के भाग्य साचै कोरिएकै हुन्छ? - Sajha Mobile
SAJHA MOBILE
के भाग्य साचै कोरिएकै हुन्छ?
Posts 30 · Viewed 20476 · Go to Last Post
pjna007
· Snapshot
Like · Likedby · 0

                                                के भाग्य साचै नै कोरिएकै हुन्छ?

 

पाहुना हरुको हल्ला खल्ला, हल्का म्युजिक, खानेकुरा को बास्ना रुमलिएको हावा,  अनि सबै खुसिले उज्यालिएर अनुहार हरु अनि त्यो चहल्पहल घर भित्र केटि हरु को खास्खुस्स -  "ल हेर कस्तो जुङे रैछ केटा, तैले कसरि मन पराइस ह त्यस्तो जुङे लाइ? तैले त फुट्या आखा ले नि हेर्थिनस् जुङा पाले को केटा हरुलाइ होइन र ? " सुनयना।
 
यस्तै थींइन  सुनयना दिदि, अरु रोएको देख्न नसक्ने, दिदि ले एउटा  आखा हामि तिर झिम्क्याउदै सोधिन प्रिया दि लाइ ।
हुन त मन परापर भएरै बिहा को कुरा चलेको थियो तैपनी भाबुक भएकी थींइन प्रियादिदी  त्यों दिन - भिजी सक्या थे परेली , उनी प्रत्युत्तर मा "त चुप लाग!" भनेर रुंचे हासो  हासिन । खास्म सुनयनादिदि ले त्यो प्रश्न हसाउनलाइ नै सोध्या थियो क्यारे - नत्र के थाह कति खेर ति रोकेर राखेका आशु खसाएर अरुलाइ पनि रुवाउने हुन।  दुलहि झै सिंगारिएर बसेकि प्रिया दि को नजिक कहिले यता  कहिले उता सारि,ज्वेलरि,मेक अप आदि मिलाइदिदै हामि कत्ति न काम गरेको जस्तो गर्दै बस्या थियोउ।
 
सुनयना मेरि ठुलि फुपु र प्रिया कन्छि फुपु कि छोरि हरु,  सबै कुरा प्रिया दि को इङेज्मेन्ट को दिन भैरख्या थियो। इङेज्मेनट कार्यक्रम सकिएर पाहुना हरु खानपिन मा मस्त थिये- प्रियादि दिदिबहिनि र साथि हरुले घेरिएर बसेकि थिन।
 
"त्यस्तै हो नि कसैलाइ जुङे, कसैलाइ जुङे नभाको चिल्ले, कसैलाइ डल्ले, कसैलाइ के,  जे भाग्य मा लेखिएको छ त्यहि पर्छ- आफुले भनेर हुने होइन।" यो रुखो स्वोर थियो मेरि कान्छि फुपु (हुने वला दुलहि कि आमा को) खै कति खेर आएर सुनयन दि ले ठट्टा गर्दै सोधेको कुर सुनि रनुभा रैछ - भाग्य को ब्याखा गर्नुभयो।

 कोठा मा एक प्रकारको शुन्यता छायो।
 
मेर आखा ले अनयसै चोरेर सुनयना दिदि लाइ हेर्न पुगे-- सुनयना दि आखा लुकाएर यता उता भुइ मा केहि खोजेझै गर्दै थिन।
 
म अलि सानै थिए भन्नु पर्ला शायद, यस अर्थ मा कि  "आफु भन्दा ठुला बडा बोलेको बेला बिच मा प्वाक्क बोल्नु हुन्न, बोलेको कुरा काट्नु हुन्न!" भन्ने  नियम अझै लगाउथे मलाइ - यसका बाबजुद पनि मेरो मुख ले बिद्रोह गर्न खोज्दै थियो । तर म चुप लागे; म भन्द ठुला दिदि हरु चुप थिए त्यसैले म पनि चुप रहनु पर्थ्यो, नियमानुशार   ।
 
अहिले मलाइ लाग्च त्यो दिन म नबोलेर ठिक गरिछु - म शायद चिच्यएर भन्थे हुला "फुपु भाग्य कोरिएको हुदैन!" अनि फुपु ले भन्थिन होला "चुप लाग! तलै कस्ले सिकायो आफु भन्दा ठुला...................!"
 
