बिर्सन नसक्ने क्षण - Sajha Mobile
SAJHA MOBILE
बिर्सन नसक्ने क्षण
Posts 28 · Viewed 14534 · Go to Last Post
cheli
· Snapshot
Like · Likedby · 0

बिर्सन नसक्ने क्षण

साझामा दिपीकाका पूजा र सारिका जस्ता साथीहरुको बयान सुने पछि, मेरो मानसपटलमा एउटा पुरानो क्षण फेरि जिवन्त बनेर आएको छ! साथीले त सुखमा दु:खमा साथ दिन्छन्, म उसलाई साथी भन्न कहाँ सक्छु र ! उ त बस् मेरो जीवनमा केही समयको लागी आई, क्लासमेट बनेर, अनि कहिले बिर्सन नसकिने, त्यो बेला मा असाध्यै चित्त दुखेको अनि अहिले सम्झँदा पनि कस्तो कस्तो लाग्ने घटना दिएर गई ।

 

कुरो आज भन्दा करिब, १४ वर्ष अघिको हो जस्तो लाग्छ अहिले हिसाब गर्दा, त्यतिबेला म तीन क्लासमा नयाँ स्कुलमा भर्ना भएकी थिएँ । म सँगै एउटै बेन्चमा बस्थी ऊ, निशी, लाउरेकी छोरी भएकीले होला, मेरो बाबाले ब्रुनाईबाट पठाइदेको भनेर कहिले नयाँ ज्योमेट्री बक्स देखाउँथी, कहिले लामो, घुम्रेको पेन्सिल । म चुप लागेर “ए..” भन्दै हाँसिदिन्थें । मसँग देखाउने कुरा केही हुँदैनथ्यो, स्कुल, कलेजमा पढाउने मेरा बाबा-आमाले त्यस्ता कुरा ल्याउनुहोस् पनि कसरी, त्यो मलाई राम्रो थाह थियो !! “ आज त निशीले क्या राम्रो पेन्सिल देखाकी नि,”  स्कुलका अरु कुरा सुनाउँदा निशीका कुरा पानि सुनाउँथें म बा-आमालाई । “ तिम्रा बा परे लाहुरे हुने भो नि यस्ता सामान, मेरा बा ता चाउरे हुन्” भनिनस् त? बाले हाँस्दै भन्नुहुन्थ्यो । हामी सबै जना हाँस्थ्यौं अनि आमाले मेरो कपाल मुसार्दै भन्नुहुन्थ्यो “ यो घर बाघ, वन बिरोलोले के भन्न सक्थी “ । बाहिर बाहिर हलुका सँग लिए पनि, भित्र भित्रै भने, निशीलाई नि कहिल्यै केही देखाउन पाए हुन्थ्यो भन्ने ईच्छा पक्कै थियो मेरो मनको कुनै कुनामा ।

 

नयाँ स्कुल जान थालेको २ हाप्ता जस्तो पछि नै होला, मेरी सानीमा काठमाडौं आएर फर्किने दिन थियो, उहाँले म स्कुल जाने बेलामा “ ला! चकलेट किनेर खा “ भनेर १० रुपिंयाको नोट दिनुभयो । मैले त्यो नोट सम्हालेर राखें ।  स्कुल पुगेपछि, निशीले आफ्नो ब्यागबाट ठूलो डेरिमिल्क चकलेट निकालेर देखाउँदै भनी –“ हेर म सँग कत्रो क्याडबरी छ बाबै, लोभ गर्ने होइन है, दिन्न म त !” त्यो दिन त मेरो फुर्ती पनि कमको थिएन “मसँग नि दश रुपियाँ छ, किनेर खाइहाल्छु नि खान मनलागे” मैले भनें । “अँ होला, खै देखाउ त” मलाई नपत्याउँदै भनी उसले । मैले पनि ब्यागबाट दश रुपिंया निकालेर देखाइदिएं । उसले छक्क परेर हेरी । अनि ओठ लोपार्दै भनी –“ यस्तो जाबो १० रुप्यामा नि आउँछ होला नि क्याडबरी” ।

