सि के लाल को हुन कहाँ जन्मे अनि उनको पेसा के हो र उनले कुन कुन लेखमा के के भनें त्यस्को बारेमा अर्कै शिर्षकमा कुरा गर्न पाए र यहाँ चैं जुन लेखले यो बहस छेडेको छ तेसको बारेमा मात्रै कुरा गर्न पाए हुन्थ्यो कि? कुराको तथ्यमा जाउँ, कस्ले लेख्यो त्यसलाई कुराको मर्म भन्दा माथिल्लो दर्जा किन?
लेखकले यहाँ कुरा उठेको लेख नकारात्मक द्रिस्टीकोणमा रन्थनिएर लेखेको जस्तो लाग्यो।
उनी लेख्छन "--गुजरातमा चाउमिन, गोवामा थुक्पा र दिल्लीमा मम पकाएर बेच्ने सडकछेउका उद्यमीहरू कुन सोचले त्यता पुगेका हुन्, ठम्याउन गाह्रो छ। तर तिनका परिश्रमी हातहरू अनवरत चलेको देख्दा थक्थक् लाग्छ। मुलुकको उत्थानका लागि त्यो जाँगर प्रयोग भएको भए नेपालको मुहार फेरिन धेरै समय लाग्ने थिएन।"
हो कुरा सुन्दा मुनासिब लाग्छ तर ब्यबहारीक छैन। बिदेश जानेलाई बिदेश गयो भनेर सराप्नु सट्टा किन गयो भन्ने बारेमा उनको सन्तुलित ब्याख्या खै? "गुजरातमा चाउमिन, गोवामा थुक्पा र दिल्लीमा मम पकाएर बेच्ने सडकछेउका उद्यमीहरू कुन सोचले त्यता पुगेका हुन्, ठम्याउन गाह्रो छ। " यस्तो कुरा गर्छन। त्यती ठम्याउन नसक्नेले के भाषण लेख्ने आँट गरेको त पत्रिकामा? किन गार्हो भाको हो उनलाई ति बिदेसीएका मजदुरहरुको सोच ठम्याउन? के ति परदेशिएका नेपाली श्रमजीबीहरु अबसरको खोजीमा पुगेका हैनन?
उनलाई परिश्रमीको हात धमाधम चलेको देखेर थक थक लागेछ। किन? बिदेशमा रोजगार हुनु भन्दा देशमा बेरोजगार भएर बस्नु उनको लागी उत्तम हो क्यार। देशमा बिच बाटोमा टायर बालेर बस्ने, हतियारको बलमा आफ्नो बिचार लादने, एउटा न एउटा निउँमा देश बन्द गर्ने, अनि कसरी हुन्छ अनेक उपाय खोजी खोजी बैशाखीमा खोच्याउँदै चलेको देशको अर्थब्यबस्थामाथि निर्घात प्रहार गर्ने ति देशबासीहरु, जसमा कैयौं पातकी राजनीतिक नेताहरु पनि छन, सायद उनको हिसाबमा राष्ट्रप्रेमी होलान तर बिदेशमा हाड घोटेर ज्यान धान्ने अनि सके देशमा बसेका ति अरु बेरोजगार आफन्तहरुको लागी पैसा पठाउनेहरु बेईमान भए क्यारे सिके लालको लागि।
नेपालमा रहेका अत्याधिक जनता न टायर बाल्छन न बन्द आह्वान गर्छन -- उनीहरुलाई अशक्त हैन ससक्त अर्थब्यबस्थाको आबस्यकता छ तर रहरले देश सप्रिदैन। देशको अर्थ ब्यबस्था तहस नहस छ। रोजगारी छैन। देशमा करिब ८० % जनता बेरोजगार होलान। ति बेरोजगाराहरु बिदेश गएर आफ्नो ब्यबस्था आफैं गरे त सिके लाललाई किन टाउको दुख्यो? बिदेसबाट आएको पैसाले देशको अर्थ ब्यबस्थामा कति योगदान गरेको छ त्यसको बारेमा चुइँक्क गरेको सुनिएन उनले। किन रहेछ?
