"आलु" अर्थात रमेश। - Sajha Mobile
SAJHA MOBILE
"आलु" अर्थात रमेश।
Posts 10 · Viewed 5554 · Go to Last Post
Rahuldai
· Snapshot
Like · Likedby · 0
"आलु" अर्थात रमेश।
"भगवानले फेल गराएको"
*******************

आलु अर्थात रमेश, हाम्रो क्लासको छुट्टै क्यारेक्टर। थोरै बुझ्ने धेरै बोल्ने, धेरै पढ्ने थोरै बुझ्ने, उनको बिषेशता थियो। तर आफुलाई अब्बल् दर्जाको बिद्यार्थीको श्रेणिमा राख्ने गर्थे आफै।
पढाइमा पनि गोबर नै नभए नि आलु चाहिँ पक्कै थियो।
तर डल्ले मोटे भएकै कारणले आलु भनेका हुन् रे उनका पुराना सहपाठीहरु भन्ने गर्छन्।
१० कक्षा पढ्दा अरुको औसत उमेर १५-१६ थिए भने उनको १८। सबै भन्दा जेठा भएकोमा उ गर्ब गर्थ्यो र सबैले दाइ भन्थे। आलुचा भन्यो कि मुला भन्दै रिसाउथ्यो तर "आलु दाई"
भन्यो कि मख्ख पर्थ्यो।
१० पढ्दा पढ्दै जवानी सल्के छ। हाम्रो क्लासले के बाल दिन्थ्यो, त्यसैले
छिमेकी क्लास ( अर्को सेक्सन) कि एक जना छात्रालाई मन मनै मन पराउन थाले। एके छिन क्लास खाली भएको कि उता झ्याल् तिर चियाएर बस्थ्यो।

पढाइ सक्यो। एस् एल् सी को परिक्षा अलि पर नै थ्यो। कमजोर् आलुको पढ्ने भन्दा नि "कमला"को सपना मै मस्त थियो। कमला जहाँ जहां ट्युशन पढ्न जान्थी, त्यतै ट्युशन पढ्न पुग्थ्यो। अरु साथीहरुले कमलाको कुरा प्रसंग बे प्रसंग निकाल्दा आलुको अनुहार् मा चमक् आउथ्यो र सबलाई चिया नास्ताको बन्दोबस्त गर्थ्यो। उनको यो स्वभावले पम्पू हाल्नेहरुले मज्जाले हावा भरे।

त्यति सम्म त ठिक्कै थियो। बिहान बिहान चिया नास्ताको लागि जेरी स्वारी हलुवा किन्न उ जैसी देबल पुग्थ्यो।अब त्यही भोंसिको टोलमा अनेक मिठाइ पसल हुंदा हुदै नि आधा घण्टा हिडेर जैसि देबल् पुग्नुको एुटै कारण, कमला पनि त्यतै मिठाइ किन्न गर्छिन् रे।
एस् एल् सी सकियो। पास हुनेहरुको नामावलीमा "आलु" को त नाम आश गरेको थिएन। तर कमला भन्ने आलुको दांजोमा पढ्ने मै गनिन्थ्यो र पनि फेल भइन। १८ प्रतिशत मात्र पास भएको सालमा केही होनहार हरुको पनि हार् भएकोथ्यो।

एक दिन बिहानै, आलु भेट भयो बाटोमा( शायद, जेरी स्वारी किन्न जान लागेको होला)।
"ए आलु, कता जान लागेको? " मैले सोधें।
उ अक्कमक्कियो र "त्यहीं सम्म जुत्ता बनाउन जान लागेको।"
उस्ले ढाँटेकोमा आश्चर्य भएन। त्यतिबेला जुत्ता बनाउने सार्कीको पसल खुल्दैन, त्यो मलाई थाहा थियो।
भेट भए पछि त्यसले मलाई लामो गफ लगाउंछ त्यो थाहाथ्यो।
"तंलाई बधाई छ, बोर्ड ल्याइदियो।"
"तेरो के भएको नि? जाँच त राम्रै भयो भन्थिस् नि?"
"पास त पक्कै हुनु पर्ने। के भयो के भयो?"
"इङलिस् चाहिं अलि बिग्रेको, तर नेपाली मा त फेल हुनु नपर्ने, त्यो कापि जाँच्ने मुलाले नेवार भनेर थाह पाएर ल्यायो जस्तो छ।"
"तर बुझिस्, फेल भए नि खुशी छुं"
फेल भएर नि खुशी? मैले बुझिन उनको कुरा।
"ए आलु, फेल भएर नि कोही खुशी हुन्छ, तं कसरी खुशी?"

