गगन थापा पनि सिहदरबार छिर्ने ! - Sajha Mobile
SAJHA MOBILE
गगन थापा पनि सिहदरबार छिर्ने !
Posts 13 · Viewed 4149 · Go to Last Post
samaeBajii
· Snapshot
Like · Likedby · 0
दलहरूले समानुपातिक प्रणालीतर्फ तीन सय ३५ जना संविधानसभा सभासद्हरू छानेका छन् । निर्वाचन आयोगमा शुक्रबार बुझाइएको सूचीमा अधिकांश नयाँ अनुहार समावेश छन् ।

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई कांग्रेसले समानुपातिक सूचीको पहिलो नम्बरमा राखेको छ । एमालेका कार्यवाहक महासचिव अमृत बोहरा भने संविधानसभाबाहिरै रहने भएका छन् ।

एमालेको सूचीमा बोहरा र स्थायी समिति सदस्य सहाना प्रधानको नाम छैन । माओवादीका वरिष्ठ नेता मोहन वैद्य 'किरण' समानुपातिकबाट सभासद् छानिएका छन् । समानुपातिक प्रणालीले संविधानसभामा महिला, जनजाति, मधेसी र अल्पसंख्यक समुदायको उल्लेख्य प्रतिनिधित्व सुनिश्चित गरेको छ । समानुपातिकका तीन सय ३५ सभासद्मध्ये पचास प्रतिशत महिला हुनेछन् । निर्वाचन आयोगको प्रावधानअनुसार समानुपातिक प्रणालीमा ५० प्रतिशत महिला, ३१ प्रतिशत मधेसी र १३ प्रतिशत दलितको प्रतिनिधित्व गराउनुपर्छ ।

संविधानसभामा सबैभन्दा ठूलो दल बनेको माओवादीले समानुपातिकमा जितेका एक सय सिटमा सबैजसो नयाँ अनुहार पठाएको छ । माओवादीका पाँचजना केन्द्रीय सदस्यले समानुपातिकबाट संविधानसभामा प्रतिनिधित्व गर्नेछन् । यसैगरी ईश्वरीप्रसाद दाहाल 'असारे काका', क्याप्टेन पूर्णबहादुर रानामगरलगायत चारजना सल्लाहकार पनि माओवादीबाट सभासद् बन्दैछन् ।

माओवादीका समानुपातिक सभासद्मा जनमुक्ति सेनाका सैन्य प्रशिक्षक क्याप्टेन पूर्णबहादुर रानामगर र अर्का सैन्यविद् इन्द्रजित राई छन् । माओवादीका केही अन्तरिम विधायकहरू दोहोरिएका छन् । सूचीमा रहेका उमा भुजेल, अमृता थापामगर, कमला रोकामगर, खिमलाल देवकोटा, मंगल विक, सावित्री गुरुङ दुरा, दीनानाथ शर्मा, पदमलाल विश्वकर्मा, सत्या पहाडी अन्तरिम विधायक हुन् ।
माओवादीले केही समयअघि पार्टी एकता गरेका केशवप्रसाद नेपाल र नन्दकुमार प्रसाईंलाई पनि सभासद् बनाएको छ । यसैगरी पूर्वअञ्चलाधीश सूर्यबहादुर सेन ओलीलाई पनि चुनेको छ । पत्रकारबाट कोमलप्रसाद बराल र विनोद पहाडी छन् । माओवादीले अल्पसंख्यक चेपाङ जातिकी माया चेपाङदेखि धार्मिक अल्पसंख्यकका रूपमा रहेको मुस्लिम समुदायकी हलिना खातुनसम्मलाई समानुपातिकमा स्थान दिएको छ ।
दोस्रो ठूलो दल नेपाली कांग्रेसले पठाएका ७३ जनामा नयाँ र पुराना मिश्रति अनुहार छन् । प्रधानमन्त्री कोइराला, प्रदीप गिरी, डा. मीनेन्द्र रिजाललगायत आधा दर्जनजति केन्द्रीय समितिका छन् । चर्चित युवा नेता गगन थापा पनि समानुपातिकतर्फबाट सभासद् बन्ने भएका छन् ।
कांग्रेसका थुप्रै पूर्वमन्त्री तथा पूर्वसांसद समानुपातिकमा परेका छन् । वर्तमान मन्त्रिमण्डलमा रहेका रमेश लेखक र डिना उपाध्यायको नाम कांग्रेसको सूचीमा छ । त्यस्तै, पूर्वमन्त्रीहरू बलदेव शर्मा मजगैंया, लक्ष्मणप्रसाद घिमिरे, तीर्थराम डंगोल, पूर्णबहादुर खड्का, इन्द्रबहादुर गुरुङ, डा. प्रकाशशरण महतलगायत छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा पनि सभासद् चुनिएकी छिन् ।

