राजा विरेन्द्र लगायतको हत्या गरिएको त्रिभुवन महल किन भत्काइयो ? - Sajha Mobile
SAJHA MOBILE
राजा विरेन्द्र लगायतको हत्या गरिएको त्रिभुवन महल किन भत्काइयो ?
Posts 11 · Viewed 7234 · Go to Last Post
tapaiko
· Snapshot
Like · Likedby · 0
वसन्त पोखरेल

तत्कालीन श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाहदेवले वंश विनास गरिएको भनिएको नारायणहिटीको ँत्रिभुवन महल’ अब रहेन । भालूको रिस खनियाँमाथि भनिएझै ज्ञानेन्द्र एण्ड पारस कम्पनीले सो घर भत्काइदिए । अझ दीपेन्द्रका कपडा लत्ताहरू पनि निकालेर मध्यरातमा जलाइएछ । त्रिभुवनले बनाएकोकारण सो महललाई त्रिभुवन महल भनिएको थियो । महेन्द्र सो घरमा बसेनन् । किन बसेनन् थाहा भएन । सो घरमा पर-पाहुना आउँदा भोजभतेर चल्थ्यो, बैठक बस्थ्यो, त्यस्तै कामकोलागि प्रयोग भएको थियो । त्यसै घरमा ०५८ जेठ २१ गते राजपरिवारका सदस्यहरूको नृसंश हत्या भएको थियो ।
प्रतिवेदनअनुसार रक्सीले फिट्टू भएका र नाम थाहानभएको कालो पदार्थको नशामा मात्तिएका दीपेन्द्रले सबलाई गोली हानेर मारेका थिए । बाबा, आमा, भाइ, बहिनी, काका, फुपु, हजुरआमा सबलाई एउटै चिहान बनाएका थिए । रक्सी र कालो पदार्थ दुवै चिजले मात्तिएको अर्धचेतको मान्छेले बिनी-बिनी त्यसरी हत्या गरेहोला भन्नेमा अहिले पनि आशंका नै छ धेरैमा । तैपनि दरवारको मामिला पर्‍यो । त्यहाँबाट जे बोल्छ बन्दूकमात्र बोल्छ । गोलीको शब्द निस्कन्छ । त्यसैले भित्र के भयो कसरी भयो कसैलाई थाहा भएन । त्यहाँको चश्मदीद गवाहले कुनैदिन हिम्मतकासाथ मुख फोरेछ, कुरा र्सार्वजनिक गरेछ भने त रहश्य पत्ता लाग्ला, नलाग्दासम्म दीपेन्द्रलाई नै हत्यारा मान्नुपर्ने भएको थियो । तर, अहिले सो घर भत्काउनु, दीपेन्द्रका कपडा खरानी पारिनुले यसमा अर्को आशंका उत्पन्न भएको छ । भोलिका दिनमा कसैले हत्याको अनुसन्धान गर्न थाल्यो, रहश्य खोतल्न थाल्यो वा छनविन समिति गठन गरी खोजी गर्नथाल्यो भने रहश्य पत्ता नलागोस् भनेर त्यसो गरिएको त हैन भन्ने तर्कगर्ने ठाउँ बनाइदिएको छ ।
दरबारले त्यो महल भत्काउन हुन्थ्यो वा हुन्थेन, सरकारसँग अनुमति लिनुपथ्र्यो वा पर्थेन त्योपनि यतिबेला प्रश्न उठाउन मिल्ने विषय हो । राजदरवारलाई सरकारीकरण गरी ट्रष्टको रूपमा राखिने भन्ने एक प्रकारको सहमति भएको छ । राजाले राजकीय अधिकार गुमाएकोले नारायणहिटी दरवार राज्य संचालन गर्ने कार्यालयको रूपमा रहेन । राज्य संचालन गर्ने काम सिंहदरवारबाट गरिन्छ । गिरिजाप्रसाद कोइराला आफ्नो मिसनमा सफल भई सेरेमोनियल मोनार्की राखेछन् भने पनि राजकीय कार्य सम्पादन गर्न नपाइने भएकोले उनी निर्मल निवासको परिसरमै थन्कनर्ुपर्छ । यस्तोबेला उनले त्रिभुवन महल भत्काउन पाउने कि नपाउने १ कार्यकारिणी अधिकार गुमाएको अधिकारविहीन राजाले सरकारको सल्लाह र सहमति बेगर भत्काउन मिल्छ कि मिल्दैन १ यो कानुन व्यवसायीलाई जिम्मा दिउँ ।