हाम्रो स्कुलमा आफ्नो क्लासरुम आफैं सफा गर्नु पर्थ्यो, एकदिन मा १० जनाको पालो हुन्थ्यो । त्यो दिन हाम्रै पालो थियो । सकिन लागेको थियो काम, निशी कराउन थाली “ मेरो ब्यागको  १० रुपिंया छैन, कसले चोर्यो, म सबको ब्याग चेक गर्छु । “ उसले पहिले अरुको ब्याग चेक गरी अनि म सम्म आई । अहिले सम्झँदा लाग्छ, निशी उमेर भन्दा धेरै बाठी थिई । “ओ हो यहां छ मेरो दश रुप्या, येल्ले पो चोरेकी रैछ “ त्यस दिन भन्दा अगाडि अनि त्यसपछि पनि कहिले कसैले नलाएको आरोप लगाई निशीले मलाई । “त्यो त मेरै हो नी “ आँखा भरि आँशु पार्दै भनें मैले । “ अँ हो, मेरो रुप्या मा नि यस्तै दाग थियो, यही हो मेरो रुप्या म चिन्दिन र” उसले भनी । “तिमी कस्तो नराम्रो मान्छे रैछौ, पख म यो सब कुरा म्यामलाई भन्दिन्छु..” रुँदै अनि स्टाफ रुम तिर जाँदै भनें मैले । अरु सबै साथीहरु मूक दर्शक बनेर हेर्दै थिए, भनुन् पनि के, उनिहरुले मलाई राम्रो सँग चिनेका पनि त थिएनन् ! म स्टाफ रुम तिर गएको देखे पछि निशीले मलाई रोक्दै भनी – “ ल भैहाल्यो, यो अहिले तिमी नै राख, मलाई भोली ५ रुप्या ल्याइदेउ, आधा आधा गरौं । “ “दिन्न म ५ रुपिया पनि, किन दिनु, यो मेरो आन्टीले मलाई देको पैसा हो, आज नभए पनि भोलि त म म्यामलाई भन्दिन्छु, भन्दिन्छु “ उ डराएकी देखेर अलि दह्री हुँदै भनें मैले पनि । निशी मलाई आँखा तर्दै आफ्नो होस्टेल तिर गई ।

त्यसदिन मेरो मनमा ठूलो चोट लागेको थियो ! आफूले कहिले सोच्न पनि नसकेको आरोप लगाएकी थिइ उसले मलाई । त्यही सम्झँदै, रुँदै रुँदै घर गएँ म । “ त्यस्ले मलाई चोर भनी, म त्यो स्कुल मैं पढ्दिन के, म पुरानै स्कुल जान्छु नि न प्लीज, म त्यो स्कुल जान्न” बा-आमालाई दु:ख दिंदै रुन थालें म । “यस्ता साना तिना कुराले स्कुल नै जान्न भनेर कहाँ चल्छ भन् त ! यस्ता कुरालाई सहन, सामना गर्न पो जान्नु पर्छ, जिन्दगीमा अझै कति स्कुल कलेज जानु छ, कति मान्छेसँग भेट्नु छ, सबै राम्रा मान्छे कहाँ भेटिन्छन् त!” आमाले सम्झाउँदै भन्नुभाको थियो मलाई । “भोली पनि केहि भनी भनें, पर्सी तेरो क्लास टीचरलाई भेटेर कुरा गर्छु म, केही हुन्न नडरा, गल्ती नगरे पछि डराउनु पनि पर्दैन” बा ले ढाडस दिनु भो ।

 

भोलीपल्ट बिहान क्लास टिचर आउने बित्तिकै निशीले जुरुक्क उठेर भनी – “म्याम, चेली मसँग एकदम झगडा गर्छ, हाम्रो सिट चेन्ज गरिदिनु न! “ मैले छक्क परेर हेरें । “हो  चेली! तिमीले यो सँग झगडा गर्यौ?” म्यामले सोध्नुभो । म आफ्नो सीटबाट उठें तर केही बोलिन, त्यसबेला निशीको पोल सुनाउने हिम्मत मलाई किन आएन मलाई थाह छैन । कसैले म बोलेको त राम्रोसँग सुनेका थिएनन् होला, झगडा गर्ने त प्रश्नै उठ्दैन, शायद यही कुरो बुझेर म्यामले भन्नुभो – “ यो निशीपनि कसै सँग मिल्न सक्दिन भन्या, ल आज  देखि पुनम र निशी बस्ने, चेली तिमी कामनासँग बस है!”