अर्को ठूलो दल एमालेले पनि धेरै नयाँ अनुहारलाई स्थान दिएको छ । स्थायी समितिका कोही पनि समानुपातिक सूचीमा छैनन् । एमालेबाट प्रखर युवा नेता एवं केन्द्रीय सदस्य शंकर पोखरेल, पूर्वमन्त्री मंगलसिद्धि मानन्धर, वर्तमान सरकारका मन्त्री छविलाल विश्वकर्मालगायतका नेताहरू परेका छन् । पूर्वसांसदहरू लालबाबु पण्डित, सुरेन्द्र पाण्डे, थममाया थापामगर, गौरा प्रसाईंलगायत पनि एमालेको सूचीमा छन् ।
समानुपातिक सभासद्मा पूर्वउपसभामुख रामपि्रत पासवान र जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पा एमालेबाट परेका छन् । महासंघका महासचिव रामबहादुर थापामगरलाई भने माओवादीले आफ्नो सूचीमा राखेको छ । प्रत्यक्ष र बन्दसूची कतै नपरेका एमाले स्थायी समितिका सदस्य मोदनाथ प्रश्रतिपुत्र डा. विजयकुमार पौडेल समानुपातिकमा छन् ।
महिलावादी नेत्री सपना मल्ल प्रधानलाई एमालेले सभासद् चुनेको छ । एमालेले अन्य दलले नसमेटेका अल्पसंख्यक प्रजा जातिका गोविन्दराम प्रजा, जिरेल जातिका शान्ति जिरेल र शान्तिदेवी चमारलाई पनि पठाएको छ । लेखक-कलाकारमा गोपाल ठाकुरले स्थान पाएका छन् ।
चौथो ठूलो दल बनेको मधेसी जनअधिकार फोरमले २२ जनालाई समानुपातिक सभासद् चुनेको छ जसमा एक मात्र पहाडी मूलको प्रतिनिधित्व छ । पूर्वगभर्नर डा. तिलक रावल एक मात्र मधेसी दलका पहाडी सभासद् हुन् ।

अर्को मधेसी दल तराई मधेस लोकतान्त्रिक पार्टीले ११ जना, नेपाल सद्भावना पार्टी (महतो) ले पाँचजना सभासद् पठाएको छ । प्रत्यक्षमा कुनै सिट नजितेको सद्भावना आनन्दीदेवीले प्रवक्ता सरिता गिरीलाई समानुपातिकबाट छानेको छ । राजानिकट दल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्दसहित आठजना समानुपातिकमा छानिएका छन् । त्यस्तै राप्रपा नेपालबाट चार जना सभासद् छनोट भएका छन् ।
अन्य साना दलका भने प्रायः पार्टीप्रमुख नै संविधानसभामा जाने भएका छन् । प्रत्यक्षमा सिट नजितेको नेकपा मालेले आठ समानुपातिक सिट जितेको छ । पार्टीका महासचिव सिपी मैनाली र उनकी पत्नी निलम केसी (सीता खड्का) समानुपातिकबाट चुनिएका छन् । यसैगरी प्रत्यक्षमा कुनै सिट नजितेको नेकपा संयुक्तले अध्यक्ष चन्द्रदेव जोशीसहित पाँचजना सभासद् छानेको छ । संयुक्तले छानेका नाममा महिला नाई रामशिला ठाकुर, बहिरा राघववीर जोशी र तेस्रोलिंगी सुनिलबाबु पन्त पनि छन् । राष्ट्रिय जनशक्ति पार्टीबाट सहअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीलगायत तीनजना छन् । नेकपा एकीकृतबाट परी थापालगायत दुईजना, राष्ट्रिय जनमोर्चाबाट तीनजना र जनमोर्चाबाट साहित्यकार विश्वभक्त दुलाल (आहुती) सहित पाँचजना चुनिएका छन् ।
एक-एक सिट जितेका साना पार्टीहरूबाट पार्टीप्रमुख स्वयंको नाम पठाइएको छ । चुरेभावरका अध्यक्ष केशवप्रसाद मैनाली, नेपाल परिवार दलका एकनाथ ढकाल र दलित जनजाति पार्टी विसेन्द्र पासवान छानिएका छन् ।

