Lets support the movement of Journalists - Sajha Mobile
SAJHA MOBILE
Lets support the movement of Journalists
Posts 2 · Viewed 2274 · Go to Last Post
shirish
· Snapshot
Like · Likedby · 0

Since the Government took no initiative to capture or take action against the Maoist cadres, we can not expect any thing from this नालायक government. I think its best to support the movement of the journalists to pressure the Govt and Maoist.

Shall we raise funds for the family of the journalist ?

Shall we raise funds for the movement of the journalist to bring down the लाचार सरकार !

News from BBC

 

माओवादी विरुद्ध पत्रकार आन्दोलित
 
माओवादीहरूको विरोध गर्दै पत्रकार महासंघका सभापति विष्णु निष्ठूरी
माओवादीहरूले पत्रकार वीरेन्द्र साहको हत्या आफ्ना कार्यकर्ताबाट भएको बताएका थिए
माओवादी कार्यकर्ताद्वारा भएको पत्रकार हत्याको विरोधमा पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले मंगलवार देशव्यापी विरोध कार्यक्रम गर्‍यो।

बाराका अपहरित पत्रकार वीरेन्द्र साहको हत्याको विरोधमा देशका विभिन्न जिल्लाहरु जस्तै महासंघको अगुवाइमा राजधानी काठमाण्डूमा पनि विरोध जुलुस र शोक सभाको आयोजना गरिएको थियो।

सभामा प्राध्यापक, वकील, शिक्षक, मानव अधिकारकर्मी लगायत विभिन्न समुदायका प्रतिनिधिहरुले हत्याको विरोध गरेका थिए।

चेतावनी

झन्डै महिनादिनदेखि साह जिउँदो भेटिने झिनो आशा बोकेका पत्रकारहरुले मंगलबार उनको तस्वीरमा अबीर र पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए।

त्यस पछि आयोजित सभामा बोल्दै नेपाल पत्रकार महासंघका सभापति विष्णु निष्ठुरीले हत्याका अभियुक्तलाई प्रहरीसमक्ष बुझाउन, साहका सन्तानको शिक्षा एवं परिवारको भरणपोषण सुनिश्चित गर्न र माओवादी नेतृत्वलाई सार्वजनिक रुपमा माफी माग्न आग्रह गरे।

उनले चेतावनी दिँदै भने, "प्रेसप्रति माओवादीको दुर्व्यवहार, पशुवत व्यवहार नरोकिने हो भने पेशागत चरित्र विपरीत माओवादीसँग सम्बन्ध राख्ने वा नराख्ने निर्णय गर्न वाध्य हुने छौ।"

पत्रकारहरुको शोकमा सामेल भएका लेखक खगेन्द्र संग्रौलाले एकजना पत्रकार मारिंदा पत्रकार र लेखकका अंशअंश मारिएको बताए।

हत्याका अभियुक्तलाई गिरफ्तार नगर‌ी लाचार बनेको भन्दै वक्ताहरुले सरकारप्रति तीव्र आक्रोश ब्यक्त गरेका थिए।

कान्तिपुर दैनिकका सम्पादक नारायण वाग्लेले भने, "अपराधिक समूह स्पाईडर ग्रुपको व्यक्ति समात्न नयाँ दिल्लीसम्म पुग्ने नेपाल सरकार साहको हत्यामा संलग्नलाई गिरफ्तार नगरी कुन नैतिकताको आधारमा सत्तामा छ?"

पत्रकार साहको हत्याको खबर सार्वजनिक भएपछि त्यसको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट निन्दा भएको छ।

तर सरकारले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन।

पछिल्लो छ वर्षमा राज्य र माओवादी पक्षबाट २० जना पत्रकारको हत्या भइसकेको छ।

 

Returnee
· Snapshot
Like · Liked by · 0
"Power comes through barrel of gun", and not through pen. Had the deceased et al.( he is not the only one murdered ) knew how to pull the trigger against the tyranny, we would be celebrating the "democracy" and its justice at the same time. "Rape of humanity in front of conscious eyes", and it won't stop untill we stand up as french did years back," guillotine," the so called leaders of a left wing that aspires of bringing change in society by dispersing false dreams in conjuction with violence.
Last edited: 06-Nov-07 09:53 PM
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 14 · Viewed 2321
· Posts 1 · Viewed 87
· Posts 2 · Viewed 186
· Posts 105 · Viewed 24719 · Likes 26
· Posts 1 · Viewed 77
· Posts 33 · Viewed 3996 · Likes 9
· Posts 24 · Viewed 2978
· Posts 1 · Viewed 97
· Posts 19 · Viewed 3019 · Likes 1
· Posts 1 · Viewed 84



Travel Partners
Travel House Nepal