<b>प्यारमा</b> - Sajha Mobile
SAJHA MOBILE
प्यारमा
Posts 16 · Viewed 7277 · Go to Last Post
Rahuldai
· Snapshot
Like · Likedby · 0
प्यारमा इमान हुनेको सधैं सुन हीराको हार हुँदैन प्यारमा बेइमान नगरे कसैको कहिल्यै हार हुँदैन प्यारमा तोडेर तोडिने काँचो धागो होइन चोखो माया जब जून तारा दिने झुठो उपहार हुँदैन प्यारमा तन हेरी तर मन न जुराइ गांसेको प्यार हो भने अमर प्रेमको कुनै सार्थक उपसंहार हुँदैन प्यारमा। हृदयको आकृती अनि आबृती दुबैको एकै हुने हुन्छ अनन्त जीवन यात्रा भरिको साथ भार हुँदैन प्यारमा
vata-ta-ta
· Snapshot
Like · Liked by · 0
Ma ne Pravu Ma ne Wah Wah Wah
lamkane
· Snapshot
Like · Liked by · 0
आहो ! राहुलभाई ले त बडो गज्जबको कविता लेख्नु भयो त हऊ ।तर खै आफूलाई त प्यारको अनुभव नै भा छैन हौ, यो तीन बिसीको जीवनीमा। तेसैले मेरो अनुभव बिनाको अनुभव राहुलभाईमा समर्पित : रातो छ कि सेतो छ या गुलाबी, पहेंलो छ ! कस्तो छ त्यो प्रेम ? सुनिन्छ अनौठो अनन्त छ !! गर्छन रे एक युगल जोडी प्रेम एक आपसमा दिन्छन् रे एक आर्कालाई प्रेम नै प्रेम-पासमा !! न स्वार्थ नै हुन्छ यसमा न त दम्भ नै अरे ! अनुभव नै भएन साथी यस्को नमिल्दा जोडी हरे !
highvoltage
· Snapshot
Like · Liked by · 0
न रातो छ यो, न त सेतो नै छ! प्यारको अनन्त सागरमा एक थेगो नै छ, हार्नेलाई काँडासरी जित्नेलाई मखमली फूल अन्त्यमा भन्छन रे सबै प्रेम एक मिठो भूल ! अस्तु:
Jwai Sap
· Snapshot
Like · Liked by · 0
Jai Nepal Aurika tira Nidaunu pardaina! Jai Nepal
Rahuldai
· Snapshot
Like · Liked by · 0
भ ट ट जी, लाम काने जी, हाइ भोल्टेज जी, अनि ज्वाँइ साप जी प्रेम दिवस को प्रेम् कबिता संग्रह मा यहाँ हरु को अमुल्य सहभागिताको लागि आभारि छुं। सबै चोखो प्रेम अजर् अमर् होस्, बिछोड्को पीडा मा खोहि पनि जल्न न परुन्, यहि कामना छ, अस्तु!
Nepalki_chori
· Snapshot
Like · Liked by · 0
wa wa rahulvai, what a feeling.
Ji Nepami
· Snapshot
Like · Liked by · 0
वाह्!! राहुलभाई जी, क्या गजबको गयो "तन हेरी तर मन न जुराइ गांसेको प्यार हो भने अमर प्रेमको कुनै सार्थक उपसंहार हुँदैन प्यारमा।" वास्तबमा,यो सन्सारमा माया, प्रेम, भन्दा अरु ठुलो चीज नै छैन। मायामा नै यो सन्सार अडेको छ। माया बिना यो सन्सारमा केहि पनि छैन। माया देउ, अनि माया लेउ यति नै छ यो सन्सारमा। सन्सारमा सबै चीज पैसाले किन्न पाउन्छ तर मायालाइ किन्न, माया नै चाहिन्छ। "माया" भन्ने शब्द अ मर अनि अजर छ।त्यस्मा निच्छल्ता अनि निष्पाप् हुन्छ।
Rahuldai
· Snapshot
Like · Liked by · 0
भउते गुरु, नेपामी जी अनि नेपाल की छोरी जी, धन्यवाद मन पराइ दिनु भएको मा । प्रणय दिवसक्ओ सन्दर्भमा २-४ शब्दको संयोजन मात्र गरेको हुं, कुनै सार्थक रचना बन्ला भनेर सोचेको थिएन । जे होस्, यो दिवसले चोखो माया गर्ने हरु को सधैं जय होस् । यही कामना छ, प्रेम म जलेर जिन्दगी कसैको खरानी नहोस्, यही छ सदभावना ।
vivasg
· Snapshot
Like · Liked by · 0
धनीको हातको पित्तलको अङुथिलाई सुन मान्दा रहेछन यहा प्यारमा, गरीबको हातको त्यही चिजलाई दोशिको खून मान्दा रहेछन यहाँ प्यारमा । बिश्वाशको आशा गर्दा-गर्दै, अनाहकमै साङ्लो र घून बन्दा रहेछन यहा प्यारमा, किरण सम्झी हत्केलाले छोप्न खोजे पनि शितल बिहिन रातको जून बन्दा रहेछन प्यारमा ।
Dada_Giri
· Snapshot
Like · Liked by · 0
इतिहास जित्नीको मात्रै लेखिन्छ भुन्थे राहुलभाइले हो रेछ.तर म हार्नीको लेखुम है त. 涙の数だけ強くなれる 明日は来るよ君の為に मया पिरिममा ३ कान्ला मुन्ट्याइएका साथीहुर प्रति समर्पित.
Hi_nanu
· Snapshot
Like · Liked by · 0
तोडेर तोडिने काँचो धागो होइन चोखो माया जब जून तारा दिने झुठो उपहार हुँदैन प्यारमा सँधै झै राम्रो छ।
Rahuldai
· Snapshot
Like · Liked by · 0
दादा जी, धन्यवाद । मिलन र सुखमा मात्र प्रेम कहाँ हुन्छ? बिछोडको बेदनामा झन् प्रगाढ प्रेम हुन्छ। कसले पनि हारेको हुंदैन चोखो प्रेममा हार त निस्ठुरिको कपटे "गेम " को हुन्छ। नानु जी धन्यबाद्, प्रोत्साहन का अमुल्य प्रेमशब्द को लागि।
Birkhe_Maila
· Snapshot
Like · Liked by · 0
राहुलदाईको यता धमाका गैसकेको रहेछ नदेखिराको! गजब छ! :)
Gautam B.
· Snapshot
Like · Liked by · 0
ढिलो भईएछ राहुल दाइको यस्तो राम्रो रचना पढ्न। साह्रै राम्रो वयान गर्नु भयो प्यारको!
Rahuldai
· Snapshot
Like · Liked by · 0
बिर्खे जी, अनि गौतम जी, यहाँहरु जस्तो दिग्गज कलामाजीबिहरु को टिप्पणी ले प्रेरणामा अझ catalyst को काम गर्छ नै । धन्यवाद । देर आए, दुरस्त आए भन्छन्, त्यसैले ढिलो हुने कुरै छैन । अस्तु!
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 51
· Posts 1 · Viewed 53
· Posts 1 · Viewed 52
· Posts 4 · Viewed 305
· Posts 10 · Viewed 861 · Likes 1
· Posts 9 · Viewed 1296
· Posts 1 · Viewed 101
· Posts 1 · Viewed 108
· Posts 1 · Viewed 86
· Posts 12 · Viewed 661



Your Banner Here
Travel Partners
Travel House Nepal