माओवादी
हलिना खातुन
कविता साह
शिवराम यादव
मातृका यादव
भरत शाह
इस्लाम हवारी
पद्दुु थारू
जगत यादव
अभिलाल झांगड
सिद्धार्थ सोमनी
सुनितादेवी यादव
ज्वाला शाह
प्रमिलादेवी यादव
बुधनीदेवी महतो
सुनिता सिंह
लीलादेवी मेहता
शान्तिदेवी राजवंशी
इन्द्रावती यादव
तारादेवी महतो
सुन्दरा चौधरी
सन्तोष चौधरी
शंखप्रसाद चौधरी
भीष्म धिमाल
सुकदैया चौधरी
लक्ष्मी चौधरी
जुब्बा सोरेन
चुनबहादुर थामी
दिलीप महर्जन
सत्यलाल मूल
खुसीराम पाखि्रन
वीरबहादुर तामाङ
लोकेन्द्र बिष्ट
पूर्णबहादुर राना
वीरेन्द्र ज्वारचन
रामबहादुर थापामगर
ज्ञानेन्द्र कुमाल
धु्रव आङदम्बे
इन्द्रजित राई
श्रेणेन्द्र आनन्द
तुलबहादुर माझी
सञ्चपाल मादेन
महालक्ष्मी श्रेष्ठ
सन्तुमाया तामाङ
कमला रोका
ओनसरी घर्तीमगर
अमृता थापा
तारा घर्ती
सावित्री दुरा
उमा भुजेल
इन्द्रावती दनुवार
आङदाबा शेर्पा
सुशीला कन्दङ्वा
विष्णु राई
लक्ष्मी गुरुङ
माया चेपाङ
मोहन वैद्य
नारायणप्रसाद पौडेल
दीनानाथ शर्मा
नन्दकुमार प्रसाईं
सूर्यबहादुर सेन ओली
अशोक रोकाया
जोखबहादुर महरा
श्रीराम ढकाल
मोहम्मद सफिक मिया
मायाप्रसाद शर्मा
केशव नेपाल
एकराज भण्डारी
खिमलाल देवकोटा
ईश्वरीप्रसाद दाहाल
गीता ठगुन्ना
खुमा सुवेदी
विमला केसी
भरतकुमारी रेग्मी
यशोदा सुवेदी
गोमा पाठक
उमा बिष्ट
पूजा खनाल
रेणुका चौलागाईं
कल्पना सुवेदी
गंगा पराजुली
रेणु दाहाल
शान्ता न्यौपाने
शारदा घिमिरे
पदमलाल विश्वकर्मा
हरि सिरपाइली
मंगल विक
पर्शुराम रम्तेल
विनोद पहाडी
बाबुलाल पासवान
चन्द्रेेश्वर बैठा
सन्तोषी विक
हिमकुमारी विक
पार्वती रसाइली
विमला मिजार
उमा कपाली
चन्द्रादेवी राम
सत्या पहाडी
छिमी लामा
धीरेन्द्रा उपाध्याय
धर्मराज विक

