~~ चौतारी - शतकांक विशेष ~~ - Sajha Mobile
SAJHA MOBILE
~~ चौतारी - शतकांक विशेष ~~
Posts 713 · Viewed 265241 · Go to Last Post
world_map
· Snapshot
Like · Likedby · 0
 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - शतकांक विशेष --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको
१०० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 100 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


ह्याप्पी प्रणय दिवस (भ्यालेन्टाइन्स डे) फेब १४

 

तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।

 

चौतारी - शतकांक विशेष

चौतारी १०० औं अंकमा प्रवेश गरेकोमा सबै ज्ञात, अज्ञात, नयाँ, पुराना, क्रियाशील गाम्ले, मूक पाठक सबैलाइ 
बधाइ!
यस अंकलाइ सफल पार्नको निम्ति आ-आफ्ना लेख रचना प्रकाशित गरौं। अन्य आकर्षणहरूमा
-

१) चौतारी बनाउनेहरूको नामावली र बनाएको संख्या --
नमे ---
२४, चिप्ले --- १, मिस दिदी --- २, सानो कान्छा ---
सान्नानी ---
३, नेपेसाहिंला --- १, चित्रे ---  २९
गालब ---
८, कुम्ले --- ५, तितौरी ---
दादा ---
१, हरी --- ९, रामचन्द्रे ---
रिट्ठे --- २, लहरे --- ३

२) चौतारीमा आफ्नो पहिलो दिनको अनुभव सुनाउनुहोला।

३) यो बिशेष अंकमा चौतारीका सबै पुराना मित्रहरु ले जसरी भएपनि आफ्नो अनुहार देखाउनुहोला। जति नै 
बिजी भएपनि एकछिनको लागि भए पनि तातो चिया खान आउनुहोला।


४) १०० औं अंकमा पहिलो ईन्ट्री गर्ने बोर्ड फर्स्टलाइ आकर्षक पुरस्कार-- अर्को चौतारी भेलामा प्रमुख अतिथि बनाइने, र आयोजकको घरमा बस्ने पहिलो प्राथमिकता दिइने।


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


 
 
 
Last edited: 14-Feb-08 02:58 PM
Load Previous
serial
· Snapshot
Like · Liked by · 0
दामी गयो मीस
मीस पनि क्या दीने के,
तारेमाम है मीस लाई पनि, भन्नै परो नत्र कुखुरा बनाउने होकी,
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

माली गाईको दही

चाँडै फर्की आउँछु आमा

नरोई बस है

सोमबारे जदौ! यो बिर्खे माईलाको!!

 

सबै पढियो सरसर्ती! गोताएँको नामले हँसाओ। हन्टरे भन्ने त हाम्रा साथी नि थे बाबै उइलेई सत्तेजुगाँ! दादाको कथा सुनेर लास्टाँ निद्रा लाग्या चाईँ पक्कै हो ल!

पुराना सईँ साथिहरुनि आएछन्। नेपे साइँला र लाले त नफर्कने अरेर मुउलान भास्सिए भन्या जिम्दै रेछन्।

...आउँदा जाँदा लाउँला पिरती...

 

Amazing
· Snapshot
Like · Liked by · 0


One from my side

Khilte hai gul yeha..........
khilke bichhadne k


Amazing
· Snapshot
Like · Liked by · 0

One and only, the special one and always will be number ONE

कभी कभी मेरे दिल मे खयाल आता है .....................


visitor
· Snapshot
Like · Liked by · 0
सोमबारे जदौ सप्पै गाम्ले हरु लाई, आज त धेरै गाम्ले देखिन्नन नि, राष्ट्रपतीदिवस लाग्या
जस्तो छ् आफ्नो त छैन हो छुट्टी आज
टेउसस गाम गैया थ्यो बिहीवारै हिजो राती मात्रा फर्कियो,आज फेरी हाजिर हुनु पारीहाल्यो
एक घण्टा लार पढि सके हिजो अस्ती मिस गर्या धागा हरु।
लु अब एसो काम गरेझी गर्नु परो।
Amazing
· Snapshot
Like · Liked by · 0
इन आन्खोकी मस्तिके मस्ताने हजारो  है .............................
evergreen REKHA...............


Amazing
· Snapshot
Like · Liked by · 0
तुम अगर साथ देनेका वादा करो, मै यही मस्त नग्मे लुटाता रहु..............

