मुक्तक को पालो!!!!!!!!!
नेपालीकविता डट कम सँग सापटी लिएर केही मुक्तक हरु पस्केको छु, आशा छ, पठ्नीय हुने छ ।
ीमदर्शन रोका
१।
रात केवल एक प्रहर बाँकी छ
तिन प्रहरको अन्तिम असर बाँकी छ
पश्चिममा पुगेकी एक्ली चाँदनीलाई
केवल यौटा मेरै भर बाँकी छ
कैयौँले यहाँ रातको गीत थालेथे
आफ्ना-आफ्ना ताराहरू बालेथे
तर को रह्यो र अब यहाँ
तिमी छौ म छु र हाम्रो रहर बाँकी छ
२।
आकाशको सब तारा गनिसकेपछि
प्रत्येक श्वास सुस्केरा बनिसकेपछि
के रह्यो अब मेरो मसँग प्रियतम ?
तिमीलाई आफ्नो भनिसकेपछि ।
हरिभक्त कटुवाल
कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तो
कतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तो
यस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन-
अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो ।
भूपी शेरचन
मैले पिएकोमा रिसाएका साथीहरू
पिएर त हेर, पिउँन झन गाह्रो छ
मरेर शहीद हुनेहरू
जिएर त हेर, जिउँन झन गाह्रो छ ।
भीमनिधि तिवारी
पैसा तिर्नुपरे औषधि पनि नखाने
सित्तैमा पाए विष पनि खाने
हाम्रो समाजमा यस्ता मान्छे पनि छन्
भ्रमणभत्ता पाइन्छभने, नरक पनि जाने ।
विकास गोतामे
उसलाई त मैले चिनकै छैन
उसले त मलाई चिन्छे रे
मेरो मायाको दाम सोद्धै थिई
सस्तोमा पाए किन्छे रे
माधव सापकोटा
बासी बासी के बासी
मासु बासी कि काँसी बासी
बाबुको नाममा पचहत्तर बिघा
छोरो सुकुम्बासी
नगेन्द्रराज शर्मा
जब यौवन यौवन यहाँ आँखी छ
आँखा आँखामा आमन्त्रणको झाँकी छ
किन चासो कि, कहाँ बिताएँ रात मैले ?
यही काफी छ कि ममा बैंश अझै बाँकी छ ।
मनु ब्राजाकी
जति धेरै आफुलाई केलाउँछन्
त्यति धेरै तिमीलाई खेलाउँछन्
मरेपछि स्वर्ग जाने ढल जस्तो-
बागमतिमा आफूलाई सेलाउँछन् ।
उषा शेरचन
पाखा पखेरामा बसुँ भने पहिरो जाला कि भन्ने डर
खोलाको छेउमा बसुँ भने बाढी आउला कि भन्ने डर
जताततै असुरक्षित देख्छु जिन्दगी म अचेल –
मान्छेको हुलमा बसुँ भने मान्छेले नै खाला कि भन्ने डर ।
कपिल अज्ञात
स्वस्थानी उही हो यहाँ खालि गाता फेरिन्छ
प्रवृत्ति उही हो यहाँ खाली नाता फेरिन्छ
रमाउँ कसरी परिवर्तनको खुशीले म ?
मान्छे उनै हुन् यहाँ खाली छाता फेरिन्छ ।
गोविन्द गिरी प्रेरणा
पहाडले झैँ जिन्दगी जिउन पाए पनि हुन्थ्यो
सागरले नदी पिए झैँ पिउन पाए पनि हुन्थ्यो
फाटेर मन प्वालैप्वाल भइसक्यो –
यसपालीको बसन्तमा त सिउन पाए पनि हुन्थ्यो ।
बतास बन्ने रहर थ्यो पुर्याईयो
न आफ्नो कोइ न कसैको आफ्नो भैयो
जान सबैकाँ गैयो तर सुकुम्बासी भैयो
बतास बन्ने रहर थ्यो पुर्याईयो
Rahul Vai dai, here is one from me
तिम्रो सुन्दरताको वर्णन नसुनी कहा सक्छु र म
तिम्रो अगाडि हिमाल जस्तै बन्न कहा सक्छु र म
तिम्रो बैंशको रापले-
पानी नबनि ढिक्का हिँउ रहन कहा सक्छु र म
राहुल_भाइ तपाइँ बाट धेरै नै प्रभावित भएको छु। लेख्दै गर्नु होस्। एक दम राम्रा छन।
गाउँमा थिएं एक्लो म त, बजारमा तिमी
सयौं मा खोज्दा भेटियो हजारमा तिमी ।
आकाशको सब तारा गनिसकेपछि
प्रत्येक श्वास सुस्केरा बनिसकेपछि
के रह्यो अब मेरो मसँग प्रियतम ?
तिमीलाई आफ्नो भनिसकेपछि ।
एक दम राम्रो सृजना।Touched me....
धन्यवाद, मित्रहरु । अर्को एक टुक्रा है त ।
म चाहन्छु तिम्रा सबै रीस देउ मलाई
सुनौलो प्रभात होइन रजनीश देउ मलाई
आफन्त सम्झी अरु केही दिन सक्दैनौ भने
एक पेग स्नेहको विष देउ मलाई ।
I liked these two:
हरिभक्त कटुवाल
कतै जुवाडेले कौडि खेलाउँदै हानेको छुक जस्तो
कतै भर्खर वसन्तले छोडेर गएको रुख जस्तो
यस्तो लागिरहेछ आफैलाई अचेल यो जीवन-
अन्तिम पातो पनि च्यातेपछिको एउटा ठूटो चेकबुक जस्तो ।
भीमनिधि तिवारी
पैसा तिर्नुपरे औषधि पनि नखाने
सित्तैमा पाए विष पनि खाने
हाम्रो समाजमा यस्ता मान्छे पनि छन्
भ्रमणभत्ता पाइन्छभने, नरक पनि जाने ।
Please log in to reply to this post
You can also log in using your Facebook