Dibya ----------- - Sajha Mobile
SAJHA MOBILE
Dibya -----------
Posts 57 · Viewed 19884 · Go to Last Post
Deep
· Snapshot
Like · Likedby · 0

Dibya

 

"सुरेस, यार आज आउन नमिल्ने भो -- यहाँ कामका मान्छेहरुले हिजो पनि बेपत्ता भईस आज त यहीँ होटेलमा हुने ग्रुप डिनरमा बस्नै पर्छ भनेर हैरान ---" फोनमा उसलाई भन्दै थिएँ उस्ले "त्यस्तो कुरा नगर -- बोर नगर तँ -- झन तँ आउँछस भनेर कुरीरा -- जसरी भए पनि आईजभन्यो।

 

"हिंजो आईहालेँ नी -- धन्न आएको आएकै भएछ -- नत्र आउनै नपाउने हेर् -- बोर बोरै भो नी -- पनि अब भरे त्यैं आउने हो -- फेरी मासु-भात गोदने अरु गफ लडाउने भन्या -- के गर्ने अफिसको काममा आएको उनीहरुले भनेको नमान्ने कुरा पनि भएन --भोली फेरी फर्किनु परीहाल्यो-- अब अर्को चोटी आउँदा बस्छु नी फेरी -- बरु तिमीहरु आओ अब मेरो गाम तिर -- है?" मैले कुरा सक्दै भनें।

 

सुरेसले धेरै कर गर्यो--नरमाईलो मान्यो मलाई थाह थ्यो तर मैले आफ्नो ईच्छालाई बिबसताको नाममा उभ्याईरहेँ --मेरो गाम तिर उनीहरु दुबै जनालाई आउन लगातार निम्ता दिदैं उस्काँ अहिले आउन नमिल्ने बाध्यतालाई किच्न खोजें। उस्ले मन नलागि नलागि मेरो असमर्थतालाई उभिने मौका दियो। धन्य भएँ तर एक किसिमको अन्तरबोझले थिचिएँ पनि।

 

भोकले हैरान पार्दैथ्यो--सोचेँ अब भात खानै पर्यो -- देशी भोजनालय होला यता कतै पक्कै पनि यत्रो ठुलो शहरमा भन्दै कम्प्युटरमा खोज्न थालेँ। 

 

केही समय अघि मलाई दखिन तिरको एउटा राज्य जानु पर्या थ्यो कामको सिलसिलामा। पुरानो बिद्यालय देखिको एउटा साथि त्यतै घरजम गरेर बस्या थ्यो। बिद्यालय छोडे देखी भेट भएको थिएन संग भने हुन्छ। १२ पछि भारत तिर लाग्या थ्यो, चैं समुन्द्रपार। पुग्या बेलाँ भेट गर्दिम भनेर बुझ्या धुनधान खुसी भो।

 

खान बस्न हुटेल देकै कामले, तर भेटघाट गर्न पक्कै आउँछु भनेको मान्दै मानेन। "घर किन्या छु यार मैले यहाँ-- अब तँ काँ हुटेल हुँदी बस्नी? हुँदैन कि हुँदैन" भनेर जोड गर्यो। लौ त भन्दें।

 

हवाईजहाज उडान नम्बर अनि समय पनि भन्देँ। लिन आउने भो मलाई। उस्ले " अब यहीँ आएर कुरा गरम्ला" भन्यो।

 

अफिसबाट बिमानस्थल तिर जानै लाग्या थिएँ सुरेसको फोन आयो "बुझिस तँलाई लिन आउने भन्या है तर हैन देबदाई लिन आउँछन तँलाई एअरपोर्ट-- के लार आउनलाछस भन् ?"

मलाई असजिलो लाग्यो भनें "हैन को देबदाई? तँलाई आउन मिल्दैन भने आउँछु नी ट्याक्सीमा -- अरुलाई किन दु: दिने बेक्कारमा?"

 

"म आउन नमिल्ने हैन -- नै आउँछु भन्या हो बुझिनस -- तर एअरपोर्ट उता माथि उत्तरमा मेरो काम् चै यता दछिन तिर क्या अनि देबदाई त्यै एअरपोर्टैमा काम गर्ने भने नी हुन्छ दुई मिनेट लाग्छ -- हिँजो तँ आउने लिन जाने कुरा सुनाको थिएँ उनले मिले ल्याईदिम्ला भन्थे -- अहिले फोन गरे मिल्छ रे--"

 

"को देबदाई?" मैले नी चिन्छु कि भनेर सोधें।

 

"देबदाई भन्या मैले मेरो घरमा बेसमेन्टमा राख्या छु क्या -- भलादमी छन मान्छे -- त्यस्तो अप्ठ्यारो केही मान्नु पर्दैन तैले-- तँ भरे त्यै :५३ मा आईपुग्ने हैन ? " उस्ले भन्यो।  

