"अपरेसन ००३" - Sajha Mobile
SAJHA MOBILE
"अपरेसन ००३"
Posts 257 · Viewed 91488 · Go to Last Post
crazy_love
· Snapshot
Like · Likedby · 0

"बिदेशीहरु कहिले पनि एउटै उदेश्यले हाम्रो देशमा काम गर्न आँउदैनन्। उनिहरुको पहिलो कौतुहुलता हुन्छ "हाम्रो देशको राजनैतिक अबस्था" र दोस्रो आफ्नो कार्यक्रम मार्फत अप्रत्यक्ष रुपमा सोझो साझा जनताहरु बिच प्रजातन्त्रको भाषा सिकाउनु। त्यसैले "अपरेसन ००३" को लक्ष्य पनि त्यो दायरा भन्दा परको हुन सक्दैन। अपरेसन ००३ को सबै गतिबिधिमा निगरानि राखी समयमा नैं प्रतिबेदन बुझाउन मेजर मिन्जोलाइ यो जिम्मेबारी सुम्पिएको छ।"कर्नल आङ्जोले एउटा गोप्य फाइलमा मलाइ सुम्पिदैं भन्नु भयो।


"अपरेसन ००३" एसियाबाट आउन लागेकि बिदेशी बिशेसग्य थी। उसको अफिस र सरकारको संयोजक्त्वमा एउटा ठुलो प्रोजेक्ट शुरु हुन लागेको थ्यो। राजधानी बाहिर ५ साइटमा "अपरेसन ००३" यानि "मिस रितु" सङै म सुरक्षाको लागि खटिएको थें। "अपरेसन ००३" मेरो लागि चुनौतीको बिषय थ्यो। कारण उ जवान थी, कुनै कार्यको लागि आएकी थी अथवा कुनै अरु देशको गुप्तचर हुन सक्थी। सबैभन्दा अचम्मको कुरा उ अमेरिका बर्सको २ चोटी  आउने/ जाने गर्थी भन्ने कुरा उसको पासपोर्टमा देखिएकोथ्यो। मैले उसको सबै कुरा पत्ता लाउनु थ्यो। उ आएको १ महिना भैसकेको थ्यो। यो १ महिना भित्र उसले ३ अन्तर्रास्ट्रिय कल गरेकी थी। ४ सनिबार नैं उ आफ्ना साथीहरुसङ सहरको प्रख्यात २ वटा नाइट क्लबमा गएकी थी। १ चोटी उसकै होटेल नजिकैको बिउटीपार्लरमा फेसियल गरेकी थी र हप्ताको २/३ वटा ब्यक्तिगत मेल लेखेकी थी। यो सबै कुराको जानकारी मैले मेरो कर्मचारीहरुबाट प्राप्त गरिसकेको थें। मैले आफैले "अपरेसन ००३" लाइ देखेको थिन। उसको फोटो हेर्दा ठिकै जस्ती थी। आखिर म उ सङ अर्को हप्ता प्रोजेक्ट साइट मा सङै जांदै थें। मेरो लागि उ रहस्य मात्र थी।


"अपरेसन ००३ जवान छे, आकर्षक हुन सक्छे तर काम भन्दा बढी बिदेशी सङ त्यति हेलमेल राख्नु हाम्रो पदिय दायित्वले दिदैन। भावना र प्रेम जस्ता कुरा हाम्रो लागि देशको जिम्मेदारी भन्दा ठुलो हुँदैन।" कर्नेल आङ जो ले "जिम्मेदारी" र "पदिय दायित्व" मा धेरै जोड दिनु भयो।

