परिचय ! एउटा नेपालीप्रती, एउटा नेपालीको ।।।
मेरो पहिलो परिचय : म नेपाली !
शिव प्रकाश
बोष्टन /अमेरिका, मे ३१
म को हूँ, मेरो नाउँ के हो, मेरो थर के हो, मेरो जात के हो ?
मेरो नाउँ शिव, राम, श्याम, हरि, कृष्ण, बहादुर, प्रसाद, नाथ, लाल, कुमार, जे होस् !
मेरो नाउँ पछि आउने मेरो जात ब्राह्मण, क्षेत्री, वैश्य, र शूद्र तथा मेरो थर पौड्याल, पोख्रेल, कटुवाल, दराइ, श्रेष्ठ, महर्जन, नापित, माली, कामी, दमाइ, सार्की, चमार, मुसहर, बाँतर, सतार, धिमाल, थारु, चौधरी, मण्डल, महतो, तेली, बनिया, हमाज आदि इत्यादि जे होस् !
म कसको छोरो हूँ, कसको दाजु हूँ ,कसको भाइ हूँ, कसको बाबु हूँ ? कसको भतिजो, कसको काका, कसको मामा, कसको ज्वाई, कसको सालो, कसको भिनाजु अथवा कसको लोग्ने वा कसको प्रेमी ? आदि इत्यादि जे होस् !
मसँग यी सबैको एउटै मात्र उत्तर छ - यी सबैभन्दा पहिला म नेपाली हूँ । मेरो पहिलो परिचय नेपाली हो ।
त्यसैल म भन्छु- नेपाली हूँ नेपालको मायो यो छातीमा सजाउँछु,
पूर्खाले पूजेको माटोको टीका निधारमा लगाउँछु ।
म स्वदेशमा हूँ वा दशदेश दूर परदेशमा हूँ सधैं म भन्छु -
म नेपाली हूँ।
मेरो नाउँ नेपाली हो ।
मेरो जात नेपाली हो ।
मेरो थर नेपाली हो ।
मेरो भाषा नेपाली हो ।
मेरो भावना नेपाली हो ।
मेरो आस्था नेपाली हो ।
मेरो विश्वास नेपाली हो ।
मरो मनमस्तिष्क दुबै नेपाली हो ।
नाउँका लागि मलाइ दिइएको मेरो नाउँ शिव प्रकाश भएता पनि जन्मले पाएको मेरो जन्मसिद्ध नाउँ नेपाली हो । जुन अकाट्य छ । अमेट्य छ । हृयदको शिलापाटीमा लेखिएको छ । मलाई यो नाउँ मेरो जन्मपछि कसैले दिएको हैन, मैलै जन्मदै लिएर आएको हो – नेपाली ! त्यसैले म सबैभन्दा पहिले नेपाली हूँ । त्यसपछि मात्र फानालो चिलानो कथित नामले चिनिने अरु कोही हुनसक्छु !
म मेरा बाबुको जात र थरभन्दा अघि म त्यो नेपाली माटोको जात हूँ । त्यो नेपाली धरतीको थर हूँ । जुन मेरा बाबु बराजेले पूजेको माटो हो । धरती हो । त्यसैले मेरा पहिलो जात नेपाली नेपाली हो । मेरो पहिलो थर नेपाली हो । त्यसपछि मात्र फलानो जात, फलानो थर ! कथित जात र थरले चिनिने म अरु कोही हुनसक्छु !
म जसको छोरो भए पनि नेपालीको छोरो हूँ । म जसको बाबु भए पनि नेपालीको बाबु हूँ । नाम नामेसीमा म सबैभन्दा पहिला नेपाली हूँ । जातपातमा म सबैभन्दा पहिला नेपाली हूँ । नातासम्बन्धमा सबैभन्दा पहिला नेपाली हूँ । त्यसपछि मात्र म कसैको दाजु, भाइ, काका, भतिजो, मामा, ज्वाई, सालो, भिनाजु, लोग्ने वा प्रेमी हुनसक्छु !
