हिजो राती ....... - Sajha Mobile
SAJHA MOBILE
हिजो राती .......
Posts 4 · Viewed 4400 · Go to Last Post
sun_shine
· Snapshot
Like · Likedby · 0

हिजो राती .......
...... मन एक्कासी भारी भएर आयो
छाती एक्कासी चस्कीन थाल्यो,
खोई  किन हो,
म, म हुनै सकिन 
आफंतंलाई आफ्नो भन्नै सकिन


दोषारोपन गरेऊ मलाई
लान्छना पनि त लगायेऊ
छोडी मलाई एतै कतै
आफ्नै संसारमा तिमि हरायेऊ


तिम्रो घाऊले मलाई नदुखाएको होइन
तिम्रो पिंडाले मलाई नसताएको पनि होइन
तर, खै किन हो
म, म हुनै सकिन
हजूरलाई आफ्नो भन्नै सकिन


परिवर्तन ल्यायो ममा
बिगतका केही दिनहरूले
जिस्काए झै लाग्यो मलाई, गिज्यायेझै लाग्यो मलाई
आफ्नो अन्धो समर्पणले


तिम्रो अन्गालोमा बांधीई, जाडो छेल्न मन नलाग्या पनि होइन
तिम्रो हात समाई संगसंगै, नया बर्षलाई स्वागत गर्न मन नलाग्या पनि होइन
तर खै कुन्नी , किन हो
म, म हुनै सकिन
तिम्रो सामु मनको कुरा खोल्नै सकिन


अब त गुनासो गर्नुको अर्थनै रहेन
समयले एक छिन पनि कुर्नै मानेन
त्यों पल त्यों घड़ी अब फेरी फर्की आउने छैन
तिम्रो शहर तिम्रो आँगन म फेरी धाउने छैन


तिमी मनाउनु नया बषॅ
हासी खेली आफंतहरुको माझमा
म बाडौला मेरो खुसी
मेरो एक्लोपना  संग
खुसी हुनु सुखी रहनु
येही छ मेरो कामना
नया बषॅको येही छ शुभकामना
धेरै धेरै शुभकामना

Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

अहो!

यस्तै छ सनसाइनजी मान्छेको जिन्दगी के गर्नु!

चोट लाग्दा पिडा अद्वितिय जस्तो लाग्ने रेछ तर समयले बिस्तारै थाहै नपाइ पाप्रो हाल्दै जान्छ र पिडा घट्दै बन्द हुन्छ, पछि अर्को पिडा पर्दा फेरि पहिलेको पिडा खासै रहेनछ यसपालिको चाहिँ गहिरो जस्तो लाग्ने र फेरि उहि समय, उहि पाप्रो उहि कहानी उहि जीवन!

राम्रो लाग्यो! बिचका अलि लामा लाइनलाई यसो मिलाएर छोटा छोटा बनाएर पढ्दा झन मजा आउँछ जस्तो लाग्यो!

Rahuldai
· Snapshot
Like · Liked by · 0

चोट के हो, ब्यथा के हो,
म जस्तो घाइतेलाई सोध
मिलन के हो बिछोड के हो
म संग कहिलेइ सोध्दै न सोध।


स्व अरुण थापाको यो गीत याद दिलायो।

राम्रो लेखाइ छ।

kancha01
· Snapshot
Like · Liked by · 0

Sunshine Ji, Kasto ramro sanga bhaawana byakta garnu bhayeko, dherai ramro laagyo..

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 67
· Posts 1 · Viewed 78
· Posts 11 · Viewed 974 · Likes 1
· Posts 1 · Viewed 60
· Posts 1 · Viewed 67
· Posts 4 · Viewed 328
· Posts 9 · Viewed 1358
· Posts 1 · Viewed 111
· Posts 1 · Viewed 113
· Posts 1 · Viewed 86



Your Banner Here
Travel Partners
Travel House Nepal