त्यति बेला को मेरो त्यो आत्मबिस्वास ऐले आएर मैले खोजनै पर्ने गरि हराएको छ -- मलाइ ऐले कसैले भन्दैन " चुप लाग ठुला मान्छे ले बोलेको ठाउमा केटा केटि भएर प्वाक्क बोल्नु हुदैन! " तै पनि जब  भाग्य को कुरा उठ्छ म आफै चुप हुन्छ। 
                                                                                                     
                                                                                               =======
 
 
सुनयनादिदि, बाईस बर्षे बिधवा । आइ एस सि सम्म को पढाइ पुरा गर्न के पाएकि थीन---"असाध्यै राम्रो घर...!,यति मन पराएको छ केटा ले, उस्को परिवार ले खालि हात फर्काउदा पाप लाग्छ....!, अ, केटा को परिबार ले पढाइ कन्टिन्यु राख्ने भन्या छन........!" भनि भनि बिहे गरेर पठाइ दिए ठुलो फुपाजुले, भर्खरै १९ कि भएकि थीन दिदि त्यति बेला।
 
राम्रै थिये भिनाजु, प्रतिस्ठित एन जि ओ मा काम गर्थे, असल शिक्षित परिवार परिवार को छोरा। अनि  सुनयना दिदि "भगवान् ले फुर्सद ले बनाएको" भन्या जस्ति। असध्य सुन्दर!  सुन्दर आखाहरु भएरै नाम पनि सुनयना राखेको रे-- कुरा चल्दा आमा भन्नु हुन्थ्यो, कैले काहि मलाइ पनि लाग्थ्यो, म पनि सुनयना दिदि जस्तै हुन पाए।  
 
भन्चन, सुन्दरता कसैलाइ बर्दान  कसैलाइ श्राप हुन्छ रे - उन्लाइ के थियो कुन्नी त्यों त आउने दिनहरु ले नै देखाउथे, त्यों भनेर मान्छे हरु कहा पर्खिंथे  र,   ख़ास खुस गर्थे-  उनि भाग्यमानि रे, भाग्यले दिएको ठुलो भाग उन्ले सम्हाल नु पर्ने रे,  किन कि भाग्य फेरि फेरि आउदैन रे इत्यादी। दिदि अहिल्यै बिहे गर्न चाहन्न थिन,  उनि सङै का साथि हरु  बिहे त के बिहे को सुर्सार सम्म भ थिएन। तर उनको केही लागेन -
 
एकदिन सुनयना दिदि दुलहि बनेर गैइन-- बिहे भरि उफ्रि उफ्रि नाचेर अन्माउने बेला मा भने खुब रोएका थियोउ हामि।
 
बिहे गरेको आठमहिना  नबित्दै एक दिन आफिस को काम ले फिल्ड भिजिट मा गा भिनाजु उनि चडे को हेलिकप्टर सहित कुनै अनकन्टार पाहड को खोच मा हराए सुनयना दिदि को सिन्दुर, खुशि, भाग्य सबै आफु सङै लिएर।
 
उनको घर तिर का मान्छे असलै रहेछन - भाग्य लाइ भन्दा संयोग लाइ दोस दिये र सुनयना दि लाइ जहा खुशि हुन्छिन त्यहि बस्ने छुट। सुनयना दिदि माइत मै बस्न थालिन। शर्म को कुरा, बरु यता का हरुनै खास्खुस गर्न थाले, मान्छे हरु को बोली फेरियो सुनयना दिदि र उन्को भाग्य दुबै लाइ  दोश लाउथे; भंथे- "मान्छे मात्र सुंदर, भाग्य  सारे नराम्रो लिएर आए की रहीछे!"  अनी  त्यस्तई परे चाड़ पर्ब र शुभाअबसर हरुमा बन्देज लाउथे। त्यो दिन पनि प्रिया दि को इङेज्मेन्ट मा सुनयना दि को उपस्थिथि कान्छी फुपू लाइ पटक्कै मन परेको थियेन  ।
 
