म ५ बर्स को थे, भर्खर भर्खर स्कुल जान सुरु गरेको। तेति बेला हजुर आमा अनि काकाहरु सङ बसेर पढ्दै थे। घरमा आफ्नो उमेर को खेल्ने साथी भनेको त्यही एउटा डेनी थ्यो। हुन त घरमा सबै ले डेनी लाइ माया गर्थे तर मेरो र डेनी को बिशेस दोस्ति थ्यो। घरमा मासु पकाको दिन आफु ले खानु भन्दा अगाडी नै डेनी को भाग राखिदिन्थे। म जति डेनी लाइ माया गर्थे, त्यति नै माया डेनी ले मलाइ गर्थ्यो।
स्कुल जादा २ त ठुला ठुला बाटो काटेर जानु पर्ने। घर फर्किन ढिला भो कि, हजुर आमा चिन्ता मा। एक दिन स्कुल बाट फर्किन अलि ढिला भयो, काका नै स्कुल सम्म लिन आनु भयो। घर फर्केर होमवोर्क सकाए अनि डेनी सङ खेल्न जादा डेनी लाइ घरमा कतै देखिन। अनि हजुर आमा लाइ सोधे। "अघि तलाइ लिन तेरो काका को पछि लागेर गको जस्तो लाग्थ्यो। तैले फर्किदा बाटोमा देखिनस?" मैले त काका सङ डेनी लाइ देखेको थिन। काका लाइ सोधे। काका ले चाइ डेनी लाइ बाटो बाट घर जा भनेर पठाको थे त भन्नु भो। काका र म डेनी कता गयो होला भनेर खोज्न निस्केउ। घर नजिकै को मुल बाटोमा मात्र के पुगेको थियौ, बाटोको छेउ मै मेरो डेनी को रक्ताम्य शरिर देखे। मलाइ लिन काका को पछि लागेको डेनी लाइ त गाडी ले किचेछ। हामी पुग्दा सम्म त डेनी को प्राण पखेरु उडी सकेको रैछ। बाटो काट्नु अगाडी काकाले डेनी लाइ घर जा भनेर भन्नु भको थ्यो रे। तर त्यो जिद्दी डेनी ले काका को कुरा न सुनेर बाटो काट्न थाल्यो होला, अनि हुइकिदै आको कुनै गाडी ले किच्यो होला मेरो डेनी लाइ। अब म घरमा को सङ खेल्ने होला? आफ्नो खेल्ने साथी तेही एउटा डेनी थ्यो। यहि कुरा सोच्दै मेरो आखा बाट आसु बग्न थाल्यो। स्कुल बाट फर्किदा अर्कै बाटो आको भएर होला, मैले फर्किदा बाटोमा मेरो डेनी लाइ न देखेको। २-३ दिन सम्म त राम्ररी खाना पनि खाइन।
सायद अलि बुझ्ने भए पछी एउटा मिल्ने साथी गुमाको भएर होला, तेति बेला मलाइ बढी नै दुख लागेको थ्यो। अहिले पनि माया लाग्दो कुकुर देखे भने तेहि जिद्दी डेनी को याद आउछ।