"यस सर।"भन्दै मैले टाउको मात्र हल्लाए। मलाइ आफ्नो हर शब्दलाइ केलाउनु पर्थ्यो हाकिम सङ कुरा गर्दा। तेइ पनि यो आर्मीको जागिरमा हाकिमसङ हत्त्पत्ति दोहोरो कुरा गर्न मिल्दैन।   कर्नेल आङ जो को टेलिफोनको घन्टी बज्यो। बाहिर "अपरेसन ००३" हामीलाइ भेट्न आएकि रैछ, पिएले खबर गर्‍यो। त्यसको एकैछिनपछि ३ जना खैरेसङै एउटी एसिअन केटी कोठाभित्र पसी। मेरो पारखी आँखाले "अपरेसन् ००३" को शरिरको बनावटलाइ तुरुन्तै एक्स्-रे गर्‍यो।


"क्लिक-क्लिक- क्लिक" (३६-२४-३६), ए होइन रैछ, त्यस्तो बनावट नभए पनि अर्कै किसिमको मादकता रैछ उसको शरीरमा। खुइलिएको जिन्स प्यान्ट र साधारन कटनको कमीज लगाएकी, सफा अनुहारमा अलिकति गुलाबी लिप्स्टिक, हलुका मस्करा लगाएकी, धेरै दिन देखि कोर्न नभ्याएको कपाल। मतलब आजकालको फेसन जस्तो सिल्की कपाल नभयेर कर्ली रहेछ। येसो सर्सर्ती हेर्दा अलिकति अग्ली, गहुँगोरी र मसिनो स्वरले कुरा गर्ने उ मैले मन पराउने टाइपकी केटी थीन।


"नमस्ते" गर्दा अलिकति मुस्काइ, मुस्काँउदा अलि उज्याली देख्दी रैछ, अनि परिचय दिन थाली। कर्नेल आङ्जो ले पनि मेरो परिचय गराइदिनु भयो। उठेर मैले सबै सङ हात मिलाए। उसको हात मलाइ एकदमै चिसो लाग्यो। हिँउ जस्तै चिसो। यस्तो चिसो हात हुनेको मुटु कस्तो चिसो होला। उ भितामा राखेको फोटोहरुलाइ नियाल्दै थी बेला बेलामा। केहि बेरको कुरा पछि उ आफ्नो अफिसको साथीहरु सङै बिदा भइ।

उ किन आएकी ? उसको खास उद्देश्य के होला? उसको हरेक कुरा मैले कसरी थाहा पाउने? "अपरेसन ००३" कोठाबाट निस्केपनि मेरो मस्तिस्कमा छाइ रही प्रश्न बनेर।

क्रमश:

 

Last edited: 24-Jun-08 03:37 PM
Load Previous
pjna007
· Snapshot
Like · Liked by · 0
ma bhaey ta yasto thulo chassma dinthe, miss DDle kati syano deko  kasto lobhi
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

म भई झन यत्रो चस्मा दिन्थेँ मिस दिदि र प्रेरणा त कस्तो लोभि

 


Pretty
· Snapshot
Like · Liked by · 0

kasle thulo dyachha la heram. sabaijana kasto lobhi. :P


Last edited: 15-Jul-08 04:28 PM
Last edited: 15-Jul-08 04:29 PM
hemu
· Snapshot
Like · Liked by · 0

Good, do posses some quality on writing. May you be script writer when i start making films.

 

miss_ me
· Snapshot
Like · Liked by · 0

  म भए फोटो सहितको यस्तो  चस्मा दिन्थे  भृकुटि मण्डप गएर सस्तो चस्मा किनेर पो दिएछन बिरु र प्रिरु  कस्तो लोभी


Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
हस मिस दिदि लोभि हुनुहुन्न। म संतोकि छु नि मिस दिदि हजुरले मलाई यो फोटोमा भएको नानि र चस्मा दिनुभयो भने पनि म चस्मा हजुरलाई नै फिर्ता गर्छु! मिस दिदि कस्तो नलोभि
miss_ me
· Snapshot
Like · Liked by · 0

क्रेजीको कथा खै?  