My fav Mahendra Kapoor from movie HUMRAAZ.......


Amazing
· Snapshot
Like · Liked by · 0
what a song..................hmmmmmmmmmmmmm

जो वादा किया वह निभाना पडेगा
रोके जमाना चाहे, रोके खुदाइ तुम्को आना पडेगा

last one for today from TAJ MAHAL...........


Nepal ko chora
· Snapshot
Like · Liked by · 0

सप्पै गाम्लेहरु लाई सोमबारे जदौ । हाम्रो मा पनि छुट्टी छैन आज त   । काम हुनेहरु अनी न हुने हरु जम्मै को दिन राम्रो सँग बितोस।

Amazing
· Snapshot
Like · Liked by · 0
लास्टमा यो साह्रै मिठो लोकगित नटासी बस्नै सकिन

हेर्दा हेर्दै कान्छीले सोले डाँडै काट्यो बरिलै
नजाउ भन्दा मानिनौ, शुन्य भयो चौतारी
दुखियाको जिन्दगी भयो अधुरो

dedicated to all dear frens of Chautari


Harka_Bahadur
· Snapshot
Like · Liked by · 0

k chha hau sabaiko khabar.. la mojh garum aajhako din sabaiko subha rahosh..

jaye hosh
SurNaTal
· Snapshot
Like · Liked by · 0

कहिले काही मनका कुरा
हाम्लाई पनि भन
ढुंगा मुडा हैन होला
हाम्रो पनि मन

दर्पन छाया
हेरी हेरी
गयो जोवान।

सोमबारे जडौ गाम्ले हरु।

Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

हन आज सपैको बिदा हो कि के हो???  हल्लिखल्लि नै छैन त चौतारीआँ!

 

parbatya
· Snapshot
Like · Liked by · 0
के छ गाम्ले हरु को खबर? नमस्ते है
के छ जिम्माल बा अब पनि के अड्डा धाइराखेको? 'इन्ट्री' वाला गीत त सार्है मर्मस्पर्शी छ नि गुनगुनाइराख्नु भएको?
आज रिठ्ठे, ठुलि नभएर होला सुनसान भएको ? कि भउते को गाली कि ठुल्दाइ को ताली नभए सम्म के चौतारी चल्थ्यो
के छ झिल्के, बिस्टे, नेप्चे, सुन्तले अनी हर्के को?
ritthe
· Snapshot
Like · Liked by · 0
नमस्ते , जदौ, तारेमाम्
के छ हौ गाउले हो? बिदा भएर सिधा भा' हो आज त

uptowngal
· Snapshot
Like · Liked by · 0

jhilke dadu how r ya? kyaa daami daami geet bajaaunu bhaeko mero daile. yestai euta daami bhaauju mero lagi khojeko bhaeni huntyo ni. :P

birkhe daa ke ho kaam maa ki gharmai?

parbate ke cha ?

uptowngal
· Snapshot
Like · Liked by · 0
suntaleeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeeee khai kata lagyoooooooooooo?
nepalean
· Snapshot
Like · Liked by · 0
चौतारी डेड शताब्दी नेर आइपुग्दा शताब्दी कस्तो रह्यो संस्मरणमा आयो के। अनि यो खोतलेको। अप्रेल फुल चाही होइन है फेरी। बरु नया बर्ष आउन लाग्यो सबै चौतारीबासीहरुलाइ शुभकामना मेरो।
Himalaya178
· Snapshot
Like · Liked by · 0
नयाँ बर्ष २०६६ को मंगल् मया शुभ कामना
Rahuldai
· Snapshot
Like · Liked by · 0

फेरी आयो हर्षको बर्ष फैलाई हरियाली वसन्त ,
शान्ती र  सदभाव  छरी हाँक नवयुग अनन्त ।


 


 


नव बर्ष २०६६ को हार्दिक मंगलमय शुभकामना।



बत्ती र पानी सहितको जिन्दगानी होस्।

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12406 · Likes 1
· Posts 7 · Viewed 3749 · Likes 1
· Posts 1 · Viewed 1045
· Posts 1 · Viewed 1001
· Posts 1 · Viewed 906
· Posts 1 · Viewed 1012
· Posts 1 · Viewed 996
· Posts 21 · Viewed 9565 · Likes 1
· Posts 3 · Viewed 2429
· Posts 5 · Viewed 7622 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal