-- अतीतको पाना बाट --- Deep
--- अतीतको पाना बाट ---
आफ्नै गल्लीमा पर्यटक भा पनि झन्डै तीन हप्ता भैसक्या थ्यो। कैले आ? भनेर सोध्ना साथ फेरी कैले जाने भनेर सोध्ने चलन रे छ --- यतै बस्नी नी अब भन्दा "लौ यो खुस्केछ" हेराई सोध्नेको हक रे छ। पैले पैले बोले चुरोटले पोले जस्तो गर्नेहरु ऐले खाना खाने आउने हामीकाँ कैले भन्दै निम्ता पेल्दा रेछन। निउँ खानेको, कुरा तान्नीको गर्नी रेछन -मेरो छोरो सालो भानिजलाई लौन तान्नु पर्यो भन्ने झ्याँउकिरीहरुको बिगबिगी रेछ।
भोली त फेरी परदेश् उड्नु थ्यो --- निभ्नु अघि धित् मर्ने गरी चुरोट्को धुवाँ जति सक्यो दुइ तिन् सर्कैमा तान्नु थ्यो आफ्नो माटोको --- दिउँसो टुँडिखेलछेउमा एक माना काफल बजाएर बरालिंदै हनुमानढोका तिर पुग्या थें --सूर्य स्वयम्भु काटी सक्या हुँदा हुन -- तलेजुका सिंढीहरुमा बिताएका अनगिन्ती पुराना दिनहरुमा फेरी बाँच्तै थेँ दुउटा पररी आर "सापले बोलाउनु भा छ आउनु पर्यो रे" भने।
साँझ आउँदो दिन जाँदो बेलाँ हनुमान ढोकाको साप लाग्नी लक्षन राम्रो थे न। "को साप? मैले सोधें। "उता" पश्चिम पट्टीको सेतो भबन तिर इसारा गर्यो एउटा पररीले घमौरोको ठुटे लौरो ले --- दुइटा पररीले उता हिन् भनेसि अरु एक् दुइ जना समय भा तर क्यार्नी हो ठेगान् न भा दुइ तिन् जना जम्मा भए वरी परी --- एक छिन पछि मच्चिने गफको सिर्षक हुनु भन्दा पररी सङै लागेँ स्वेत भवन तिर --- कालभैरवले पनि मलाइ नै घुरे जस्तो लाग्यो – खाइ न पाइ छाला टोपी लाउने त भैयो बरु घर तिर पो रुमलो हुनी भो --- भोलि फर्कने मान्छे आजै नफर्केसि रनभुल्लमा त पर्ने नै भए --- सोच्दै अघि बढेँ --हाकिमलाइ कुरा बुझएसि बुझ्ला नी त --- तिमिले खोज्या म हैन फेला पर्या मात्रै हो म भनेर ---
अध्यारो अध्यारो भर्याङ चड्दै गर्दा सिक्रीको फन्दामा पर्या एउटालाई दुइटा पुलिसले गोर्याउँदै गर्या देखेँ -- नरमाइलो लाग्यो जिन्दगी तेसरी जकडिएको देख्दा –
हाकिमको कोठामा पुर्याईएँ म --- हाकिम् सिनेमामा जस्तो भित्ता तिर फर्किएर बस्या रे छ --- बेवस्ता गरी रह्यो केहि छिन – उस्को ताल् मन नपरे पनि बिस्तारै "तपाइँ सायद अल्मलिनु भो होला –" भन्दै थिए म तिर पुलुक्क हेरेर गर्जियो “कस्ले भन्या?”
भन्न त अब भर्खरै मैले भन्या हो, तै पनि केई भनीन यस पटक।
दुइ छिन् पछि फेरि हासो सङै अरु शब्द फाल्यो हाकिमले “दीपजी, कैले फिर्ती सवारी भो हजुर्को?”