 

मैले हो भने उस्ले चाहिएको जानकारी दिएँ।  

 

उडान भरी त्यै पुरानो स्कुल, साथिहरु, सुरेस मैले गरेका बदमासीहरु सबै सम्झिरहेँ -- सुरेसको घर बत्तिसपुतलीमा थियो -- धेरै चोटी गएको छु--तेस्को छिमेकीको साईकलको हावा फुस्कार भ्याल्टु स्याल्टु हुर्याईमात्रै के देको थेँ एक चोटी त्यो छिमेकीले  समातेर मलाई गर्दनाँ हात अर्कै ठाममा लात कस्या थ्यो। छिमेकीको छोरी राम्री बाउ दुस्ट भन्यो सुरेसेले -- अनि गर्नी के? हामी सँग दुस्ट्याईँ? भनेर मैले छिमेकीलाई पाठ सिकाईदिम भन्या आफ्नै जात्रा भै रा -- त्यो घटना सम्झेर हवाईजहाजमा एक्लै हाँस उठ्यो। केही समयको उडान पछि त्यो शहरको बिमानस्थलबाट बाहीर निस्किँदा अलमल गर्दै गर्या हाम्रा गामको जस्तो जो देखिने जो सुकै सँग पनि आँखा जुधाउँदै थें एउटाले छेउमै आएर नेपाली मै "तपाईँ दीप हो?" भनेर सोध्यो। बेस्मेन्टका दाई खाँट्टी पक्का रहेछन।

 

हो भनी सके पछि थपें "दाईलाई सित्तैमा दुख भो है -- मैले ट्याक्सीमा आउँला भन्या सुरेसले मानेन"

 

"हैन केई छैन -- यहिँ नजिकै काम गर्छु नी --दुई मिनेट पर-- " उनको आबाजमा कुनै झर्को थिएन।

 

"कति पर घर यहाँ बाट?" मैले सोधें।

 

"लाग्छ आधि घण्टा जति" उनले भनें।

 

हामी उनको मोटरमा बसेर बाटो लागिम। महाथोत्रो मोटर फेला पार्या रे छन ति दाईले काँबाट हो। हेलिकप्टर जस्तो नजिकै कराको सुनेर मैले यसो बाहिर हेर्या -- उनले "मफलर घाँटिमा बान्ने गर्या थ्यो हाम्ले , यता साईलेन्सरलाई मफलर भन्ने रेछन किन हो --हेरी त्यै मफलर भन्नेमा प्वाल पर्या भन्छ -- त्यै करा हो - के के भा जसरी कराउँछ कराउनलाई, तर पर्या चै त्यै दुई चारटा प्वाल रे- केई हुन्न -- फेर्या सय रे -- लागिराछ  भनेर फेर्या छैन। कुदने काम हो मोटरको कुदीराछ क्यारे।" उनले हाम्ले चढेकै हो गुडने हेलिकप्टर भन्ने बुझाए।

 

"अनि दाईको नाम चै के नी?" मैले सोधें।

 

"हुन दिब्यध्वज हो यता सबैले डेभ डेभ भन्छन -- सुरु सुरुमा सच्याउँथे अब मरुन भनेर छोडदिन्छु" उनले भनें।

 

उनको गाडी चलाउने शैली अलि डरलाग्दै थियो। छिन छिनमा लेन सर्थे-- बाटो खाली नै थ्यो पनि�

Load Previous
kalejo
· Snapshot
Like · Liked by · 0

Good kancha, i am pleased to know that, after all u r my kancha bro.
uptowngal
· Snapshot
Like · Liked by · 0

Deep jyu kataa lagnu bho. mata hajurko kathaa sunna paleti kasera basiraako chu. lu jhattai katha bhanna suru garnus. ani mero bange lai ni liera aaunus.
kancha01
· Snapshot
Like · Liked by · 0
right kalejo, no issues betn two bros..
Deep
· Snapshot
Like · Liked by · 0

kalopoolbasi,

"...yahan ko sarkari jagir ho ki ke ho..."