तराइदेखि हिमालसम्म मेचीको वल्लो किनारदेखि महाकालीको पल्लो किनारसम्म अनि देशदेशावरमा छरिएर रहेका नेपालआमाका सन्तान दरसन्तानसँग मेरो एउटै साइनो छ, एउटै नाता छ - ती सबै मेरा बन्धुबान्धव हुन् । नेपाली बन्धुवान्धव ! त्यसपछि मात्र नातासाइनो जोडेर चिनिने अरुको म कोही हूँ वा मेरा अरु कोही न् ।
तराइमा धोतीकुर्ता लगाए पनि म सबैभन्दा पहिला नेपाली हूँ ।
पहाडमा डोको नाम्लो बोके पनि म सबैभन्दा पहिला नेपाली हूँ .
हिमालमा चौरी चराएर हिँडे पनि म सबैभन्दा पहिला नेपाली हूँ ।
चारजात छत्तीस वर्णमा पनि सबैभन्दा पहिला नेपाली हूँ ।
म जस्तै सबै नेपाली महरु, मनहरु, मस्तिष्कहरु, मतहरु, मननहरु, मनपेटहरु, मनसाहरु, मनोभावहरु, मन्थनहरु, सबैभन्दा पहिला नेपाली म हुन् ।
त्यसैले म गर्वकासाथ भन्छु -
म नेपाली हूँ ।
म ईश्वरसँग प्रार्थना गर्छु -
आफूलाई सधै नेपाली भनिरहूँ ।
सधैं मेरो पहिलो परिचय नेपाली बनाइरहूँ ।
शीरमा सगरमाथा बोकीरहूँ ।
मुटुमा मेची र महाकाली बगाइरहूँ ।
नेपाली हुनुको अर्थ आफूलाई सधैं यसरी नै म नेपाली बनाइरहूँ, नेपाली भनाइरहूँ । नेपाली देखाइरहूँ ।
(नोट - यो सन्देशलाई विभिन्न माध्यद्वारा विश्वभरका नेपालीमाझ लैजान सहयोग गरिदिनु हुन म सम्पूर्ण समादरणीय विद्वत्त पाठकसमक्ष हार्दिक अपील पनि गर्दछु –धन्यवाद!)
(हरैचा/मोरङ )
Oh Shiva Ji,
Americama kina baseko ta?
nepali bheyare
just kidding
हामी नेपाली हैनौ, बरु बरफ हौं
पग्लिएको बरफ
आकार छैन आयतन मात्र छ
हैन, हैन शिवप्रकाशजी
पृथ्वी नारनले हाम्लाई जबर्जस्ति नेपाली बनाका हुन
तेसो गर्नेहरू सबै वर्तमानका आँखामा लुटेरा र डाँका हुन
हामी नेपाली थियौँ त्यो अतित हो अथवा भूत काल हो
अहिलेको हाम्रो परिचय अलिकति स्वतन्त्रता र बेहाल हो।
हेर्नुस हामी कि त तेह्रथुम र ताप्लेजुङमा बस्ने लिम्बु हौँ
हैन भने भोजपुर, ओखलढुङ्गा र खोटाङ तिरका खम्बु हौँ
बुझ्नै खोज्नु भो भने हामी काठमाण्डुका रैथाने नेवार हौँ
वा लमजुङ , श्याङ्जा ,मनाङ वा पोखरा तिरका गुरुङ हौँ
परिचयलाई अरू खोज्दा या त हामी भित्री मधेश का थारू हौँ
हैन नै भन्नु हुन्छ भने थाक खोलका थकाली वा देलेखका नेपाली हौँ
हामी यादव हौँ, कुर्मि, दराई, बोटे , लेप्चा, राजवंशी र कुसुण्डा हौँ
बाहुन,क्षेत्री, गिरी, पुरी, दमाई ,कामी , कुमाल र धिमाल हौँ
हामी कि त रोल्पा, पाल्पा , बाग्लुङ र म्याग्दि तिरका मगर हौँ
त्यतिले पुगेन भने हामी कार्णाली, सेती र महाकालीका खस हौँ।
शिवप्रकाशजी,
तपाईँको त्यो पुरानो नेपालमा अहिले विचित्रको तमाशा चलेको छ
त्यहाँ सबै ऊचित छ तर नेपालीपनको परिचयले हामीलाई छलेको छ
मान्छेहरूले नाक, रौँ र पिँडुलामा मान्छेका परिचय खोज्न थालेका छन
असहमत हुन सक्नुहुन्न तपाईँ, सहमतिका नया काइदा जो पालेका छन
देश ,देश हुन भावनाको एकता जो चाहिन्थ्यो भन्थ्यौँ हामी धेरै पहिला
भएका छन ती कुरा आदर्श, अतितका कन्था, पुराना र घीन लाग्दा मइला
मान्छेको परिचयमा जात ,भाषा, काठ र भेगका नौला मापदण्ड छाएका छन
हे्र्नुस त चालीस वर्षपछि, मधेश झरेका माइलाबा पहाड फर्केर यतै बस्न आका छन।।।
दौरा र सुरुवाल
ढाका र टोपी
त्यसैमा ठाटिन्छु
दश देश दूर
जाँ रहे पनि
नेपाली भैरन्छु
म नेपाली भैरन्छु
नेपाली हूँ म ……।
मैले उनै शिव प्रकाशको एउटा कविता कतै पढेको थिएँ । जसको सानो अंश हो यो माथिको ।
मलाई बढी मन परेको भाग यहाँ पेष्ट गरेको हूँ । अरुहरु लेखक कविज्यूहरुबाट यस्तै विचारहरु आइरहुन् ।
vivasg, transparent, marcon, sumedhu सबैलाई साधुवाद !
