रामे को america अनुभव्! - Sajha Mobile
SAJHA MOBILE
रामे को america अनुभव्!
Posts 126 · Viewed 52276 · Go to Last Post
ramprasadneupane
· Snapshot
Like · Likedby · 0
रामे को america अनुभव्- भाग्-१ कुरो america आउँदा को हो । प्लेन चढ्न त पयियो, america छिर्न नै नपाइने हो कि भन्ने टेन्सन थियो । धन्न आइयो । पोर्ट अफ् एन्ट्री मा हाकिम् ले सोध्यो, के काम ले आयिस? मैले भने पढ्न । चार् बर्स को लागि? मैले भने, हजुर । अनि देश फर्किने? मैले भने हो हजुर । तल देखि माथि सम्म हेरेर भन्यो, ल ठिकै छ । कहाँ बस्ने नि ? मैले भने कलेज को होस्टेल मा । मोरो ले पत्याएछ। पढाई भन्या तेस्तै हो, आउन साथ काम खोज्न हिडियो । एउटा किताब् पसल् म पकिस्तानि भेटियो। ये हामि त सार्क् को छिमेकि भने, जांठा लाइ सार्क् भन्य थह रैनछ। कुरो मिल्यो। भोलि देखि काम् मा आइज् भन्यो तेस्को बोस् ले । एक् राति इकोनो लोज् मा बस्या ६० डलर् ले दिमाग् ठाउ म थिएन आफ्नो। काम् पाइयो धन्न। क्लास् सुरु हुन २० दिन् थियो । पढाई भन्या तेस्तै हो, काम् पाइयो धन्न । अब अर्को चुनौति डेरा खोज्ने थियो। बोस् ले sleeping bag ल्याएर येहि सुते हुन्छ भन्यो, एका बिहानै । आफ्नो त हर्श ले ठाउ छोड्यो। न आमा पट्टि को न बाउ पट्टि को । कुरो मिल्यो । पैसो को कुरा नि राम्रो लाग्यो, महिना मा १२०० दिन्छु भन्यो, वाह्! झन्डै १ लाख्! अर्को समस्या खाना को थियो, आफु लाइ burgar चाख्ने बडो सौख् थियो, खिचापोखरि को burgar बस्तबमा burgar होइन रैछ भन्ने चाल् पाए । mac donalds ले मेरो आखा खोल्यो। सोचे, chicken burgar यति मिठो भए ham burgar कस्तो होला त? तर मन् ले मानेन। गाइ मासु र सुङुर् मासु चाहि आहिले नै नचाखौ भनि थाति राखे। जिन्दगि मा पहिलो burgar किन्दा, किन्नु अघि को डर्, खैरे ले जे सोधे नि yes, please र everything भने पछि, हातमा burgar पाउदा, मैले मन् मनै भने "वाह् रामे, त चहि america म टिक्छस्"। बडो ठुलो बिजय थियो त्यो मेरो लागि । पहिलो एक् हफ्ता कसरि बित्यो चालै पाइएन। टोल् गल्लि चहार्दै बित्यो। ताल् ताल् का मान्छे, ठाउ न ठहर् थुतुनो चाट्या छन्, चुस्या छन्, छाम्या छन्। तरुनि को halfpant पछाडि लेख्या कुरो पढ्यो, दङ पर्यो, कतै bebe कतै pink, के के हो के के । Tshirt उस्तै guess लेख्या ... अब त्यो नि गेस् गर्ने कुरो हो? के होला त्यहा भित्र भनि? पहिलो झट्का तब लाग्यो, जब bookstore म एउटि स्वप्नसुन्दरि को प्रवेश् भयो, धोतिनि जस्ति थिइ तर latino हो कि जस्तो नि लाग्या थियो। हिजो भर्खर् एउटा mexican लाइ "दाइ, तपाइ नेपलि हो?" भनेर सोध्दा kimpasa amigo भन्या कान् मा गुन्जिराथ्यो । मस्त तन्, अटसमटस् tshirt, फुट्ला जस्तो trousers, हाम्रै college को हुनु पर्ने हो , मन् मनै सोचे । मोरि ले किताब् छान्दा, angle, angle बाट हेरे, स्वाद् लिएर । आफुलाइ कस्तो गारो भै सक्या थियो । बोस् counter मा थियो, म नि छेउ मा गएर किताब् मिलाउन थाले। नक्कलि आइ । hey, I am Sania ... भनेर हात् बधाइ, you from India? मैले भने No, from Nepal...Kyaath-man-dio...everest?" saki nasaki accent हालेर भने । छप्कि पग्लि छे । really? hwasyonem भ्न्या जस्तो लग्यो। sorry? मैले भने your name? ooh! Ronnie मैले भने। Ram Prasad Neupane कता कता पाखे पाखे लाग्यो आफैलाइ यतिका बर्ष पछि।Ram Prasad Neupane काट्कुट् गर्द तुरुन्त दिमाग् म Ronnie जन्मियो, Ram को Ro र neupane को Ne Ronnie ।
