नानु, म तिमि लाइ धेरै मिस् गर्छु! - Sajha Mobile
SAJHA MOBILE
नानु, म तिमि लाइ धेरै मिस् गर्छु!
Posts 14 · Viewed 7572 · Go to Last Post
wow.nepal
· Snapshot
Like · Likedby · 0

भन्छन माया निस्वार्थ हुन्छ रे!
भन्छन कहिले काहीं एक सानो पल  पनि अबिस्मरणीय हुन्छ रे!
भन्छन माया मा कुनै बन्धन हुँदैन रे!
भन्छन माया मा कुनै उमेर को बन्देज पनि हुँदैन रे!
खै के भन्ने, परे पछी मात्र थाहा हुन्छ भन्थे, मैले पनि त्यो निस्वार्थ प्रेम् को महसुश् गरेको थिये। म पनि मान्छे नै हुं, मेरो नि मन् नै हो, म भित्र पनि भावना छ, म भित्र पनि चाहना छ। हो म भित्र स्वार्थ पनि छ, म त्यो सत्य लाइ कसरि नकार्न सक्छु र! स्वार्थ पनि त मानव को एक् अभिन्न पक्ष्य हो। तर मैले मेरो जिवन् मा केवल् क्षण भरि को लागि गरेको निश्वार्थ प्रेम् शायद् मेरो जीवन्  भरि नै भुल्न सक्दैन होला!
  दशैं को बीदा भयो, कलेज् तिहार् अघि खुल्ने कुरा नै थियेन, अनि काम् मा पनि फुलपाति को दिन् देखि बिदा, सबै साथि हरु कलेज् मात्र जान्थे अनि घर् तिर छिट्टै लागे, म भने कामले गर्दा साथि हरु संग जान सकेन।  मन् खिन्न हुन्दै थियो, येति लामो बाटो त्यो पनि रात्रि बस् मा एकलै कसरि काट्ने भनेर। बाटो नि १८ घन्टा को  लामो, तेस्मा पनि १२ घन्टा त राति नै भनम् न। मेरो यात्रा थियो काठ्मान्डु देखि सुदुर् पस्चिम् सम्मको।


दशैंमा घर् पुगेपछि  साथि-भाइहरु संगको भेट् हुने क्षण सम्झिन्दै बस् को लामो यात्रा बित्थ्यो।
म १९ बर्शे ठिटो, तर म शायद् अलि बढि नै भाबुक् थिये, रमाइलो गर्दा नि पछि नपर्ने, भावना मा बग्न नि पछि नपर्ने! गोङबु बसपार्क् म २ बजे पुगियो अनि आफ्नो सिट् नम्बर् हेरें अनि थचक्क बसे, छेउमा एक् जना महिला बसेकि थिन्, अनि उनि सङै एक् जना केटी( जस्लाई उन्को आमा ले नानु भनेर बोलाउनु हुन्थ्यो, त्यो पछी मात्र थाहा पाको मैले) पनि बसेकि थिन्।

मलाइ त अरु केहि हैन, त्यो लामो यात्रा को पीर् ले सताइरहेको थियो। बस् मा फेरि निदाउने बानि नि थियेन, अनि वाक्-मेन् ( अहिले जस्तो आइ-पड् थियेन त्यो बेला मा)चहिं बोकेको नै थिये। किन भने त्यो बस् चालक् दाइले आफुलाइ मन् पर्ने गीत् माअत्र बजाउने है, कहिले काहिं त दिक्क लाग्दो संगीत् मत्र दोहोर्याइ तेहेर्याइ बजाउने। बस् छुटने समय भयो, सबै यात्रि हरु बसे, अनि बस् घुइंकियो।