                                                                                             
                                                                                                ========
 
 
र  त्यस्तै भएको थियो प्रिया दि को बिहेको दिन पनि। कान्छि फुपु कतै चहनु हुन्थे न सुनयना खास गरि स्व्यम्बर को बेला प्रिय को छेउ मा  बसोस- खै के को अपसगुन हुन्च रे।
बिहे को दिन त्यो पनि स्व्यम्बर हुन ला बेला को काह छ, को के गर्दै छ, त्यो भिडभाड मा कस्लाइ मत्लब-- सबै आ आफ्नै धुनमा थिये-- सुनयना दिदि ले भर्सक आफुलाइ टाढै राखिन।
मान्छे को हुल्मुल मा बिचबिच बाट छिर्दै म भने दुलहि दिदि को नजिक पुग्न खोज्दै थे, सजिलो हुन्थ्यो त्यों  बेला - सानै भएको ले  लाज लाग्थ्येन त्यसरि भिडभाड मा घुस्रिन-  अनयासै कसैले मेरो खुट्टा  टेक्यो। मेरा साना औलाहरु त्यो दर्हो जुत्ता को हिल मुनि परेर कर्याक् कुरुक् भाचिये सरि दुख्न थल्यो- म चिच्याए-  त्यो जुत्तावाल मान्छे ले मेरो हात मा समाएर मलाइ भिड बाट बाहिर निकाल्यो , म दुखेर भुइमै थचक्क बसे,
 
उ सोध्न थाल्यो "सार्हो टेकियो? आम सोsss सरि! खै हेरौ औला भाचियो कि?  तिम्रो नाम के हो?"  उ बोलेको बोलै थियो । म दुखेर रुदै थिये।
 
" के भयो?" सुनयन दिदि आत्तिदै कराइन माथि बाटै,  उनि झ्याल बात हेर्दै रहिछन। हेर्दाहेर्दै दिदि दौडेर तल आइन।
 
"खुट्टा टेकियो" कस्ले टेकेको नभनि मैले भने।
 
"तपाइ को बहिनि हो? ल सानो बहिनि लाइ छोडेर त्यसो भिड भाडमा।" एकोहोरो सुनयना दिदिलाइ नियाल्दै गरेको त्यो जुत्तावाल आफ्नै कुरा माथि पार्दै बोल्यो ।
"अनि टेक्ने र्चै यहा होला होइन?" दिदि ले ठाडो प्रश्न गरिन।  जुतावाल अलामल्ल पर्यो केही बोलेन।

" हिड् माथि म आइस  राखिदिन्छु,
अनि अलि कम दुक्छ , नरो लss गाजल साजल लत्पतिये र छ्याssss कस्तो नराम्रो देखिएछ ल ल चुप् लाग।" म लाइ माथि लिएर गैइन दिदि।
 
अलि सन्चो भएपछि कहा माथि नै बसिरहन सक्थे र  म फेरि -  कुद्देर यता र उता गर्न थालि हाले। दिदि बेला बेला मा कराउथिन "अब अर्को खुट्टा टेकाएर आउने होइन भन्द्या छ, खुरक्क लाएर म सन्सङै हिड्ने।"
 
अचम्म को कुरा त्यों जुत्तावाल को ध्यान अन्त कतै नगएर जति बेला हेरे पनि सुनयना दिदि तिरै मात्रै थियो ।
 
हुन पनी नाचिनेका मान्छे हरु ले त्यती  अंदाज गर्न सकथेनन, उनी बिहे गरि सकेकी केटी हुन भनेर - बिधवा त परै जावोस।  औठि बिना का औलाहरु, साधा कलर को सारि, बिना सज्धज पनि दिदि उस्तै थीन- जस्को आखा लाइ पनि अल्झाउन सक्ने-- सुन्दर!