सरकारी सरकारी जस्तै हो जागिर मेरो-- उही मैतीदेबी तिर चाइनिज ईट्टाको ठुलो घरमा क्रिम कलरको पर्दा हाल्या झ्यालमा बसेकीलाई मेरी भन्या जस्तै। भनियो आफुले भन्न लाई तर --- यस्तै रे छ जिन्नखी।

Nepal ko chora ,

"---प्रभु को लेखाइ को बयान त -----हजार जिब्रो भएका शेशनाग ले त गर्न सक्दैनन भने---"

प्रभो, त्यो उहीले पुराणको हजार जिब्रो भाको शेषनाग त अचेल अलसाईमरस र डिमेन्सियाले पिडित भै बैकुण्ठ रिटायरमेण्ट एन्ड डिमेन्सिया युनिटको बार्ड नम्बर ११ मा छ अरे -- तरुनो हुँदा हजारै बटा जिब्रो सरर चलाउँदा शेषनागिनीहरु भुतुक्कै हुन्थे अरे -- बिस्तार बिस्तार गरेर एक पछि अर्को जिब्रो गुलुप जल्या जसरी झ्याप झ्याप् हुँदै गएर अहिले त खत्तम --- अब तेस्तो शेषनागले बयान गर्न सकेनन मेरो लेखाई भनेर के फुईँ गर्नु?

तर खास कुरा चैं प्रभोहरु जस्ताको हौसला नै हो मेरो लेखाईको उर्जा। मैले आभार प्रकट गर्नै पर्छ।

miss_ me,

नगरम् न त भन्दा नि सकिएन मिस नगर्न-- क्यार्नी हो अब?

"दिब्या किन गै छिन नि त ढल्किन ?"

मन छल्केको हुँदो हो अनि भन्चु के रे ---

pjna007 ,

"दीप दिब्या भाउजु लाइ तल नल्याउने भन्या?"

अब अर्का स्वास्नीलाई के तल माथि गराई भो र?

KOOLDUDE ,

"Tespachi k bho??"

Tespachhi "k" haina "J" for Jyaa bho ni prabho...

 

 

 

Last edited: 17-Dec-07 09:46 AM
kancha01
· Snapshot
Like · Liked by · 0
"Tespachhi "k" hain "J" for Jyaa bho ni prabho...", hahaha..
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0

जए परमेस्सोरि नया उत्पातीहरु आएछन यता कथामा! यिनका चर्तिकला बढदो रेछ।

लु थपम थपम, यिनलाई बाङ्गे एट अल सँअ भेटाइदिनु पर्छ सपैलाई!

Deep
· Snapshot
Like · Liked by · 0
मैले अरु साथिहरुलाई बिर्सेको छैन -- मेरा हार्दिक आभारका पुस्पगुच्छाहरु लिएर सेवामा उपस्थित हुन म बिर्सिने छैन। यत्ति निबेदन चै गरी हाल्छु।
world_map
· Snapshot
Like · Liked by · 0
दीप ज्यो, लेखम् लेखम् दामी गैरा'छ.
kalejo
· Snapshot
Like · Liked by · 0

क्यार्नु बिर्खे नबोलुँ भनेनि यो छुद्र कान्छा ले बस्न टिक्न देन, नत्र यसरी आर्का दैलामा को पुग्थ्यो र चो चो पसार्दै

kancha01
· Snapshot
Like · Liked by · 0

birkhe babu, malai ra kalejo lai pani yasari nabolaeko paahuna huna ta kahaan man thiyo ra, tara Deep ji ko katha nai yasto cha ki, man thaamnai nasakine lekhun lekhun laagihalcha...haina ta kalejo, ki kaso ta

Kalopoolbasi
· Snapshot
Like · Liked by · 0

Hoina Deep ji,

Yo yettikaimai siddiyoki ke ho? Kasto ke napugeko ke napugeko jasto lagne| Sayad euta abbal darja ko kathakar ko bisesta nai tehi hola....pathak lai kathako antya bhayepachhi pani sochirahana badhya parne| Mane yahalai!

Aba arko katha chahin eso tehi handigaun tira 9-10 classma hunda bange ra bandhuharu sangaka kriyakalap sambandhi hos bhanne nibedan garchhu|

RBaral
· Snapshot
Like · Liked by · 0

A great narration. I have been you silent reader for a long time, but this time!! Decided I should come out of the closet to applaud. ..साईकलको हावा फुस्कार भ्याल्टु स्याल्टु हुर्याईमात्रै ...

 

 

GP
· Snapshot
Like · Liked by · 0

Deep,

removed.

Last edited: 11-Jan-08 11:07 PM
bideshi
· Snapshot
Like · Liked by · 0

la la Deep ji,

Ramro chha!.funny! Tara hami lai kati kurai rahanu bhako?Aba dherai fulera pani nabamna!Tyo story complete gardinu paryo!!Hatterika!! K deepa ji pani........

Nepal ko chora
· Snapshot
Like · Liked by · 0
हन प्रभु, अर्को भाग कहिले आउछ होला? कुर्दा कुर्दै कपाल फुल्ने त हैन? यसरी कथा लाइ बिच मै छोडेर हामी जस्ता को बिचल्ली त पार्न भएन नि प्रभो।
Narayangarh suburb
· Snapshot
Like · Liked by · 0

"दीप दिब्या भाउजु लाइ तल नल्याउने भन्या?"