थानकोट् को डांडा मात्र के काट्न भ्याको थियो, त्यो बस् बाट देखिने द्रिश्यावलि हेर्दै थियें, अचानक् मेरो छेउमा बसेको महिला को आवाज् सुने ,"नानु न कराउ न बाबा बिच् मा मै बस्छु तिमि भित्र तिर नै बस, अब तिमिलाइ झ्याल् तिर कसरि बसाउने मैले, त्याहां अर्कै को सिट् छ, मान्छे बसेको हेर न।" सायद् ति नानु लाइ पनि त्यो शुन्दर् द्रिश्यावलि ले लोभ्याइरहेको थियो होल। कर् गरि गरि नानु बिच् मा बस्न पुगिन्,अनि मैले पनि अलि बढि झ्याल् तिर सरेर अलि बढि ठाउं बनाइदियें। येसो द्रिश्यावलि हेरेर् रमाउन्दै थियें अचानक् मेरो दायां हात् मा न्यानो स्पर्श को महशुस् गरें अनि हेरेको त नानु को हात् ले पो छोको रहेछ, अनि येसो उनि तिर हेरें, उनको हेराइमा म मैले सानो अनुरोध् लुकेको पायें, प्लिज् अलि टाउको पछाडि गर्नु न भने जस्तो महशुस् गरें, तर उनि बोलेकि भने थिइनन्। म मुसुक्क हांसे अनि आफुलाइ असजिलो पारि पारि भये पनि, टाउको पछाडि पारेर बसें। अनि येसो सम्झें उन्को त्यो मासुम् हेराइ, अनि सम्झें त्यो मौन् अनुरोध्!अनि ति उपन्यास् कथा हरु मा "आंखाले बोल्ने, मन् ले सुन्ने" जस्ता शब्द हरुको प्रयोग् गरेको सांचो हो जस्तो महशुस् भयो।

अनि त के हाम्रो मौन् बार्तालाप् सुरु भै सकेको थियो! मैले गर्दा उनलाइ अलि कति पनि छेकियो कि, उन्को स्पर्श मैले पाइहाल्थे, अनि येसो उनि तिर हेर्थे, अनि फेरि म उनिले बाहिर देख्न पाउने गरि म बसिदिन्थे। यो कर्म दोहोरिन्दै गयो, म एक्दमै रमाइलो महशुस् गरिरहेको थिये, अनि बेला बेलामा त उनि लाइ जिस्काउन मात्र भये नि, म उन्लाइ छेकिने गरि बसिदिन्थे। शायद् उन्ले म जिस्केको चाल् पाइछ्न् क्या रे, म धेरै बेर् सम्म नि छेकेर बस्दा पनि कुनै स्पर्श को महशुस् गरेन मैले, अनि येसो उनि तिर हेरेको त उन्को आंखा मा अघि जस्तो अनुरोध् थियेन, बरु रिसायेका भावना हरु झल्किरहेका थिये।

त्यो देखेर नरमाइलो लाग्यो मलाइ, र शायद् उन्ले मेरो मन् मा बगिरहेका भावना लाइ मेरो एक्स्प्रेसन् बाट बुझिसकेकि थिन् र त होला, फेरि मुसुक्क हांस्दै, उहि पुरानो अनुरोध् ब्यक्त गरिन्। तर हामि अझै बोलेक थियेनम्, छेउमा बसेकि उनकि आमा, हाम्रो चालामाला हेरेर कहिले आस्चर्य भयेको जस्तो गर्थिन् त कहिले हान्स्थिन्। सायद् उनिलाइ नि हाम्रो मौन् बार्तालाप् ले केहि रमाइलो महशुस् हुन्दै थियो होला !

अनि त के बाटो काटिदै थियो, हाम्रो मौन् बार्तालाप् गहिरिन्दै थियो। छोटो समय मा पनि उन्ले मेरो मन् जितिसकेकि थिन्, केहि बेर् पछि त उन्ले मेरो मनमा उन्को लागि माया पलायेको कुरा बुझेर होला, अब त अनुरोध् भन्दा पनि आदेश् पो आउन थालेको जस्तो लाग्यो। फेरि सोचे, माया नपचेको जस्तो छ होला नानु लाइ, अनि तेस्तो सोच्न मात्र के थालेको हुन्थे, सायद् उन्ले बुझेर होला, तुरुन्तै आफ्नो म्रिद-मुस्कान, मायालु हेराइ, र न्यानो स्पर्श ले फकाउन थालिहल्थिन्। अनि मलाइ नि रमाइलो महसुश् हुंदै थियो।