 
" hey थाइकट! " जुत्ता वाल ले मलाइ सुस्तरि बोलायो। मलाइ बोलाएको भन्ने थाहा हुदा हुदै पनि म गैन हेरे मात्र।
 
उस्लाइ के लाग्यो कुन्नि, फेरि कन्फर्म गर्या झै गरि बोलायो "तिमि लाइ भनेको या आउ त प्लिज!" म सुस्तरि उस्को छेउ मा गए।
तिम्रो नाम के हो ?  उस्ले सोध्यो।
"pjna"
"अनी तिम्रो अघि को दिदि को नाम के हो?"
"किन?"
"त्यसै भनन?"
"सुनयनादिदि!" भन्दै म भागे।
 
जुत्तावाल अरुकोहि नभएर दुल्हा को भाइ रहेछ ; प्रिया दिदि को देवर।
 
                                                                                                 =========
 
 
 
प्रिया दिदि को बिहेको केहि समय पछि उन्को देवर ले घरमासुनयना दिदि को कुरा चलाएछन, सबै कुरा बुझिसकेर पनि। साचै भन्ने हो भने सुनयना दिदि को भर्खर बिहे गर्ने उमेर हुदै थियो-  प्रियादि भन्दा थोरै महिना ले बहिनि नै थीन।
 
"केहि नराम्रो भयो भने प्रिया लाइ पनि अपजस आउछ, मैले अइले नै भन्द्या छ" त्यस्तो कुरा मा कान्छि फुपु सधै अगाडि।
 
"सधै नराम्रो कहा हुन्छ र!" मेरि आमा दबेको स्वोर ले बिरोध गर्नु भयो। ठुलो फुपूफुपाजु त्यो घटना पछि आफ्ना निर्णय हरु सुनयना दिदि माथि थोपर्न छोडिसक्या थे। उता सुनयना दिदि को घर का हरुले पनि भित्र के भने कुन्नि, बाहिर स्विक्रिति दिये रे भन्ने गाइगुइ सुनिन्थियो घरमा कुरा हुदा।
 
सुनयना दिदि ले  पनि साचो अर्थ मा मन पराएकि थीन, बिहे गर्न चाहेकि थीन, जस्तो लाग्छ मलाइ ऐले सम्झिदा। घन्टौ सम्म फोनमा कुरा गर्थे। कतै जादा मलाइ लिएर जान्थिन, कुरा हरु सुनाउथिन, भिनाजु बितेपछि पहिलो पल्ट सुनयना दिदि फेरि पहिले कै सुनयना दिदि जस्तै लाग्न थालेकि थीन।
 
 दिदि फेरी एक पटक  दुलहि बनेर गैइन-- तर घर बाट हैन कुनै मन्दिर को प्राङण बात-- हल्ला खल्ला नगरिएको सानो कुनै लाखबत्ति बाल्ने कार्यक्रम जस्तो बिहे थियो । अनी मान्छे हरुले एक्पटक फेरी मुख खोले " उस्तई परे जिंदगी एतिकै सेतो सारी मै बिताउनु पर्थ्यो,  राम्रो मान्छे भेटी सुनयना ले , सबै लाइ त्यस्तो  काहा  जुर्छ र भाग्यामानी नै रहिछे! " 
 
                                                                                                          ==========
              
 
नौ बर्श। हो नौ बर्श बितिसक्या थियो, बर्श बितेको पत्तै नहुने। कहिले लामो समय जस्तो पनि लाग्छ- होइन हिजै जस्तो पनि लाग्छ, धेरै परिबर्तन हरु भए यि नौ बर्स मा। को कहा पुगे, कोहि कता गए, आफै कहा पुगियो।  तर म यहाँ कथा सुनयना दीदी तिरै मोड्दै छू -
 
सुनयना दिदि दुइ छोरि कि आमा भैसकेकि थिन, राम्रो परिवार्, उन्लाइ बुझ्ने, अति माया गर्ने असल भिनाजु थिए। मास्टर्स सिध्याएर राम्रै ठाउ मा पढाउथिन। भाग्य, लाग्थ्यो उन्लाइ डोरयाउदै हैन, उन्ले कोरेर हिन्दैछिन। अनि म निस्चित थिये "भाग्य कहा कोरिएको हुन्छ र ?!"
 
 
तर, होइन रहेछ, सुनयना दीदी को "भाग्य" साध्य को हिसाब अझै प्रमाणित भैसक्या रहेन छ ।
 
 
त्यो दिन  बिहान एउटा "अर्जेंट" लेखिएको इमेल ले मेरो आखा तान्यो,  हतारेर खोले इमेल मेरो भाई को थियो - " दिदि,  सुनयना दिदि को भिनाजु हिजो राति बित्नु भयो,  मोटर्साइकल एक्सिडेन्ट मा परेर। एक्सिडेन्ट मात्र भएको भए त कुन्नि के हुन्थ्यो, त्यस्तो नराम्रो हुने थिएन  होला तर ...त्यो ड्राइभर ले ब्याक गरेर किचेछ ।........................"
 