Load Previous
ramprasadneupane
· Snapshot
Like · Liked by · 0
आदर्णीय पाठकज्यु हरु! कुशल रही कुशलताको कामना गर्दै, नयाँ बर्ष को हार्दिक मंगलमय शुभकामना टक्र्‍याउदछु । बिशेष कुरो खाशै केही छैन । उहि त हो । america को कुरो ! बिहान आधा निद्रामा उठ्यो, दाँत माज्या जस्तो गर्‍यो, चिया खायो, हिजो बेलुकिको खानेकुरो पोको पर्‍यो, अनि काम तिर स्वाँ फ्वाँ गर्दै दगुर्यो । काम गर्या जस्तो गर्‍यो, सके सम्मा ४ वटा ब्रेक लियो, चुरोट् खानै पर्‍यो, नेपालमा क्याम्पस पढ्दा देखि लाग्या बानी ! बेलुकी सके सम्म छिटो घर पुग्यो, २ टा बियर हुसुर्यो, उहि बासी भात भुट्यो, एक छिन् ईन्टरनेट चलायो, फिलिम हेर्दै सुत्यो, भोली पल्ट उहि हाल ! christmas नि तेस्तै बित्यो, अली बढी जाँड खाइयो होला, new year त मेन् बहाना भै गो नि ! म नेपाली हुँ भन्ने प्रमाणित गर्न new year eve नै चाँहीने रैछ, २ तारिक काम मा जादा, कन्चट् दुखेर खपी नसक्नु थियो !देब्रे पट्टी को कन्चट् को नशा टन टन दुख्या दुख्यै ! त्यसमाथि बिहान को ट्राफिक मा कनचट मै घाम पर्दा कम्ती रिश उठेन ! न कोही सँग बोल्न मन लाग्ने, न केही सुन्न मन लाग्ने भन्या । एफएम सुन्यो, फुटाल्दिउ जस्तो लाग्ने भन्या ! खैर्, यि तथा यस्तै अन्या बिबिध काराण हरु ले गर्दा रामे को कथा लेख्न पाकोथिइन! रिसानी माफ होश्! यस पटक chinese को मा san miguel भेट्या थिए, दङ परेर धोक्नु धोकियो ! तेसै ले टाउको दुखा जस्तो छ !
maaila
· Snapshot
Like · Liked by · 0
ओहो राम प्रसाद जी, धेरै दिन बाद है, जे होस तपाइंले माया मारेको रैनछ् नत्र मैले झन्दै तपाइको नाम मा वान्टेड निकाल्न लागेको । जे भए नि अब त फ्रेस भयो होला नि कि अझ हान्ग ओभर बाकि छ ? धेरै खानु नि भएन नि सर । ल अब छिट्टो लेख्न थाल्नु पर्यो तपाइंको खुब दिमान्ड छ है --------
raman
· Snapshot
Like · Liked by · 0
Ram prasad ji! Let me once more to keep your thread on the top !
Gautam B.
· Snapshot
Like · Liked by · 0
साह्रै रमाइलो छ रामप्रसादजी!
nepali_keta12345
· Snapshot
Like · Liked by · 0
Ramprasad ji, we are all eagerly waiting for more
onlinerohit
· Snapshot
Like · Liked by · 0
ram prasad g khoi vanya ??? launa aba ta kehi lekhum na
raman
· Snapshot
Like · Liked by · 0
छिट्टो लेख्न : Fakauda pani bhayena, Furkyauda pani bhayena , Rame bajiya laai.... sale ... chor Gadha.... bajiya... bhate....mora....lu jaa ta! aba chai lekhla ki!!
raman
· Snapshot
Like · Liked by · 0
धन्यबाद् भाते जि, बिस्वामित्र ले राम् नाम् जपे जत्ति कै भये छ नि! नेपाल मा बसेको भए कुटाइ खान्थे होला, अ्रिका बसेको ले मान नै पाये ।
raman
· Snapshot
Like · Liked by · 0
राम प्रसाद जि, नमस्कार! रिसानी माफ होस्: त्यो प्रतिभा प्रस्फुटित होस्।।।।।।
sayapatri
· Snapshot
Like · Liked by · 0
राम प्रसाद जी, कति पोस्ट गरिरा त्यही थ्रेड? वाक्क लागि सक्यो
jacksparrow
· Snapshot
Like · Liked by · 0
Ram prasad ji, are you still there? Sparrow
John_Galt
· Snapshot
Like · Liked by · 0
Hillarious, A vivid depiction of a neophyte immigrant.