अर्को कुरा के हो भने कुनै मानिसको जन्मस्थानमात्र महत्वपर्ूण्ा हुँदैन । मृत्यु भएको स्थानको पनि महत्व हुन्छ । कार्ल मार्क्स जन्मेको ठाउँभन्दा मृत्युवरण गरेको स्थान महत्वपर्ूण्ा बनेको छ । अहिले मार्क्सको चिहान बेलायतको ठूलो आम्दानीको स्रोत बनेको छ । गौतमबुद्धको मृत्युस्थल आज ऐतिहासिक स्थल बनेको छ । वर्षोनी लाखौं होइन, करोडौं मानिस सो ठाउँमा जान्छन् । भारतले राम्रो आम्दानीको स्रोत बनाएको छ । हुनसक्छ राजा वीरेन्द्र मारिएको स्थान त्रिभुवन महल त्यस्तै महत्वको भवन बन्न सक्थ्यो । ट्रष्ट बनाएपछि त्यहाँ देशी विदेशी पर्यटककोलागि खुला स्थल बन्थ्यो । टिकट काटेर मानिसहरू त्यही महल हर्ेन जान्थे । राजाका शुभचिन्तक, राजतन्त्रवादीहरूले त्यो महललाई सम्मान दिन्थे, श्रद्धाञ्जली अर्पण गर्थे । तर, ज्ञानेन्द्र एण्ड पारस कम्पनीले सरकारसँग परामर्श नै नगरी भत्काइदिए ।
दीपेन्द्र हत्यारा हुन् वा होइनन् १ उनकै मास्क लगाएर कसैले राजपरिवारलाई सखाप पारेको पो हो कि त्यो समय आएपछि खुल्ला वा नखुल्ला त्यो आफ्नो ठाउँमा छ । मानौं उनले हत्या नै गरे, तैपनि त उनका कपडा मध्यरातमा जलाउनु पर्ने आवश्यक थिएन । ती कपडाहरूलाई सुरक्षित राखेर र्सार्वजनिक अवलोकन गर्नेगरी सजाउन सकन्थ्ियो । यदि उनी हत्यारा थिएँ, त्यस्तो आक्रोश भरिएको थियो उनीप्रति भने उनका कपडा त्यसैबेला किन जलाइएन १ राजाको अध्यक्षतामा बनेको शक्तिशाली मन्त्रीमण्डल
-सरकार) बनेकोबेला किन जलाइएन १ अहिलेमात्र त्यो जलाउने र भत्काउने साइत किन जुराइयो १ त्यसैले यो काम शंकाको घेराभित्र परेको छ । फेरि, उक्त भवन र दीपेन्द्रले लगाउने पोशाक नेपालको सम्पत्ति हो । नेपाली जनताको सम्पत्ति हो । जनताले खोज्दाको बखत त्यो हिसाब बुझाउनु पर्ने हुन्छ । राजाको सम्पत्ति करको दायराभित्र परेपछि त्यसको पालना गर्नुपर्छ कि पर्दैन १
ल, दीपेन्द्रले नै हत्या गरेका रहेछन् । वंशनाश गरेछन् । उनले राजा बन्ने निकटका बंशजति सबैलाई सिध्याएकोकारणबाट नै ज्ञानेन्द्र राजा बन्ने मौका पाएका थिए । वंशविनास नगरेको भए विरेन्द्र जीवित हुँदासम्म वीरेन्द्र नै राजा हुन्थे, उनको मृत्युपछि दीपेन्द्र हुन्थे, त्यसपछि उनको छोरा हुन्थ्यो । ज्ञानेन्द्रको पालो नै आउने थिएन । पारसले दरवारमा ढिप्किने मौका नै पाउने थिएनन् । उनीहरूलाई राज्यको लगाम थमाइदिने, श्रीपेच पहिराउने मौका त दीपेन्द्रले नै दिएका हुन् । राज्य प्राप्त गर्न राजाहरूले कत्राकत्रा हत्याका षड्यन्त्र रच्छन् । बहादुर शाह देश निकाला गरिएका हुन् । राणाहरूले केमात्रै गरेनन्, राजाहरूले केमात्रै गरेनन् । ज्ञानेन्द्रलाई त त्यस्तो काम नै गर्नु परेन । सबै दीपेन्द्रले गरिदिए । कुचोले बढार्नुपर्ने घुरान हावाले उडाइदियो । नकारात्मक-सकारात्मक जुन रूपमा लिने हो त्यो आफूले लिने कुरा हो- तर दीपेन्द्रले वंशनास गरेकोकारण नै ज्ञानेन्द्रले ँचान्स’ पाएका हुन् । नत्र कौन पुछे खेसरीका दाल हुने थिए । सामन्तवादी राजाको चरित्रअनुसार दीपेन्द्रलाई ज्ञानेन्द्रले ँसत्ताविधाता’ मान्नर्ुपर्छ । उनका कपडा जलाउनु वास्तवमा अन्याय गरेका हुन् ।