चस्माले गर्नु गर्यो

pjna007
· Snapshot
Like · Liked by · 0
miss_ me
· Snapshot
Like · Liked by · 0

क्रेजी सिस माफी  पाम है । लोभी हुने होड बाजीमा हजुरको कथा अर्कै पानामा पो पुगेछ  सबैको सजिलोको लागी  मैले यहा राख्दिए है त

************************************************************************************

Posted on 07-15-08 11:11 AM     Reply | Notify Admin
 

 

मेरो जिवनमा पहिलो चोटि यस्तो भएको थ्यो। बिगतमा केहि सम्बन्ध नभएका होइनन्, ती सबै पहिला केटीले मन पराएर शुरु भएका थे र आफै समय क्रममा अन्त्य भयो। अहिले म "००३" को समोहनमा आफै आकर्षित हुँदैछु। म उसको बारेमा नसोची बस्नै नसक्ने भइसकें। साधारण देखिएकी "रितु" मेरो लागि अचानक संसारकी राम्री केटी हुन थालेकी छ। मलाइ उसले बोलेको, हाँसेको, हेरेको सबै सुन्दर लाग्छ। म उसको जादुमा होम्मिदैं छु। यस एकोहोरो प्रेमको नतिजा? केहि न केहि? उसलाइ त केहि भएकै छैन। उ उस्तै स्वछन्द तरिकाले हाँस्छे, म सङ रिसाँउछे अनि मेरै अगाडी मेरो कुरा पनि काट्छे सासा सङ। यदि उसलाइ पनि म मन पर्‍यो रे। के हुन्छ त यस्तो प्रेमको परिणाम? उ भोली गिरफ्तार हुँदैछे। हुन सक्छ जिन्दगीभरी जेल पर्ली। म उसलाइ कुरेर कति बस्न सकुला र मेरो जिबन पनि त परिबर्तन हुन्छ नि। एउटी बन्दी केटीको लागि म आफ्नो जीवन कसरी बर्बाद गर्न सक्छु? फेरि फोन आयो, यसपटक लाइन सफा थिएन। मैले "हलो" भन्दा भन्दै लाइन काटियो। रातको १ बजि सकेको थ्यो। मलाइ फोनले डिस्टर्ब गरेको मन परेन। मैले मोबाइल अफ गरिदिएं। म सङ सिर्फ यो एक रात छ, यो प्रेमलाइ मनभरि अनुभुत गर्न। मैले भोली नआए हुन्थ्यो भन्ने कामना गरें। म उसलाइ मेरो सामुन्ने "अरेस्ट" गरेको हेर्न सक्दिनथें। एकचोटि म उसलाइ आफ्नो माया ब्यक्त गर्न चाहन्थे। चाहे उसले स्वीकारोस वा नस्वीकारोस, प्रेम त भैसक्यो मेरो उ सङ। म बसेको ठ्याक्कै तलको तल्लामा मेरि "रितु" सुतिरहेकी होली भोलीको कालो दिनको पर्बाह नगरी। मलाइ उसलाइ गएर उठाउन मन लाग्यो एकचोटी अङालोमा बाँध्न मन लाग्यो र उसमा मेरो मायाको  पराबर्तन देख्न मन लाग्यो। म कोठामा हिंडीरहे रातभरी, "००३" को मायाले पनि मलाइ सुख दिन सकेन। छेक्न खोजेको त्यो बिहान पनि आयो, मैले छेक्न सकिन। शुक्रबारको घमाइलो बिहानी, जसले मेरो लागि नराम्रो साँझ बोलाइरहेको थ्यो। ब्रेकफास्टमा रितु अझै झन उज्याली थी, मेरो प्रेमयुक्त आखाँहरुले उसलाइ नहेरी बस्न सकेन। उसले हिजो किनेको गुलाबी शर्ट लाएकी थी। यो रङ उसको शरीरमा अरु खुलेको थ्यो। केशलाइ बाँधेकी थी पछाडी, तर बेला बेलामा उसको केशराशीहरु गालामा छरिन आँउथे, उ फेरि मिलाँउथी तिनिहरुलाइ हातले। म उसको त्यो केश भएर छुन चाहन्थे। मेरो अपलक हेराइले उ अप्ठ्यारो मान्न थाली। एकछिन पछि त मुखै फोरेर भनी।