ramprasadneupane
· Snapshot
Like · Liked by · 0
मुल कुरो के भने २००७ बडो गजब का साथ बित्यो साथी ! अरु कुरो तेसतै हो, graduation पो ग्रीयो ! के मा भन्नु होला, पढाई मा होइन होउ ..... धोती सेवा मा, अब २-३ महिन अझै काम गरियो भने 'धोती सेवा पदक् २००७' पाउन बेर छैन। मुजी फेरी सन्क्यो भन्नु होला, तर क्यार्ने हो? मुजी नसन्के नी मान्छे त सन्किनु परो ? बाजे ले भन्थे इख नभा मान्छे र बीष नभा सर्पो को काम छैन रे। अचेल जमाना ले फड्को हानी सक्यो, बीष् नभा मान्छे को चाँही पक्कै काम छैन। धोती को मा काम गर्दा सिक्या मुल मन्त्र नै यही हो। जी टीवी का serial हरु ले सिखाउने नै येही रैछ। मेरी साहुनी उस्तै फेरी, साशु बुहारी को ट्याक्टीस् त्यै बाट् सिक्यो अनी आफ्नी बुहारी लाइ जोत्यो। रामे ले छप्की शप्की हान्यो भनेर साझामा कत्रो हल्ला ? उहीले मेरो अैठन् साथी कीश्ने ले भन्थ्यो "गहीरां बस्ने लाइ पहीरां डर्, डांडां बस्ने लाइ ला...ं डर् ?" कुरो त ठिकै हो ! अब यहा आएर नहानी कां हान्ने हो ? भीत्तां ?
nepali_keta12345
· Snapshot
Like · Liked by · 0
ramprasadneupane ji, aru padna lai chahi kahile samma kurnu parne ho kunni........
daum
· Snapshot
Like · Liked by · 0
Ram G, khai..yatro mahina kuraunu bho....jado ma yo maan tataunu bho....aba garmi ma tapai ko katha shital chahari banos.. -daum
tejkhadka
· Snapshot
Like · Liked by · 0
Pretty good ronnie ji. Malai ta afnu joban ko po yaad aayo. I think you should continue :-)
parbatya
· Snapshot
Like · Liked by · 0
oh ramprasad bhai (america ko kahani ma ta dai nai ho) Sabai milayera naya thread ma rakhe kasto hunthyo kunni? la hai sano request. sarhai lamo bhayo ke. 124 replies bhaisakyo.
ramprasadneupane
· Snapshot
Like · Liked by · 0
रामेको अंेरीका अनुभव ! कुरो के हो त? गांठी कुरो के भने, एक जना साथी ले आज सन्काउनु भो ! ल भएन बा भनी मैले नी बुलोग हान्न शुरु गरे ! हान्नु त पर्यो राजा के, कती, कसरी, कीन, कहां भन्ने कुरो चाहीं हेर्नै पर्छ ! परदेशां माल्, दाल्, कपाल्, आफ्नो देश् को हाल्, धोती को ताल् र सम्बन्धीत् अन्य धेरै बबाल् ले पेल्या पेल्यै हुन्छ ... मीलाएर हानौला ... बेला मौकां "भो की पुग्यो ?" भनेर नी सोधम्ला ! लौन अब त केही गरौं भनेर यो सुरु गर्या हुं । भाग एक पुछार मा छ, नयाँ जती माथी थप्दै जानेछु । कृपया हफ्ता हफ्ता म चेक गर्नु होला, काम नी गर्नु परो नी की कसो? भुल चुक लीने दीने .... बीक्री भै सक्या गफ फीर्ता हुने छैन ! उही रामे ! लौ गरी खाउं !!! http://rameko.wordpress.com
JunkyManiac
· Snapshot
Like · Liked by · 0
Rame Jee..Gazzab Yaar..Ma ta pankha (fan) bhaye tapaiko lekhai ko...Kasto ako baaa...Gazzab hai gazzab....Hatteri maile kina pailai padhina hola....Tapain ko blog ma pani suf gare....part 10 samma sabai padhe....Aru khoi ta??
ramprasadneupane
· Snapshot
Like · Liked by · 0
dhanyabaad mitra
Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 1 · Viewed 75
· Posts 3 · Viewed 453
· Posts 96 · Viewed 22622 · Likes 22
· Posts 4 · Viewed 569 · Likes 2
· Posts 1 · Viewed 107
· Posts 15 · Viewed 2429
· Posts 24 · Viewed 2179
· Posts 6 · Viewed 402
· Posts 1 · Viewed 78
· Posts 1 · Viewed 83



Your Banner Here
Travel Partners
Travel House Nepal