिटीको प्रेममा परेका छन् । शोभराज अहिले ६४ वर्षका भए, भेट्न आउने २० वर्षे प्रेमिका निहिता विश्वासलाई जेलमै चुम्बन गर्न थालेपछि प्रशासनले उनीहरूलाई भेट्न निषेध गरेको छ ।
शोभराजका बाबु भारतीय र आमा भियतनामी हुन् भने निहिताका बाबु भारतीय र आमा नेपाली हुन् । शोभराज र निहिताको प्रेम बसेको दुई महिना पनि भएको छैन, तर प्रेम यति गाढा भएको छ उनीहरू जेलका गि्रल भित्र र बाहिर उभिएर 'टङ
किस' खाएर समय बिताउँछन् ।
तर, जेल-प्रशासनले 'यो अशोभनीय भयो' भन्दै उनीहरूलाई भेट्न रोक लगाएको छ ।

केन्द्रीय कारागारभित्रैबाट २० वर्षे नेपाली युवतीसँग प्रेमलीला रचिरहेका छन् ६४ वर्षे अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराज । जेलभित्रै चुम्बन लिन थालेपछि युवतीलाई अहिले प्रशासनले शोभराजसँग भेट्न दिएको छैन
प्रेमीलाई भेट्नै रोक लगाएको विरोधमा सिकायत गर्न निहिता एक सहयोगीका साथ कारागार व्यवस्था विभागका महानिर्देशक स्थानेश्वर देवकोटालाई भेट्न पनि पुगेकी थिइन् । 'जेलमा शोभराजलाई भेट्न पाइएन भन्दै केही दिनअघि भर्खरकी केटी र एक महिला आएका थिए । मैले जेलरसँग के भएको रहेछ भनेर सोध्दा उनीहरूले बन्दीगृहको आचरणविपरीत काम गरेको भन्ने जानकारी पाएँ,' देवकोटाले भने, 'मैले बन्दीलाई भेट्ने हो भने आचरणमा बस्नुस् भनेर पठाएँ ।'
जेल स्रोतका अनुसार निहिता र शोभराज जेलका डण्डीसँगै भित्र-बाहिर उभिएर 'किस' खान्थे, एक-अर्काको जिउ सुमसुम्याउँथे । अनि निहिताले ल्याएको खानेकुरा दुवै बाँडेर खान्थे । अरू सामान्य बन्दीका आफन्तलाई प्रहरीले धेरैबेर भयो भन्दै भगाउँथे भने शोभराज जोडीको रमिता हेरेर प्रहरी पनि ट्वाँ परेर काम बिर्सन्थे ।
महानिर्देशक देवकोटा पनि शोभराज र निहिताको प्रेमलाई अनोठौ मान्छन् । 'केटी त निकै फुच्ची पो छ त, तर जेलरको कुरा सुन्दा अनौठो लाग्यो,' देवकोटाले भने । उनले खाना पुर्‍याउन भने निहितालाई अनुमति दिएको जानकारी पनि दिए ।
शोभराज र निहिताबीच 'किस' मात्र होइन, औंठीसमेत साटासाट भएको छ । औंठी साटेर 'इङ्गेजमेन्ट' गरेका उनीहरू शोभराज जेलमुक्त भएपछि बिहे गर्ने योजनामा छन् । उनीहरूले नेपालमा हिन्दू परम्पराअनुसार र पुनः फ्रान्स गएर उतैको परम्पराअनुसार बिहे गर्ने सल्लाह पनि गरेका छन् ।

काठमाडौं जिल्ला र पुनरावेदन अदालतबाट समेत मुद्दा हारेका शोभराज सर्वोच्चबाट जित्नेमा विश्वस्त छन् । शोभराजले मुद्दा जित्नेमा उनकी प्रेमिका निहिता अझ विश्वस्त छिन् । भर्खरै प्लस टु पास गरेकी उनले पत्रकारितामा लागेर राजनीतिक विषयमा रिपोर्टिङ गर्ने लक्ष्य राखेकी छिन् ।
चाल्र्स शोभराजको जन्मकैदविरुद्धको अपिलमा फ्रान्सकी वकिल इसाबेल कौतां-पेरे काठमाडौं आउँदा शोभराज उनको गाइड र दोभाषेको रूपमा काम गर्ने तीक्ष्ण र भरपर्दो व्यक्तिको खोजीमा थिए । पेरेका लागि त्यस्तो मान्छे फेला परेन, जब निहिता त्यही कामका लागि जेल पुगिन्, वकिल पेरे फ्रान्स फर्किसकेकी थिइन् । निहिताले शोभराजलाई मात्र भेटिन् । वकिललाई सहयोग गर्न नपाए पनि निहिताले शोभराजलाई सहयोग गर्न थालिन् । शोभराजले पहिले आफूलाई चाहिएको सामानको सूची दिन्थे, निहिता बजारमा गएर सामान किन्थिन् । उनको यो सहयोग र सद्भाव गहिरो प्रेममा परिणत भएको छ ।