"ल मुला त्यति पनि थाहा छैन तिमीलाई?
म मात्र फेल भएको भए पो, दुखी हुन्थे, त्यो कमला नि फेल भयो नि। हामी दुबैलाई भगवानले फेल गराएको नि। नत्र पछि अप्ठ्यारो हुन्छ भनेर।"

यो जवाफ सुनेर म अवाक भएं । मेरो सानो काम छ, ढिला हुन लाग्यो भनेर आफ्नो बाटो लागें।
अचेल आलुको छोरो केटी घुमाउने भैसके र पनि हरेक मछिन्द्र नाथको रथ यात्रा र इन्द्र जात्राको कुमारी यात्राको भीडमा आलु भेटिन्छ, जैसी देबल तिर्। कहीं झ्यालमा, चोकमा कमलाको दर्शन पाइहाल्छ कि भनेर।
अस्तु!।
Last edited: 13-Sep-07 04:48 PM
Last edited: 13-Sep-07 04:48 PM
Rahuldai
· Snapshot
Like · Liked by · 0
Anishchit
· Snapshot
Like · Liked by · 0
rahulvai, aru pani jaos........interesting
somewhereondearth
· Snapshot
Like · Liked by · 0
होलान काठमाण्डुका ढुङ्गा ढुङ्गामा देवता who cares, तर गर्व छ, आज पनि "आलु" जस्ता प्रेमीहरु, मायालु कै लागि आफुलाई समर्पित गर्छन् । SLC मात्र के कुरा, उनकै लागि हरेक चिजमा फेल भईदिउँला !!!! कथा जीवन्त छ, माडसाब् । लेखम् लेखम् तपई टाँस्नुस, हामी पडम्ला ।।।।।।। नारायन् !!!!
ALSON Nepal
· Snapshot
Like · Liked by · 0
Ramesh ji, how'z kamala now ?
MR_TRUTH
· Snapshot
Like · Liked by · 0
छोटो मिठो कथा । यसले मलाई भिमनिधी तिवारीको याद गरायो जो राम्रो सरल छोटो लेख्थे तर नेपाली साहित्यमा तेति ठूलो स्थान पाएनन । तर गाये दे मोपासा शैलीको आफ्नै बिशिष्ठ स्थान छ । हरेस नखानुहोस, बुझनेलाइ यो कुरा गैर्हो छ, नबुझनेलाई ******** ।
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
खै मलाई त आलुको सरलता मन पर्यो! दुबे फेल भए पछि कुरा मिलेर गयो भन्ने सोचेछ आलुले! ल साझामा बाङ्गे, सर्पे पछि अब आलु महिमा नि आउन थाल्यो, खुसि लाग्यो! जाँदा जाँदै, त्यो अनुराधाको कुरा पुरा गर्ने चान्स मिल्थ्यो कि त???
Rahuldai
· Snapshot
Like · Liked by · 0
अनिश्चित जी, अरु पनि लेखौला, केही लेखाई साझा ब्लगमा छन्, हेर्नु होला। हौसलाको लागि धन्यबाद्। धरतीको कुनै ठाउमा जी, आलु यसै धरतीको जिउदो पात्र हो। एक पटक एस् एल् सी फेल भयो त के भयो? अर्को पल्ट "आलु" र कमला दुबैले पास गरे, संयोग नै भन्नु पर्ला। आलुको आफ्नै जीवन जल्दोबल्दो छ, छोरो नै १८ भयो होला। तर कमलाको जीवन अझै अधुरो नै छ, ४० पुग्यो होली, लगनको साइत जुरेको छैन। ALSON NEPAL जी, मेरो पात्र आलु म आफै होइन। रमेश आफ्नै चस्मा मर्मत केन्द्रमा ब्यस्त छन्। कमला पनि आफ्नै काममा मस्त छिन्। तर पनि आलुको त्यो जवानीको चंचल् स्वभाब गेको छैन। रथ तान्ने बेलामा त्यो भीड भित्र आलु अचेल पनि भेटिन्छ, जैसीदेबल गन्तब्य हुन्थ्यो, अझै पनि जैसीदेबल सम्म जने गर्छ। शायद त्यो संझना मुटु भित्र नै गढिएको होला। सत्यबादी मित्र(MR_TRUTH)जी, सदभाव र सल्लाहको लागि आभार। बिर्खे जी, अनुराधा लामो कथाका छोटा सहयोगीहरु मध्येको एक आलु लिईदिनु होला। अनुराधा पनि छिट्टै आउंछे, नयाँ तरङ् बोकेर।
sndy
· Snapshot
Like · Liked by · 0
Rahulvai, very sweet story..the way you write is awesome.. Somewhereondearth, you're good too..we do have real talented people amidst us..:)
Rahuldai
· Snapshot
Like · Liked by · 0
स्यान्डी जी, कथा भन्दा ज्यादा भोगाई हो। जीवनमा अनेक मित्र भेटिन्छ, हरेक मित्र भित्र एक कथा लुकेको हुन्छ। त्य् उजागर गरेको मात्र हो। धन्यबाद , हौसालाका शब्दहरु प्रति आभार्।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 3 · Viewed 356
· Posts 1 · Viewed 298
· Posts 19 · Viewed 7321 · Likes 2
· Posts 1 · Viewed 276
· Posts 1 · Viewed 287
· Posts 1 · Viewed 386
· Posts 1 · Viewed 365
· Posts 1 · Viewed 428
· Posts 2 · Viewed 579
· Posts 1 · Viewed 444



Travel Partners
Travel House Nepal