" सधै नराम्रो कहा हुन्छर?..... केहि भयो भने? ......भाग्यमा ले लेखेको छ त्यहि हुन्छ.... ब्याक गरेर किचेछ .....भाग्य?! ....सन्योग्?! " हतप्रभ म, मेरा कान मा यि सब्द हरु रिंगीइन थाले । उता मन र मस्तिस्क दुबै चिच्याई चिच्याई  मलाई एउटई  प्रश्न सोध्दै  थिए  " के भाग्य साचै नै कोरिएकै हुन्छ?"
                                           
                                                                               
 
                                                                                   The End!
 
(Note:All characters in this story are fictitious, any resemblance to people living or dead is purly coincidental.)
Load Previous
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

pjna को नाम प्रनाउन्स गर्न गाह्रो छ शिरीष गुरु, मैले त ट्राई गर्दा गर्दा थाकेको, बल्ल बल्ल नाम लिन सक्ने भएँ! यहि सिलसिलामा बरु आफ्नो न्वारन भयो कुन्नि के लाल भनेर!

dipika02
· Snapshot
Like · Liked by · 0
यो चै हाम्रो माइला दाई लाई है
माइला दाई खोइ हजुर जम्मा एउटा खुराक पस्किने अनी टाप दिने। भएन है त्यस्तो त। त्यो बस स्टप पछी लौ मेरो कलमको मसी सिध्यो है भन्न पाइदैन थाहा छैन हजुरलाई?
हामी चै कुरेको कुरै अनी हजुर चै पछाडिको ढोकाबाट फरार दिने। लौ अब म बुढो-सुढो भनेर बस्ने होइन, अर्को खुराक पस्किने तिर लागौं न माइला दाई, हुँदैन?
Last edited: 07-Feb-08 02:16 PM
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

अब कुरो के भने दिप्पु नानि, हेरि बुडो भ'सि बुडो भन्नै परो के रे। तो खुराउ सुराउ पस्किने कुरो त छँदैछनि चाइन्जो अरु नि पस्किने हुम, यो जाडोले मेरो बाथको बेथा च्यापेर मात्रै हो नत्र उइलेइ पस्किसक्थेँ! उइलेइ ज्यानमा ताकत छँदा त छिट्छिटो पस्क्या हो, अब फेरि कुरो उइ आओ बुडो भ'र ढिलो भा हो!

dipika02
· Snapshot
Like · Liked by · 0
माइला दाई गफाडी, हजुरको गाउँको गर्मी र जाडो त हामीले पनि चिनेका छौ नि। त्यस्तो बाथ नै हुने त केही जाडो छैन है। अनि घरि घरि म त्यो डाँडा माथिको जून भनेको छ बसेको छ है ? केही कुरा गरी साद्धे भए त के? सोजो हिसाबले त केही सोध्न पनि नहुने बाबै। घुमिफिरि रुम्झाटार भने झैं यसो उसो गर्यो म बुढो भन्यो बस्यो
pjna007
· Snapshot
Like · Liked by · 0

SWOE ji, Thanks for your kind words. एउटा कुरा भनि हालौ जस्तो लाग्यो म पनि यहa को राइटिङ को फ्यान हो है 

दिप्पु,  हो भन्या त्यही भएर नै होला म यस्ता कुरा हरु मा सधैं दोधार मा पर्छु। I am so happy that you liked it, Thanks.  ए  ए अनि तिम्रो अर्को कहिले नि? कुर्दा कुर्दा मेरो आखा थाकिसक्यो
 

तोरिकोफुल "...मैले चिनेको कसैको वास्तविक जिबन  सँग ७५ प्रतिशत मिल्न आउन्छ।.."   हो र ?  यो काल्पनिक कथा हो, ढाट्या भए मरिजाम।    Thanks for reading.