निहिताको रोजाइमा परिवारको समेत सहमति छ । उनको परिवार पनि सर्वोच्चमा विचाराधीन मुद्दामा शोभराजको जित हुने विश्वासमा छ ।
तर, उता शोभराजकी श्रीमती पेरिसमै बस्छिन् । उनीहरूबीच अहिले पनि राम्रो सम्बन्ध रहेको र नियमित फोन-संवाद हुने गरेको शोभराजका वकिल लोकभक्त राणाले बताए । 'शोभराज र श्रीमतीबीच अहिले पनि राम्रो सम्बन्ध छ, उनीहरूबीच खटपट परेको मलाई थाहा छैन,' राणाले भने ।
शोभराजका अर्का वकिल बसन्तराम भण्डारीले शोभराज एउटी युवतीको प्रेममा परेको हल्ला आफूले पनि सुनेको बताए । तर, यसबारेमा आफूलाई सरोकार नभएकोले थप टिप्पणी नगर्ने उनको भनाइ छ । 'भेट्दा मुद्दाको विषयमा कुरा हुन्छ, अरू मलाई के चासो र ?,' भण्डारीले भने ।
३२ वर्षअघि नेपालमा अपराध गरेर भागेका शोभराज चार वर्षअघि नक्कली पासपोर्ट प्रयोग गरी नेपाल आएका थिए । उनलाई नेपाल प्रहरीले याक एण्ड यती होटलको रोयल क्यासिनोबाट पक्राउ गरेको थियो । उनीमाथि अमेरिकी नागरिक क्रोनिजो ब्रोनिचको हत्या र नेदरल्यान्डका हेनरिक विन्ताजाको राहदानी लिएर नेपाल छिरेको अभियोगमा मुद्दा चलाइएको थियो । काठमाडौं जिल्ला अदालतले दुई वर्षअघि फैसला गर्दै सर्वस्वहरणका साथ जन्मकैदको सजाय सुनाएको थियो ।
उनी जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदनसमेत गए । पुनरावेदनले समेत जिल्लाकै फैसलालाई सदर गरेपछि उनी सर्वोच्च गएका छन् । उनको अपिल सर्वोच्चमा विचाराधीन छ ।

को हुन् शोभराज ?
शोभराज सन् १९४४ अपि्रल ६ मा भियतनाममा जन्मिएका हुन् । उनका बाबु भारतीय हुन् भने आमा भियतनामी । उनमाथि अहिलेसम्म १२ जनाको हत्या गरिसकेको आरोप छ । १६ वर्षमै अपराधमा लागेका उनी चोरीको अभियोगमा पहिलोपटक जेल पर्दा
१९ वर्षका थिए । विभिन्न अपराधमा संलग्न भएपछि पुनः पक्राउ हुने डरले उनी सन् १९७० मा भारतको मुम्बई आए । त्यसबेला उनकी श्रीमती क्यान्थल गर्भवती थिइन् । भारतमै उनकी छोरी जन्मिइन् ।

भारतमा पनि उनले कार चोरी गर्ने धन्दा जारी राखे । यो काममा उनलाई श्रीमतीले पनि सघाइन् । उनी बिस्तारै जुवाको सौखिन बन्दै गए । सन् १९७३ मा होटल अशोकामा रहेको गहना पसलमा लुटपाट गरेको आरोपमा उनी भारतमा पक्राउ परे । तर, केही समयमै फरार भए र पुनः पक्राउ परे । उनी धरौटीमा रिहा भए र भारत छोडेर अफगानिस्तानतिर लागे ।
शोभराज र उनकी श्रीमतीले अफगानिस्तानको भ्रमणमा आएका पर्यटकलाई लुट्न थाले । प्रहरीले उनलाई पक्राउ गर्‍यो । श्रीमतीलाई अफगानिस्तानमै छोडेर शोभराज इरानतिर भागे । जेलबाट छुटेपछि श्रीमती फ्रान्स फर्किइन् । उनले १० भन्दा बढी नक्कली पासपोर्ट बनाएका थिए । यसैको भरमा पूर्वीयुरोप र मध्यपूर्वको भ्रमण गरे ।