अब मेरो हेराइ फरक भो, हेर्छु त "खैनि" --- त्यो केटाकेटी देखिनै खैनि खान्थ्यो --- तेस्को बैनि नी थिइ – हामि हामि ( उ सङै नहुदा) तेस्को घर अगाडी बरालिदा कौसी तिर बैनि चै देखिनम् भने भन्थिम् “खैनी को बैनी खै नी?”
“ए! रमेश्, के छ यार्?” खै के भे र हो खैनि भन्न अल्मल् भो। साथि रे छ--- राहत भो। पुलिसको हाकिम भे छ खैनि.
खैनि भाते मेरो मामाघरे साथि थ्यो --- भनुभक्त तिर पढ्थ्यो --- माराज्गन्जमा एक ताका आफ्नो बासै मामाघर तिर हुन्थ्यो --- कौसीमा केटीहरु घाम ताप्थे, गर्मी आफुलाइ चड्थ्यो तेती बेला --- तिनै दिनका साथि हो उ --- मेरो मामाको छोरा थ्यो रमेस्या पक्का मित्र चाइं।
“साप्” पुलिसले फेरी तेइ सिक्रीमा बल्झेको मान्छे ल्याए --- टपराको गुन्द्रुक् झै कपाल् --- निल्काँडाको झ्याङ झै जुङा दारी --- हाँडीगाँउले बाटो झै भद्रगोल लुगामा त्यो ब्यक्ति बगर झै देखिन्थ्यो --- उस्को अनुहारमा भने मन्द मुस्कान् थ्यो ---
“येस्लाइ, के गर्ने साप्?” पुलिसले फेरी सोध्यो खैनी लाइ--- "
ऐले लैजा पछि ल्याउनु ---" खैनी ले आदेश दियो --- उस्लाई घिच्च्याँउदै झै मेरो छेउबाटै लाँदै थिए “दीप्” भनेको सुनेँ। मन सिरिङ भो --- उ टक्क अड्यो ---अनुहारमा उस्को उही मुस्कान् थ्यो – खैनिको इसारामा पुलिस् रोकिए ---
“यसलाइ चिन्छस् तँ?” खैनिले छक्क परेर सोध्यो मलाई।
मैले चिन्न सकिरहेको थिइन --- मैले नचिनेको देखेर – खैनिले आदेश् दियो फेरी "लैजा लैजा येस्लाइ --- ऐले भर्खर् हामिले कुरा गर्या सुन्यो होला – अनि दीप दीप भन्छ नी बौलाहा ---"
को हो यो? किन यस्लाइ बाँधि रा सिक्री ले? मैले खैनी लाइ सोधे – म अझै सम्झिन खोज्दै थियेँ चिन्छु कि भनेर ---
“बौलाहा यो --- स्वास्नीलाइ सुतिरा बेला घाँटी थिचेर ----“
ओहो! जस्तो लाग्यो --- किन पनि सोचिन तेति बेला --- हो होइन पट्टि पनि लागिन --- मन तेसै नरमाइलो भो ---
एक् छिन् खैनि सँग कुरा गरे पछि बिदा भएँ। त्यो सिक्रीको मान्छे सँग भर्याङ नेर फेरी भेट भो ---
“दीप्” उस्ले फेरी बोलायो ---
मैले पुलुक्क फर्केर हेरेँ --- बिजय? यस पाली फ्याट्टै नाम आयो।
बिजय मेरो साथी --- स्कुलको – नौ मा पढ्दा तेस्को बाउको जिल्लामा सरुवा हुदा उतै लाग्या थ्यो ---
मैले रातोपुल तिरकी एउटीलाइ प्रेम पत्र दिँदा हुलाकी यै थ्यो ---– त्यो केटीको दाइले पछि हाम्रो बाजा बजाउँदा मलाइ भन्दा बिजयलाइ धेरै ठोक्या थ्यो --- उस्ले र मैले धेरै बर्ष सङै काट्या थिम – आज परिस्थितीको खोला एकापट्टी उ थ्यो अर्कोपट्टी म ---
खैनी पनि आउदै थ्यो --- “के छ दीप्? कैले आ अमेरिका बाट?” बिजयले सोध्यो।
“ठिकै छ --- “भनेँ --- मैले के सोध्नी हो तेसरी सिक्रीमा बाँधिएको उस्लाई थाह भएन --- अल्मलिएँ --
स्कुल नजिकै थ्यो तेस्को डेरा --- उस्काँ गएर मैले धेरै चोटी खाजा खाएको छु --- अफ्नै घर जस्तो लाग्थ्यो – म तेति बेला बिग्र्या केटाको दर्जामा निक्कै राम्रो ओहोदामा थिएँ तर उस्को घरमा सधै मेरो खातीर हुन्थ्यो ----आत्मियता प्रसस्तै थ्यो--राम्रो लाग्थ्यो –
उस्ले आफ्नो पहेलो शर्ट तिर हेर्दै भन्यो “जन्डिस याद छ, दीप्?”