"मिन्जो, मलाइ त्यसरी नहेर त! मेरो लब पर्ला तिमीसङ।" सासालाइ हेर्दै ठुलो स्वरले हाँसी। रेस्टुरेन्टका मान्छेहरु उसलाइ र मलाइ हेर्न थाले। मलाइ कस्तो कस्तो भयो। मनमा त यो केटीको केहि अड्दैन जस्तो छ। नक्कली! कस्तो ठाडै नहेर भनेकी। बिचरी अहिले हाँसेकी छे भरै उसको लागि असिमित आँसुहरु कुरिरहेका छन्। हैन, म उसलाइ बचाँउछु जसरी पनि। कसरी? मैले सोचि रहे।

उनिहरु तालिम सकाएर १ बजे फर्के ४ बजेको फ्लाइट थ्यो। २ बजे होटेलबाट हिड्नै पर्थ्यो। मैले रितुलाइ एकचोटी हिजोको बोर्डर हेर्न जाउन भनेर अनुरोध गरें। सासाले आजै किन जानु पर्ने फ्लाइट छुट्छ भनी। रितुले चाँही जान मानिन। कस्ती लाटी! म त्यो खोला तारेर उसलाइ थाइल्यान्ड पुर्‍याँउछु भनेर सोचीरहेको थें। रङून नजाउ भन्न पनि सकिन। यताउती गर्दा गर्दै एयरपोर्ट पुगियो। मलाइ एयरपोर्टका कर्मचारीहरुको ब्यबहार अनौठो लाग्यो। उनिहरु खासखुस खासखुस गरी रहेका थे। मानौ त्रसित थे। त्यहाँको बाताबरण एक्दम चिसो थ्यो। यो मेरो भ्रम हुन सक्छ। मेरो "रितु" को लागि उब्जिएको भाबनाको कारण म सबैलाइ डराएको देखि रहेंथे। प्लेनमा म उ सङै बसें। केहि क्षण म उ नजिक हुन चाहन्थे।

"भोली र पर्सी त म दिनभरी फिलिम हेर्छु। इन्डिअन रेस्टुरेन्ट जान्छु, साँझमा ब्युटी पार्लर गएर फेसियल गर्छु। बेलुकी चाहिँ मिकिसङ इन्डोनेसिअन बार जान्छु। तिमी के गर्छौ मिन्जो?" उ भन्दै थी।


"खोइ थाहा छैन।" मैले सानो स्वरमा उत्तर दिएं।

उ चुप लागी र झ्यालबाट तलका द्रिश्यहरु हेर्न थाली। म शायद भोली यतिखेर तिमीलाइ गरेको बिस्वातघातको पीडामा आत्महत्या गरिसकेको हुन्छु। मेरो मनमा यस्तै कुरा आँउदै जाँदै थ्यो। प्लेन रङून एयरपोर्टमा ल्यान्ड भयो। मेरो मुटु उफ्रेर मुखमा आउने बेला भएको थ्यो। म "रितु" लाइ हेर्नै नसक्ने भइसकेको थे"। सामान ली सकेपछि म "००३" लाइ अरेस्ट गर्न आएका सैनिक हरुलाइ खोज्दैथें। आफ्नो सुटकेस बोकेर उ मेरो नजिकै आइ र भनी।

