मन नलागेको गजल - Sajha Mobile
SAJHA MOBILE
मन नलागेको गजल
Posts 34 · Viewed 29233 · Likes 1 · Go to Last Post
shirish
· Snapshot
Like · Likedby · 0

निर्माणाधीन गजल ---

 

 

नआउने तिमीलाई लाख बोलाउन मन लागेन !

आंगनमा रातभरि पर्खेको जून छुन मन लागेन !

 

जांदै नजाने भनेका कति पक्की रङ्ग पखालें

तिम्रो स्पर्श पाएका यी हात धुन मन लागेन !

 

नंया तिम्रा ज्यादती नंया तरीका सिकेर सहें

तिम्रो आनन्दमा घात होला भनि रुन मन लागेन !

 

तिमी आउने र म जाने साईत जुरेछ एकै बेला

बिछोडको समय झल्को ल्याउने सगुन मन लागेन !

 

कल्पनामा अनुभव गर्न सक्छन् तिम्रो सुबास

म फुले पनि आंखै नलाग्ने फूल हुन मन लागेन !

Load Previous
shirish
· Snapshot
Like · Liked by · 0

वारिकाले ढकेले,पारिकाले आउलास् भन्दै छेके
दुबैतिरको सीमान्तमा घर बनाउन मन लागेन

 

Can some one suggest me nepali translation for "no mans land"


Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
खै शिरीष गुरु, ऐलानी जग्गा भन्ने गरेको सुनेको हो मैले कति मिल्छ थाहा छैन!
pjna007
· Snapshot
Like · Liked by · 0
nice! , what is simanta bytheway?
crazy_love
· Snapshot
Like · Liked by · 0

malai chahi jagjitko yo gajal yaad aayo,

tere khat mai jalaau kaise,

tere khushbume mai likhe hue khat mai jalaau kaise?

like ur gajal shirish ji

Poonte
· Snapshot
Like · Liked by · 0
दशगजा? (no man's land)
Nepe
· Snapshot
Like · Liked by · 0

"दशगजा" वास्तवमा एकदम मौलिक नेपाली बिम्ब हुनेछ, प्रयोग गर्दा हुन्छ । सिरियस्ली ।

अब नयाँ शब्दान्तर आविस्कारै गर्नु पर्ने हो भने म चाही "शुन्य साँध" भनम्ला ।

पुन्टेदा र सबैलाई जदौ है !

 

Nepe

shirish
· Snapshot
Like · Liked by · 0

Thank you Poonte, Birkhe and Nepe.

I have been trying to make better, hopefully I have been successful to some extent. Please comment.

मयल  बनेका  आफ्नै  तन्तु  छुन  मन लागेन  !
तिम्रा स्पर्श  पाएका यी  हात  धुन  मन  लागेन
 !


वारिबाट उठाईएं  पारिबाट भगाईएं
दशगजामा   घर  बनाउन  मन  लागेन  !


रातभर बचेरालाई चाराको खोजीमा छ

शिकारीको  हितमा जून  हुन  मन  लागेन !

 

तिनीहरुले  म  एउटा  गुमाए -  मैले  सबै
दांजोमा बढी  दुख्दा पनि रुन मन लागेन !


Last edited: 19-Dec-07 12:25 PM
भउते
· Snapshot
Like · Liked by · 0

तिम्रा स्पर्श  पाएका यी  हात  धुन  मन  लागेन !
गजबको मिसरा छ।

ए गुरु ! मेरो सम्झनामा हजुरको नाम सँग एउटा शेर गाँसिएर रहने भो।

बेरी सिङ्गै निल्नु भन्दा बरु डस्नु घरी घरी

बिष कै भए पनि स्वाद पाउँथेँ अलि अलि

यो शेर आफ्नो क्षत्रमा

दु:खीको घरमा मात्र तेरो बास हुने भए

हे ईश्वर दया राखी मलाई अझ दु:ख दे

अनि,

उपकारी गुणी ब्यक्ति निहुरिन्छ निरन्तर

फलेको बृक्षको हाँगो नझुकेको कहाँ छ र

को हारा-हारी छ। गुरुको अनुमति पाए त्यो शेरलाई ठुला ठूला अक्षरमा प्रिन्ट गरेर कोठाको भित्तामा टाँसेरै राख्ने थिएँ।