बेसार दलेर नुहाएछ अनि एक दिन् मलाइ जन्डिस भो भन्दै आइपुग्या थ्यो मेरो घरमा उ ---
उ र म दुबै मुस्काइम् --- फेरी म भनेँ रोकीएछु --- उ कायमै थ्यो।
उस्ले बाहीर तिर बरालिदा मान्छेका भीड तिर हेर्दै भन्यो, “मलाइ सिफल् जान मन छ ऐले, दीप्, फेरी ती दिन्हरुमा फर्किन मन छ -- ”
उस्ले मलाइ, मैले उस्लाइ र बिबसताले हामीलाइ नियाल्दै गर्दा रात एक् तमासले ओर्लिदै थ्यो ---
ओहो हाम्रो दिप ज्यो ले केटीलाइ चित्ती लेखेको रे अनि कुताइ नि खाइयो होइन त । कुताइ कस्तो धियो सारो मित्तो थियो होला है दिप् ज्यो। :P
anyway awesome story.
***आफुलाई त तेती लेखेसी निन्द्राले परेली घोप्टयार उधुम गर्न थाल्यो अनि सुतेँ। ****
अनि त्यस्पछि निन्द्र लागेर सुते रे? कहा पाइन्छ त्यसो भनेर , आधा मात्र कथा भन्न पाइदैन :D
होइन हो दीप जी, साँचै भन्या । यती राम्रो सलल बगेको कथा, मैले पहिलो पल्ट पढें , साझामा ।
कुरा पनि कति खाइलाग्दो, रमाइलो थियो ।
हुन त घमण्ड गरे जस्तो हुन्छ, मैले जती शायद कथा कस्ले पढे होलान र जस्तो लाग्छ । २०३७-३८ साल देखि को मधुपर्क, २०४० साल देखि को गरिमा को संकलन थ्यो मेरो घरमा । समकालीन साहित्य को पनि प्राय जस्तो कपी हरु थ्यो । सानो झुपडिमा ठाम न पाएर बोरामा कोचेर राखेको थिएं । अमृका आएसी, आमा ले खाली सिसिलाई दियो कि थाहा भएन ।
भन्नु को मतलब मैले धेरै कथा पढें, थोरै सम्झे । त्यसमा दीप जी थपिनु भो ।
आफुलाई पनि लेख्ने प्रेरणा मिलेको छ, हेरम्, कुनै कथा ब्यथा भेटिन्छ कि, लेखी हाल्न । अस्तु!
uptowngal,
"ओहो हाम्रो दिप ज्यो ले केटीलाइ चित्ती लेखेको रे अनि कुताइ नि खाइयो होइन त । कुताइ कस्तो धियो सारो मित्तो थियो होला है दिप् ज्यो। :P "
चित्ती आफुले लेखियो चित्त उस्ले दुखाई छ के नी --- सेन्टी भै हाल्यो नी। कुटाई मिठो नी हुन्थ्यो होला उसैले जिस्किएर कुटेकी भे त -- दाई चाइँ बिच्केर आइलाग्यो र पो त --
Tyra,
"अनि त्यस्पछि निन्द्र लागेर सुते रे? कहा पाइन्छ त्यसो भनेर .."