"मिन्जो! तिमीले गरेको सहयोगको लागि धेरै धेरै धन्यबाद। यदि मैले तिमीलाइ कतै अन्जानमा चित्त दुखाए भने मलाइ माफ गर है। मेरो मुख अलिकति छुच्चो छ तर त्यस्तो नराम्रो सोचेर मैले कहिले पनि तिमीलाइ केहि भनिन। तिमी असाध्यै भलाद्मी र सहयोगी छौ।" भन्दै उसले म सङ हात मिलाइ। मलाइ उसको हात छोड्न मन लागेन। उ फुकाउने कोशिस गर्दैथी, म झन् अठ्याइ रहेथें। मेरो मनको भकानो फुटेरो आँखामा तैरिन थालेको थ्यो। कसैले आएर मलाइ पछाडीबाट बोल्यायो।

"मिन्जो! सामान लि सक्यो भने घर हिंड"। मेरो अगाडी मेरो बुबा उभिरहनु भएको थ्यो। रितु बाइ भन्दै सासा सङ बाहिर निस्की। शायद बाहिर उसलाइ अरेस्ट गर्नेछन्। म बुबासङ हतार हतार बाहिर निस्कें। सासा र रितु एउटै ट्याक्सी चढेर गए। मलाइ राहत भयो। एयरपोर्टमा न च आएको थ्यो न त अन्य सैनिकहरु। मलाइ अचम्म लाग्यो। कहिले नआउने बुबा मलाइ लिन आउनु भएको थ्यो।
बुबाले ट्याक्सी लिएर आँउदा म रितु गएको बाटो हेर्दैंथें।

"के भयो बुबा?" मैले ट्याक्सीमा बसे पछि सोधें।

"अहिले चुप लाग। घरमा कुरा गरौंला। भगवानले सबै राम्रो गर्नु हुन्छ।" बुबाको कुराले मलाइ झन छक्क बनायो। बाटोभरि म अनेक तर्कना गर्न लागें। घर पुग्नासाथ आमा मलाइ अङालेर रुन थाल्नु भयो। म झन् आस्चर्यचकित भएं। एकछिन पछि बुबाले भन्नु भयो।

"हिजो राति जर्नेल "तान से" को पार्टीले "कू" गर्‍यो। पहिलेको जर्नेललाइ भ्रस्टाचार र अरु अभियोगमा आजिवन कारबासको सजाँए तोकेको छ। तेरो बिभागमा काम गरिरहेका सबै कर्मचारीहरु जेल परे। त्यसमा च र कर्नेल आङ्जो पनि परे। तेरो भाग्य बलियो रैछ। तँ बर्खास्त मात्र भाको छस्।" मेरो दिमागमा चलिरहेको "अपरेसन ००३" को फिलिम अकस्मात बन्द भयो। म कहिं गइन। पुर्ब जर्नेलको मन पर्नेको सुचीमा मेरो नाम पनि थ्यो, त्यसै कारण म अरु ७० सैनिक अफिसरहरु सङ   बर्खास्त
भयें। राज्यले मलाइ रोजगारीको लागि अयोग्य ठहराँउदै ५ बर्सको लागि बिदेश भ्रमण पनि रोकिद्यो। पासपोर्ट जफत गर्‍यो। भाग्यले गर्दा जेलमा परिन। च लाइ भेट्न जान पनि सकिन, उसको बिबाहको कुरा सम्झेर टिठ लाग्यो। मेरो जिबनको १५ बर्स अनायासै माटो सरी बिलायो। मेरो न भुत थियो, न त बर्तमान। भबिस्य त मेरो कल्पना भन्दा परको कुरा भैसकेको थ्यो। "मेजर" शब्दले मलाइ आफैसङ घ्रीना लाग्थ्यो। भर्खरै चढ्न लागेको प्रेमको रङ मेरो जीबनको यथार्थले फीका भैसकेको थ्यो। "कू" को कारण पुराना फाइलहरुसङै "अपरेसन ००३" को रेकर्ड पनि हराएको थ्यो। मैले आफुले तयार पारेको प्रतिबेदन पनि जलाइ दिएं। न म रुन सक्थें न चिच्याउन नै। म आफ्नै देशमा "अनागरिक" भएको थें। म सङ केहि थिएन। म खाने र सुत्ने बाहेक केहि सोच्न सक्दिनथे। "डिप्रेसन" भएको थ्यो। मैले २ हप्ता कसै सङ सम्पर्क गरिन। मेरो मोबाइल अफ नैं रह्यो। फिल्डबाट फर्केको १६ दिनमा घरको टेलिफोनमा सासाले कल गरेकी थी। "सासा" भने पछि "रितु"को सम्झना आयो, तेहि आशाले मैले फोन उठाँए। उसलाइ पनि म सङ कुरा शुरु गर्न गार्हो भाको महसुस गरें मैले। उसले केहि सोधिन। खाली फिल्डको कुराहरु सम्झाइ रही। मैले आफै सोधें।