नेपाली कांग्रेस
गिरिजाप्रसाद कोइराला
बलदेव शर्मा मजगैयाँ
लक्ष्मणप्रसाद घिमिरे
प्रदीप गिरी
पूर्णबहादुर खड्का
मीनेन्द्र रिजाल
प्रकाशशरण महत
जिपछिरिङ लामा
शिवचन्द्र मिश्र
इन्द्रबहादुर गुरुङ
रमेश लेखक
पुरुषोत्तम बस्नेत
शोभाकर पराजुली
जीवनप्रेम श्रेष्ठ
टीकाराम सुब्बा लेप्चा
अमृतलाल राजवंशी
बोधनारायण सरदार
कुमार राई
पासाङ शेर्पा
गोकर्ण राई
रामसरोज यादव
महेन्द्र यादव
जगदीश्वरनरसिंह केसी
गगन थापा
तीर्थराम डंगोल
दिवाकर गोल्छा
रामकृष्ण चित्रकार
हर्षजित लामा
शम्भुहजार पासवान
रामेश्वरप्रसाद रौनियार
धनराज गुरुङ
खड्गबहादुर बस्याल सार्की
बादशाह कुर्मी
ओमप्रकाश शर्मा
महा नेपाली
मानबहादुर महतो
चन्द्रीराम महतो
उमा अधिकारी
मीना पाण्डे
महालक्ष्मी अर्याल
अम्बिका उपाध्याय
आरजु राणा देउवा
निर्मला प्रसाईं
उषा गुरुङ
भुटनीदेवी खवास
कविता सरदार बाँतर
रामावती चौधरी
लीला सुब्बा
सीता गुरुङ
बिना पौडेल
हीरा गुरुङ
प्रमिला राई
लक्ष्मी परियार
मुननीकुमारी गुप्ता
सरस्वती चौधरी
कृष्णा ठाकुर
मिनाकिछ झा
किरण यादव
कल्याणी रिजाल
रमा गुरागाईं
कृष्णा अमात्य
कमला थापा
ललिता किङ्रिङ मगर
सुनदेवी जोशी
कृष्णाकुमारी परियार
पार्वती रानामगर
सावित्री सिंह
रतना शेरचन
विमला नेपाली
दुधकुमारी हमाल
मोहमद्दी सिद्दिकी
कल्पना सोप दमाई
ईश्वरी न्यौपाने

एमाले
गोपाल शाक्य
छविलाल विश्वकर्मा
भीमबहादुर रावल
युवराज कार्की
राधा ज्ञावली
लालबाबु पण्डित
विष्णुप्रसाद रिमाल
सुरेन्द्र पाण्डे
शंकर पोखरेल
अग्निप्रसाद खरेल
अब्दुल कलाम आजाद
विष्णुमाया विक
बिमाकुमारी कार्की
विनोदकुमार चौधरी
बिन्दा पाण्डे
भैरे कामी
चिरञ्जीवीराम थारू
दुर्गा परियार
डोल्मा तामाङ
धीरेन्द्रबहादुर श्रेष्ठ
देवीलाल थापा
दलबहादुर सुनुवार
दिलबहादुर कार्की
गोविन्दराम प्रजा
गोविन्द नेपाली
गौरा प्रसाईं कोइराला
गोपालसिंह बोहरा
गोपाल ठाकुर
हसिना मियाँ
जया घिमिरे
जुलीकुमारी महतो
किरणकुमारी राय
ल्हाक्पा लामा
म्ानसिंह राजवंशी
म्ाञ्जुकुमारी यादव
मंगलसिद्धि मानन्धर
नेत्रप्रसाद पन्थी
नारायणीदेवी घिमिरे
नारदमुनि राना
नजिर मियाँ
पद्माकुमारी अर्याल
पुरणसिंह दयाल
पासाङ शेर्पा
रामरती राय
रामचन्द्र प्यासी कुशवाह
रतनरत्न गुरुङ
रोशनगाह थापा
रिमाकुमारी नेपाली
रामपि्रत पासवान
राजकुमार राई
सकुन्तला लेप्चा
लकी शेर्पा
सीताकुमारी पौडेल
सावित्रा भुसाल
सोनाम छेजुङ लामा
सरला यादव
सारदा झा
सारदादेवी कुमाल
शान्तिमाया तामाङ
शिला कतिला
शान्तिदेवी चमार
शान्ति जिरेल
सपना प्रधान
शान्ति बस्नेत
शान्ता चौधरी
थममाया थापामगर
उषाकला राई
डा. विजयकुमार पौडेल
यशोदादेवी अधिकारी
योगीलाल यादव

नेपाल मजदुर किसान पार्टी
लीला न्याइँच्याइँ
नन्दराम कोइराला

नेपाल परिवार दल
एकनाथ ढकाल

चुरेभावर राष्ट्रिय एकता पार्टी
केशवप्रसाद मैनाली

दलित जनजाति पार्टी
विसेन्द्र पासवान

जनमोर्चा नेपाल
दुर्गा जयन्ती
रामकुमार यादव
भीमप्रसाद गौतम
सीता पोखरेल
विश्वभक्त दुलाल (आहुती)