लौ अस्ती सुतीसकेँ, अब आज पाइन्न भनेर भो की?
rahulvai,
पर्भो, क्षितिज सम्म समेटिएको साहित्य फाँटमा म जस्ताले एक दुई चोटी बुर्कुसी मार्दैमा फाँट नाप्न के सकिन्थ्यो।
ख्वामीतको नेपाली साहित्य प्रतिको प्रेम को सदभाब मेरो प्रस्तुतीले पनि अनुभब गर्न पायो। त्यो नै धेरै भो।
बिसाएँ त मैले अब अहिलेलाई।
दीप ज्यो, कता हराउनु भएको भन्या त नेपाल भ्रमणमा पो जानु भा'थ्यो कि के हो? जे होस् दामी कथा पस्कनुभएछ। गज्जबको लेखाइ, नामहरू पनि कति रमाइला!
अझै लेख्दै गरम्। :)
'छनकमा लुकेर बस्या दनक'---:)
झिना मसिना कुरा त यति ताजा हुने रे'छ ... झन उ बेलाँ 'कलीको दोष' बिर्सने त कुरै भएन । कि कसो दिपदा ?
khaini bhanne ta bhanubhakta ma thiyena ta deep broda....affu le bhanubhakta skool ko kura garna hola.....ma tyahi bhanubhakta college ma khaini khandai hidthe kya...katai mero katha ta lekhya hoina bhanera ma jhasikna matra jhaski raheko chu re kya hahaha...guffai ta ho samdi.....love ghundruk ko jhol
दीप ज्यो,धेरै दिन पछि झुल्किनु भयो साझामा, कता हुनु हुन्थ्यो ? सँगै हाँसे-खेलेका साथीहरुलाइ समय र परिस्थितीले कता पुर्याउँदो रैछ, के के बनाउँदो रैछ है ! असाध्यै राम्रो प्रस्तुती, अझै जावोस न है प्रभो!
HEY DUDE NEPAL MA CABIN RESTRUNT MA GAISE KEE GAYNESS. K KO
MALMALI KO DESH MA PANI JATA GAYOO CHOK CHOK . KATI BARS KO LAI HANNE HOO SABI MILCHA KINA THAILAND JANU KATHMANDU MAI RAYACHA MALAMALALL
LA ARKO CHOTI THEMAL TIRA GHUMANA NA BHULNU RATI RATI
OK DUDE
kasto ramrari lekhya. flawless writing bhanya yastai raichha kyare, kasto serious subject matter lai pani hasaera lekheko. Tyrale bhanya jastai aru pani lekhnu paryo, bichmai rokna painna.
world_map,
हराउने त खै रहरै होला जस्तो छ, ख्वामित्।
सदभावको लागि आभार।
miss_ me,
" ... झन उ बेलाँ 'कलीको दोष' बिर्सने त कुरै भएन । कि कसो दिपदा ?"
हो नी --- फेरी जाम जाम लाउछ, गाँठे कलि सङग हिसाब मिलाउन।
ghundruk ko jhol,
अत्याधिक झस्काई ज्यानलाई हानीकारक होला, पर्भो-- खैनी खाँदैमा के झसकाई भो र? कसो?