त्यसमा मूलत sumedhu को भावना पनि प्रशंसनीय छ ।
आदरणीय पाठक तथा मित्रहरु,
मैले यो विचार मेरोमात्र हैन देश देशावरमा रहेका हामी सम्पूर्ण नेपालीकी साझा विचार हो भन्ने ठानेको छु । धेरै मीडियहरुले यसलाई प्रकाशित गरिदिएकोमा म साझा लगायत सम्पू्र्ण मीडियहरुलाई यहीँबाट हार्दिक धन्यावाद पनि दिन चाहन्छु । साथै कताकताबाट खोलतलास गरेर
यो लोकप्रिय साझमा राखिदिनु हुने विशशजी तथा काव्यात्मक अनि त्यसमाथि पनि कलात्मक शैलीमा विचारप्रवाह प्रतिकृया राख्नुहुने सुमेधु र अर्का मित्र केआर के नेपालीप्रति कृतकृत कृतज्ञ छु । कुनै लेखक वा कविको रचना पाठकले मनपारइ दिनु र पिढिदिनु नै त्यो उसको प्राप्ति हो । कुनै पनि लेखकका लागि त्यो भन्दा अरु खुशीको कुरा के नै हुन सक्छ र !
शिव प्रकाश
नेपाली भएर नेपालीपनाको एउटा दर्शन पस्कनु भएकोमा शिव प्रकाश दाजुलाई मुरी मुरी धन्यवाद ! मैले त कतै बाट उहाको भावना साभर गरेको मात्र हु । खैर प्रतिकृयाको लागि सम्पूर्ण मित्रहरु प्रती साधुबाद् !!!
आज थोरै आकांक्षा र धेरै उन्मादको नशामा रल्लिएर
मान्छे आफ्नो जरा खोज्न हिँडेको छ ,
आधुनिकताको अभिमानमा
प्राचिनताको लेपन घसेर
जात ,भेग र नाक अनि नक्शाका
म जस्तै महरू खोज्न र
अरू जस्तै अरूहरू लघार्न
हामी टुँडिखेलको हाट भर्न जानुपर्छ
र भिड्नु पर्छ र खेल्नु पर्छ बेजोड सिँगौरी
किनभने मेरो अतितको हिसाब किताब खोज्न
मैले बदलाको आखेटक बन्न सिक्नु पर्छ
र च्यात्नु पर्छ
प्राचीन र अर्वाचीनको
विभेदकारी त।यो पर्दालाई।
किनभने,
हामी हामी हुन सक्नौँ त के भो ?
