Khattam -------- Deep - Sajha Mobile
SAJHA MOBILE
Khattam -------- Deep
Posts 46 · Viewed 17885 · Likes 1 · Go to Last Post
Deep
· Snapshot
Like · Likedby · 0
खत्तम्! ---------- "भोलि त सबै जना बुढानिलकन्ठ नारन्थान् जानि -- कात्तिकको खै के पुजा गर्नि रे फुपुहरुले त्याँ --- पुजा सुजा सकिएसि पिक्निक् गर्नि भन्या छ त्यतै---मिल्दैन भोलि -" बाङ्गेले भोलि रमाइलो गर्नि भन्या प्रस्ताब् प्रति टिप्पणि गर्दै मैले भने। बाङ्ग्या रमाइलो भन्या उस्ले बाउको गाँठ् रक्सि चुरोस् चोरेर ल्याउथ्यो अनि त्यस्को हाम्ले सदुपयोग गर्दिन्थिम् त्यै हो। बाङ्गे चकित् भो। उस्ले रमाइलो गर्न राख्या प्रस्ताब् हम्मेसि अस्विकार हुन्नथ्यो। मैले नि यत्तिकै उस्को निम्तोलाइ लात् हान्या हैन कारण थ्यो। म नि आम् -- पूजामा?---उहिँ लिएर जाम्ला नि त हाम्रो सप्प्लाइ? बाङ्ग्या आँखा चम्के। "काँ आउनि? फुपुहरुले लाको पुजा हाम्ले हो र? फेरि पुजामा कताको जाँड् रक्सि चुरोट् बोकेर जानि---उसै त आफन्त दुश्मन् भैराछन् ---झन् त्यै माथि जाड् रक्सि बोकेर गयेसि जात्रा गर्दैनन्" भन्दै मैले प्रतिकारले कुल्चिन खोजेँ। "को आफ्न्त दुश्मन् भा भन्या?" बाङ्गेले सोध्यो।। को अब? सबै नि --- "दीप् बिग्र्यो--- सङ्गत् राम्रो भएन"---भन्या सुन्दा सुन्दा झर्कै लागि सक्यो अब त - अस्ति त्यै तँ सङ त्याँ नक्सालको एभरेस्ट् मोमो लाइ स्टार् बियर्ले पखालेर आ बेलाँ हजुरामाले त "यो बज्ज्याले त गति छाड्न लायो" भनेर खत्तम् - आफुलाइ झम् झम् पनि भैरा है घराँ अरु मान्छे नि आ रे छन् बोरै भो नि हजुराँ कराइदेर--- "ह्या मलाइ लैजा न पूजामा" बाङ्गेले रहर् पोख्यो --- उस्लाइ म बिग्र्या के मतलब्? बरु एक् हिसाबले राम्रै लाग्यो होला --- बिग्र्या बिल्ला लाउनि उ मात्रै होइन टोलाँ भनेर। "मिल्दैन---किच् किच् नगर्न---" बाङ्ग्या रहर् मैले उठाइन। बाङ्गेले घुरेर हेर्यो। केइ भनेन। अनि अलि ठुलो स्वरले सोध्यो "के खान जानि त्याँ पूजा मा? साबुदाना खिर्? " त्यसरि हेपेर साबुदाना खिर् भन्या मलाइ मन् परेन --- "के को साबुदाना खिर् --- चामालकै खिर् नि --- पुरि रोटि तर्कारि दुनिया थरि हुन्छ नि ---- माछा मासु पो हुन्न -" एक् छिनको असजिलो मौनता पछि मैले थपेँ -"ब्यानै फुपुका जानि अनि त्या मिनिबस् रिजर्ब् गर्या छ रे अनि मिनिबसमा जानि हो -" तिमेर्को मिनिबस् पन्चट् भै हालोस् -सराप्दै बाङ्गे घर् जान्छु भनेर हिन्यो। बाङ्गे मेरो सब् भन्दा नजिकको साथि। कता कता बाट मामाघर् तिरको नाता पनि पर्नि। तर मेरो बाध्यता थ्यो भोलि उस्लाइ म सङ्ग लान नमिल्ने। फुपुहरुलाइ उस्ले नचिन्या त हैन ---in fact मेरो फुपुकि छोरि सुनिता लाइ त्यो बाङ्ग्या अनुहार् देख्यो कि हाँस् उठ्थ्यो किन हो--- मैले बाङ्गेलाइ नारान्थान् जानि पनि भन्न नहुनि - अन्तै जानि भन्नु पर्ने -कस्तो! बाङ्ग्या के ठेगान्? आइपुग्यो भने? बर्बादै हुन्छ नि--- मन् झन्नै चिप्लेर पछारियो-तेइ सम्हाले र मात्रै -तर मुस्किल् ले। सुनिताकि, मेरि फुपुकि छोरि के त, एउटि साथि थि स्वेता। नाम् मात्रै लेख्दा नि ज्यान् हलुम् हुन्छ, हरे! जे होस् --- मलाइ त अब उहि हो जो केटि नि राम्री लाग्ने त्यतिबेला झन् त्यो स्वेता त धुन्धानै थि। मैले साम् दाम् दन्ड भेद् सप्पै लार सुनितालाइ जसरि भे नि स्वेतालाइ पुजामा ल्याउन मनाको थिए। आजै मात्रै पक्का भा थ्यो स्वेता नि आउने भैरे भनेर। अब त्यस्ताँ बाङ्गेलाइ लान हुन्थ्यो? राम् राम् राम् --- खत्तम् गरि हाल्थ्यो नि बाङ्गे ले। नचिन्या हो र? आफुलाइ निदाउनै गार्हो भो त्यो राति-दुइ तिरको चेपमा परेर ---एका तिर बाट स्वेतालाइ भेट्ने के के भन्ने के के गर्नि भन्ने अर्को तिर बाट बाङ्गे आउला र सप्पै भाँडदेला भन्ने चेपमा छट्पटि रहे - के गर्नि मनको ताप् पनि आगो झै हुदो रे छ - पोल्नि। ब्यानै माराजगन्ज् फुपुका (त्यै शिवपुरि स्कूल् नजिकै) पुगियो। हामि पुग्दा त उनिहरु कुन् बेला देखि उठेर तयार् भैसक्या रे छन् - उहिँ पुगेर पकाउनि खानेकुरा भन्या सुन्या थे ---फेरि के के हो पकाइ सक्या नि देखिँ --- रात् भर् तेइ पकारै बसेछन् कि कुन्नि --- त्यो कात्तिकको पुजा बर्सेनि गर्थे उनिहरु त्या नारान्थान्मा। स्वेता सङ्ग नि भ्वाक्कै देखा देख् भो --- मनमा खुसिको चिल् आक्कासियो। मिनिबसमा नि "स्वेता सङ्गै बस्न पाइयोस् जये नारन्" त भन्या हो तर फुपाजु सङ्ग परियो --- बाटो भरि पढाइको कुरा गरेर दिक्कै पारे। स्वेता सङ्ग त आखा जुधाउन सम्म मुस्किल् पर्यो - के गर्नि उ र म एउटै सिटाँ परिम् तर बिचाँ अरुहरु बसे --- लुगा निचोर्या जसरि निचोरियो मन् रहर् चुहाउँदै। पुजा आज के के भो नारान्थानमा राम्रो था छैन आफुलाइ जस्को दर्शन् गर्नु थ्यो उस्को त ब्यानै गरियो मौका दिए पुजा अर्चना गर्न नि तयार् थिएँ। स्वेता सुनिता सङ्ग अनि म चै यसो उसो गर्यो तिनिहरु सङ्गै हुन्थेँ - के गर्नि इच्छाको बन्दि भए पछि? ऐले सम्म यसो दुइ चार् कुरा भए होलान् स्वेता सङ्ग तर खास्सै तुरुप् हानेर कुरा गर्ने मौका मिल्या थिएन --- कैले के आइलाग्नि कैले को आइलग्नि ले गरेर मौका बिच्काउथे - रिस् पनि नउठ्या हैन तर उठेर केइ न केइ ---
Load Previous
SunnyDev
· Snapshot
Like · Liked by · 0
के गर्नि मनको ताप् पनि आगो झै हुदो रे छ - पोल्नि।
nepalonmymind
· Snapshot
Like · Liked by · 0
amazing amazing amazing!!!! awesome awesome awesome!!!! brilliant brilliant brilliant!!!! and even all these superlatives are not enough. tin choti padhey.......tin choti nai had to laugh out loud!