अचानक् गाडि रोकिन थालेको जस्तो लाग्यो र रोकियो पनि अनि खलांसि  दाइ ले चिच्याउन्दै  भन्नु भयो, "ल है खाजा साजा खाम्, अब गाडि मध्य रात् तिर मात्र खाना खान रोकिन्छ, पछि हामि लाइ केहि नभन्नु।" अब खाजा त अलि अलि खानु पर्यो भनेर म झर्दै थिये, अन्टि (नानु को आमा) ले खै के खाने होला, येस्ले केहि खान मान्दिन के गर्ने होला भनेको सुने, र हामि दुबै जनाले खान्दै अनि नानु लाइ सम्झाउन्दै केहि खुवायेम्। तर नानु र म बिच् अहिले सम्म बोल्चाल् भयेको थियेन, केवल् हामि आंखा र भावना ले बारतालाप् गर्दै थिएम। खाजा खाइयो, अनि हामि फेरि आ-आफ्नो सिट् मा गयेर बसेम्।अब बाहिर अलि झिस्मिसे भैसकेको थियो, र बाहिर हेर्ने कुरा नि भयेन, अन्ध्यारो मा के नै देखिन्थ्यो र्! मलाइ त अब यो भन्दा पनि अब नानु संग कसरि कुरा गर्ने भन्ने पीर् ले सताउंदै थियो, उन्को माशुमियत् ले मेरो मन् नै जितिसकेको थियो, र मेरो मन् मा उन्का लागि निश्वार्थ माया पलाइसकेको थियो। कसरि भयो, के भयो केहि नि थाहा भयेन, तर माया भयो तेति मत्र थाहा भयो। तर जे होस् चालक् दाइले बस् को लाइट् मधुर राखेका थिये, तेसैले हामि एक् अर्का लाइ देख्न भने सक्थेम्।

येसै बिचमा उन्ले मलाइ "खुब् मजाले बाहिर हेर्दै रमाइलो गर्दै यात्र गर्छु भनेर होला नि झ्याल् तिर को सिट् लेको, अब बाहिर हेर न, म तिर किन हेरेको" भनेको जस्तो लाग्यो मलाइ, तर केवल् त्यो अंखाको भाव् ले मात्र। अनि मैले रिशायेर बाहिर तिर हेरे जस्तो गरे। तर येस् पटक् फेरि मैले उन्को स्पर्श महसुस् गरे, अनि सोचे, सायद् उन्को मनमा नि मेरो लागि केहि माया पलाइसकेको छ। खुशि लाग्यो,र हामि जिस्किन्दै गयम्, केवल् नजरले मात्र, ल सायद् बेला-बेला मा उन्का औंला का ति स्पर्श ले।

 

एक्दमै ठुलो आवाज् ले कान् को पर्दा ठोके जस्तो लाग्यो, र येसो हेर्द त नानु र म सङै झसङ भयेर आंखा खोल्न पुगेका रहेछम्, त्यो खलासि दाइ पो कराउनु भाको रहेछ, "खाना खाने हरु खाउं है" भन्न लाइ। अघि नानु र म त आंखै आंखा ले कुरा गर्दा गर्दै निदायेछौं क्या रे। केहि खाने मन् थियेन तर सौचालय तिर भने गइयो र फर्केर आयेर फेरि आफ्नै सिट् म बसियो। सबै जना फर्केर न आउन्जेल् सम्म म र नानु फेरि हाम्रो मौन् बार्तालाप् मा डुब्न पुगेम्, र हामि दुबै को मन् मा एक् अर्काको लागि माया झल्कियो।फेरि सबै जना बस मा चढे, बत्ति निभ्यो, तर पनि हामि २ जना एक्-अर्का संग बार्तालाप् गर्ने प्रयाश् गर्दै थियेम्। किन कि म उन्का आंखा मा हेर्ने प्रयाश् गर्दै थिये, भने उनि मलाइ न्यानो स्पर्श दिन्दै थिन्, कति बेला दुबै जना निदाये छौं थाहा नै भयेन। बिहान ४ बजे तिर बस् चिया पिउने ठाउंमा रोकिये पछि मात्र थाहा पाइयो। अनि मैले बिनम्र भयेर आन्टि लाइ "चिया पिउनुहुन्छ आन्टि" भनेर सोधें, दशैं को बेला चिसो बढि नै सकेको थियो त्यो पनि ४ बजे बिहान, तेसैले होला आन्टि ले हुन्छ भन्नु भयो, र नानु ले चिया पिउंदिन बाबु पनि भन्नु भयो। चिया पिइयो अनि फेरि बस् आफ्नै गति मा चल्न थाल्यो।