म्याप्पि, एक राज कि बात बताँउ - मलाइ लामो कमेन्टस पढ्न कस्तो रमाइलो लाग्छ भन्या           "जे भयो वा भैसक्यो, जस्लाइहामी परिवर्तन गर्न सक्दैनौं, त्यसलाइ 'भाग्यमा लेखेको' भन्नु कुनै अनौठो कुरा हैन, यो मान्छेको असहायपना मात्र हो, किनकि
भैसक्या कुरालाइ कसैले बदल्न सक्दैनँ। [ तर पनि ] कहिलेकाहीं भाग्यको शक्तिलाइ मान्न लाचार हुन्छु----"
  Bingo!!  Ambiguity isn't always bad  ni haina ?  आफ्नो अनुकुलता हेरेर अर्थ लगाइदिए भयो नि Thanks for your inspiring words.

क्रेजिसाथि, तिम्रो कुरा मा मेरो पुर्ण समर्थन।  कमेन्ट को लागि धन्यबाद स्विकार गर है

Rosaline,खै साथि के हो के हो।कोर्दै मेट्दै फेरि लेख्दै पो गर्छकि ? धन्यबाद है साथि क्रियेटिभ कमेन्ट का लागि। 

Birkhemailaji,

Shirishdai,  मेरो धागो मा आएर यो धागोकै शोभा बढाइदिनु भएको मा धेरै धेरै धन्यबाद! I feel so honored and thanks for your sweet comment ! This is absolutely an imaginative story.

  Is Pjna really hard to prononuce  ?

Birkhamaildai (maikelaalji) माथि प्वाक नबोल्नु भनेको भएर धन्यबाद भन्न नि डर लाग्यो। धन्यबाद "गुड!!"  का लागि अन्तर्मन बोलेको भनेको के भनेको कुरा बुझे मर्दिनु।

हो हो दिप्पु कराम कराम जैले पनि म बुढो म बुडो माछे भनेर पाइन्छ कि के हो? ल कथा सुन्ने--- दिप्पु र मैले सुन्ने भने पछि सुन्ने 

Thank you all.

Amazing
· Snapshot
Like · Liked by · 0
Pjna, touching story and written in simple yet classic style. Enjoyed your writing but felt really sad after story. Im sure its not 100% story. Somehow somewhere it should be true.......Khai malai ta tyastyai lagchha hai

Sunaynaa is a wonderful name, I wish her all the best...and you keep writing
Nepal ko chora
· Snapshot
Like · Liked by · 0

Pjna,

प्रतिक्षा को फल मिठो हुन्छ रे भन्थे, हो रहेछ। धेरै दिन पछी अर्को राम्रो कथा पढ्ने मौका देकोमा धन्यवाद छ। मार्मिक कथा रहेछ, भाग्य अनी कर्मको लुकामारी खेलेको एउटा बियोगान्त बर्णन। हुन त म भाग्य भन्दा कर्ममा विश्वाश गर्ने मान्छे, तर कहिले काही घट्ने अप्रत्यासित घटनाहरु ले भाग्य भन्ने कुरा पनि हुने रहेछ भनेर बेला बेला मा झस्काउने चाइ गर्छ। हरेक कथा पिच्छे तिम्रो लेखाइ झन झन खारिदै गएको आभाश मैले पाए। लेख्दै गर, पढ्न लाई हामी जस्ता धेरै पाठकहरु छन। 

Last edited: 07-Feb-08 04:06 PM
Rahuldai
· Snapshot
Like · Liked by · 0
pjna007 जी,
समय लिएर पढें। भावबिह्वल भएं। कति राम्रो लेख्न सकेको भने? इर्ष्याले जलेर मर्छु कि क्या हो।
मान्नुस् य न् मान्नुस्, भाग्य-नियति भन्ने अद्रिश्य शक्ती हुंदो रैछ। भाग्यले साथ नदिए पनि दोष भाग्यलाई दिए पनि अझै बिश्वास गर्छु। यो मेरो ब्यक्तिगत धारणा हो। नेपालकी (पहिलो) महिला विमानचालक रक्षा राणाले  कथाकी सुनयनाकै नियति भोगिन। पहिलो पति पाइलट बिनोद  हो क्या र बांनिया थर की संग बिबाह् गरिन्, बिधवा भइन् । फेरि गिरी थरका टेलिफिल्ममा खेल्ने पाइलट संग दोस्रो बिबाह् गरिन्, फेरि पनि........................................... । भाग्य भन्ने अजिबको चिजहुंदो रैछ।
pjna007
· Snapshot
Like · Liked by · 0