ImI
· Snapshot
Like · Liked by · 0
Deep ji .. excellent.. tapai ko bange sathi nabhaeko bhe life nai bore hunae rahecha...hahahha. keep it coming...hey u need to start your 4liners poem again ..so we all can contibute..hahaha
Poonte
· Snapshot
Like · Liked by · 0
भो त अब? दोह्र्याई तेह्र्याई पढेम् यसपाला त! ३-३ चोटि साझाँ कुनै पनि लेख पढेको भन्या पहिलो पटक होला, मेरी धोबिनीको च्यात्त्याऽऽऽऽऽऽऽऽऽऽ पेटिकोट कै कस्सम्! तै नि खित्का रोकिन्न त नि! अर्को जन्ममा दिपे कै जोई भेर जन्मिन पाम्, प्रभु! :D
Deep
· Snapshot
Like · Liked by · 0
मेरो "खत्तम!" प्रस्तुती माथि आ-आफ्ना आँखा र मन डुलाउने सबैलाई अभिबादन सहितको आभार प्रकट गर्ने क्रम सुरु गर्नु अघि दुइटा कुरा राख्न्न मन लाग्यो -- पैलो कुरा त "खत्तम्!" मैले लेख्या भे नी तेस्लाइ युनिकोडमा तयार गर्देर मेरो एउटा बिशिष्ट साथीले म प्रति प्रत्यक्ष र अरु पाठक प्रति परोक्ष रुपमा लाको गुणलाई मैले सम्मान गर्नै पर्छ। दोस्रो कुरो चैं के पर्यो भने हीजो राती एक जना शुभ-चिन्तक झन्नै बिच्किए -- हल्का लाएर खत्तम! पढेछन छेउ न टुप्पा खत्तम लागेछ। त्यो राम्रो राम्रो पर्तिकिर्या लेहनेहरु नी तिम्लेनै लेहया हो कि क्या हो भनेर जङ्गिए। तेस्तो नी कथा हुन्छ? इन्डिङ् खै इन्डिङ्? छेउ न टुप्पो सँग कथा सकाउनी? झर्किए उनी। शुभ चिन्तकले खोल्या पानामा जे देखे तेइ मात्रै पढेछन र खत्तम्! "रिस् पनि नउठ्या हैन तर उठेर केइ न केइ --- " मै खत्तम् भा बुझेर छेउ न टुप्पो भन्या रे छन् --निक्कै बेर लाग्यो तर मलाई तेत्ती बुझ्न। 'पर्भो, बाँकि भाग छोप्या पानाँ छ हेरी "CLICK HERE TO SEE ALL REPLIES TO THIS THREAD" भन्नेमा थिचान दिएछी खोज्या छेउ र टुप्पो भेटिन्छ कि भन्ने निबेदन गरेँ। के छोप्या भन्दै थिचेछन क्यारे --एक छिनको चुप चाप पछि कथाको निरन्तरता भेटेछन अनि "ए ---देखेँ देखेँ --- आफ्नो सस्तो खाले सम्बन्ध छ अन्तर्जाल (इन्टरनेट्)मा --धेरै लामो लामो धागो खोल्दा सम्बन्ध छिन्छ फेरी ट्याँइ ट्याईँ गर्दै जोड्नु पर्छ -- भन्दै फत्फता सुनी रहेँ अनि एक् छिन् पछी ल ल अब कथा पढेर भनम्ला कस्तो लायो भन्दै सम्पर्क बिच्छेद गरे शुभ चिन्तकले। हिजो राती सुतान दिनी बेलाँ तेसरी शुभ-चिन्तकको झर्काइमा परेँ तेइ कुरो मिल्या जस्तो भो पछी धन्न। गार्हो छ के गर्नी?