राष्ट्रिय जनमोर्चा
रश्मीराज नेपाली
सन्तबहादुर नेपाली
मीना पुन

मधेसी जनअधिकार फोरम
सन्ध्यादेवी देव
निलम बर्मा
ललिता साह
कलादेवी पासवान
सरिताकुमारी शाह
रम्भा देवी
आशादेवी सरदार
सल्मा खातुन
दुर्गादेवी महतो
सेवकीदेवी दास
सवितादेवी यादव
रामजनम चौधरी
नन्दनकुमार दत्त
शिवनारायण उरौव
आत्मारामप्रसाद साह
डा. तिलकबहादुर रावल
श्रवणकुमार अग्रवाल
मधुसूदन अग्रवाल
रामरायप्रसाद यादव
चन्दि्रकाप्रसाद यादव
बिपी यादव
डा. रामचन्द्रप्रसाद राय

तमलोपा
काशीदेवी झा
सलाउद्दिन खाँ
रमणी राय
बसन्ती झा
विमला केडिया
रुमिला महतो
महेन्द्र राय यादव
जयप्रकाश यादव
डा. विजयकुमार सिंह
कविन्द्र ठाकुर
चन्दन साह

सद्भावना (महतो)
लक्ष्मणलाल कर्ण
रामनरेश राय
मालवती राना थारू
ग्ौरी महतो कोइरी
अनिल झा

राप्रपा नेपाल
रामनारायण सिंह
चन्द्रबहादुर सिंह
कुन्ती शाही
कविता मोक्तान तामाङ

सद्भावना (आनन्दीदेवी)
मोतीलाल दुगढ
सरिता गिरी

नेकपा माले
सिपी मैनाली
दामोदर चौधरी
पार्वती महतो
निलम केसी
जनककुमार चालिसे
तिलकबहादुर थापामगर
यदुवंश झा
शारदा नेपाली


नेकपा संयुक्त
चन्द्रदेव जोशी
कल्पना राणा
सुनिलबाबु पन्त
रामशिला ठाकुर
राघववीर जोशी


नेकपा एकीकृत
परी थापा
अञ्जना राई

राष्ट्रिय जनशक्ति पार्टी
प्रकाशचन्द्र लोहनी
अर्जुन राई
फूलमतीदेवी चौधरी

राप्रपा
लोकेन्द्रबहादुर चन्द
प्रतिभा राणा
सूर्यबहादुर केसी
दादकुमारी सुनुवार
नवोदिता चौधरी
चलनबहादुर तामाङ
mandale murdabad
· Snapshot
Like · Liked by · 0

ko ko hun ko ko hun chinnai gahro

seems to me that "too many cook spoil the soup"

elusivecat
· Snapshot
Like · Liked by · 0
I liked the roster of Maoist.There are some many women,dalits,janajati......Thats wat people were looking for.Lets see how they r gonna do.
Hariyo Kagaj
· Snapshot
Like · Liked by · 0

Thapa's are always in Durbar. History of thapas begins with Bhimsen Thapa. If u see in history of Nepal, the politics has always been limited to these thapas.. lets begin the counting the thapas in politics

Bhimsen Thapa 

Mathawar Singh Thapa

Surya Bahadur Thapa

Bhesh Bahadur Thapa

Kamal Thapa

Now the new generation of Thapa is Gagan Thapa..... another Thapa ... I do not know for how many years this thapa will screw Nepal

Jai hos... thapa haruko

pyaari kt
· Snapshot
Like · Liked by · 0
kina mann parthena ta maoist ko...sabai gaau kaa uneducated aayera desh ko economy maaathi puryaaune waaalaa chhan maoist koname list herdaaa....10 janaaa bhanda badhile SLC pass garekaa chhainan......desh banaauna aakaaaa .......wait and see......I agree there must be seats for Dalits/Janajaatis/women but not like that in Maoists...uneducated bastards.....
sachokura
· Snapshot
Like · Liked by · 0
I do not understand how did you know the education level  by name of person  pyaari kt?
elusivecat
· Snapshot
Like · Liked by · 0

pyari kt,

i donn no wat to reply u.u r just a freaking sick.pity on u!!!

aarigato
· Snapshot
Like · Liked by · 0

If we jus go wid the education then NC will have the highest number of elites ppl. it only depends upon the will of the person whether he wants to work for the country or not. as far as concerned wid the maoists members, its a fact that they hav the least number of educated members bt in some cases education might not only work. it wud be better if they also had more numbers of well educated candidates.

even if there are some well educated corrupted leaders in NC, at least there will be good debate during the formation of new plans n policies. so that there may b some chances of forming some really good laws.

i guess. : )

Nepe
· Snapshot
Like · Liked by · 0

“Inclusion” of the traditionally marginalized groups was the primary purpose of this election. And Maoists have done the best job.

