-- चौतारी - ९३ -- - Sajha Mobile
SAJHA MOBILE
-- चौतारी - ९३ --
Posts 636 · Viewed 214290 · Go to Last Post
world_map
· Snapshot
Like · Likedby · 0
 
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - ९३ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९३ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 93 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



नयाँ वर्ष २००८ को हार्दिक शुभकामना!!!
 

गोतामे दाइले टाँस्नुभाको कविता
  भारी बोक्यो डोकाले
घर कु-यो ढोकाले
खेत खन्यो भोकाले
लड्डु खायो बोकाले
मेरो नाउँ कोकले
हिडेँ म त झोकले
 
हेर हेर साथी
कमिलाको ताँती
चढ्यो रुखमाथि
आमै कति जाती
भन्नुहुन्छ नाती
हिँड्नु हुन्न राती
 
मेरो नाउँ कान्छु
भनेको मान्छु
तरकारी खान्छु
कापी कलम लान्छु
पाठशाला जान्छु
धर्काधर्की तान्छु
 
 

 

चौतारी भव्य भेला २००७ - नयाँ खर्क को मीठो सम्झना

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्!!!


Last edited: 09-Jan-08 02:05 PM
Load Previous
visitor
· Snapshot
Like · Liked by · 0

माघ मैना लाग्यो,स्वोस्तानी भन्नु पर्‍यो नि त आज बाट, कस्ले सुरु गर्ने हो कुन्नी,

एम ब्रह्मा बरुडेन्द्र रुद्र मरतु तुम्बेन्च देबैस्तबे बेदे साअङ्ग पदौ कमनिषचन्तु गायात्राी यम सामगा ......ध्यानआ बस्चित तत गते न मनसा पस्च्यम तियम योगिनी .....


कुमार जि आग्या गर्नु हुन्छ , हे अगस्ते मुनी ....

Rahuldai
· Snapshot
Like · Liked by · 0
रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथै  तारेमाम् फ्री!
नेपालाँपो  संक्रान्ति को जन क्रान्ति मतलब हुंदो हो। हामी जस्तो जागिरेलाई पो म-तलब, त्यो नि तलबको। अब याँ के को तलब के को मतलब्? एउटो कुरो नि।
gwanche
· Snapshot
Like · Liked by · 0

माघे सक्रान्तिको पुनित अवसरमा सम्पूर्ण चौतारीबासी गाम्लेहरु तथा चौतारीको बाटो हुँदै हिड्ने बटुवाहरुलाई हार्दिक मंगलमय शुभकामना। यहाँहरुको माघ महिना सुखमय बितोस्।  

Rahuldai
· Snapshot
Like · Liked by · 0
तारेमाम् ग्वाँचुराम्!
लङ् ट्याम् नो सी।
अब बाटो हिड्ने बटुवा भनेर सर्बसाधरणलाई घटुवा गर्न पाइन्न। संबिधान सभाको चुनाव आ'को बेला, पर्लाउ फेला।
ritthe
· Snapshot
Like · Liked by · 0

अब जिम्मालको त फागुन बाट दुखका दिन सुरु भे जस्तो छ के रे, त्यै भे'र माघ सम्मलाई शुभकामना दे'को।

सराप्नै थ्यो त किन सभ्य भाषामा सरापेउ हौ जिम्माललाई?
ल बिस्टे मौका मिलाएर आउँला चिया पिउन कुनै दिन है त
तर चिया मै टार्न आट्या? कुरो नि एउटा
ठुल्दाइ त्यही त यि शुभकामना दिनी हरु ले बटुवा लाई सम्झेर हाम्लाई चाँही घटुवा गर्न लाये

ritthe
· Snapshot
Like · Liked by · 0

आफ्नै स्टाईलमा दोश्रो राउन्ड ठोक्नै बिर्स्या झन्नै
लौ है लौ
ग्वाँचुराम्, सुन्तले,चित्रे र भउते लाई नि जदौ

Last edited: 15-Jan-08 01:42 PM
nepalibabu101
· Snapshot
Like · Liked by · 0
ma ni kam khodai chu help garne hota malai uptown ji . katti ho ni hour ko ? kam napayer garo vairakheko cha malai ni
Rahuldai
· Snapshot
Like · Liked by · 0
सराप्नै थ्यो त किन सभ्य भाषामा सरापेउ हौ जिम्माललाई?
हो भने, बिषादीमा चिनी हाले जस्तै।
ritthe
· Snapshot
Like · Liked by · 0