Deep
· Snapshot
Like · Liked by · 0
hetterika!! , "यो बाङ्गे बज्याले मलाई नि सताउला पो जस्तो छ त है, " भेट्टायो भने त बेर लाउदैन, -- ख्वामित चनाखो हुम है। Mercury, "You made my day!!!!!!!!!!! " बनाई देँ त मैले दिन? गर्छु म नी कैले काईँ त राम्रो काम पनि गाँठे! Cheers, चियर्स--लौजा --- बरु अलि बिस्तारै बजाम होला गिलास -- गिलास फुटे त केइ थे न झोल पोख्यो भने त घुट्क्याउन पाइएन --बोरै हुन्छ नी -- पाईन्ट तिर फेरी तेस्तै उस्तै ठाम मा झोल पोखियो भने त कल्लाई मात्रै बयान दिनी भन्ने टेन्सनले लट्टो लिन्छ फेरी के नी -- Birkhe_Maila, "कति हाँस्नु गाँठे! " जत्ति सकिन्छ मच्चाइदीम हाँसेर फिरीमा हो के रे --- CaMoFLaGeD, "Keep Writing :-)" हस पर्भो पेल्दीन्छु बेला बेलाँ --- Pretty, "कति हाँस्नु साँच्चै। " साच्ची -- ख्याल् ख्याल् जत्ति मुन् लाग्छ माना पाथि मुरी आफ्नो गच्छेले भ्याए सम्म ओइराइदीम् के रे --- world_map, "साह्रै हँसाउनुभो --" हइ? खै के दशा लागेर हो र हसाइदेछु मैले त --- बाङ्ग्या कृपाले हो ख्वामित --- लौ न के के भो? कृपा बाङ्या हैन के --कृपा त सोझै हो तर अनुग्रह मित्र बाङ्गेको के -- गोलमाल पो भो कि के हो -- Gautam B. , "यो बाङ्गे भन्ने मुन्छे कस्तो र'छ, एकबाजी भेट्न मन लाग्यो। " बाङ्गेलाई भेट्न मुन भा धेरै छन, प्रभो -- एक ताका त पुलिस नी आइरथे के रे भेट्न तर दुइ हप्ता सम्म बाङ्गेले भेट दिएन नी --- बिचरा पुलिसहरुले धेरै धाए ---कुरो के थ्यो कुन्नी नमिले सम्म बाङ्गे अन्तर्ध्यान भो -- फेरी आम्छु है आभार लिएर ---
Deep
· Snapshot
Like · Liked by · 0
Poonte, हाँसो त आफ्नै ठाम बाट आ मात्रै राम्रो -- अनि छ नी ब्रो तेस्तो डालो भुँडीमा घोप्ट्यार सराद गर्न बस्या जस्तो रुप रङ्ग देखार हाउ भाउ कटाछे गर्दै अर्को जुनीमा जोइ हुन पाम भनेर आर्का अर्को जन्म प्रति बितृस्णा गराईदिनी? भएन नी! Yahoooooo, "हासो थाम्नै सकिन बा " कुन मुर्खले थामी राख भनेर हिन्देछ फेरी ब्यान ब्यान --? थाम्न साम्न पर्दैन पर्भो हाँसो -- लडाईदिम। MillionDollars, "Keep writing" ताबेदारको हौसला बढ्यो नी ड्याङ्गै। हस पर्भो पेलम्ला लेखेर बेला मौकामा। uptowngal, "हासो थाम्नै सकिन बा" थाम्न नसके छोड्देउ त छोरी --- npl2us, "JAI HOS! " ऐजन प्रभो, जै होस्। Riten, "Thelum hai thelum " अरुलाइ ठेलम ठेलम भनेर आफु चैँ पद्म कन्ने तिर लाग्या हो कि के हो? जदौ ख्वामीत्। लास्टाँ तेस्तै भो पर्भो --- ब्यान् भो। आम्दै छु --
Deep
· Snapshot
Like · Liked by · 0
