साहित्यकार मोहन कोइरालाको निधन - Sajha Mobile
SAJHA MOBILE
साहित्यकार मोहन कोइरालाको निधन
Posts 11 · Viewed 8761 · Go to Last Post
Rahuldai
· Snapshot
Like · Likedby · 0
साहित्यकार मोहन कोइरालाको निधन श्याम रिमाल काठमाडौँ, फेव्रुअरी २२ नेपाली गद्य कविताका सशक्त हस्ताक्षर वरिष्ठ कवि मोहन कोइरालाको मुटुसम्बन्धी रोगबाट ८१ वर्षको उमेरमा आज निधन भयो । सहिद गङ्गालाल हृदयरोग केन्द्रमा उपचारार्थ भर्ना हुनुभएका कोइरालाको आज अपराह्न ३।१० मा निधन भएको सो अस्पतालले जनाएको छ । उहाँ मुटु मधुमेह र प्रोस्ट्रेट रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँ उपचारका लागि यही फागुन ४ गते अस्पताल भर्ना हुनुभएको थियो । जटिल एवम् बौद्धिक परिपक्वताका प्रयोगवादी धाराका प्रयोक्ता कोइराला वि।सं। २००७ देखि लेखन क्षेत्रमा लाग्नु भएको थियो । उहाँ नेपाल प्रज्ञा-प्रतिष्ठानको उपकुलपति तथा आजीवन सदस्य रहनुभएको थियो । वि।सं। २०३८ मा प्रकाशित काव्यसङ्ग्रह नदी किनारका माझीका लागि मदन पुरस्कार र वि।सं।२०४० मा ऋतुनिमन्त्रण र गरलपान काव्यकृतिका लागि साझा पुरस्कार प्राप्त गर्नुभएका कोइरालाका लेक मोहन कोइरालाका कविता सारङ्गी बोकेको समुद्र हिमचुली रक्तिम छ नीलो मह सूर्यदान पलङ नं। एक्काइस मौन शिखरहरु आज कसैलाई बिदा गर्नु छजस्ता कवितासङ्ग्रह प्रकाशित छन् । कोइरालाको फसर्ीको जरा शीर्षकको लामो कविता नेपाली साहित्यकार तथा पाठकहरुमा लोकपि्रय रहेको थियो । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । कोइरालाका श्रीमती दुई छोरा र तीन छोरी हुनुहुन्छ । http://nepalipost.com/nepali/samachar.php?&nid=2600 नेपाली काब्य क्षितिज का एक तारा को अस्त भयो । बुझ्न गाह्रो कबिता लेख्छन भनी आरोप लागे पनि उनका सिर्जनाहरु को आफ्नै स्वाद थियो । त्यो भन्दा पनि उनको जीवनशैली ज्यादै सरल थियो( ब्यक्तिगत अनुभव) । दिपंगत आत्मले चीर शान्ति पाओन ।
world_map
· Snapshot
Like · Liked by · 0
साहित्यकार मोहन कोइराला प्रति मेरो श्रध्दान्जली। उनको 'हिमचुली रक्तिम छ' कविता संग्रह मैले पढेको थिएँ। बुझ्न गाह्रो भएपनि प्रयोगवादी धाराप्रति म आकर्षित थिएँ।
Hi_nanu
· Snapshot
Like · Liked by · 0
श्रद्धान्जलि एक साहित्यकारलाइ,एक कविलाइ।नेपालि साहित्यमा चाख हुने वर्गका बिच उनले जिवनका सङ्घर्शका बारेम कोरेका हरपहरु सदै अ्मर रहने छन। Mohan Koirala Profiled by Pallav Ranjan Mohan Koirala was born in 1934 in Kathmandu, Nepal. His early poems show clear anger against the Rana oligarchy system, witnessed in "The staute." As he and his poetry matured, he addressed social issues ("The Nepali violin" and "The roots of the pumpkin"), male-female relationships ("Like seeds") and, later, moral fraility of himself and other human beings (the finest examples of which may be "I have not become a god", "Wounded years", and "The worship"). Today most students of Nepalese literature believe that Mohan Koirala is hard to understand, that his poems require extra attention, and provide richer emotional rewards. Mohan Koirala has been publishing regularly in Nepalese literature journals and is now the Vice-Chancellor of the Royal Nepal Academy. He is appreciated not only for his excellent poems but for his strong influence on Nepalese poetry. "While he may not be the first to introduce the new poetic thought in Nepal, he has made great contributions to the preservation of this tradition," comments critic Iswar Baral in an essay of 1973. "While noted poets were following the romantic tradition, Mohan Koirala gave voice to life's struggles. Therefore among the new generation of poets he is the sharpest, the most experienced, and has the greatest clarity." [Baral also states that Koirala was always influenced by the romantic poets and this attraction permeates his poetry and enriches it. In his own words, Mohan Koirala says "The love for the fresh and respect for the old are the demands of the modern writing style. Selecting and representing these properly are at the center of my poetic efforts and give life to my poems. Life is a goal. How it is spent, what its shades must be like, and what has not happened are not conclusive [there are disagreements]. Searching for yourself by cutting yourself, pinching yourself, laughing, searching for yourself in laughter, and if there are new facts there, then the richness that flows from them and their stories dye the paint brush. This is my modernity. "Easy poems are not modern if their style is not able to demand. In the same way poems that are difficult for difficulty's sake cannot be modern either. Yes, they can have a different importance, the poet can think in verse, she or he can be a great poet. I wish to say that modern poetry presents new thoughts and new awareness in its flow. The point I am trying to make is that even if they are written today, poems may not be modern. Modern poetry is a struggle for subject matter, struggle for craftmanship, and struggle for new thoughts, new poems." Source: http://www.spinybabbler.org/literature/personalities/mohan_koirala.htm
Nepe
· Snapshot
Like · Liked by · 0
कलामा जति वैविध्य त्यति सम्पन्नता । नेपाली साहित्यमा रहेको क्लिष्ट/"बौद्धिक" कविताको रिक्ततालाई पुरा गरेर मोहन कोइरालाले यसलाई सम्पन्न बनाई आफैलाई एक अभाज्य स्थान दिलाएका हुन् । कविको जीवन र योगदानको संकिर्तन- मेरो तर्फबाट श्रद्धान्जली स्वरुप । .