 

However, I agree that the “inclusion” through political parties (with the included members’ LOYALTY residing in the PARTY rather than in the GROUP the member belongs to) is not a perfect inclusion. But with the political compromise made, that’s the best we could get at this time.

 

It could certainly have been otherwise and better if other political parties have agreed to what Maoist have proposed once.

 

Maoists have actually proposed to make separate constituencies (independent of political parties) for each traditionally marginalized group. But other political parties refused it for pure fear and greed. NC and UML did not want to see independent women, Madhesi, Janajati and Dalit members in the Assembly. They wanted dependent members.  

 

So, it is not Maoist but NC and UML who are responsible for this imperfect inclusion.

 

Nepe

 

 

Narayangarh suburb
· Snapshot
Like · Liked by · 0
Nepe:
"Maoists have actually proposed to make separate constituencies (independent of political parties) for each traditionally marginalized group. But other political parties refused it for pure fear and greed. NC and UML did not want to see independent women, Madhesi, Janajati and Dalit members in the Assembly. They wanted dependent members."


Its not about who brought the proposal, its about what will be  the consequences. I have question in mind. The ethnic war in nepal was ignited by Maoist and started right from Terai. What I believe and think is the only reason behind is: Maoist used the ethnic slogan just to reach here. I mean here at this point. Point of political inflation. They made it. Now, what I see from here is increasing dis-integrity, a dangerous separatist activity. The first is now" Independent terai "movement. Maoist are now hesitating in this issue and have moved back some steps. Last time in one of his interviews ( I guess first after CA, in kantipur daily) Dr. Bhattarai said all the people in terai should agree for this "move". By saying that, what I have calculated, he is trying to say there should be referendum. As maoist are saying people have approved YCL by voting them, people from terai have also approved free terai movement by voting MRJF and other madesh parties. List goes long

What I am trying to say here is JUST DON'T BE SO CHAUVINIST. Country needs a neutral and legitimate support from PEDANT like you.



Birbhadra
· Snapshot
Like · Liked by · 0
hariyo kagaj how about amarsingh thapa and bhakti thapa?
Nepe
· Snapshot
Like · Liked by · 0

NS-jyu,

 

Scattered secessionist insurgency of Terai or it’s use as ‘card’ by mainstream Madhesi parties are real problems. Maoist contribution for this development through their past manipulation is clear.

 

However, the root cause of that still lies in state’s continued apathy to Madhesi’s plight of exclusion and discrimination.

 

And not to miss ourselves, the urban Pahadi youth like you (may be not) and me who kept discriminating and playing with the dignity of our Madhesi brethren until now are also hugely responsible for all that has gone awry in Terai, don’t you think ?

 

So, my point would be we all have contributed our share.

 

Now, regarding the Maoist proposal I was referring to, you seem to be mistaking it for geographical constituencies, federal division or something similar. No, I was talking about the Maoist proposal for electoral constituencies PR election system. Maoist proposal would have brought in a large number of independent members (not affiliated with any political party) in the Constituent Assembly. Whether that would have been good or bad is an open question. My feeling is that it would have been good. I will elaborate why if you are interested.

 

best,

Nepe

aman
· Snapshot
Like · Liked by · 0

SLC pass garya kati jana chhan tyasa list ma

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 33 · Viewed 3915 · Likes 9
· Posts 24 · Viewed 2887
· Posts 1 · Viewed 74
· Posts 19 · Viewed 2990 · Likes 1
· Posts 13 · Viewed 2219
· Posts 1 · Viewed 98
· Posts 1 · Viewed 69
· Posts 1 · Viewed 71
· Posts 2 · Viewed 399
· Posts 8 · Viewed 4314 · Likes 2



Travel Partners
Travel House Nepal