 

मलाइ थाहा पनि थियेन कि नानु को यात्रा काहं सम्मको थियो भनेर, किन कि हामि बिच् केवल् आंखा, मन्, अनि स्पर्श ले मात्र कुरा भैरहेको थियो, जस्मा नानु काहां सम्म जान्दै छिन् भन्ने प्रस्नको  उत्तर् थियेन। एक्छिन् पछि आन्टि ले नानु लै अलि आफु तिर तान्नु भयो, तर नानु लाइ चहिं आन्टि र मेरो बिच् मा तर म सङ टांसियेर बस्न मै मन् रहेछ, फेरि म तिरै टांसिन आइपुगिन्। हामि फेरि एक्-अर्का संगै चल्दै रमैलो गर्दै बसेम्। तर अझ नि बोलेका थियेनम्।

 

मेरो गन्तब्य आउन अझै ३ घन्टा जति को बाटो बांकि थियो, तर बस् रोकियो, किन रोकियेछ भर्खरै त चिया पिउन रोकेको थियो भन्ने सोचेको मात्र के थिये, आन्टि ले आफु हरुको बस् स्टप् आयेको र झर्ने कुरा सुनाउनु भयो, मेरो मन् मा ठुलो तुफान् आयेको महसुश् गरे, त्यो तुफान् थियो नानु संग हुन गैरहेको बिछोड् को। म मन मनै रोये, कराये, अनि सोचें किन नानु अहिले नै म सङ छुट्टिनु पर्ने भनेर! उता प्रतिक्रिया नानु को नि उस्तै थियो।आन्टि सिट् बाट उठेको देख्ने बित्तिकै नानु को अनुहार् म मैले त्यो बिछोड्को पीडाको भावना झल्किरहेको पायें। अनि आन्टि ले नानु लै सिट् बाट जाउं भनि उठाउन्दा नि,  नानु ले उठ्न मानिनन्, झन् नराम्रो महशुस् गरेको जस्तो गरिन्, आन्टि ले कुरा बुझ्नु भयेछ, र मलाइ भन्नु भयो, "बाबु, अब हजुर्ले येस्लाइ बस् बाट झरुन्जेल् सम्म साथ् दिनु भयेन भने यो मलाइ घर पुगुन्जेल् सताउंछे।" अनि अन्टि को अनुरोध म पनि संगै झरे, र नानु लै गुड् बाइ पनि भने, तर नानु को अनुहार् मा अझ पनि तेहि पिडा झल्किरहेको थियो।

 