हो भन्या रौसी ख्वाइ ख्वाइ नङ मा सियो घोचिदेको जस्तो

Rahuldai
· Snapshot
Like · Liked by · 0
लु, काम चोर् इन्जिनियरहरु कता मरेछन् आज? माघे भन्दैमा घ्यु चाकुको सट्टा बिहानै देखि  हाकु पदार्थ ( हाकु=कालो) मै जिउ तताउदै हो कि? नयाँ चौतारी कल्ले बनाउने? जिम्मालेले? भउतेले?  रिट्ठेले?
uptowngal
· Snapshot
Like · Liked by · 0

uptown ji . nepalibabu lovi ketaa khit khit khit
ritthe
· Snapshot
Like · Liked by · 0

चित्रेले बनाउछ होला नयाँ चौतारी, आफ्नो अड्डाको कम्प्युटरले नेपाली अक्षर नै चिन्दैन
नेपालीबाबु कसरी लोभी भयो र ठुल्नानी? कुरो को चुरो बुझिएन नि

world_map
· Snapshot
Like · Liked by · 0
हुन त अचेल मेरो अड्डाको कम्फुटारले मात्र होइन आफ्नै ल्याप्पोले समेत नेपाली अक्षर चिन्दैन। तैपनि म टिडिक
लाएर बनाम्ला। आज अलि फुर्सत नभएर, ट्याम पाइयो भने बनाइदिम्ला गाम्ले हो नयाँ चौतारी!
uptowngal
· Snapshot
Like · Liked by · 0

biste thuli maiya sarai busy cha. uslo haal chaal thik cha. aba hancy baache pachi ta ma khusile danga pareko chu.

aru mero hisi napareko dai haru kata lagyo
Rahuldai
· Snapshot
Like · Liked by · 0

कल्ले हो पुषाँ नि माउ खोज्यो,

लौ चित्रेले नि भाउ खोज्यो।


अहिले त यस्तो भै सक्यो, चित्रेनी भित्र्याए सि के हुने होला पर्भू, रछ्छे गर।
जिम्माले ले नि छाँट देखाउन थालिसक्यो, महिना दिन अघि देखि। पारखिले चिलिम छोडे जस्तै, बट्टाबाट खिल्लीमा, खिल्लीबाट ठुट्टामा झारे बुट्टा भरे जस्तै।

ritthe
· Snapshot
Like · Liked by · 0
हुन्छ हुन्छ चित्रे, अनी त्यो नयाँ चौतारी बनाउद मलाई सुटुक्क भन है अज बोर फस भएर देखाउनु छ ह्या आफुलाई
अरु सबै पातकी कामचोरहरु कता अन्मरिएछन

Rahuldai
· Snapshot
Like · Liked by · 0

चित्रे-रिट्ठे गठबन्धन मु.......बाद! मु.......बाद!

धाँधली गरेर बोर्ड फस् हुन पाइदैन। पाइदैन।


निश्पक्ष छानबीन आयोग गठन गर! गठन गर।

 

Rahuldai
· Snapshot
Like · Liked by · 0

गाम्ले सारा ले नारा लगाउदै गरम्, घर जान्छु आज छिट्टै। पर्बते एक्लै भुन्भुनाई रहेको होला| केरा किन्नु छ, डेरा खोज्नु छ। अहिलेको लागि तारेमाम्।

uptowngal
· Snapshot
Like · Liked by · 0

see ya guys
ritthe
· Snapshot
Like · Liked by · 0

हाम्रो मित्रत्व, भात्रित्वको बर्चस्व राख्न पाउनै पर्छ-- पाउनै पर्छ
हाम्रो एकता जि--बाद् जि--बाद्
हाम्रो माग पुरा गर-- पुरा गर
अचौतारी तत्वलाई निरुत्साहित गर --निरुत्साहित गर

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 7 · Viewed 1153
· Posts 4 · Viewed 311
· Posts 5 · Viewed 3047 · Likes 1
· Posts 3 · Viewed 288
· Posts 7 · Viewed 412
· Posts 1 · Viewed 67
· Posts 1 · Viewed 71
· Posts 17 · Viewed 1117
· Posts 1 · Viewed 125
· Posts 1 · Viewed 124



Your Banner Here
Travel Partners
Travel House Nepal