aastha, "Deep without bange is flower without nectar.." फुल र रस दुइटै मलाइ नै बनाईदिम्न --- बरु बाङ्गेलाई डाँठ बनाम्न हुन्न? sndy, "Made my day " आफ्नो नी बनाम भन्या दिन कैले के मिल्दैन कैले के --- बरु म नी अरुनै हुम कि जस्तो जङ् चल्छ बेला बेलाँ अचेल। Nepal ko chora, "लेख्दै गर्नु होला। " हस पर्भो, लडाउँला बेला बेलाँ । miss_ me, "आजको दिन हाँसेरै बित्ने भो" भाग्गेमानीहरुको कुरै बेग्लै, गाँठे! Tyra, "अति..अति..अति.. भयो नि यो त --" भयङ्क्क्क्क्क्क्कर भो की क्या हो त? आँच् -- jira dai, "lunch khako bhakkar...phutla jasto..... " फुटाम्नी काम चैँ नगरम है --तेइ एउटा होला फेरी त्यो बाल मन्दीर् हुँदै भन्डारखालाँ गर के ढल्काम्नि नी भा एउटा नी फुटालेर? LeMon, "Please do keep writing Deep! " के छोडथेँ ---पेल्छु लेखेर पर्भो। tat_tatto_chiya , "मलाई चै के लाग्छ भनी हामीहरु सबै त्यही समयबाट गुज्रेका हौं। स्वेता, नारनथान, कार्तिक, हजुराँ र बाङ्गेलाइ आ आफ्नै किसिमले फेर्नु मात्र पर्छ। " मुनासिब हो पर्भो। दिप जीलाई बडेमानको धन्यबाद चढाउँछु। "कत्रो बडेमानको हो? सुन्दा त डरलाग्दै छ जस्तो छ ---मेरी बास्सै! किच्यो भनें?" हौसलाको लागि आभारी छु। हस त जाडो जाडो छ सेलाउला फेरी च्या। oys_chill, सहगाम्ले ब्रो, के छ? "MAHA-CLASSIC" bhanne padwi dina chahanchu :)" तेस्तो माने खट् जस्तो धुनधान त छैन होला --- junge, "-----brought all my memory back" आर्को हाताँ के ल्याम्नी त फेरी? सप्पै यसैपाली आएसि? धन्नेबाद है ख्बामीत्! disco__dancer, D = Dance I = Item S = Song C = Chorus O = Orchestra यस्तै के भन्थ्यो के रे मिथुनले बौध्हाँ ---- नाचेर छुट्टी सिनेमा मा। "dami cha bro " छ हैन त? ल ठिक छ, पर्भो। "sunnydev " "के गर्नि मनको ताप् पनि आगो झै हुदो रे छ - पोल्नि। " हो पर्भो, मरीजाम --- डाम्नी ---खतै छ अझै के नी? nepalonmymind, "tin choti padhey ..." म त धन्ने भएँ पर्भो। ImI, "keep it coming .." हस् --ल्याम्छु पर्भो --- बोलार ल्याम्छु **** अन्त्यमा मुक पाठकहरु प्रति पनि न्यानो आभार प्रकट गर्दै अहिले लाई बिदा लिन्छु। दीप
sndy
· Snapshot
Like · Liked by · 0
Even your style of saying thanx is amazing ..
Aastha
· Snapshot
Like · Liked by · 0
Deepji, you're wonderful humanbeing. Hope to see your antique peace soon. Oh yesssss.......flower, nectar ...sabai tapai, tyo bange chai sukeko pat.lauja...
Tyra
· Snapshot
Like · Liked by · 0
थ्यान्क्स् भन्ने तरिका पनि भयङ्क्क्क्क्क्क्कर हसाउने रै'छ आँच्--
hetterika!!