sano_kanchha
· Snapshot
Like · Liked by · 0
साहित्यकार मोहन कोइराला प्रति मेरो श्रध्दान्जली।
Gautam B.
· Snapshot
Like · Liked by · 0
फेरि एकपटक श्रध्दाञ्जली चढाउँछु कवि मोहन कोइरालाप्रति! मोहन कोइरालाका थोरै कवितामात्रै पढेको छु मैले। बुझ्न गाह्रो लागरै हो वास्तवमा! अल्लारे उमेरमा नबुझेपनि अब बुझिन्छ कि जस्तो पनि लाग्छ, किनभने कविता-साहित्य बुझ्ने भन्ने कुरामा जीवनका भोगाईहरुको पनि ठूलो असर हुन्छ। यो धागोमा मोहन कोइरालाका कविताहरु टाँस्नुहुनेछ साथीहरुले भन्ने आशा छ।
chanaa_tarkaari
· Snapshot
Like · Liked by · 0
हार्दिक श्रद्धाञ्जलि कवि मोहन कोइराला ।
world_map
· Snapshot
Like · Liked by · 0
प्यारो प्यारो मेरो लोभ - मोहन कोईराला छुटेको साथीलाई जसले पहिले मया जोर्यो, हिंडेको पशुलाई जसले पहिले गोठालो लाग्यो, निगाला खिप्दै खिप्दै घूम, देश र डोको बनायो, कठबाँस झीरले खोप्दै उडेका वरलाई बाँसुरीमा थिच्यो- भत्केकालाई लय र ननिस्केका स्वरलाई ओठले फुक्यो, ए प्रशस्त छातीले सुसेल्ने ए ताजा हावाको ताजा डाक्टर त्यो पहिला दिनको पहिला आविष्कारलाई म लोभ गर्दछु, प्यार गर्दछु, सम्झन्छु तिमीले पहिला दिन सिस्नु उसिन्दा मलाई डाकेनौ- म कति रिसाएको छु। जसले आफ्नो कहानी एक विराट् गुफाबाट शुरू गरेथ्यो, तँ कति सोझो नरम पाठो जस्तो जङ्गलमा उफ्रेको, ए प्यारो प्यारो मेरो लोभ, मेरो कलाकार आइज, म तँलाई छातीमा टाँसेर हेर्न चाहन्छु, "मुखमा खरो सूर्ती चुसेर एक पल्ट अब सुसेलेकोl" स्रोत: नेपालीकविता डट कम http://nepalikavita.com/udhghatan-kavita/MohanKoirala.pdf
Pretty
· Snapshot
Like · Liked by · 0
साहित्यकार मोहन कोइराला प्रति मेरो श्रध्दान्जली।
Yahoooooo
· Snapshot
Like · Liked by · 0
साहित्यकार मोहन कोइराला प्रति मेरो श्रध्दान्जली।
Felicity
· Snapshot
Like · Liked by · 0
My Heartfelt condolances to Mr. Koirala's family and Nepali literature.
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 52
· Posts 1 · Viewed 64
· Posts 1 · Viewed 170
· Posts 16 · Viewed 3398 · Likes 3
· Posts 1 · Viewed 148
· Posts 1 · Viewed 219
· Posts 6 · Viewed 806 · Likes 1
· Posts 1 · Viewed 140
· Posts 1 · Viewed 151
· Posts 4 · Viewed 480



Your Banner Here
Travel Partners
Travel House Nepal