"रितु को के छ हालखबर?"

"उ त एक हप्ता अघि अकस्मात हेडक्वार्टरमा ट्रान्सफर भइसकी, बैंककमा छे। अस्ति इ-मेलमा मिन्जोलाइ सम्झेको छ भन्दिनु भन्थी।" सासाको लागि रितु बैंकक फर्किनु बिल्कुलै सामान्य कुरा थ्यो। मेरो लागि मरिसकेको आशा फेरि ब्युँतिएर हराउन लागेको थ्यो। केहि बेरपछि सासाले फोन राखि दी। रितु नै नभएपछि अरु के रह्यो र कुरा गर्ने बिशय। एक रातमा मेरो जिबनको पासा नराम्ररी पल्टी सकेको थ्यो। मलाइ के नै चाहिन्थ्यो र अहिले? खाली रितुको सम्झना बाहेक। के उसले पनि कहिले काहिँ मलाइ सम्झिन्छे होली?

समाप्त।

( यहाँहरुले दिनु भएको माया, सदभाव र प्रोत्साहनको लागि धेरै धेरै धन्यबाद ! यस कथाका बिषयबस्तु, पात्र, घटना र लेखिका स्वंय काल्पनिक भएको कुरा अबगत गराँउछु।)

 

 

Last edited: 15-Jul-08 11:22 AM

crazy_love
· Snapshot
Like · Liked by · 0

Miss_Sis,

No problem!

हे महादानी हरु हो! (पछाडीबाट त्यसको ठ्याक्कै उल्टो), मलाइ खुरुक्क त्यो सबै चस्माहरु यो ठेगानामा पठाउनु होला।

क्रेजी लव
प्रेमनगर,
लब इन नेपाल
जिप कोड- लव लव लव शुन्य।

हेमु जी, तपाइको फिलिम कहिले शुरु हुन्छ? म त अहिले लेख्न थाले स्क्रिप्ट।

thanks!

dipika02
· Snapshot
Like · Liked by · 0

बिचरा मिन्जो। कस्तो माया लाग्यो मलाई त एन्डिङ एकदम राम्रो लाग्यो यार।

"यस कथाका बिषयबस्तु, पात्र, घटना र लेखिका स्वंय काल्पनिक भएको कुरा अबगत गराँउछु"--  लास्ट्मा भएपनी हसाएरै छोडेकी 


क्रेज धेरै राम्रो लेखाइ। जती पढ्यो उती पढ्न मन लाग्ने हुन्छन तिम्रा कथाहरु। बरु अरु कुराहरु गर्न छुट्छन तर तिम्रा कथाहरु पढ्न चाँही छुट्दैनन। 


अब अर्को लेख्न सुरु गरिहाल है पिलिस।

dipika02
· Snapshot
Like · Liked by · 0

"miss sis, yo sabai malai dipu le sikaki hai"

वोइ क्रेज खुरुखुरु आफु भन्ने मिस दिदी लोभि भनेर अनि मलाई दोश लगाकी

कस्ती डर्लाग्दी यो क्रेज धन्न मिस दिदिले देख्नु भएनछ। चस्मा किन्न जानु भएको बेलामा परेछ।