· Snapshot
Like · Liked by · 0
लौ न पर्भो, मरिजाम हाँसो रोक्न सक्या भे त थान्कू भन्या सुन्दा
Pretty
· Snapshot
Like · Liked by · 0
बाङ्गेलाई चाही thanks किन नभन्या? Does Bange read your stories?
tat_tatto_chiya
· Snapshot
Like · Liked by · 0
यो चैं अत्ती भो है दिप जी, कथालाई त बडेमानको धन्यवाद चढाएँ चढाएँ, अव धन्यवादको धन्यवादलाईपनि धन्यवाद दिन पर्नी, हैन कतिवटा धन्यवाद हो यो भन्या, धन्यवादकै दलदलाँ फसिएला जस्तो छ। लौ त प्रभो, अर्को कृतीको धन्यवादको दलदलाँ जम्काभेट होला अव, कसो?
Deep
· Snapshot
Like · Liked by · 0
अब भो? हामी जस्ताले त धन्नेबाद भन्दा नी मान्छे हाँसेर छुट्टी -- के गर्नी के गर्नी? खै बाङ्गेले साझाँ आ र के पढ्छ पढदैन म यस्सै त भन्न सक्दिन तर मैले बुझे अनुसार बाङ्गेलाई मन पर्ने कुराहरुमा कथा, निबन्ध जस्ता सहित्यका बिधाहरु पर्दैन थे। उस्को बारेमा अरुहरुले के भन्थे त्यो उस्लाई राम्रै था थ्यो सुन्दा सुन्दा उही बेलाँ वाक्कै भैसक्या थ्यो फेरी तेइ बिषयमा अरु पढ्ने रुचि के पलायो होला र? साझामा मैले तर उस्लाइ आउनु भन्या त जुग् भो तर सधै उस्ले "आउनी त भन्या हो खै -- भोली आम्ला भन्या नी जुगै भो" । बाङ्गेलाइ मेरो धन्नेबाद त हैन बरु सके देखि अलि फरक खालको असली माल र आठ मेगापिकसलको डिजिटल क्यामेरा चाईया छ रे -- काँ ट पाउनु? बाङ्गेले जे होस अतितलाई सम्झिनलाएकको बनाइद्या छ --- आखिर मेरो परम मित्र न हो -- फन्दामा पार्ला भन्ने र पार्या बेलाँ मच्चाको त्राहीमामलाई बिर्सिनी हो भने बाङ्गे लम्बरी गुनीलो थ्यो।
hell n heaven
· Snapshot
Like · Liked by · 0
ye yaar dhaneyebad pani kati derako ho ......baru tesma time waste nagare, khie lekhna mildaina baaneya ......deep bro pani..... Cann't wait that long....
nepalean
· Snapshot
Like · Liked by · 0
I might be the last one to read this story coz the topic of the thread was different. It is really interesting. After a long time I had time to read deeps' n banges' story. How is bange doing? Bitaula hai bange le tyo 8 megapixel ko cam le, tesko ta bhar ni chhaina, BIDHYA NASTA !
Yahoooooo
· Snapshot
Like · Liked by · 0
aaja feri yo thread padhna man laagyo hai
Brain Malfunction
· Snapshot
Like · Liked by · 0
Bange is unsung hero.

Seems we need to dedicate a separate thread for 'Bange Puran'.
nepkanchhi
· Snapshot
Like · Liked by · 0

हैन भन्या कती लेख्न जानेको।जती  पढे नि झन पढु पढु लाग्ने।
दीप जी र बाङ्गे को मित्रता फलोस फुलोस 
अनी हाम्ले अरु धेरै धेरै  "राम काहानी" सुन्न पाउ!

your fan

नेप कान्छी

Please log in to reply to this post

You can also log in using your Facebook
View in Desktop
What people are reading
You might like these other discussions...
· Posts 9 · Viewed 12713 · Likes 1
· Posts 7 · Viewed 4173 · Likes 1
· Posts 1 · Viewed 1145
· Posts 1 · Viewed 1172
· Posts 1 · Viewed 1059
· Posts 1 · Viewed 1143
· Posts 1 · Viewed 1109
· Posts 21 · Viewed 10371 · Likes 1
· Posts 3 · Viewed 2722
· Posts 5 · Viewed 7923 · Likes 1



Your Banner Here
Travel Partners
Travel House Nepal