जनताले सत्ताबाट हटाए, त्यो कुरा बेग्लै हो । ज्ञानेन्द्र राजा हुनुकोकारणबाट जनताले हटाएका हैनन् । यतिबेला वीरेन्द्र राजा भएको भए पनि हटाइन्थे, दीपेन्द्र भएको भए पनि हटाइन्थे । माओवादीले जनयुद्ध वीरेन्द्रको पालामा संचालन गरेका हुन् । वंश विनास होला, ज्ञानेन्द्र राजा होलान् र त्योबेला हटाइएला भनेर युद्ध शुरू गरेका होइनन् । हुनत यहाँ सात पार्टर्ीीे नाम नजोड्ने हो भने पर्ूवाग्रही भयो भन्लान् । तर वास्तवमा राजतन्त्रलाई समाप्त पार्ने नीति माओवादीको नै हो । गणतन्त्रको स्थापना गर्ने नारा माओवादीको हो । संविधान सभाको एजेण्डा माओवादीको हो । सबैलाई थाहै छ सात दलका नाइकेहरू पुरानै व्यवस्थामा उतीबेला पनि रमाएकै थिए र यतिबेला पनि त्यस्तै व्यवस्था स्थापना गर्न मरिहत्ते गर्दैछन् । राजालाई ँस्पेस’ दिने सातदल्को नेतृत्व तह र गणतन्त्र स्थापना गर्ने माओवादीबीच तीव्र द्वन्द्व चलेको छ । अहिलेको प्रधान अन्तरविरोध नै यसैमा चलिरहेको छ । यो कुरा कसलाई पो थाहा छैन र १ त्यसैले मुख्य एजेण्डाकार माओवादी भएको अर्थमा सात दलको नीतिसँग पर्ूवाग्रह राख्नुपर्ने भएको हो ।
ज्ञानेन्द्र एण्ड पारस कम्पनीले भोलि ट्रष्ट बन्ने नारायणहिटी दरवारको एउटा महत्वपर्ूण्ा ऐतिहासिक धरोहर ढलाए । उनले यसो गर्नु दीपेन्द्रको रिसलेमात्र पक्कै हैन । त्यो जनताको रिसले गरिएको छ । जब आफ्ना वंशजका शालिकहरू ढल्दै गरेका देखे, जनताले लगाएका चर्का नारा कानमा गुञ्जियो, पञ्चवली दिन जाँदापनि आलोचित हुनुपर्‍यो, बोल्न नपाइने भयो, न देश छोड्न सकिने न राजा भएर बस्न मिल्ने अवस्था कति कष्टकर हुन्छ त्यो त उनलाई नै अनुभूति भएको होला । खिसियानी विल्ली खम्बा नोचे भन्ने उखान झै उनलाई यतिबेला भएको छ । असार आउँदैछ, सरकारले बजेटबाट भत्ता नछुट्टाउने संकेत पाइरहेका छन् । यस्तो स्थितिमा केही लोभीपापी भारदारहरूसँग निर्मल निवासमा समेटिएर कसरी बस्नु १ अहिले वास्तवमा उनलाई पुरानै अधिराजकुमार हुँदाको जीवन याद आएको हुनर्ुपर्छ । दीपेन्द्रकोकारणबाट श्रीपेच थाप्लोमा त आयो तर लगाएर सुशोभित हुन पाइन्न । विवाहको निम्तामा जाँदा पनि गाडीमा ढुंगा वषिर्न्छ कि भन्ने त्रास छ । त्यसैले वंश विनास गरेर श्रीपेच भिराइदिने दीपेन्द्रप्रति उनलाई रिस उठ्यो । लौ जा तेरा कपडा भनेर जलाए । शुक्रबारे भोज चल्ने घर नै उडाइदिए । न भोज न हत्या भनेर भत्काए । अझै अरू पनि भत्काउन बेर छैन । सैतानी दिमाग विक्षिप्त भयो भने के गर्छ के गर्दैन के थाहा हुन्छ र १ न रहे बाँस न बजे बाँसुरी भन्ने पनि त उखान छ ।