Stat
· Snapshot
Like · Liked by · 0
ke ho chasmako bazar chha ta,chasma nabhai padhna sakinna ki kyaa ho? aafulai milni 'power wala' chasma ta dekhinna ta, pahila chasma khojna paryo ani padhnu parla
Stat
· Snapshot
Like · Liked by · 0

कस्तो बियोगान्त कथा रैछ
धेरै प्रश्न अनुत्तरित नै रहे नि त

रितु बास्तबमा "खतरनाक" थीइ कि थीइन?
'रितु' नेपाली नै हो कि के हो?

रितु को मनमा मिन्जो प्रती माया थियो कि थिएन?

सबै प्रश्न को उत्तर रितु कै तर्फबाट आउने आशामा !!!

अनी CL को ठेगाना त डरलाग्दो रहेछ नि, चस्मा मात्र हैन अरु पनि आऊला नि होस् गर्नु

यो कथा त 'क्रेजी' नै भएर पढिएछ लौ, कमेन्ट मात्रै १९ पुगेछ।
अरु कथा पनि छिट्टै पढ्न पाइयोस !!!

crazy_love
· Snapshot
Like · Liked by · 0

दिपु,

हेर न आज तिमी नदेखेर कस्तो खल्लो लागि राको थ्यो। तिमी आयौ, खुशी लाग्यो।

अब चाहि तिम्रो पालो। म अब तिम्रो कथा पढ्ने, कति भयो नपढेको।

"Stat",

यी सबै प्रश्नहरु अनुतरित नै छन् जस्तो लाग्छ मलाइ पनि।

तपाइको बिचारमा रितु कस्ति लाग्यो? रहस्यमय कि न रहस्यमय?

ritu नेपाली की थाइ?

मिन्जो प्रति माया गरेको जस्तो देखियो कि देखिएन?

रितुले पास भनेकीले तपाइलाइ नै सबै प्रश्नहरु आयो र मिलाउनु भएमा माथि को सबै चस्मा हरु तपाइलाइ रे मिन्जो ले भनेको।

क्रेजीको कथा पढेर क्रेजी हुनु भएकोमा तपाइलाइ पनि बधाइ।

Last edited: 15-Jul-08 07:36 PM
deathisafteru
· Snapshot
Like · Liked by · 0

crazy!!!! Mero forecast kasto lagyo. Tyo ritthe lekhe maile,.. dimag ma kaha bata ritthe ayo thaha chhaina khas lekhna khojeko Minjo thyo.

It was a nice piece. You rock!!

Death!!!

ritthe
· Snapshot
Like · Liked by · 0
कथाको अन्त्य पनि राम्रो लाग्यो क्रेजी ! एकदम उत्कृष्ट लेखाइ ! भबिस्यमा यो भन्दा अझ राम्रो कथा लिएर आउछौ भन्ने आशा छ ! धन्यवाद !
crazy_love
· Snapshot
Like · Liked by · 0

Death and ritthe,

Thanks a lot for your support!

Gudnite

ritthe
· Snapshot
Like · Liked by · 0

death,

dimag ma kaha bata aayo riTThe?

What and where did you write abt' me brother?

SurNaTal
· Snapshot
Like · Liked by · 0
कल्पनासिलताकी धेरै धनी छौ तिमी। र तेस्मा मिसिएका सुन्दर अभिब्यक्तिहरुले कथालाई उच्चस्तरको बनाएको छ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 291
· Posts 1 · Viewed 85
· Posts 19 · Viewed 3197 · Likes 1
· Posts 1 · Viewed 100
· Posts 1 · Viewed 90
· Posts 1 · Viewed 129
· Posts 1 · Viewed 143
· Posts 4 · Viewed 1154
· Posts 1 · Viewed 264
· Posts 1 · Viewed 168



Your Banner Here
Travel Partners
Travel House Nepal