मलाइ नि मन् मनै भक्कानो छुटेर आयो अनि लाग्यो, नानु सङ भेट् नै नभयेको नि हुन्थ्यो नि येसरि छुट्टिनु भन्दा त! तर येस्तै हो के गर्नु, सधैं मन् ले चाहेको पुग्नु पर्छ भन्ने नि छैन नि, भन्ने सोचे, र मेरो निस्वार्थ माया नानु लै सधैन् सुम्पेर मैले नानु को निधार् म मिठो चुम्बन् गरे, र नानु ले नि मलाइ मिस् गर्न थालेको जस्तो भावन प्रकट् गरिन्। येत्तिकै मा खलासि दाइ ले भन्यो, भाइ तपाइं नि येहिं झर्ने हो र! हजुर को टिकेट् त अझ अगाडि सम्म को छ नि? अनि मैले भने दाइ म आये है, अनि आन्टि लाइ नमस्ते र गुड् बाइ गरें। नानु लाइ मेरो भावपुर्ण माया, मेरा आंखा र अनुहार् को भाव् बाट झल्कायें। उनिले बुझिन्, र उनि ले नि तेस्तै भावपुर्ण प्रतिक्रिया देखाइन्। म मेरो बस् म चढे, र बल्ल महशुस् गर्न थाले तेति लामो बाटो केवल् नानु को साथ् ले कति छोटो महशुस् भयेको थियो, र त्यहां देखि मेरो घर् आइपुग्ने त्यो ३ घन्टा को बाटो ३ साल् जस्तो महशुस् गरें। दशैं सकियो, तिहार् सकियो, तेहि बाटो फर्केर काठ्मान्डु जानु पर्ने। अनि मेरो हरेक् यात्रा म नानु को याद् मा यात्र गर्दै गयें, सायद् येस् पालि त भेट् हुन्छ कि भनेर,तर कहिले नि भयेन! येसै गरि म हरेक् पटक् त्यो बाटो मा यात्रा गर्दा, सधैं मेरि नानु को पर्खाइ मा हुन्थे, तर सायद् नानु सङको दोस्रो मिलन् मेरो भाग्यमा नै थियेन। मैले तेहि बाटो म ३ बर्स सम्म ५० पटक् भन्दा बढि यात्रा गरें तर नानु फेरि कहिले पनि आइनन्। अनि मैले हरेश् खाये! नानु लाइ फेरि एक् पटक् भेट्न पाये हुन्थ्यो, यस् पटक् त म मेरो र उन्को बिच् को माया को भाव् बोलेर नै भन्छु भन्ने सोच्दै बसे, तर कहिले नि नानु आइनन्। म मेरो नानु लाइ सम्झेर मन मनै रोये कराये, तर नानु आइनन्।

कस्तो माया थियो त्यो, म केहि भन्न सक्दैन, तर म मेरा हरेको यात्रा मा मेरो छेउको सिट् मा मेरि नानु लाइ खोजि रहन्छु, म मेरा हरेको यात्रा म मेरि नानु लाइ भेट्न चाह्न्छु, म मेरा हरेक् यात्रा मा मेरि नानु को न्यानो स्पर्श चाह्न्छु, हो म मेरा हरेक् यात्रा मा मेरि नानु लाइ धेरै धेरै नै सम्झिन्छु, अझै पनि १० बर्स पछि, मैले म संग को यात्रा मा मेरो सहयात्रि ( सङै यात्रा गर्ने साथि) चुन्नु पर्यो भने म मेरि प्रेमिका भन्दा नानु लाइ मेरो छेउ मा पाउने कामना गर्छु।

 

को थिन् त ति नानु? किन म अझै उनिलाइ मेरो यात्रा मा भेटने कामना गर्छु? उत्तर त केवल् येहि छ  "ति केवल् १ बर्स कि बालिका थिन्, जस्ले मेरो त्यो कहालि लाग्दो लामो यात्रा लाइ क्षण् भर्को जस्तो भयेको माहशुस् गरायेकि थिन्,हुन नि हो, उन्ले आफ्न औ?ंला हरुले मलाइ छोयेर के के भन्थिन्, अनि टुलु टुलु हेरेर के के भन्थिन्, मैले सबै बुझे झैं लाग्थ्यो, अनि मैले आंखा येता उता गर्दा अनि अनुहार् मा एक्स्प्रेसन् ल्याउन्दा, उनिले बुझे झैं गर्थिन्। तेसैले त हो हामि बिच् कुनै बार्तालाप् भयेन, भयो त केवल् आंखा र मन् को मौन् बर्तालाप्। तर हो म मेरि नानु लाइ मेरा हरेक् यात्रा मा मिस् गर्छु!