इस्तानबुलमा भाइ आन्द्रेसँग उनको भेट भयो । आन्द्रे पनि टर्की र गि्रसमा अपराध गरेर कुख्यात भइसकेका थिए । दुवै एथेन्समा पक्राउ परे । १८ वर्षको जेलसजाय पाए पनि उनी पुनः जेलबाट भाग्न सफल भए ।
लुटपाटका साथै हत्यामा समेत संलग्न हुन थालेका उनी थाइल्यान्ड आए र तीन महिलाको हत्या गरे । हङकङमा तीनजनाको हत्या गरेपछि उनी नेपाल छिरेका हुन् । उनले नेपालमा दुई पर्यटक महिलाको हत्या गरे अनि नक्कली पासपोर्टको सहयोगमा थाइल्यान्ड गए ।
थाइल्यान्डमा खोजी भइरहेको चाल पाएपछि उनी पुनः भारतको कोलकाता हान्निए र इजरायली नागरिक एभोनी ज्याकोभको हत्या गरी उसैको पासपोर्ट प्रयोग गर्दै सिंगापुर गए । उनी पुनः थाइल्यान्ड फर्किए । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले पक्राउ गरी सोधपुछ गरेको थियो । तर, चलाख शोभराज त्यसै फुत्किए ।

फेरि मुम्बई र्फकेका उनले हत्याको शृंखला जारी राखे । उनी अपरिचितसँग सहज सम्बन्ध बढाउँथे र चाँडै निकट भएर विष खुवाएर मारेपछि अनुहार जलाएर लास फालिदिन्थे । महिला मार्दा उनी बिकिनीसहित लास फालिदिन्थे । जसले गर्दा उनको उपनाम नै 'बिकिनीकिलर' बन्न गयो । भारतमा उनी पुनः पक्राउ परे । हत्याको आरोपमा अदालतले १२ वर्षको जेलसजाय सुनायो । उनी भारतको तिहाड जेलमा बन्दी थिए । मार्च १९८६ मा उनले जेलभित्रै भव्य पार्टी दिए । प्रहरीसहित सबैलाई नसालु औषधि खुवाएर उनी फरार भए ।
२००३ सेप्टेम्बर १७ मा उनी अचानक काठमाडौंमा देखिए । याक एन्ड यतीको क्यासिनोमा उनी पक्राउ परे । हत्या र जाली पासपोर्ट प्रयोग गरेको आरोपमा उनीमाथि मुद्दा चल्यो र काठमाडौं जिल्ला अदालतको जन्मकैद र सर्वस्वहरणको फैसलापछि उनी केन्द्रीय कारागारमा बन्दी छन् ।

rajeshkc
· Snapshot
Like · Liked by · 0
besyaa lai umer ko matlab hunna, khaali paisa ko matrai. (a whore does not care bout age, only $$$)

u can see the video interview of her on KTV at www.mysansar.com
Riten
· Snapshot
Like · Liked by · 0

Say what you must of this 20 year old woman, I found her to be quite confident and articulate in that interview, a rare quality among the peers of her age in Nepal.

Well, the fact is, she has all the right whatsoever to marry who she wants when she wants where she wants.  So, let the force be with her.

 

al
· Snapshot
Like · Liked by · 0
this b..ch is next on his list.
Poon-Hill
· Snapshot
Like · Liked by · 0
Well she is Ugly, so let him have her.............i am not being insensative here but man come on publicity stunt?? i wonder what kinda role will she get in a movie.....
Chintamani
· Snapshot
Like · Liked by · 0

God help her. She might be the 13th girl to be killed in bikini if he gets out of the jail.

unforgiventale
· Snapshot
Like · Liked by · 0
NO COMMENT.......Gud luck lady
NiloAkash
· Snapshot
Like · Liked by · 0

All these people calling the girl bhalu, whore, ugly, yada yada are either jealous or just ignorant. Leave them alone. If they are in love so be it, it's none of your business. In the meantime, go read the book Life and crimes of Charles Sobraj.

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 18 · Viewed 4050 · Likes 3
· Posts 1 · Viewed 100
· Posts 1 · Viewed 93
· Posts 1 · Viewed 185
· Posts 1 · Viewed 396
· Posts 1 · Viewed 230
· Posts 1 · Viewed 136
· Posts 1 · Viewed 115
· Posts 77 · Viewed 18821 · Likes 18
· Posts 1 · Viewed 167



Your Banner Here
Travel Partners
Travel House Nepal