त्यसदिन देखि न निशी म सँग बोली, न म नै गएँ उसँग बोल्न । चार क्लास पछि त उसले हाम्रो स्कुल पनि छोडी । उ अहिले कहाँ, के गर्दै होली, मलाई केही थाह छैन, तर कामना र म आज पनि एकअर्काको निकै राम्रा साथी हौं ।

 

Load Previous
serial
· Snapshot
Like · Liked by · 0
ल चेली राम्रो छ यो, मलाई त यो पो याद आयो

सानै देखी छुच्चो हुन्छ दुस्त मानिषको मती
घोच्ने ती जङली काँडा पहिले नै तीखा कती
cheli
· Snapshot
Like · Liked by · 0

खै साथी भन्ने की नभन्ने दिपीका तेल्लाई तर मेरा अरु साथीहरु  त सबै राम्रा छन् !!! Genuinely, I m always proud of all my friends. :-)

लहरे, सानामा ता छुच्ची नै हो त्यो, अहिले चै थाह छैन !!! दुस्त भनेको के हो तआााााााा?  

sujaata
· Snapshot
Like · Liked by · 0
Ye Cheli, Tyo Nishi mai ta ho ni. La bhare malai phone gara ra mero 5 rupaiya pani mail garera pathaideu.
cheli
· Snapshot
Like · Liked by · 0

Sujaata, timinai po hau nishi ? ahile kasti bhayau ta?

Nepal bata aauda luako 5 rupya chha ma sanga, timi mero ghar aau ani laga hai ta.

SurNaTal
· Snapshot
Like · Liked by · 0


जीवनले दसकौं पार गरिसकेको छ।
अहिनाले आफ्नो वास्तविकता उज्यालिदी रहन्छ
गालामा उमेरका धर्साहरु डोबिदैछन
कपालका रंगहरु बदलीदैछन
झ्यालको पर्दा हटाउछु
तल चौरमा सानो छोरो र उस्को राते कुकुर यता उता दौडिरहेछन।

तर पनी कता कता लागि रहन्छ कि तिनी सिंगान पुछेर फ्रकमा दल्दै चौरमा लडिबुढी खेल्ने मेरी बाल सखी,
जस्लाई मैले २५ बर्ष देखी देखेको छैन, आज पनी उस्तै होलिन, चिम्रा अंखा र पुक्चो गाला लिएर दाँया
हातमा किताबहरु च्याप्दै देउराली इस्कुल तर्फ दौडिरहेकी। 

तर पनी कता कता लागि रहन्छ कि त्यो पछाडि प्वाल परेको मैलो कट्टु एक हातले पक्डदै अर्को हातले
डन्दी बियो हुत्याउने मेरो बाल सखी, जस्लाई मैले २५ बर्ष देखी देखेको छैन, आज पनी उस्तै होला,
फुर्स्रो निधार र फुटेको कुर्कुच्चा लिएर दुवाली छेक्न मसाने दह तिर दौडिरहेको।

किन म पत्याउन सक्दिन कि उनिहरु पनी म जस्तै चाउरिन थाले हुन। किन म कल्पना गर्न सक्दिन कि उनिहरु पनी म जस्तै ठुलो गोलाई भएको पावर चस्मा लगाएर जीवनका बिगत हरु नियालिरहदा हुन। 

.................
य दोलत भि लेलो
य सोहरत भि लेलो
भले छिनलो
मुझ्से मेरी जवानी

मगर मुझ्को लोटादो
बचपनका सावन
ओ कागजकी कस्तो
ओ वारीसका पानी
............

चेली, तिमी त भर्खर १७ किलास पुगिछौ त बा।

serial
· Snapshot
Like · Liked by · 0
दुष्ट हुनेपर्ने दुस्त भएर नबुझेको हो।
सरी है भाषा आफ्नो परीएन के गर्ने बोल्ने एउटा लेख्ने एउटा हुँदा एस्तो हुने रैछ. 
cheli
· Snapshot
Like · Liked by · 0

वाह सुन्तलेज्यू दामी गयो!!!

लहरे। किन तेस्तो भनेको? नेपाली तिम्रो भाषा होइन र ? "आफ्नो परीएन के गर्ने " नेपालीले नै नेपाली भाषालाई आफ्नु होइन भन्ने !!!

Nepal ko chora
· Snapshot
Like · Liked by · 0
चेली बहिनी, आफु ले विश्वाश गरेर साथी भनेको मान्छे ले त्यसरी मन मा चोट लाग्ने काम गरे पछी मन त अवस्य कुडिन्छ। कथा राम्रो छ, अरु पनि लेख्दै गर।     
saru_bhakta
· Snapshot
Like · Liked by · 0
Wah cheli kya lekhichhau ni ........saarai dikka laagya thiyo timro lekh padhna paiyo malai ta Maagnelai taato bhaat bhanya jastai bho
_SAAJAN_
· Snapshot
Like · Liked by · 0

cheli,

you just reminded me my school life, I too have been a victim of some idiot's scams. But I used to reply with tick for tacks.

well written, good job

pjna007
· Snapshot
Like · Liked by · 0
kasti badmasni rahiche, cheli timile kina tyattikai chodeyko   
fucheketo
· Snapshot
Like · Liked by · 0