अब अर्का स्वास्नीलाई के तल माथि गराई भो र?


Deep Ji, Aba yesari tarna payiena. Tala mathi nagarayepani kathalai agadi badhaune hoki!

pjna007
· Snapshot
Like · Liked by · 0

you are right Suburbji,  that's what I was inquiring about; story’s continuation. aba shabda khelauna maheer hasti haru sanga kasle nai po sakchha ra  bhanchan kuralai jata lage ni hunchha re.

Last edited: 18-Dec-07 05:33 PM
Deep
· Snapshot
Like · Liked by · 0

wow.nepal,

"ल फेरी दिब्या माथि हजुरको दिब्य दृष्‍टि पहिले नै परि सकेको जस्तो अनुमान गर्दैछु म त है। "

दिब्य र भब्य त अब मैले भनेर के र तर परेको त परेकै हो ....

SateLite,

u r the best in jest हो कि भनेर झल्याँस्स हेर्दा त in jest त रहेनछ। जय होस।

Narayangarh suburb,

"Nimothna paye bhanera teti sarai nanimothouna Deep jiyu"

हैन कता के निमोठ्या भनेर चिमोट्या हो मलाई, प्रभो?

kalejo,

प्रभो र कान्छा महोदय दुबै भलाकुसारीमा त पोख्त पाएँ मैले। एकातिर बाट पद्यमा अर्को तिर बाट गद्यमा बिचारको आदान प्रदान रमाईलो थ्यो।

Amazing,

बाङ्गे, ट्वाक, छ्याक, बर्मु, सुपारी, झ्यालिन्चा आदि गरिएका संगतले नै म आज यस्तो भाको -- भातेहरुलाई त बिर्सिन सकिन्न -- बोलाउँछु नी अर्को प्रस्तुतीमा पातकिहरुलाई।

kancha01 ,

स्वागत छ साथिलाई।

uptowngal,

"Deep jyu kataa lagnu bho. mata hajurko kathaa sunna paleti kasera basiraako chu. lu jhattai katha bhanna suru garnus."

स्वस्थानी बाचन श्रवणको दृस्य झल्किने कस्तो निम्ता हो यो हरे! म उता बस पारकमा चुरोस तान्दै कुरान दि रा अब पलेटी मारेर मलाई कुरीरा बुझ्या भे त उता जान्न थें। कम्नीकेसन ग्याप भर बर्बाद भएछ नी।

Birkhe_Maila,

"जए परमेस्सोरि नया उत्पातीहरु आएछन यता कथामा! यिनका चर्तिकला बढदो रेछ।"

कलि चम्किदा हुँदी यस्तै यस्तै चर्तिकला हुन्छन भन्थे अरे ब्यासले गणेशलाई परापूर्बकालमा प्रभो। सत्य बाणी हो कि क्या हो त?

अनि खम्बा ढालियो ब्यान? कि हल्का झडप मात्रै हो? गाँठ र गाथ दुईटैमा मा त घच्च परेन त आफ्नो?

world_map ,

हस प्रभो धस्काम्छु नी म --

rbaral,

धेरै पछि भेट भो गाँठे ---

GP ,

हाहु गर्दै गर्नु पर्छ गुरुजी-- पुरानो चिनजान हो हाम्रो त --

bideshi ,

"Tara hami lai kati kurai rahanu bhako?"

कुराको त खास दिब्याले हो क्या।

Nepal ko chora ,

"हन प्रभु, अर्को भाग कहिले आउछ होला?"

यो भागको लोभमा चौटा खान गा झोलाँ डुबेर मर्या जस्तो भो प्रभो आफुलाई। क्यार्नी होला?

kancha01
· Snapshot
Like · Liked by · 0
thank you hai Deep ji, yaspaali ta aafno pani naam aayecha..
chanaa_tarkaari
· Snapshot
Like · Liked by · 0
हन ए दीप ज्यो, सप्पैको मन हुँडालेर आरामले बात मार्दै !! किन होला भन्छु के रे । मनाँ कता कता बीट मारेरै बस्या हो कि जस्तो पो लायो के रे ।  यो कथा यतैतिर सक्केकै हो त ?  दिब्याको कहानी भख्खर त शुरु हुन लाओ भनेर बस्ताबस्तै हिस्स पार्न लायो जस्तो छ सोमले ।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 57
· Posts 4 · Viewed 294
· Posts 2 · Viewed 293
· Posts 1 · Viewed 67
· Posts 1 · Viewed 98
· Posts 1 · Viewed 68
· Posts 1 · Viewed 116
· Posts 2 · Viewed 319
· Posts 12 · Viewed 1811
· Posts 1 · Viewed 124



Your Banner Here
Travel Partners
Travel House Nepal