Amazing, Although my plot and characters are based on complete imagination, I agree with you in this “not 100%” thing. Imagination does not form in vacuum , it need something - abstract or concrete idea, to conjure up a desired shape and that abstract idea of my writing might hold few degrees of reality, I sud say.  After all we see countless wired things that are still exist in our society haina?  oh arko kura  I scared to drop in your thread since that day , you kw wht I'm saying, but lemme tell you I am reading it ------great going !   thanks for your comment.

NKchora,धेरै धरेइ धन्यबाद मिठो शब्दहरुका लागि। हो सबैलाइ कन्फ्युजिङ नै हुदोरहेछ यो कुरा नि।  खै अजकाल तिम्रो कथा कबिता मा के को बाध लाग्यो? झन धारा प्रबाह आउनुपर्ने जस्तो पो लाग्थ्यो।

Rahuldai, ...इर्ष्याले जलेर मर्छु कि क्या हो।... सुन्दा अचम्म लाग्ला, म भने यो कमेन्ट सुनेर फुर्किएर भुइमा न भाडा मा जस्तो भए। धन्यबाद धागोको शोभा बडाइदिनु भएको र मिठो कमेन्ट का लागि। अब छोरि लाइ अर्को कथा कैले सुनाउने?  सुनाउने  बेला भएन ? 

miss_ me
· Snapshot
Like · Liked by · 0
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

अब बुढो भइया छ क्यार्नु त नि दिप्पु! तो डाँडा माथिको जुन त हैन ब्यारे, अझैँ बाँच्छु गोडा ३ बिसेक उमेर त!

प्...प्...प्....पेर..(हत्तेरी).. प्...प्...प्र.....प्रेर...(बल्ल)..प्रेरणा!!...  (खुईयssss!), अन्तरमन बोलेको भनेको तिम्रो आफ्नै मन बोलेको भनेको! मेन कथा भन्दा फरक तर कथाले तिम्रो मनको कुरा बोलायो भनेको के त्यो लाइनमा!

Nepal ko chora
· Snapshot
Like · Liked by · 0

Pjna jyu,

धाराप्रवाह कथा कबिता लेख्ने मेरो औकात कहाँ छ र?  अब अर्को कथा लेख्न त साइत नै जुर्नु पर्ला।  राम्रो-राम्रो भावबिहल बनाउने कथा हरु पढ्न पाए पछी झन लेख्ने जागर  नै मर्ने रैछ।   कबिता पनि फुर्न छोडिसक्यो आजकाल त। अब तेही ऐश्वर्या लाई हेर्दै २-४ अक्षर फुर्ने गर्थ्यो। उस्ले पनि त्यो अभिशेक सँग बिहे गरे पछी त मुहानमै खडेरी लागी गो नि।   कुनै बर्खे झरी परेर  मुहान रसायो भने एता आएर नि टासम्ला नि। तर यसरी बल्ल बल्ल १ महिनामा एउटा कथा अली ढिला भएन र भन्या?  नेपालीमा टाइप गर्न गाह्रो भको भए मद्घत गरुम्ला नि बरु। 

Nepalki_chori
· Snapshot
Like · Liked by · 0

हो सांचै लेखेको हुन्छ भाग्य। म भाग्यमा धेरैनै विश्वास गर्छु अनि लाग्छ त्यहि भाग्यको कठपुतली हुं म।

त्यसो नहुंदो त सुनयनाको जिन्दगीमा पटक् पटक् त्यहि कुरा किन दोहोरिन्थ्यो होला र?