सँधै जस्तै well written ,आफुलाई परेको पनि कलम सरर बगेर कति राम्रो लेखीएको ,

मसँग देखाउने कुरा केही हुँदैनथ्यो, स्कुल, कलेजमा पढाउने मेरा बाबा-आमाले त्यस्ता कुरा ल्याउनुहोस् पनि कसरी? u reminded me my mom n dad!

keep rocking!

at_its_best
· Snapshot
Like · Liked by · 0
well crafted  and well toned. "बाहिर बाहिर हलुका सँग लिए पनि, भित्र भित्रै भने, निशीलाई नि कहिल्यै केही देखाउन पाए हुन्थ्यो भन्ने ईच्छा पक्कै थियो मेरो मनको कुनै कुनामा । " साचै चेली को कथाले स्कुल लाईफ को याद आयो। कस्तो राम्रो लेखेको भन्या
cheli
· Snapshot
Like · Liked by · 0

नेप्चे दा, हजुरको त अचेल दर्शन पाउन मुस्किल भो नि!! बिजी हो? राम्रो मानेर पढिदिनुभएको मा धेरै धेरै धन्यवाद!!!

Saru_bhakta ji, Thanks.

_SAAJAN_ ji,  I feel bad to hear that u too had been victim of such cases. I was a kind of timid girl, so could not reply with tit for tat. 

pjna,  hera na tyo moti thi, ma dubli patali, garna nai k sakthe ra ??? . U pari laure ki chhori, ma chhaure ki .....

fucheketo jyu, आफूलाई परेको लेख्न झनै मजा आउँदोरैछ, केही सोच्नै नपर्ने नि खासै !!!

at_its_best ji, Thanks hai.

 

 

 

 

सान्नानी
· Snapshot
Like · Liked by · 0
पहिलो कुरा चाँही चेलीको स्कुल सँग मेरो पनि पुरानो नाता छ जस्तो लाग्यो, हो कि हैन khai?

अनी दोस्रो कुरा चाही मलाई पनि यस्तै यस्तै कुरा परेको छ चेली २-४ पटक। तेती बेला आफु निमुखा भएकोमा अहिले सम्झिदा कहाली लाग्ला जस्तो हुन्छ। मलाई त टोल्का कुनै कुनै दिदिहरुले नि त्यस्तै गरेका छन अहिले सम्म पनि ति घटनाहरु तिर झै मानसपटलमा गाडीएका छन।

Anyway, your have written it nicely cheli.
cheli
· Snapshot
Like · Liked by · 0

सान्नानीको स्कुल कुन हो र? खुसुक्क भन्न मिल्छ ?

साँच्चै, यस्ता कुरा सबैलाई पर्दा रैछन् है, म त मलाई मात्र भन्ने सोच्थें ।

Thanks for reading and please let me know about your school hai, के था, एउटै स्कुलका चेलीहरु पो  हौं कि हामी !!!  

enthusiast
· Snapshot
Like · Liked by · 0
These sorts of activities are known as school bullying. Many children become victim of these activities. So, I think they should be taught in school about how to tackle these conditions.

Good writing Cheli. Keep it up.
cheli
· Snapshot
Like · Liked by · 0

Thanks a lot enthusiast. I do think that, the children should be made bold and brave enough to handle those situations and such kinds of people.

I think many organizations are conducting awareness campains against such kind of activities called "School Bullying" these days.

 

दशैँ तिहार
· Snapshot
Like · Liked by · 0

चेलि,

 प्रस्तुती दामी छ।

अनि त्यो बिर्सन नसकिने छेयडको दश रुपैयाको चकलेट नै खाइयो कि खुत्रुकेमा पो हालीयो कि, संझिरा भे यसो के भएछ बताए नि राम्रै हुन्थ्यो क्यारे।

cheli
· Snapshot
Like · Liked by · 0

दशैं तिहारज्यू,

त्यो कुरामा त मैले विचार नै गर्या थिइन भन्या, त्यो बेलामा खोई के गरें पनि थाह छैन!!! चकलेट नैं खाएँ होला शायद!!  .....

 

पढिदिनुभएकोमा धन्यवाद!!!

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 286
· Posts 1 · Viewed 85
· Posts 19 · Viewed 3196 · Likes 1
· Posts 1 · Viewed 100
· Posts 1 · Viewed 90
· Posts 1 · Viewed 129
· Posts 1 · Viewed 143
· Posts 4 · Viewed 1152
· Posts 1 · Viewed 264
· Posts 1 · Viewed 168



Your Banner Here
Travel Partners
Travel House Nepal