फोकसडटवलगसमडटकम
NayaSadak
· Snapshot
Like · Liked by · 0
U
NayaSadak
· Snapshot
Like · Liked by · 0
दरबार भित्र मुसले पनि बक्साएर मात्र छिर्न् पाउछ भने " अंन्सा बन्दा" को प्रथम भागीदर् तिर सबैको औ ला थदिन्छ। च् स्म् दिद् गबाह् ले मुख् फोर्न नाशके पनि ढुङ्गा कुदेर छोड्लान्। पाप् धुरी बाट करा ई हाछ नि ।
Bhangli Damini
· Snapshot
Like · Liked by · 0
Tapaiko,

- Paras sarkar- sajha tira ayera padhe huntyo yo lekha. natra - hami 2 haat-mukh jorna garo hune nepali lai yo lekh padhera garni ke, haina ?

-bd
NayaSadak
· Snapshot
Like · Liked by · 0
दश समुन्द्र टाढा बसेर पनि खुट्टा कमा उने। नामर्दी को पनि हद् पो हुन्छ। नेपालमा बसेर गद्धी छोड् भन्न थाली सकेका छ न्।
पढ मात्र साथी।
Bhangli Damini
· Snapshot
Like · Liked by · 0
NayaSadak Mitra,

problem tehi ta bhayo ni hamro- padne ra padaune matrai- garne garaune kalle ?

auta Baula Kukur lai - acha, uta ja- bhane jasto- Gadhi chhod bhanera GYANE-PARASE le chhodchha ? tapai nai bhanos!

boula kukur(parase, gyane) lai goli thokne kalle ? tapaeele, maile, ya tyo lekh lekhne mitra le ?

mathi ko jasto lekhaee, maile lekhe paraseko birod-ma, tapaeele lekhnu bhayo hola, ani dherai le lekhe bhane..kasaile pade-gadhi chhodne- kura. tara, nata maile, nata tapaeele, nata aru kasile, AHILE KO PARIBESHA-MA, yinlai pakha lagauna sakeka chhau.

Sayad, aba lekne kura chhodau bistari--dherai lekhiyo, dherai padhiyo--aba THOKNE kura garu. Baula kukur sadak ma dherai nachhi sakyo, padayatri harulai tokadai..

tayar hunuhunchha ?

-BD
pire
· Snapshot
Like · Liked by · 0
This jerk writes that the Marx cemetery is a 'thulo amdaniko shrot' for UK. What a jerk. Shows how much he knows.
Swatantratagaamy
· Snapshot
Like · Liked by · 0
They want to get ride of crime scene and all the evidences including Dipendra's clothing. How pathetic!
tapaiko
· Snapshot
Like · Liked by · 0
to hide the fact parase gang had done it
Paagal
· Snapshot
Like · Liked by · 0
Gyanendra Sarkar lai phool chadhauchhon
NayaSadak
· Snapshot
Like · Liked by · 0
Expression is Freedom. Let people express and read it and be positive. Noting comes in Overnight, if it comes, brings disaster. It takes a time as well toll. We want everything as a magic. Magic happens in Sotry book or by a Chatke.
कर्मको फल् यही जुनि मा भोग्नु पर्छ तेसैले बिरेन्द्रको हत्यारा ले पनि भोग्दछ्। तपाईंले पनि देख्न पाउनु हुन्छ्।
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 139
· Posts 4 · Viewed 543
· Posts 2 · Viewed 248
· Posts 12 · Viewed 1594 · Likes 3
· Posts 5 · Viewed 460
· Posts 1 · Viewed 91
· Posts 1 · Viewed 79
· Posts 7 · Viewed 601
· Posts 9 · Viewed 745
· Posts 12 · Viewed 1103 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal