हावा चल्यो, तर पात हल्लिएन ।
दिन बद्ल्यो तर रात बाद्लिएन ।
कति रात मधुहोसमा होस हराएं
बोटल् बद्लियो मात बद्लिएन।
न सोध्नु थियो बिगत्,सोधें मैले
एकै खाट्मा नि घात बद्लिएन।
जान्छु भन्नेलाई के रोक्नु मैले
बिदाइमा तिम्रो यो हात हल्लिएन।
हावा चल्यो, तर पात हल्लिएन ।
दिन बद्ल्यो तर रात बाद्लिएन ।
हत्केलामा भाग्य रेखा लामो नै देखें
कहिल्यै दशा साढे सात बद्लिएन
Rahul Ji
Sundar Words haruko Bhawasparsi Collection.
A Beautyful Poem...
- SateLite
one more cliche from the same guy. aren't you tired of this ?
साट्लाइट जी, टिप्पणीको लागि धन्यवाद ।
REIN जी तपाईंलाई एउटा सुझाब छ, तपाईंलाई मेरा रचना मन पर्दैन भने न पढे बेश हुन्छ। किन बेकारमा आफ्नी शक्ती र दिमाग खर्च गर्नु हुन्छ? कम से कम पढ्न चाहने र मन पराउने मित्रहरुमा बिष नघोल्नुस् ।
एउटा अर्को हरफ यसरी थपे कसो होला?
अर्कैको अङालोमा सुत्नेहरु निदाएकैछन
उठी उठी रुने मायाको भने जात बद्लिएन
Jai Nepal
Gajab chha, rahul vai and jhaankri
Yesto garda kasto hola:
अर्कैको अङालोमा सुत्नेहरु निदाएकैछन
Daudi Daudi रुने मायाको भने जात बद्लिएन
Jai Nepal
झान्क्री जी र ज्वाइसाप दुबै लाई मुरी मुरी धन्यवाद । मेरो मनको भावलाई राम्रो सङ्ग टिप्नु भयो।
तपाईंहरु दुबैको सुन्दर रचना लाई अझ म यसो मन पराउछु ।
अर्कैको अङालोमा सुत्नेहरु निदाएकैछन
"पानी"रुने मायाको भने जात बद्लिएन
Jai Nepal
Ekdam Kaida vayo
punha: Jai Nepal
उ आराम सँग सुतिरहेकी बेला म उठी उठी रोएको दिनहरु सम्झेर "उठी उठी" लेख्या मैले। कबिता राहुलभाइ को, उहाँ लाइ जसो मन पर्छ, त्यसै सही होस् न। मेरो त एउटा humble suggestive addition to an already bound-to-be-beautiful poem पो त।
झान्क्री जी, तपाईंको भाव मा तपाईं कै लेखन सही रहेछ, मैले अर्कै प्रसङ्ग मा थपेको हुं । जे होस्, तपाईं को भाव र लेखन पनि बेजोड को छ भन्ने आभस् भो । सुझाउँदै जानुस्, हामीलाई बाटो देखाउने तपाईंहरु नै हुनु हुन्छ ।
बसन्त छ, हरियालि छ, संसार रङीचङी नै छ,
यो मुटुमा भने चिसो हिमपात बद्लिएन
म मायाको ईतिहास केलाँउदै, हेर्दै, सोच्दैछु आज
हर्ष जीवनमा देख्न पाईनँ, बिस्मात बद्लिएन
Jai Nepal
झान्क्री जी, Gajab chha.
Euta arkai prasang, Keti pani positive, Keta pani positive:
Keta: Kahaa chhau kaha, kahaa chhau kaha?
Keti: Sutyaa chhu yaha, timro yad ma
Jai Nepal
हावा चल्यो, तर पात हल्लिएन ।
दिन बद्ल्यो तर रात बाद्लिएन ।
कति रात मधुहोसमा होस हराएं
बोटल् बद्लियो मात बद्लिएन।
न सोध्नु थियो बिगत्,सोधें मैले
एकै खाट्मा नि घात बद्लिएन।
जान्छु भन्नेलाई के रोक्नु मैले
बिदाइमा तिम्रो यो हात हल्लिएन।
अर्कैको अङालोमा सुत्नेहरु निदाएकैछन
"पानी"रुने मायाको भने जात बद्लिएन
बसन्त छ, हरियालि छ, संसार रङीचङी नै छ,
यो मुटुमा भने चिसो हिमपात बद्लिएन
म मायाको ईतिहास केलाँउदै, हेर्दै, सोच्दैछु आज
हर्ष जीवनमा देख्न पाईनँ, बिस्मात बद्लिएन
हावा चल्यो, तर पात हल्लिएन ।
दिन बद्ल्यो तर रात बाद्लिएन ।
(मित्र झांक्री जी को सहयोग का साथ)
suru ma yaso kasto hola?
आँधी हुरी चल्दैरह्यो, पात हल्लिएन
प्रहर बद्लिए, दिन बद्ल्यो, रात बद्लिएन
कति रात हराउने बहाना खोज्दै पिउँदै हराएँ
बोटल बद्लिये, होटल् बद्लिये, मात् बद्लिएन
tyespachi 3rd haraf approximately yeso garthe ma bhayeko bhaye:
सोध्न नहुने बिगत तिम्रो सोधिहालें, गल्ती गरें
एकै खाट भएर के भो, घात बद्लियेन
ani 4th ma yeso:
जान्छु भन्नेलाई रोक्न पनि सकिनछु
बिदाइ मा तिम्रो त्यो हात हल्लिएन
मेरो यो सब suggestion मात्रै हो । सबै line change गर्न केहि जरुरि छैन है, राहुल्भाई। please don't mind. it's all up to you.
Please log in to reply to this post
You can also log in using your Facebook