किनकी म तिमीलाई माया गर्छु !
किनकी म तिमीलाई माया गर्छु !
---------------------------------
बोली बन्द भए यता
म तिम्रो आबाज बन्दै आएको छु !
सम भोगका कुराहरु छाड,
म माथी भई आएका
हमला गर्न घाईते हुंदा पनि
म तिम्रो हात समाई रहेको छु !
च्यातिएका कुम र कुहिना टाल्न
तिमीले टालो ल्याउन ढिला गर्यौ
र आसक्त नजरहरुलाई
मेरा अङ्ग चियाउने मौका दियौ !
म तिम्रो निम्ति लाज पचाउदै आएको छु !
मैले बुझेको तिम्रो परिस्थिती
कमजोरी, गरिबी, मनस्थिति भन्दा
भिन्दै नियत निस्कदै थिए !
अनि तिमी मबाट उठेका
केबल सतहका आकारहरु मात्र हेर्न चाह्यौ,
गहिराईका भावहरु केहि सुन्न नचाहदा पनि,
म आँखा चिम्लेर सहर्ष
समर्पण गरि रहेको छु सर्बाङ्ग !
र आबश्यकताहरु सबै नकारेर
म तिमी सित छु हमेसा दङ्ग,
किनकी म तिमीलाई माया गर्छु !
(समरभिल, म्यासाच्यूस॓ट्स)
किन कि यो कबिता लाई म पनि माया गर्छु, उहि पुरानो पाठक -राहुले ।
उच्च कोटिको कबिता पस्किनु भएछ।सार्है घत लाग्दो छ।नेपालि साहित्यमा यहाको द्क्खल अनुकरनिय छ।
rahul, nanu and raksyas
I would like to thank you all for inspiring me.
sami
i am living in somerville too but i am looking hte chance to read and read about sajha.com because it's my first time that i am wrtting these my words even the KABITA is really great.....thanks
Samiksa
This is one of the best poetry I have read in Sajha yet.
So I am going to critique your poem very briefly. Since I am at the very biginning stage and learning to critique, don’t take my words fully.
1. Idea: Idea is good. It could be out of your experience (reality) or of some one you know. This is very realistic and may resemble some ones life. If you can modify or edit a little bit it can also fit into the context of Nepal. Sort of love and hate relationship. I hope it is not a “confessional poetry”.
2. Style: Your style is good. You developed the plot pretty well and ended where it matters. The incidents are well described. Your poem is a “free verse” so I did not except any “meters”.
3. Flow: Flow is good except I felt some bumps in the third paragraph’s last line.
4. Choice of words: You seem to have pretty good grasp and sense of Nepali language. Your choice of vocabulary/words are good enough to describe/express and is not “wordiness”. What if you wrote “देख्नु” instead of “सुन्नु”. This way you would have distinguished between हेर्नु and देख्नु ! Just a thought.
5. Rhyme: No end rhymes except one para. Its totally fine but I see a potential of creating rhythmical and metrical poems in you.
At last, no poems are perfect so keep trying.
समिक्षाजी, साह्रैनै मन प-यो तपाईँको यो कविता। लेखिरहनुस्, हामी स्वाद मानेर पढिरहन्छौँ।
Thank You Shirish for elaboration. I will search for some critiques to improve myself.
Thank you Gautam jee.
आउ तिमी
तिम्रो पक्ष लिएर
हरेक सित, हरेक थरिका
कहिले घोषित, कहिले अघोषित
यूद्दहरु लड्दा लड्दा,
यो मनमा प्रतिस्थापित बुध्द ,
हरायो हरायो,
बोधीबृक्षबाट समेत झरे पातहरु !
तिम्रोलागी उठ्न पहाड हुंदा,
छाती भित्र अंगाल्छु भनेर
कैयौं बादल फकाउन आए,
कति सार्हो रहि रहन्छौ भन्दै
अबिरल पानीले पगाल्न नसक्दा
झारेर गए हिउंहरु !