म जस्ते महरुको समूह बनाएर
अरूजस्तै अरूहरुको खेदो खनेर
मवादको मलहमले हाम्रो महत्वाकांक्षाको
मनमौजी महललाई महान बनाउनु परेको छ।
" तपाईँको त्यो पुरानो नेपालमा अहिले विचित्रको तमाशा चलेको छ
त्यहाँ सबै ऊचित छ तर नेपालीपनको परिचयले हामीलाई छलेको छ
मान्छेहरूले नाक, रौँ र पिँडुलामा मान्छेका परिचय खोज्न थालेका छन
असहमत हुन सक्नुहुन्न तपाईँ, सहमतिका नया काइदा जो पालेका छन
देश ,देश हुन भावनाको एकता जो चाहिन्थ्यो भन्थ्यौँ हामी धेरै पहिला
भएका छन ती कुरा आदर्श, अतितका कन्था, पुराना र घीन लाग्दा मइला
मान्छेको परिचयमा जात ,भाषा, काठ र भेगका नौला मापदण्ड छाएका छन
हे्र्नुस त चालीस वर्षपछि, मधेश झरेका माइलाबा पहाड फर्केर यतै बस्न आका छन।।। "
"मवादको मलहमले हाम्रो महत्वाकांक्षाको
मनमौजी महललाई महान बनाउनु परेको छ।"
hmmmm...... majaa aayo padhera ..
एउटा नाबालकको पहिचान उस्को मानवता हो,
जब बुझ्ने हुन्छन्, पहिचानको परिभाषा बढ्दो हो।
पहिले त आमा चिन्छन्, आमा कै पहिचान उस्को पनि बन्छ,
परिवार, समुदाय, समाज पछि मात्र राष्ट्र आउँछ।
राष्ट्रिय पहिचान त मानिसको भावनाको कुरो हो,
आत्मिय पहिचान नै सबभन्दा प्यारो हुँदो हो।
जब राष्ट्रले व्यक्तिको आत्मियताको कदर गर्दो हो,
तब मात्र व्यक्तिको राष्ट्रिय पहिचान प्रति आत्मियता बढ्दो हो।
काश! नेपालमा एकनासपन हुँदो हो,
बहु भाषिक, बहु साँस्कृतिक यथार्थ नहुँदो हो,
केहि नदिई केहि पाउने आशा नगर भो,
नेपाली भनेर चिन्याउन नेपालीपनपर्ति गर्वान्वित बनाओ।
"म" लाई स्वीकार, "म" लाई कदर गर,
प्रत्येक "म" लाई समान व्यवहार गर,
हरेक "म" मिलेर सामुहिक नेपाली त,
स्वभाविकै बन्नेछ, कस्ले पो रोक्न सक्छ र?
*** हुन त मेरो कवितात्मक प्रतिभा साह्रै कमजोर छ, तै पनि जसो तसो कविता कै शैलीमा जवाफ लेख्न मन लागेर मात्र।
Eklavya , raascal & Poonte जी
साझा भावनाको यो मालामा आफ्ना मनोहर भावनाक थूँगा उन्ने तपाइँ तीन मित्रहरु धन्यवादका पात्र हुनुहुन्छ । साथै स्वीकार्नुस मेरो सादर स्यालुट पनि !
शिव प्रकाश
सुमेधु को कुरा पनि घत् लाग्दो छ है
सुमेधुलाई पनि काव्यकारितको सुमेर नै मान्दा पनि हुन्छ जस्तो लाग्यो !
बुद्ध जन्मेको शान्त देशमा त आज पनि
दीन दहाडै बम् र बारुद् पड्किन्छ रे,
गरीब निमुखाको निर्दोश छातीमा अझै पनि
समान्तको लात्तिको च्याटयाङ् चाडकिन्छ रे
गामबेसिको कामले भ्याइ नभ्याइ गर्दा सधैं भर
मेरी आमाको ढाडै कटक्क सड्किन्छ रे ।
राष्ट्रियताको बखान मैले यहाँ बाट जती गरे पनि
त्यहा त बोल्ने को मुखमै गोली अड्किन्छ रे,
धिक्कार छ आमा मलाई, टुङो लागेन मैले जती गरे पनि
अब त एकपटक् फेरी जन् भावनाको ज्वाला भड्किन्छ रे ।
"म जस्तै सबै नेपाली महरु, मनहरु, मस्तिष्कहरु, मतहरु, मननहरु, मनपेटहरु, मनसाहरु, मनोभावहरु, मन्थनहरु, सबैभन्दा पहिला नेपाली म हुन् ।"
- शिव प्रकाश
lunnchtime jee
धन्यावादको मूल पात्र त तपाइँ हुदैं हुनुहुन्छ त्यसमाथि मेरो मजस्ताहरुको प्रेरणाको प्रमुख श्रोत पनि बन्नु भएको छ । पुनः धन्यवाद !
शिव प्रकाश
Please log in to reply to this post
You can also log in using your Facebook