"‘सीमापारिकाले नागरिकता लिए!’ भन्नेहरू के बिर्सिदिन्छन् भने आगलागी, बाढी र हुरीबतासले दशगजा मान्दैन। आपतविपतमा परेकाहरू कि तेर्सो हिँड्छन् वा तल झर्छन्, माथि उक्लिँदैनन्। " यस्तो कुरा गर्ने सिकेलाल सामन्ती राष्ट्रियताको कुरा झिकेर बिदेसीएका नेपालीमाथि आइलाग्छन। उदेक लाग्छ।
"त्यसपछि ज–जसलाई आचार्य, अर्जेल, अधिकारी, पाँडे, पौडेल, पन्त र जोशीहरूले वफादार नेपाली ठहर्याइसकेका छन्, ती जम्मै जतिले ‘जहाँ गए पनि, जहाँ बसे पनि, यो मन त मेरो नेपाली हो’ गाउँदै तन र मस्तिष्क विदेशी मालिकहरूको पाउमा चढाउन पाउँछन्।"
यो पढदा त लाग्यो सिके लाल को नेपाली हो को हैन तेसको निधो गर्ने स्वघोषित ठेकेदार हुन क्यारे। नेपाल सरकारले नेपालको नागरीकता दिने जिम्मा उनैलाई दिनु पर्यो।
"तर एकातिर नेपालमा चाहिएजस्तो जनशक्ति उपलब्ध छैन भने अर्कोतिर मुलुकभित्र काम पाइनँ भन्दै विदेशिनेको लर्को दिनानुदिन बढ्दो छ। यो अन्तरविरोध तत्काल अन्त्य हुने छाँटकाँट छैन; किनभने, सामन्ती राष्ट्रवादले संस्थागत गरेको जजमानी कार्य संस्कृतिमा ‘आदेशानुसार’, ‘जो हुकुम’ र ‘हस् हजुर’ बाहेक अन्य कर्मको लागि कुनै ठाउँ नै छैन।" यहाँ नेर भने म उनीसँग एउटै मन्चमा छु। कुरो ठेगानको गरेका छन।
"परिश्रमको तत्काल प्रतिफल खोज्नेहरू जहाँ बढी ज्याला पाइन्छ, त्यहीँ काम गर्न जान्छन्। अमेरिकामा मोटर धोएर बढी पैसा कमाउन सकिन्छ भने त्यस्ता परिश्रमी हातहरू नेपालको ब्याङ्कमा नोट गनेर बस्दैनन्। त्यस्तै, पुलको उपयोग के हो भनेर सोच्नुभन्दा पनि आफूले सोचेको जस्तो पुल बनिरहेको कार्यमा सहयोगी हुन पाउनुमा गौरव गर्ने प्रतिभाशाली युवाहरू कालीकोटमा माओवादीले भत्काएको झोलुङ्गेपुल मर्मत गर्न जाँदैनन्। त्यस्ता युवाहरू बाहिरिएकै जाती। "
यस्ता कुराहरु गरेर फेरी उनले आफ्नो सोचाईको दरीद्रपन देखाएका छन। कस्ले खोज्दैन परीश्रमको तत्काल प्रतिफल? नेपालको ब्याङ्कमा पैसा गन्न सजिलो छ? १ जनाको आबस्यक्ता छ भने दरखास्त सयौं पर्छ। थाह छ कि छैन सिके लाल लाई? अनि कालीकोटमा पुल भत्काउने माओबादीलाई एक शब्द नबोली दिन रात गरीबीमा पिल्सीएको कसरी हुन्छ त्यो गरीबीको तापबाट उम्किन जहाँ हुन्छ जान तयार भएको जनसक्ति कालीकोट पुगेर माओबादीले भत्काएको पुल बनाउन गएन भनेर उल्टो उपदेश दिन उनलाई के कति नैतिक हिसाबले लाज नलागेको हो? माओबादीले भत्काएका हुन पुल भने बनाउन न उनैले -- यत्तिकै भत्ता खाएर (माथिका कमरेडहरुले देका भए) बसेका छन। बिदेसमा प्याज गोडन र धमाधम काम गर्नेहरुलाई त देशमा भत्ताको ब्यबस्था थिएन। छैन पनि। मान्छे मारे संसदमा सिट पाइन्छ। भत्ता पाइन्छ। सोझो भएर बस्यो कि त एउटा मुद्दा लाएर जाकिदिन्छन हैन भने अरु भतुबाहरुलाई पाल्दैको सास्ती।
"उसै पनि नेपालमा बसेर अमेरिकाको सपना देख्ने डाक्टर जेजसो गरेर भए पनि मोटर किन्नेतिर लाग्छ, जलेश्वर वा जाजरकोट अस्पतालमा सेवा गर्न जाँदैन। त्यस्तो चिकित्सक काठमाडौँमा बस्नु वा क्यालिफोर्निया पुग्नुले मुलुकलाई खासै असर गर्दैन।"
अझ हेरौ उनको सोचाईको फाँट कति फराकिलो छ। एउटा चिकित्सक काठमाडौमा बस्नु र क्यालिफोर्नीयाँमा बस्नुको कुनै अन्तर छैन? हो गाउँ घरमा पनि डाक्टरहरु हुनु पर्छ तर मोटर किनेर काठमाडौमा बसेको डाक्टरले पनि नेपालीकै सेबा गर्छ। नेपाली हुन जाजरकोट नै जानु पर्दैन। अहिले सिके लाल काठमाडौमा छन भने र उनलाई अकस्मात केही भयो भने उनी जाजरकोट जाँदैनन। त्यै क्यालिफोर्निया जान नपाएर जाजरकोट त झन जाँदै जान्न भन्दै मोटर किनेर काठमाडौमै बसेको डाक्टरले उनलाई हेर्छ। सायद उनको ज्यान पनि बचाउला।
खोक्रो नारा र उपदेश दिने सिके लालको लेख नेपालमा गन्हाएका ति एक हुल राजनीतिक नेताहरु भाषण भन्दा ज्यादा पृथक नभएको जस्तो लाग्यो मलाई।
मैले मेरा बिचार पोखेँ। मेरै बिचार ठिक अरु सब बेठिक भनेको हैन।
अहिले सिके लाल कहाँ छन अनि के गर्दैछन? जान्न मन लाग्यो।