I just tried to write after a long time; and I'm not a good writer, as you can see. lol. Im just inspired by all of you sajhalander. I love your stories, I read all of 'em; and  this time tried something. Hope, it wasn't that boring. Of course, it is a fictious story. Please make corrections by yourself while reading, if there are any. Happy New Year to you all! I wish for all of yours ( ours) prosperity!

wow.nepal

dipika02
· Snapshot
Like · Liked by · 0

wow.nepal jyu,

राम्रो लाग्यो यो कथा, मलाई "मेरो सानु साथी" भन्ने कथा को याद आयो। यो ममता को सागर पनि अनन्त छ,यस्को न कुनै परिभाषा छ न त कुनै निस्चित रूप,
अरु पनि लेख्दै गर्नुस

Dipika
kalejo
· Snapshot
Like · Liked by · 0

ho ho Dipika, yo mamata ko sagaar ananta nai hunchha, bujhnai gaaro

wow.nepal, raamro chha
Rahuldai
· Snapshot
Like · Liked by · 0
निष्पाप मायाको रुप, पबित्र धुप जस्तै हुन्छ।
नानुसंगको  अत्मियता पनि पूजाको निम्ति बल्ने मीठो धूप नै हो। राम्रो प्रस्तुतीको लागि wow.nepal जी प्रतो आभार छु।
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

एउटा नेपाली कथा छ शायद भवानि भिक्षुको हो क्यारे, 'मेरो सानो साथी' भन्ने!

त्यस्तै भावना र मनोबिज्ञान देखियो!

 प्रस्तुतीको लागि धन्यवाद् वाउनेपालजी! अरु पनि पर्कनुहोला!

wow.nepal
· Snapshot
Like · Liked by · 0

dipika02 jyu, kalejo jyu, rahulvai jyu, ra birkhe maila jyu, sabai saathiharulaai katha man  paraidinu bhayeko ma sarahai nai aabhari chhu. Dhanyabaad!!

wow.nepal

fewatal
· Snapshot
Like · Liked by · 0

wow.nepalji, saarai ramro chha katha...arru ni yesta ramra ramra katha padna paune aasaa rakheko chhooo.

 

pjna007
· Snapshot
Like · Liked by · 0

nice! keep sharing ----

SurNaTal
· Snapshot
Like · Liked by · 0
उतिबेला मेरो सानु साथि पढ्दा भन्दा यो कथामा मन धेरै रुमल्लियो। सायद उमेर ले पनि होला, तर यो जो मनोबिज्ञान wow.nepal जि ले पोख्नु भयो, तेस्ले मेरो कुनै पाटो जिवनको बोलिरहेको झै महसुस् भयो।
अति राम्रो प्रायास्। 
pjna007
· Snapshot
Like · Liked by · 0
one quick qst - sabjana le merosanu sathi ko kura grya cha tio katha kaha padhna paincha hola ?  
houstonguys
· Snapshot
Like · Liked by · 0
sarai mann parana
wow.nepal
· Snapshot
Like · Liked by · 0

fewataal jyu, pina007 jyu, SurNaTaal jyu, ani houstonguys jyo,  Dherai dherai dhanyabaad! I greatly appreciate your complements and comments. Thanks again!

wow.nepal

crazy_love
· Snapshot
Like · Liked by · 0

अहिले त नानुको बिहे भैसक्यो होला है?  एसो एउटा अडकल गर्‍या नि। मलाइ पनि एउटा बाबुको याद आइराको छ, तर सानो होइन क्या ठुलो बाबु। हे हे हे.....

wow. nepal Jyu, waiting for ur next blog hai

wow.nepal
· Snapshot
Like · Liked by · 0

CL ji, you are right, she must be married by now. I cant confirm it cuz I haven't met her back again. lol, ani tapainko ko thulo  babu ko kathaa jawos na, waiting for your stories.

 

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 53
· Posts 4 · Viewed 291
· Posts 2 · Viewed 293
· Posts 1 · Viewed 67
· Posts 1 · Viewed 97
· Posts 1 · Viewed 68
· Posts 1 · Viewed 115
· Posts 2 · Viewed 318
· Posts 12 · Viewed 1811
· Posts 1 · Viewed 123



Your Banner Here
Travel Partners
Travel House Nepal