अँ साच्ची, मिलेछ भने नयाँबर्षमा गुरुको गामतिर नि झुलुक्क छिर्ने कार्यक्रम छ। दर्शन पाउन पाए आभारी हुने थिएँ के रे।

aman
· Snapshot
Like · Liked by · 0

Prem jodee lai ghat garna mana lagena

yo Raat lai Bihan huna mana lagena

 

 

 
muntali
· Snapshot
Like · Liked by · 0
priya timro sor malai juneli raat ma jhayau kiri karawayako jasto lagacha
aparichit
· Snapshot
Like · Liked by · 0
बस स्टेशनमा सधैं देख्दथे तिमीलाई
आज पाँच-छ वोटा बस आउँदापनी उक्लन मन लागेन ।

aman
· Snapshot
Like · Liked by · 0

जाडोमा हिउं बन्न मन लागेन
गर्मीमा घाम बन्न मन लागेन

तिमीलाई मन नलाग्ने
कुनै चीज बन्न मन लागेन

parikalpana
· Snapshot
Like · Liked by · 0

दुई लाइन अरु थप्ने दुस्प्रयास गरें
शिरिश जी लाई साथ न दि बस्न मन लागेन

-----------------------------------------------------

पोखियको जून जीन्दगी बिहानी पर्खि जिएं
मिर्मिरे को किरण हत्केला ले छोप्न् मन लागेन

तोड्दै तोड्दिन भनी तिमीले खायका कसम सम्झिंरहें
किन तोडेउ  भनी  सोध्न्  पट्कै मन लागेन

 

 

shirish
· Snapshot
Like · Liked by · 0

धप्धप्ति बलेको तिमीलाई हेरेर म अध्यारो कुर्छु

कागजले बनेको मेरो घरमा बोलाउन मन लागेन !

parikalpana
· Snapshot
Like · Liked by · 0

बल्नु निभ्नु जीन्दगी हो, भाग्य लाई दोष दिन मन लागेन
नबोलाउने तिम्रो घर मा मलाई पनि पाहुना बन्न मन लागेन।

Last edited: 27-Dec-07 08:16 PM
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
 

""धप्धप्ति बलेको तिमीलाई हेरेर म अध्यारो कुर्छु

कागजले बनेको मेरो घरमा बोलाउन मन लागेन !""

 

वाह!! अस्ति भउते र नेपे दाईले भन्दै थिए, यहि हो क्यारे उक्ती-वैचित्र्य!!

गजब!

 

'धपधप्ती' हो कि 'धपधपी' हो?

dipika02
· Snapshot
Like · Liked by · 0


Last edited: 28-Dec-07 11:27 AM
fucheketo
· Snapshot
Like · Liked by · 0
तिम्रो यादमाँ दुई चार शब्द मात्र फुरेका ....
माया हो मेरो ग़ज़ल होइन , गज़ले हुन मन लागेन
 तिम्रा स्पर्श  पाएका यी  हात  धुन  मन  लागेन !
great job done.............
somewhereondearth
· Snapshot
Like · Liked by · 0

तिम्रा स्पर्श  पाएका यी  हात  धुन  मन  लागेन ।

के भनौं यि पंत्ति ळेख्ने लाई ,

आज दिनभरि झुम्म हुने भईयो ।।।।

 

 

 

Last edited: 05-Jan-08 12:16 AM
ThahaChaena
· Snapshot 6260
Like · Liked by · 0
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 351
· Posts 20 · Viewed 1949 · Likes 1
· Posts 7 · Viewed 1051
· Posts 1 · Viewed 84
· Posts 1 · Viewed 78
· Posts 11 · Viewed 2163 · Likes 6
· Posts 1 · Viewed 130
· Posts 1 · Viewed 141
· Posts 1 · Viewed 202
· Posts 2 · Viewed 551



Your Banner Here
Travel Partners
Travel House Nepal