"उपहार" के दीऊ खाली हात आएको छू
"कोशेली" के दीऊ तपाईहरु कै माझ छू
मुटु भरी "माया" समेटी बाचेकै छू
अतितका "समझना" "अंजुली" मा कसेकै छू
"चौतारी" मा भएको "मीलन""गोरेटो" मा पुगेर छुट्टीनु पर्छ
जती सुकै "शीखर" चढाऊ झर्नु त तलै पर्छ
यो" जींदगानी" दुई दिनको "घाम छाया" न हो
याहा आफ्नो "भाग्यरेखा" आफैले कोर्नु पर्छ
"भाउजू" "बुहारी" को "साइनो" गास्न "खानदान" हेरीन्छ
"छोरी" "बुहारी" को "इज्जत" मा "नातेदार" को "दाग" लाग्दा
"आमा" को "चीत्कार" गुन्जन्छ
"बीश्वाश" कस्लाई गर्ने खोई ?
"आफ़न्त" बाट नै हुन्छ भने घात
"भारोशा" नै रहेन अब "आफ्नो मान्छे" ले नै छोड्छ भने साथ
तिमी हास "ईष्ट मित्र" पनी साथ हुनेछन
"दुई थोपा आंशु" आफ्नै लागी साच
"पराई घर" को लागी होइन अब "आफ्नोपन" मा बाच
मान्छेको "मन" कीन "पापी" हुन्छ ?
"अनाथ" "अबला" को "उपकार" होइन
"षडयंत्र" को जाल बुन्छ
"चोखो माया" माया "मन मंदीर" मा सजाउनेलाइ
"सुन चांदी" को भाऊमा तौलने गर्छ
"धन सम्पती" को आडंबर मा
"पिन्जडा" भीत्र कैद गरी दिन्छ
"भाइ"चारा को त कुरै नगरौ
"ठुल्दाई" पनी "लाहुरे" बन्यो रे
थुप्रै थुप्रै "नेपाली बाबु" हरु
करोडपती" बन्ने "सपना" बोकेर "परदेशी" भयो रे
"हीरो हुने "चाहाना" "मी.राम कृष्णे" को
"ट्रक ड्राइभर" भयो रे
"नायक" हुने "रहर" "बासुदेब" को पनी
"पाकेटमार" भयो रे
"सुप्पर स्टार" बन्न तम्सीयेका "जंगे"
"आर्मी" मा भर्ती भयो रे
"जून तारा" को "माया को जाल" मा परेर
"राजकुमार" ले पनी "लगन गांठो" बाध्यो रे
"माइली" को "ढुक्ढुकि" बन्ने "अर्जुन"
आफ्नै "सोल्टीनी" लाई "बेहुली" बनायो रे
"बर पीपल" लाइ साक्छी राखी
"प्रेयसी" संग
"युग देखी युग" सम्म नछुटिने "कसम"
खाने "बेईमानी" ले पनी
"सान्नानी" लाइ "जीवन साथी" रोज्यो रे
सायद "यस्तै हुन्छ पीरती"
कोई "नौ डांडा" पारीको छितीज नियाल्दै
छाती भरी "चोट" बोकेर बाचीरहेछन
कोई "मायालु" को "आघात" मा
नक्कली "मुस्कान" ओठ भरी
सजाएर हासीरहेछन
"कांछी" को "सोह्र बरषे जोवन" देखेर
"अल्लारे" "आबरा" हरु
"नाम के हो" ?
भनी पछि पर्दैछन
फेरी यो "कस्तो समझौता" ?
सोजा र सीधा "गाउले" हरु
"अन्याय" लाई "साथी" बनाई रहेछन
"गरीब" "माइती" ले "दाइजो" दीननसक्दा
कैयौ "चेलीबेटी" हरु
"ममता" को शीतल "छहारी" बाट बंचीत हुदै
"आगो" मा जलीरहेछन
"सीता" " आदर्शनारी" हुन रे
तर "अग्नी परीक्छा" दिदै
"धरती" मै बिलीन भैन
"मेरी आमा" ले भन्नु हुन्थ्यो
"जीवन संघर्ष" हो
"चुनौती" को सामना गर्नु पर्छ
"रणभूमी" छोडेर होइन
ज्यानको बाजी लगाएर
"कर्णबीर" "गोरखाली" ले
"जन्मभूमी" को "सूरछा" मा जुत्नु पर्छ
"माया प्रीती" को फूल रोपेर
"पृथिबी" लाई नै "स्वर्ग बनाउनु पर्छ !
तर अफ्सोच देश अहिले साचै नै
"धर्म संकट" मा परेको छ
अब "बीर गणेशमान" होइन
"मजदुर" "भरिया" हरु ले
"आन्दोलन" रोक्नु पर्छ
"जीत" सत्य कै हुन्छ भने
देशमा "शांती दीप" जल्नु पर्छ
कीन की "नेपाल प्यारो छ"
सूनी देऊ "पुकार" "माहादेबी"
गर्दछौ तिम्रै "आराधना"
"रक्छा" गर सबैको तिमीले पनी
माता "मनकामना"
संपूर्ण नेपाली को सुख समृध्दी र दीर्घायुको
हार्दिक हार्दिक "शुभकामना" !
"मलाई माफ़" गर " ए मेरो हजूर" हो
भूल भएमा
आज यहाँ भोली खोई कहा ?
"फेरी भेटौला" अर्को साल !!!
थुप्रै थुप्रै नेपाली चलचित्र का नामाकरण लाई एउतै धागों मा उन्ने,बुनने जमर्को गरेको छू
काहा सम्म सफल भये त्यों त थाहा छैन भाबरूपी तरंग हरु लाई शब्द शब्द मा आबध्द गरेर एउटा खाका तैयार गरेको छू भूल चुक भएमा सच्याउनु होला !