बिगतको साल झैं यसपाली
मलाई यो बर्ष लड्ने जांगर छैन,
त्यसैले आउ तिमी
बोधीबृक्षका पात पातमा बुध्द कोर्न !
बिगतको साल झैं यसपाली
ठिङ्ग मात्र उभि रहने रहर छैन,
त्यसैले आउ तिमी
ठोस पदचाप लिएर पहाड सार्न !
समिक्षाजी ,
तपाइको कविता मलाइ असाध्यै मन पर्यो ..
.......
'बिगतको साल झैं यसपाली
ठिङ्ग मात्र उभि रहने रहर छैन,
त्यसैले आउ तिमी
ठोस पदचाप लिएर पहाड सार्न'
लाज पचाएर मैले बा चे भने
शायद तिमीलाई खुशी लाग्दो हो,
तिम्रो तिरस्कार सम्झेर म हासे भने
शायद तिम्रो दु ख भागदो हो ।
विवश्, समर भिल ,एम ए
समिक्षाजिको कबिता अति नै दिल्चस्पी लाग्यो
"बोली बन्द भए यता "
बोली or "goli"
कविता मन पर्र्यो समिक्षाजी!
सम्बन्ध गन्थन नै (अथवा समसामयिक नेपालको गन्थन) राख्न खोज्नुभएको होला!
तपाइँले खोज्नुभएको शान्ति छिटै आओस मेरो शुभकामना छ!
जिन्दगि कि डोरी
कमल कि छोरी
मुटु मेरो चोरि
आउछु भन्छे भोलि
तर खोइ के भन्ने
माया त म पनि गर्थे नि
साथ दिन्छु भनेकै थिय
छोडेर गै मोरिले
बाधु कसरि नचुडिने डोरिले
Samikshya,
That is a lovely poem. I envy your command of the Nepali language. A tury edifying read.
******
B-Maila,
Goodness me, long time no see! :-)
तिम्रो कोठाको सामान र म
-------------------------------
तिम्रो कोठा भित्र हुने
करतुत लुकाउने
केबल पर्दा नबनाउ मलाई !
एकपल्ट सिरक बनाएर,
सम्पूर्ण न्यानो र सरगर्मीको
बिकरणले पगाल,
तिमी भित्रका आईसबर्गहरु !
चित्रमा पोतेर रङ्ग
खाली भित्तामा झुण्डाएर,
बसन्तको आनन्द लिन सक्छौ केहिबेर !
एकपल्ट मेरो रङ्ग
आफूमा लपेटेर हेर,
र महसुस गर सदाबहार !
टेबलको घडीको टिकटिकले
तिमीलाई बिहानै उठाउन सक्ला निन्द्राबाट !
एकपल्ट त्यो टेबलको प्लाटफर्ममा
मेरो ढुकढुकी राखेर सपना कोरेर बांच
र सुनाउ मलाई,
समय कति सार्थक भयो
सपना साकार पार्न कति उर्जा मिल्यो !
Wow, another lovely one, Samikshya.
Pse do keep it going - you've now got a fan. Rest assured.
******
TYPO:
A tury edifying read.
to read:
A TRULY edifying read.
Thanks.
समिक्षाजी! तपाईँको लेखाइको म फ्यान भएँ!
गजब छ यो कविता! सदैव साथको तुलना क्षणिक साथसंग धेरै राम्रो संग राख्नुभयो!
धेरै राम्रो!
Lahure daiiiiiiiiiiiiiiiiii! :):)
Mailo bhai is more than happy to see u here! This winter brought a little bit of snow, a little bit of chill and a little bit of good old friends!! cheers!! :)
Shirish - The self appointed critique?
Received in email:
January 14, 2007
Name: Daky
Location: arlington va
Comments: this poem is totally copied from some english version.u can feel it when words doesn't match the flowness.anyway nicely translated.
I am exhilarated.
Can you show me the original poem ?
Please log in to reply to this post
You can also log in using your Facebook