GOOD NEWS FOR NEPAL... - Sajha Mobile
SAJHA MOBILE
GOOD NEWS FOR NEPAL...
Posts 1 · Viewed 3235 · Go to Last Post
transparent
· Snapshot
Like · Likedby · 0
जनता
स्वस्थ मन्त्री

प्रिन्टप्रिन्ट     ईमेलईमेल     ईमेलसम्पादकलाई चिट्ठी                                          अक्षरको आकार: small text | medium text | large text

 किरण पाण्डे

भर्खरै महोत्तरीबाट जनमोर्चा नेपालका तर्फबाट चुनाव जितेर सभासद बनेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री गिरिराजमणि पोखरेललाई ' मिनिस्टर्स इनिशिएटिभ फर ग्लोबल हेल्थ ' ले हरेक वर्ष संसारका पाँच स्वास्थ्य मन्त्रीलाई दिइने अवार्डबाट सम्मानित गरेको छ। जेनेभामा विश्व स्वास्थ्य सङ्गठनको वार्षिक भेलामा भाग लिन गएका उनलाई यो पुरस्कार उनको मन्त्रालयद्वारा अति विपन्न वर्गलाई स्वास्थ्य सेवामा पहुँच पुर्‍याउन राखिएको प्रस्ताव अनुसार काम गर्नका लागि दिइएको हो। माइक्रोसफ्टका संस्थापक विल गेट्सको सहयोगमा स्थापित कोषले विकासोन्मुख राष्ट्रका सक्रिय स्वास्थ्य मन्त्रीहरूबाट आएका प्रस्तावहरूको मूल्याङ्कन गरी  उत्कृष्ट पाँचलाई सो पुरस्कार दिने गरेको छ। छनौटमा परेका मन्त्रीलाई माग गरे जति रकम उपलब्ध गराउने जिम्मेवारी पुरस्कारदाताले लिन्छ। नेपालबाहेक यसपालि सिरिया, इथियोपिया, सेनेगल र मालीका स्वास्थ्यमन्त्रीहरूले उक्त पुरस्कार पाएका छन्। पोखरेल भन्छन्, “मुलुकका २८ प्रतिशत अति सीमान्तकृत वर्गलाई स्वास्थ्य सेवा सुलभ होस् भनेर राखेको प्रस्ताव स्वीकृत भएको छ।”

यसअघि गत दुई वर्षको सङ्क्रमणकालमा सक्रिय रहेको भन्दै बेलायत र नर्वेका प्रधानमन्त्रीका साथै विश्व ब्याङ्क समेतको संलग्नता रहेको ' इन्टरनेशनल हेल्थ पार्टनरसीप ' ले नेपालसहित संसारका आठ मुलुकको स्वास्थ्य क्षेत्र सुधारका लागि सहयोग उपलब्ध गराउने निर्णय गरिसकेको छ। यस्ता सहयोगबाट सरकारलाई स्वास्थ्य सेवामा खर्च बढाउन मद्दत पुगेको छ। स्वास्थ्य केन्द्रहरूमा विपन्न वर्गका लागि निःशुल्क सेवा र ��"षधि उपलब्ध गराउने साहसिक अभियानमा जुटेका मन्त्री पोखरेलको नेतृत्वमा स्वास्थ्य मन्त्रालयले प्राप्त गरेको यस्तो सफलताबाट अरूले पाठ सिक्न सक्छन्।

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 19 · Viewed 3008 · Likes 1
· Posts 2 · Viewed 143
· Posts 1 · Viewed 73
· Posts 1 · Viewed 69
· Posts 1 · Viewed 117
· Posts 1 · Viewed 122
· Posts 4 · Viewed 1108
· Posts 1 · Viewed 234
· Posts 1 · Viewed 154
· Posts 1 · Viewed 143



Your Banner Here
Travel Partners
Travel House Nepal