gwanche ,
मीठा शब्दहरुका लागी धन्यबाद। के गनी, जिन्दगी कैले के कैले के गरेर जिस्काउँछ -- अलमल हुने रे छ।
bimal_thapa_usa ,
कस्तो अमूर्त टिप्प्णी आइलाग्यो प्रभो यो त---
Pretty,
माथि आफ्नो आभार बिसाउदै थें, प्रितीको नाम जस्तै मिठो प्रतिकृया आएछ।
कृतज्ञता।
अब जिन्दगी नै त हो, जहाँ रोकियो, त्यही अन्त्य।
:D
कलीको नि चुटाइ खाने विचार आयो हो दिपदा ? :P
त्यो मेरो दिप ज्यो लाइ कुत्त्ने को मा टाउको साउको फोर्ड्दिन्छु है। सानानि, तिरु र म फ्ल्यिङ् किक्क् प्राक्तिस् गर्दै चम्। अब कसै ले कुत्त्न आयो भने हम्लाइ खबर् गर्नु होला। त्यो इस्पाइदर् म्यान जस्तै उदेर फ्ल्यिङ् किक्क् हन्दिम्ला है । दोन्त् वरि। :D
miss_me,
कलीको नि चुटाइ खाने विचार आयो हो दिपदा ? :P
ओहो, मैले चुटाई खाने रे भन्दै अझ ओठ टोकी टोकी हासो रोक्नी? राम् राम राम ।।
अब काली -- ए के जाती कली सँग मिल्न खोज्ने हो के रे फस मा त -- भएन भने सके आफुले मिलाम्नी नसके उसैले मिलाम्नी हो -- आफुले सकिएन हिसाब मिलाम्न भने फेरी उही डाइलोक हान्नी हो "घोडा चढने लड्छ त ---"
क्यार्नी त नी?
uptowngal,
"त्यो मेरो दिप ज्यो लाइ कुत्त्ने को मा टाउको साउको फोर्ड्दिन्छु है। सानानि, तिरु र म फ्ल्यिङ् किक्क् प्राक्तिस् गर्दै चम्। अब कसै ले कुत्त्न आयो भने हम्लाइ खबर् गर्नु होला। त्यो इस्पाइदर् म्यान जस्तै उदेर फ्ल्यिङ् किक्क् हन्दिम्ला है । दोन्त् वरि। :D"
तो त ठीकै हो की ठुली, तर पैला तोते बोल्न छोडन त -- आफ्नो बोली त राम्रो फुट्या रैन्छ, आर्काको टाउको फुटाम्न आम्नी? भनेर बुरुक बुरुक गरे भने?
;)
****अब जिन्दगी नै त हो, जहाँ रोकियो, त्यही अन्त्य।****
Deep dai ,Tyasto fallacy use garera haamlaai ulllu banaauna paainna !:D
कता मिल्दो रे'छ नि जिन्दगि को र कथा को अन्त्य ? हाम्लाइ त मिल्छ जस्तो लाग्दैन, anyway हो नै भने पनि हिसाब किताब् मिलाएर मात्र अन्त्य गर्न पाइन्छ त्यसैले-->
आतित का पाना भाग्-२ चाडै पस्किम् ! :P
haha Thulile flying kick dine re?
Tirule point lyaai, la chadai paskim atitka pana bhag 2, deep.
:D:D
'ओहो, मैले चुटाई खाने रे भन्दै अझ ओठ टोकी टोकी हासो रोक्नी? राम् राम राम ।। '
हे हे हे छिटो ल्याम अर्को कथा । नत्र ओठ टोकेर हाँस्नेमात्रै हैन मलै त दाँत किटेर रिसाम्न नि आम्छ ।
हे हे हे छिटो ल्याम अर्को कथा । नत्र ओठ टोकेर हाँस्नेमात्रै हैन मलै त दाँत किटेर रिसाम्न नि आम्छ :P
केटीहरु त उग्र रेछन --- आर्को प्रस्तुतीमा त बाङ्गे बोलाम्छु -- तेस्ले मिलाम्छ --- मलाई त एक्लै पा र गाँठे ल हेर दाँत किटेका --- खैनी र बिजे उतै हनुमानढोकामै होलान -- आफ्नो यता ज्यान जोगाम्न हम्मे पर्नी भो -- ज्यान बाँकि भे न लेख्नी हो --- नत्र अर्कैले समबेदना लेखी हाल्छ नी --- शिबोम्!
आफ्नो मनमा लाग्या एउटा कुरो पनि भनी हालम की?
मलाई समापनमा पनि निरन्तरता मन पर्छ।
Please log in to reply to this post
You can also log in using your Facebook