सधै किन हामि भन्न बाध्य हुन्छौं ....... "यो त सबै भाग्यको खेल् रहेछ"


Harka_Bahadur
· Snapshot
Like · Liked by · 0

kasto mutu chhune kahani padhiyo dherai pachhi.. sachhinai bhagya koriyeko hunchha hai..

malai paani testai lagchha harek manishko bhagya koriyeko hunchha.. ani bhagyale jata lanchha,

haami paani tetai tetai lagnu parchha.. Willaim shakespearle bhaneka thiye " All the world is a stage,

and all men and women are their players" sachhinai sabaile lekhera nai aayeko hunchha, janmida kheri nai lekhera aayeko hunchha

ani lekhera aayeko kura bhognu parne rahechha..

aaba natakko patra jhai haamile paani aafno role play garnu parne rahechha hai.

good one pjna007..
pjna007
· Snapshot
Like · Liked by · 0

Missmeji, कालोचस्मा ले कस्तो राम्रो सुहाएको।

BKMLji, म... म.. मा.. मा.. मा इकेलाल बल्ल कुरा बुझे।

नेपालकोछोरा, "-------कबिता पनि फुर्न छोडिसक्यो आजकाल त। अब तेही ऐश्वर्या लाई हेर्दै २-४ अक्षर फुर्ने गर्थ्यो। उस्ले पनि त्यो अभिशेक सँग बिहे गरे पछी त मुहानमै खडेरी लागी गो नि। ---"     सकिएन बा। 

नेपालिमा टाइप गर्न गार्हो भने भकै हो है, पढ्ने लाइ उता उस्तै सास्ति हुदो हो।

नेपालकिछोरि, हो कैले काहि मलाइ पनि त्यस्तै लाग्छ, कमेन्ट का लागि धेरै धेरै धन्यबाद।

Harkabahadurji,  I was not a very big fan of shakespear's quote you mention above, but as they say,  things change with time, applies to me too -- now I agree that he was by some means right. ani kaile kahi yastai kura haru dkeda/ sunda Nepalki choriji le bhaneko jasto "kathputali"  le role play gareko jasto lagcha haina. Thanks for reading and leaving nice comment.

pjna007
· Snapshot
Like · Liked by · 0

double post bhaecha

Last edited: 08-Feb-08 12:23 PM
Last edited: 08-Feb-08 12:25 PM
SurNaTal
· Snapshot
Like · Liked by · 0

कर्म त लेख्छ भाबिले कान्छा लाएर माया लाइन्न।
लेखेको मात्रा पाईन्छ यहाँ देखे र त पाइन्न हौ देखेको त पाइन्न।

मर्मस्पर्शी कथा मा यो टुक्रा romantic गीत घुसाएकोमा क्षमा चाहन्छु।

प्रसंग चाँहीं शायद लेखेकइ पो हुने हो कि भन्न लाई हो।

र अर्को मार्मिक र सुन्दर प्रस्तुतिको लागि प्रेरणा लाई हार्दिक धन्यवाद। 

ThahaChaena
· Snapshot 4520
Like · Liked by · 0
हुन त २००८को पुरानो कथा किन ब्युंताको भन्लान तर मर्मस्पर्शी कथा अनि राम्रो कथा त आजकाल भेट्नै पढ्नै गारो......

सारै मुटु चसक्क हुने अनि खै कता कता यथार्तलाइ नि सरक्क छुने कथा हो यो..... "भाग्य" यति सानो शब्द तर बुझाइ , गहिराई अनि भार भएको हरेकले नमाने पनि अन्जान मै मानेको एउटा सत्य .....

प्रेरणा-जी यो कमेन्ट पढ्दै हुनुहुन्छ भने अर्को कथा पनि टाँस्ने हो कि ??

हजुरको लेख/कथाको प्रसंसक
- थाने
intelligentguy
· Snapshot 4668
Like · Liked by · 0
Dane dane pe lekha hota hai khane wala ka name- danny danzongpa
timi_mero_sathi
· Snapshot 4860
Like · Liked by · 0
कथा एकदम मज्जा को छ
खस् कुरा के भने , भाग्य कोरिएको भन्दा पनि कोरकार पारिएको हुन्छ , यो कथा येस्तै कोरकार पारीयको भाग्य को हो जस्तो लाग्छ
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 2 · Viewed 158
· Posts 1 · Viewed 56
· Posts 1 · Viewed 67
· Posts 1 · Viewed 143
· Posts 1 · Viewed 241
· Posts 1 · Viewed 173
· Posts 1 · Viewed 163
· Posts 1 · Viewed 158
· Posts 18 · Viewed 4282 · Likes 3
· Posts 1 · Viewed 204



Your Banner Here
Travel Partners
Travel House Nepal