एक दुइ दिनमै नारायणहिटी छाड्ने - Sajha Mobile
SAJHA MOBILE
एक दुइ दिनमै नारायणहिटी छाड्ने
Posts 3 · Viewed 2952 · Go to Last Post
pagarekancha40
· Snapshot
Like · Likedby · 0

एक दुइ दिनमै नारायणहिटी छाड्ने

काठमाडौं, (नेस) नेपाल सरकारको निर्देशनअनुसार पूवराजा ज्ञानेन्द्र शाह स-सम्मान दरबार छाड्ने तयारी गरिरहेका छन्।

ज्ञानेन्द्र, पूवरानी कोमल र रत्न कहाँ बस्न जाने भन्ने विषयमा हालसम्म टुंगो नलागे पनि नारायणहिटी दरबारमा रहेको राजाका घरायसी र निजी केही सम्पत्ति बिहीबार राति र शुक्रबार दिउँसो निर्मलनिवासमा सारिएको स्रोतले बतायो। दरबार छाड्ने विषयमा सरकारी प्रतिनिधि र दरबारका पूवकर्मचारीबीच शुक्रबार दिनभर बैठक भएको थियो।

पूवराजा ज्ञानेन्द्रको निजी सचिवालयमा भएको बैठकमा सरकारसँग समझदारी गरी दरबार छाड्ने विषयमा छलफल भएको स्रोतले बतायो। एक दुइ दिनभित्रै पूवराजाले दरबार छाड्ने सम्भावना छ’ स्रोतले दाबी गर्यो।

दरबारभित्र कार्यरत पूवराजा, रानी र मुमा रत्नका निजी कर्मचारीलाई बिदाइ दिन थालिएको छ। पर्वराजा कहाँ, कुन अवस्थामा बस्ने र उनको सुरक्षाको व्यवस्था कसरी गर्ने भन्ने विषयमा दरबारका उच्च कर्मचारीले शुक्रबार सरकारसँग भेट गरेको स्रोतले बतायो।

दरबारले अवकाशप्राप्त नौ जना कार्यालय प्रमुखलाई दरबारको आन्तरिक कार्य व्यवस्थापनका लागि खटाएको छ भने तीन कार्यालय प्रमुखलाई दरबार छाड्ने विषयमा व्यवस्था मिलाउने जिम्मेवारी दिएको छ।

unforgiventale
· Snapshot
Like · Liked by · 0
Are they gonna turn palace to Slaughter House?
premstha
· Snapshot
Like · Liked by · 0

जुत्ता लगाउन नसक्नेले कसरी देश चलाऊछ?

 
२९ साउन २०६२ः तत्कालीन राजा ज्ञानेन्द्र धरानको दन्तकाली मन्दिरमा कालो बोकाको बलि दिएर निस्कँदै गर्दा कर्णेल टीका धमलाले जुत्ता लगाइदिँदै 

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 10 · Viewed 2053 · Likes 3
· Posts 4 · Viewed 705 · Likes 1
· Posts 1 · Viewed 184
· Posts 1 · Viewed 236
· Posts 1 · Viewed 194
· Posts 1 · Viewed 351
· Posts 1 · Viewed 333
· Posts 1 · Viewed 345
· Posts 6 · Viewed 1599 · Likes 4
· Posts 7 · Viewed 1244



Travel Partners
Travel House Nepal